STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

भक्तपुरमा इन्द्ररथलाई पुर्‍याइयो इन्द्र दह

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन २, बुधबार

भक्तपुर - इन्द्रजात्राको दिन मंगलबार साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराइ दीपावली गरिएको छ ।

भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पुर्‍याई साँझबाट मेला सुरु भएको हो ।

भाद्र शुक्ल चतुर्थीको दिन साँझ दीपावली गरी मध्यरातिसम्म मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट इन्द्र दहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । भाद्र शुक्ल चतुर्थीको दिन साँझबाट सुरु हुने मेला पूर्णिमामा दिनभर मेला गरी साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि जात्रा सम्पन्न हुने परम्परा रहेको संस्कृति एवं इतिहासविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।

नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको उनको भनाइ छ । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । यसलाई ‘ञँकीदह’ पनि भनिन्छ ।

यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने चलन छ । कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोर्वधन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उनले बताए ।

राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ । इन्द्र दहमा स्नान गरी समय् अर्थात भोज चढाएर, भाज खाएर यँयापुन्ही मान्ने गर्दछन् । समय अर्थात छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काक्रो लगायतका परिकार विशेष रूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमा गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह भ्यिाएपछि मेला सम्पन्न हुने परम्परा रहेको छ ।

Categorized in

इन्द्रजात्रा भव्य रुपमा मनाइयो

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन २, बुधबार

काठमाडौं - मंगलबार देशभर इन्द्रजात्रा मनाइँदै छ । खासगरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा भव्यरूपमा यो जात्रा मनाइन्छ । 

काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गरिन्छ । 

इन्द्रजात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो सवा २ बजे वसन्तपुर जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

तर, स्वागत गर्नुपर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भने इन्द्रजात्राको कार्यक्रममा सरिक नहुने भएका छन् । 

अघिल्लो सोमबार भारत गएका शाह अहिले पनि उतै छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार उनी एक–दुई दिनमा नेपाल फर्कने कार्यक्रम छ ।

मेयर शाह आफ्ना विद्यालयका पूर्व विद्यार्थीहरूसँग भेटघाटका लागि भारत गएको स्वकीय सचिव शाहले बताए । अघिल्लो वर्ष आयोजित इन्द्रजात्रा विशेष कार्यक्रममा भने मेयर शाह सहभागी भएका थिए । 

Categorized in

बसन्तपुरबाट बालेन 'टिसर्ट' लगाएका समर्थक पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १, मंगलबार

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अङ्कित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ। उनीहरूलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरूकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए।

‘उहाँहरु सँगै केही स्थानीयको विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको हो’ एसएसपी रजौरेले भने। जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोहीकसैको पक्षमा नाराबाजी हुलहुज्जत गर्न नहुने भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

Categorized in

झीगु सःको समारोहमा दुई संचारकर्मी सम्मानित

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र २९, शनिबार

टेलिभिजन पत्रकारिताको क्षेत्रमा नेपालभाषाको माध्यमबाट सन्चार यात्रा अगाडि बढाइ रहेका दुई जना अग्रज सन्चारकर्मिहरुलाई एक समारोहबीच सम्मानित गरिएको छ । नेपालभाषाको टिभि कार्यक्रम “झीगु सः”(हाम्रो आवाज) को दुई सय भाग पुरा भएको उपलक्ष्यमा लहना मिडियाद्वारा आयोजित सो समारोहमा बागमति प्रदेशका  श्रम , रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनबाट संचारकर्मि द्वय मीना बज्राचार्य र बिराजकाजी राजोपाध्यायलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सोही समारोहमा सन्चारकर्मि अमर ध्वज लामा बल रेडियो नेपालको कार्यकारी निर्देशक पदमा नियुक्त भएकोले लहना मिडिया द्वारा शुभकामना तथा बधाइ ज्ञापन गरिएको थियो ।

