कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको मृत्यु, आज नगरपालिकामा शोक बिदा
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ११, शुक्रबार
काठमाडौं - कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको बिहीबार राति पौने ११ बजे वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कांग्रेसबाट मेयरमा निर्वाचित भएका निकर्मी विगत लामो समयदेखि मृगौला रोगबाट पीडित थिए।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा राखिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार उनको आजै अन्त्येष्टि गरिने छ ।
नगरपालिकाका प्रमुख निकर्मीको मृत्युमा आज नगरपालिकाले शोक बिदा दिएको छ।
Categorized inकीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मी वीर अस्पतालको सघन उपचार कक्षमा
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १०, बिहिबार
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गरप्रमुख नकर्मीको अहिले वीर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।
स्वास्थ्य अवस्था बिग्रिएपछि नगर प्रमुख नकर्मीलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।
लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचार गराइरहेका छन् ।
मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने महानगर र स्थानीयबिच सहमति
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ७, सोमबार
काठमाडौँ - काठमाडौँ महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ ।सोमबार भएको सहमति अनुसार समिति गठन गर्ने र उक्त समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने निर्णय भएको हो ।
सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञका साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् ।
काठमाडौँ महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, महानगर प्रवक्ता नवीन मानन्धर र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, २३ का अध्यक्ष मचाराजा महर्जनसहितको टोलीबिच छलफल भएको थियो ।
इन्द्रचोकमा गरिएको फुटपाथ विस्तारले पारेको प्रभावबारे अध्ययन गरेर समितिले मंसिर २ गते प्रतिवेदन बुझाउने छ । उक्त प्रतिवेदनको सुझावको आधारमा त्यसपछि थप कार्य अघि बढाउने सहमति भएको महानगरका प्रवक्ता मानन्धरले जानकारी दिए ।
न्यूरोडमा काठमाडौँ महानगरले गरिरहेको फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनसहित स्थानीयले विरोध गर्दै आएका थिए ।
Categorized inसिद्धिश्वरमान अक्षलोक साहित्यिक व्यक्तिहरूलाई सम्मान
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ७, सोमबार
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले नेपाली तथा नेपाल भाषाको साहित्यमा विशेष योगदान पुर्याएका साथै नेपाली संगीत, कला, र सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेका बाइस जना व्यक्तित्व र दुई संस्थालाई एक समारोहमा सम्मान गरेको छ ।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न समारोहमा अक्षलोक साहित्यिक पत्रिकाको ६७औ अंकको लोकार्पण पनि गरिएको थियो । समाज सेवी तथा राजनिती कर्मी विजय सुब्बा, नेपालभाषाकी विख्यात साहित्यकार सुवर्ण केसरी चित्रकार, समाजसेवी तथा राजनितिकर्मि सुजिता शाक्य, डा. सावित्री श्रेष्ठ, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव, सुमनराज अर्याल आदिको आतिथ्यतामा भएको कार्यक्रम सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रका अध्यक्ष स्वजन स्वराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले नगद रू १०,००० सहितको सिद्धिश्वरमान मिलनमुक्ति उत्कृष्ट समाजसेवी पुरस्कार हेटौंडामा रहेको आमाघरका निर्माता प्रा. विजय राज सिग्देललाई प्रदान गरेको छ । यसै गरि, नगद रू १०,००० सहितको “सिद्धिश्वरमान महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार” डा. तिलकराम आचायलाई प्रदान गरिएको छ । नगद रू १०,००० सहितको “सिद्धिश्वरमान चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार” म्यानमारमा रहि नेपाली भाषी समाज र साहित्यमा योगदान गर्दै आउनुभएकी तुलसी थापालाई गरिएको छ ।
