बुद्धमाई अस्पताललाई एक लाख जरिवाना
Janjati Khabar | २०८१ कार्तिक २, शुक्रबार
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ । उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटकपटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा रु एक लाख जरिवाना गराइएको कामपाले जनाएको छ । अनुगमनका क्रममा गत भदौ २२ गते अस्पतालमा तेस्रोपटक अनुगमन भयो । यसबेला सबै फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । फोहर निर्मलीकरण र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन, त्यसो भएपछि अनुगमन टोलीले हानिकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो । तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ भनी हेर्नका लागि अनुगमन टोली बिहीबार अस्पताल पुगेको थियो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको थियो । निर्मलीकरणका लागि राखिएका वस्तुमा ताजा अवस्था रङमा भन्दा कुनै परिवर्तन थिएन । कामपाले पटकपटक गरेको अनुगमनका क्रममा दिइएको आग्रहलाई बेवास्ता गरेपछि जरिवाना गराएको जनाएको छ । यसभन्दा अघि पनि उक्त अस्पताललाई कामपाले रु १५ हजार जरिवाना गरेको थियो ।
Categorized in
रोजगारी बाध्यताले दसैँको अघिल्लो दिन मुलुक छाड्नेहरु
Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन २६, शनिबार
Categorized in
नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै
Janjati Khabar | २०८१ आश्विन २६, शनिबार
काठमाडौँ,नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौँ उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ ।
Categorized in
काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै
Janjati Khabar | २०८१ आश्विन २३, बुधबार
काठमाडौँ, काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।
Categorized in
एक बोतल पानी सय रुपियाँमा बेच्दा ....
Janjati Khabar | २०८१ आश्विन २३, बुधबार
कास्की, तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ ।
Categorized in
नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
Janjati Khabar | २०८१ आश्विन २३, बुधबार
काठमाडौँ, अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ ।
Categorized in
मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान
Janjati Khabar – जनजातिखबर संवाददाता | २०८१ आश्विन २१, सोमबार
केके मानन्धर-
मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्षेत्रमा ताहाननि टोलको भूमिकालाई मूल्यांकन गरी संस्थाले सम्मान गरेको बताइएको छ । संस्थाको १७ औं वार्षिक साधारणसभामा थिमि भैलः २०८१ व्यवस्थापन समितिका माइला प्रजापति तथा कलाकारहरु क्रमशः तृशल प्रजापति (ज्यापुंगः), अशोक प्रजापति (न्हापा भैलः), बाल मुकुन्द प्रजापति (लिपा भैलः), आयुष प्रजापति (न्हापा दागिं) र शाहील प्रजापति (लिपा दागिं)लाई दोसल्ला ओडाएर कदरपत्रसहित सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरभित्र सञ्चालित सम्पूर्ण सहकारीलाई नगरपालिकाको सहकारी पुँजी संरक्षित कोष, न्यायाधिकरण र स्थिरीकोषमा आवद्ध हुन आह्वान गरे । सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नगरपालिकाले सहकारी ऐन र नियमावली बनाएर काम गरिरहेको बताए । उपप्रमुख श्रेष्ठले समस्यामा रहेका समुदायप्रति उत्तरदायि सहकारी संस्थालाई सुधार गर्ने मौका दिनुपर्नेमा जोड दिए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नं। ८ का वडाध्यक्ष तथा सहकारी ऐन मस्यौदाकार रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे । ससाना पुँजीलाई चलायमान गर्न सहकारी संस्था काफी भएको बताउँदै वार्षिक रुपमा साधारणसभा गर्ने, हिसाब किताबलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थालाई विश्वास गर्न सकिनेमा जोड दिए ।