प्रमूख अतिथी माननीय मन्त्री महर्जनले सो समारोहमा आफ्नो मन्तव्य राख्दै , “नेपालको अम्रल्य सम्पदा भनेको नेपालभाषा भाषा र  नेवाः संस्कृति हो । यही कुरालाई ध्यानमा राखेर  बागमति प्रदेश सरकारले नेपालभाषा र तामांग भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कानूनी मान्यता दिइसकेको अवस्था छ । यसलाई अब कार्यान्वयनमा ल्याउने जिम्मेवारी हामी सबैको हो ।” भन्ने उदगार पोख्नु भयो।

लहना मिडिया द्वारा आयोजित यस समारोहको सभापति झीगु सः टिभि कार्यक्रमका निर्माता निर्देशक विजयरत्न असंबरेले नेपालभाषाको टेलिभिजन पत्रकारिताको शुरुअाति दिनदेखि को विकासक्रम बारे प्रकाश पारेका थिए भने नेवाः पत्रकार राष्ट्रिय दबुका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन , लहना मिडिया का व्यवस्थापक एवं कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र लहना का अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा  सबिना मानन्धर,लसता जोशी , सानुबाबु महर्जन , सुरज व्यन्जनकार , अमर चित्रकार,अमोघवीर बज्राचार्य,रोजी श्रेष्ठ डंगोलले गायन र शाश्ता बज्राचार्य, उत्पला बज्राचार्य , सम्पदा बज्राचार्य ले नृत्य प्रस्तुत गरेका थिए ।

Categorized in

काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

Janjati Khabar | २०८१ भाद्र २८, शुक्रबार

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।
कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।
आव २०८०र८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिनुभयो । गत आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा रु १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ ।
काठमाडौँका स्थानीय तह, प्रदेश तथा सङ्घीय कार्यालयबाट आव २०८० र ८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा रु एक अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ ।

Categorized in

जिब्रो छेडेर थिमिदेखि पशुपति सम्म परिक्रमा गरिने

Janjati Khabar | २०८१ भाद्र २८, शुक्रबार

बुधबार येँया पुन्हिको दिन मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलबाट जिब्रो छेडेर थिमिदेखि पशुपतिनाथ मन्दिरसम्म परिक्रमा गरिने भएको छ । दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि हजारौँ स्थानीयको उपस्थितिमा ४० किलोको ‘महादीप’ बोकेर मध्यपुरथिमिदेखि पशुपतिनाथ मन्दिरसम्म र त्यहाँबाट पुनः मध्यपुरथिमिसम्मको परिक्रमा हुन लागेको हो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको सांस्कृतिक महत्वको यो जात्रालाई सहज रुपमा सम्पन्न गर्न नगरवासी, सुरक्षा निकायका साथै अन्य सम्बद्ध सबै पक्षलाई आव्हान गर्नुभएको छ ।

तीन सय पचास वर्षअघिदेखि जिब्रो छेडेर आयोजना हुँदै आएको परम्परागत यो जात्राका निम्ति आर्थिक सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । थिमिदेखि पशुपतिसम्मका यात्रामा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीलगायत सहभागी जानकारी आफूलाई प्राप्त भएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

जात्राका मुख्य व्यक्ति ७१ वर्षीय नायपमा श्यामकाजी श्रेष्ठले जात्रामा १० इन्च लामो सुइरोले जिब्रो छेडेर तीन वटा सियालाई घुमाएर राख्दा पनि रगत नआउने दैवीशक्ति रहेकोे बताउनुभयो ।

गतवर्ष जिब्रो छेडेर पशुपतिनाथसम्मको यात्रा गर्नु भएका मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दैवी शक्तिको बलमा त्यो पू्रा गरेको जानकारी दिँदै तान्त्रिक शक्तिप्रति बेवास्ता गर्ननहुनेमा जोड दिनुभयो ।

यसअघि २०७५ सालमा जिब्रो छेडेर थिमि घुमेको बालकरामले गतवर्ष जिब्रो छेडेर महाद्धिप बोकेर मध्यपरथिमिदेखि पशुपतिसम्म र पशुपतिबाट मध्यपुरथिमिको बालकुमारीसम्म आएर सियो झिकेर जात्रा सम्पन्न गर्नु भएको थियो ।

येया पुनिहया मेंयः तवनेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले १७ किलो मिटरको यात्रा मध्यपुरथिमिबाट गुह्येश्वरी हुँदै पशुपतिनाथको दर्शनपछि पुनः मध्यपुरथिमिको बालकुमारी आएर सुइरो निकालेपछि जात्रा समापन हुने बताउनुभयो । जात्रामा रु लाख खर्च हुने उहाँको अनुमान छ ।

Categorized in

अझै सम्पन्न भएन रुद्रायणी देवी मन्दिर पुनः निर्माण

Janjati Khabar – रासस | २०८१ भाद्र २६, बुधबार

ललितपुर, २६ भदौ  स् ललितपुर महानगरपालिका–२१ खोकना स्थित ऐतिहासिक रुद्रायणी देवीको मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन ।
विसं २०७२ गोर्खा भूकम्पले क्षति पु¥याएको ऐतिहासिक मन्दिर पुनः निर्माण थालिएको  चार वर्षपुरा भएको छ ।  पछिल्लो समय पुननिर्माणका लागि बजेट अभाव भएको जनाइएको छ ।  ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा स्थानीय रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले कामको जिम्मा लिएकोे थियो । मन्दिर पुनःनिर्माणको लागि ललितपुर महानगरपालिकाले हरेक वर्ष बजेट छुट्याउने भएकाले बजेट अनुसारको काम भएको रुद्रायणदेवी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष बेखनर महर्जनले जानकारी दिनुभयो ।
रुद्रायणीदेवी मन्दिरको पुनःनिर्माण्को काम ढिला भएको रुद्रायणीदेवी गुठीका अध्यक्ष उदयकुमार डुङ््गोल बताउनुभयो ।  उहाँले भन्नुभयो,“बजेट अभावको कारण मन्दिर पुनःनिर्माण ढिला भएको छ । महानगरको वार्षिक बजेट अनुसार काम भएको छ । हालसम्म करिब रु चार करोड भन्दाबढी खर्च भइसक्यो मन्दिर पुनः निर्माणको काम अझै दुई वर्षपछि सकिन्छ होला ।”
हाल मन्दिर पुनःनिर्माणको काम भइरहेकोले देवतालाई अस्थायी मन्दिरमा राखेको रुद्रायणी गुठीका सदस्य हेराबहादुर डङ्गोलले बताउनुभयो । समयमै मन्दिर पुनः निर्माणको काम सकिए रुद्रायायणीदेवी जात्रा र पूजाआजको लागि सहज हुने उहाँको भनाइ छ ।
करिब रु आठ करोडमा पुनःनिर्माणको जिम्मा लिएको रुद्रायणीदेवी मन्दिर पुनःनिर्माण उभयोक्ता समितिले करिब १० करोड भन्दाबढी खर्च हुन सक्ने बताइएको छ । हरेक वर्षको घटस्थापनादेखि रुद्रायणीदेवी मन्दिरमा पूजाआजा सुरु हुन्छ ।

 

Categorized in

यःसिं हनुमानढोका पु¥याइयो

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र २६, बुधबार

काठमाडौं । यस वर्षको इन्द्र जात्राको लागि ‘यःसिं’ भोटाहिटी ल्याइपु¥याइएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित चित्तपोलको सामुदायिक बनबाट यःसिं भोटाहिटी ल्याइएको हो ।

नेपाल पञ्चांग निर्णायक विकास निर्णायक समितिले दिएको साइत अनुसार गत यंलाथ्व दुतियाको शुभ साइतमा गुरुजु पल्टनका साथ केन्द्रीय मानन्धर संघका पदाधिकारी यःसिं लिन बसन्तपुरबाट प्रस्थान गर्नुभएको थियो ।