मध्यपुर थिमि नगरपालिका सहकारी शाखाबाट निर्देशन भए बमोजिम यो वर्ष पनि उद्घाटन तथा बन्द सत्र दुईथरी नगरी एउटै कार्यक्रममार्फत साधारणसभा सम्पन्न गरेको थियो ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण काजी मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अतिथिको रुपमा ८ का वडाध्यक्ष रमेश थापा, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, समाजसेवी न्हुछेरत्न मानन्धर, नेफ्स्कूनकी सुशीला पराजुली, सिवा सायमि खलःका अध्यक्ष मनोज लाल मानन्धर, केन्द्रीय मानन्धर संघका सहायक सचिव तुलसीकाजी मानन्धर, मध्यपुर सञ्चार समाजका अध्यक्ष चन्द्रकृष्ण गोपाल श्रेष्ठ तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
शिक्षा उपसमितिका सदस्य नरेन्द्र श्रेष्ठको संयोजनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका सदस्य कृष्ण सुन्दर प्रजापतिले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सञ्चारकर्मी सागर गुरागाइँले सञ्चालन गरेको कार्यक्रममा महिला सदस्य मेनुका भासिमाले स्वागत मन्तव्य तथा पूर्वअध्यक्ष सुमन श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिए ।
Categorized inआःजु टि क्लबको चियापान : प्रदेश सांसद महर्जन तथा कीर्तिपुर नपाका कार्यबाहक प्रमुख शाक्य उपस्थित
Janjati Khabar – LALENDRA SHAKYA | २०८१ आश्विन १८, शुक्रबार
कीर्तिपुर/कीर्तिपुर नगरका विभिन्न टोलका साथीभाईहरु विहानपख जमघट गर्दै देश विदेश तथा कीर्तिपुर नगरसंग सम्बन्धित विभिन्न सांस्कृतिक, राजनीतिक एवं सामाजिक विषयमा विचार विमर्श गर्ने थलोको रुपमा आजभन्दा ७–८ वर्ष अगाडिदेखि कीर्तिपुर १ वडास्थित बाघभैरव परिसरको देय् पुखू इलाकामा रहेको चिया पसललाई सामुहिक जमघट गर्ने थलोको रुपमा सदुपयोग गरी समूहमा रहेका साथीभाईहरु सक्रिय रुपमा समाजमा आ–आफ्नो तर्फबाट योगदान गर्दै आइरहेको एक समूह आःजु टी क्लब (Aaju tea club) रहेको छ ।
उक्त क्लबमा आबद्धहरुमा ४० देखि ५५ वर्ष उमेरका समाजमा प्रतिष्ठित व्यक्तिहरु शिक्षक/प्रधानाध्यापक/समाजसेवी/व्यापारी/राजनीतिज्ञ/निर्माण व्यवसायी/कर्मचारीहरु आबद्ध रहेका छन् । उहाँहरुबाट आजको २१ औं शताब्दीमा समाजमा एक सकारात्मक सोँच एवं भाव लिई आ–आफ्नो तर्फबाट विशेष योगदान गर्दै आइरहेका छन् ।
गएको असोज १७ गतेबिहिबार आःजु टि क्लबको आयोजनामा यस वर्षको महान चाड विजयादशमी एवं नेपालको मौलिक राष्ट्रिय संवत् ने.सं. ११४५ नयाँबर्षतथा स्वन्ति नखः (तिहार)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको थियो । उक्त चियापान कार्यक्रम झरी र वर्षाको प्रतिकूल मौसमका बाबजूट उत्साहपूर्ण जनसहभागितामा सम्पन्न भएको थियो ।

उक्त शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा हालका बागमती प्रदेश क्षेत्र नम्बर १० का प्रदेश सांसद एवं पूर्वसहकारी तथा संस्कृतिमन्त्री पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख शुभलक्ष्मी शाक्य सुनिताको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु एवं वडा सदस्यहरुका साथै सर्वसाधारणहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
उक्त शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा अनौपचारिक रुपमा एक आपसमा विजयादशमी एवं नयाँ वर्ष ११४५ तथा स्वन्ति नखः (तिहार)को शुभकामना आदान प्रदान गरी हालैको दिनमा भएको अविरल वर्षातका कारण देशमा बाढीपहिरोबाट भएको मानवीय एवं प्राकृतिक क्षतिमा शोक व्यक्त गर्दै एवं सरकारले धनजनको क्षति भएकाहरुलाई उचित राहत वितरणमा विशेष ध्यान दिउँन भन्ने माग प्रदेश सांसद तथा कीर्तिपुर नगरपालिका स्थानीय सरकारलाई ध्यानाकर्षण गरिएको थियो ।

उक्त शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा १ सय ८० जनको सहभागिता रहेको आयोजक संस्था आःजु टि क्लबले जनाएको छ ।
Categorized inचनिकलाल भन्नुहुन्छ– मैले परिवार र आफ्नो पर्वाह नगरी खोलामा हामफालेँ
Janjati Khabar | २०८१ आश्विन १७, बिहिबार
Categorized in
दसैँलक्षित बजार अनुगमन सुरु
Janjati Khabar | २०८१ आश्विन १६, बुधबार
काठमाडौँ, सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो । बजार अनुगमनको सुरुआत गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भन्नुभयो, “सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न कारणले छ, सात वर्षदेखि मोबाइल भ्यानहरु त्यत्तिकै थन्किएका रहेछन्, आजदेखि दसैँ, तिहारलाई लक्षित गरेर खाद्य गुण परीक्षणका लागि बजार अनुगमनमा निस्किएका छौँ ।” मन्त्री अधिकारीका अनुसार मर्मत गर्न बाँकी रहेका दुईवटा मोबाइल भ्यान पनि यथाशीघ्र मर्मत गरेर पूर्वपश्चिमबाट सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । पछिल्लो समयमा खानपानका कारण अस्पतालमा बिरामी बढ्दै गएका सन्दर्भ उल्लेख गर्दै उहाँले उपभोक्ताले म्याद नाँघेका, असुरक्षित खाद्य वस्तु खान नपरोस् भनेर बजारमा रहेका खाद्य वस्तुको परीक्षण सुरु गरिएको बताउनुभयो । पछिल्लो समय भएको बाढीपहिरो र डुबानले सबैभन्दा बढी कृषि क्षेत्रमा क्षति भएको बताउँदै मन्त्री अधिकारीले यसबाट करिब रु छ अर्बभन्दा बढी कृषि क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले क्षति भएका किसानको राहतका लागि मन्त्रिपरिषद्मा छलफल भएको बताउँदै चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो । मृतकका परिवार र बेपत्ता भएका परिवारलाई क्षतिपूर्ति दिने कार्य मङ्गलबारदेखि सुरु भइसकेको बताउँदै मन्त्री अधिकारीले दसैँ अगाडि सबै पीडितले राहत पाउने प्रतिबद्धता जनाउनुभयो ।
Categorized in