यसपटक यःसिंको निम्ति रुख काट्नुअघि बलिसहितको विधिवत पुजा गरिएको थियो । भोटाहिटी ल्याई राखिएको यःसिं यंलाथ्व अष्टमी (२०८१ भदौ २६) का दिन नगर प्रवेश गराउन हनुमान ढोकामा ल्याइन्छ ।

यसपटक समितिले दिएको साइत अनुसार यंलाथ्व अष्टमीका दिन बिहानको १०ः३२ मा यःसिं नगर प्रवेश गराइएको छ । हनुमान ढोकामा ल्याइएको यःसिं आउने यंलाथ्व द्वादशी (२०८१।५।३०) का दिन ठड्याइएपछि इन्द्रजात्रा विधिवत् रुपमा सुरु हुनेछ ।

यसअघि यंलाथ्व एकादशीका दिन साँझ चस्वाद्वँ मानन्धर गुथिको तर्फबाट यःसिंको लागि आवश्यक डोरी यःसिंमा परम्परागत रुपले बाँधिने छ । यसपटक यँलाथ्व द्वादशि, आइतबारका दिन बिहानको ८ः२६ बजेको साइतमा यःसिं ठड्याइने कार्यक्रम रहेको छ ।

Categorized in

टोखा नरपालिकाले तयार पार्‌यो नेपालभाषाको आफ्नै पाठ्यपुस्तक

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र २२, शनिबार

काठमाडौं - काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने सांस्कृतिक एवम् ऐतिहासिक नगर टोखामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो टोखा देश’ तयार भएको छ । टोखा नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित भएर स्थानीय नेपालभाषामा उक्त पुस्तक तयार गरेको हो । बाल विकासदेखि ३ कक्षासम्मको लागि तयार गरिएको उक्त पाठ्यपुस्तक गत हप्ता टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको तर्फबाट आयोजित कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङका साथै कार्यक्रममा उपस्थित अतिथिहरूबाट संयुक्त रुपमा सार्वजनिक गरिएको हो । 

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख अधिकारीले टोखा नगरपालिकाको मात्र नभइ सम्पूर्ण टोखा नगरबासीका निम्ति यो ऐतिहासिक काम भएको बताउनुभयो । आफूले महानगरको भन्दा पनि उत्कृष्ट पाठ्यपुस्तक तयार पारेको उहाँको दावी थियो । उहाँले नगरपालिकाको २ र ३ को सामुदायिक र संस्थागत विद्यालयहरुमा ३ कक्षासम्मको पाठ्यक्रम अन्तर्गत नेपालभाषा अध्यापन गराउने व्यवस्था मिलाएको बताउनुभयो । यो सुरुवात मात्रै भएको बताउँदै यसलाई अझ परिमार्जित र संशोधन गरी ८ कक्षासम्मको विद्यार्थीहरुको निम्त नेपालभाषा अध्यापन गराउने र नगरपालिकाभर लार्गू गर्न एक वृहत भेला गर्ने योजना रहेको समेत उहाँले सुनाउनुभयो । 

आफूले कहिल्यै नेवाः समुदायलाई उपेक्षित नगरेको बताउँदै उहाँले नगरभित्रका सबै भाषा, धर्म, संस्कृति र जातजातिलाई जहिलेपनि सम्मान गर्दै आइराखेको र गर्दै रहने बताउनुभयो । 

टोखा नगर उपप्रमुख तामाङले सांस्कृतिक सम्पदाको धनी नेवाः समुदायको नामले टोखा देशको नामाकारण भएकोले उक्त समुदायको शान, मान र आत्मसम्मानको निम्ति जहिलेपनि सचेत भएर काम गर्ने बताउनुभयो । टोखा नगरपालिकाको मुटु भनेकै स्थानीय नेपालभाषा भएकोले नगर क्षेत्रभित्रका सबै वडाहरुमा नेपालभाषालाई अनिवार्य गरेर लाने योजना रहेको जानकारी उहाँले दिनुभयो ।

वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि पाठ्यपुस्तक निर्माण गरेर जानुपर्नेमा जोड दिंदै शिक्षा नीति असफल भएमा गाउँसमाज मात्र होइन, देशै असफल हुने बिचार व्यक्त गर्नुभयो ।

स्रोत : नेपालभाषा समाचार केन्द्र

Categorized in

नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्न पुस्तान्तरण आवश्यकः बागमती प्रदेश मन्त्री खड्गी

Janjati Khabar – नेपालभाषा समाचार केन्द्र | २०८१ भाद्र १७, सोमबार

ललितपुर । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्ने हो भने पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
नेपालभाषा केन्द्रीय विभागको ५४ औं स्थापना दिवसका अवसरमा आयोजित बैकुण्ठ एवम् चैन लाकैल पुरस्कार प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।,
मन्त्री खड्गीले उपत्यका सांस्कृतिक नगरी भएकोले यहाँको मूर्त अमूर्त सम्पदा हरहालतमा बचाइराख्नु पर्ने मान्यताका साथ आफू काठमाडौं महानगरपालिकाको उपमेयर रहेको समयदेखि लागिराखेको र अहिले पनि आफ्नो मन्त्रालयको तर्फबाट हुने र सक्नेजति सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा नेपालभाषा, साहित्य र समालोचना विधामा महत्वपूर्ण योगदान दिनुहुने प्रेमशान्ति तुलाधरलाई बैकुण्ठ लाकौल पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी नेपालभाषा केन्द्रीय विभागमा अध्ययन गर्ने महिला विद्यार्थीहरुको प्रोत्साहनको निम्ति स्थापना गरिएको चैन लाकौल पुरस्कार तीनजनालाई प्रदान गरिएको छ । नेपालभाषा स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने महिला विद्यार्थीलाई प्रदान गरिने पुरस्कार प्राप्त गर्नुहुनेहरुमा कुष्णप्यारी श्रेष्ठ, पद्मा खयरगोली र रजनी श्रेष्ठ रहनुभएको छ ।
नेपालभाषा केन्द्रीय विभागका प्रमुख सह प्रा। राजनलाल जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै जोशीले नेपालभाषा केन्द्रीय विभागमा विभिन्न विषयमा अनुसन्धान भइराखेकोले बागमती प्रदेशले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिइसकेको अवस्थामा भाषा जानेको जनशक्ति आवश्यक परेमा आफूले सहयोग गर्ने बताउनुभयो ।
स्वागत मन्तव्यकै क्रममा उहाँले दिवंगत नेपालभाषा शिरोमणी बैकुण्ठप्रसाद लाकौलको तर्फबाट उहाँको परिवारमार्फत निरन्तर प्राप्त भइरहेको सहयोगको प्रशंसा गर्दै नेपालभाषा अध्ययन गर्ने महिला विद्यार्थीलाई प्रोत्साहनस्वरुप चैन लाकौल पुरस्कारको स्थापना भएकोमा आभार प्रकट गर्नुभयो
सोही कार्यक्रममा पुरस्कारका दाता बैकुण्ठप्रसाद लाकौलाका सुपुत्र श्रीकण्ठ लाकौलले बैकुण्ठ लाकौल र  चैन लाकौल पुरस्कारको लागि अक्षय कोषको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा नेपालभाषा केन्द्रीय विभागका प्रमुख संस्थापक प्रा।डा। सुन्दरकृष्ण जोशी, पाटन क्याम्पसका प्रमुख लक्ष्मणसिंह कुँवर र पुरस्कार प्राप्त गर्नुहुने प्रेमशान्ति तुलाधरले  पनि आफ्नो मन्तव्य राख्नुभएको थियो भने उप प्रा। जीवनकुमार महर्जनले तुलाधरको विषयमा प्रकाश पार्नुभएको थियो ।

Categorized in

Pages