कृन्द्रले नेपाली साहित्यको समालोचना र कथा बिधामा दशकौं देखि विशेष योगदान पु¥याउनु हुने प्रा. डा. दयाराम श्रेष्ठलाई सर्वोत्कृष्ट शताब्दी समालोचना सम्मान र प्रा. डा. ध्रुव चन्द्र गौतमलाई सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी कथा सम्मान प्रदान गरेको थियो । यसको साथै केन्द्रले नेपाल भाषा साहित्य क्षेत्रलाई सम्पन्न बनाउन सहयोग गर्नुभएका चार विशिष्ट साहित्यकारहरू मनदेवी तन्दुकार, ध्रुव मधिकर्मी, मोतीलक्ष्मी शाक्य, र सुरेश किरण लाई नेपाल भाषाको सँझ्याः कलात्मक झ्यालको रुपमा सम्मानित गरिएको छ । केन्द्रले यी बाहेक विभिन्न क्षेत्रमा उत्प्रेरणामुलक व्यक्तित्योहरूलाई पनि सम्मान गर्ने जर्मको गरेको छ । जसमा कुल बहादुर थापा बगाले, दीपक जङ्गम, प्रा. डा. वीणा पौडेल, प्रा. डा. हेमनाथ पौडेल, शान्ता मानवी, के के कर्माचार्य, वासुदेव अधिकारी, राजन प्रसाद न्यौपाने, तनुजा महर्जन, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, दीपक आचार्य, र रामबाबु नेपाल रहेका थिए । यी व्यक्तित्वहरू बाहेक नेपाली साहित्य उत्थानमा विशेष योगदानको लागि युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान तथा पारिजात स्मति केन्द्र संस्थाहरूलाई पनि विषेश सम्मान गरिएको छ ।
कार्यक्रममा स्वर्णिमा श्रेष्ठ, जयन्ती स्पन्दन लगायतका साहित्यकारहरुले रचना वाचन पनि गरेका थिए । प्रतिनिधि सभाका सम्माननीय सभामुख देव राज घिमिरे कार्यक्रममा प्रत्यक्ष सहभागी नहुनु भएता पनि वँहाले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य पठाउनु भएको थियो ।
Categorized inन्यूरोडमा अझै आन्दोलन जारी, महानगरको डोजरमाथि चढे स्थानीयवासी
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ४, शुक्रबार
काठमाडौं - न्यूरोडमा काठमाडौं महानगर र स्थानीयवासीबीच उत्पन्न भएको तनाव अझै साम्य भएको छैन । महानगरले डोजर चलाउने प्रयास गरेपछि स्थानीयवासी फेरि प्रतिकारमा उत्रिएका छन् ।
न्यूरोडमा सडक पेटी विस्तारका लागि महानगरले काम थालेपछि बिहानैबाट टकराब बढेको थियो । स्थानीयले अवरोध गरेपछि महानगरले काम गर्न पाएन । नगर प्रहरी र स्थानीयबीच बारम्बार घम्साघम्सी भएको थियो ।
अहिले बेलुकीपख बाक्लो संख्यामा प्रहरीको उपस्थितिमा महानगरले डोजर निकाल्ने प्रयास गर्यो । डोजर निकाल्नासाथ स्थानीयवासीले घेराउ गरेका थिए । उनीहरूले डोजरमाथि नै चढेर अवरोध पुर्याएका छन् ।
Categorized inकाठमाडौंको ढलमा पोलियो भाइरस पुष्टि
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ४, शुक्रबार
काठमाडौंको ढलमा पोलियो भाइरस पुष्टि भएको छ । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो ।
परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम पोलियो मुक्त देश घोषणा भएको १० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको बताए । तर, पोलियो भाइरस व्यक्तिमा हालसम्म पुष्टि भने नभएको उनले बताए । उनका अनुसार जेठ ३१ मा नमुना संकलन गरिएको थियो र प्रयोगशालाको रिर्पोट २९ असारमा आएको थियो ।
‘ढलको नुमनामा दिसा परीक्षण गर्दा पोलियो भाइरस देखिाएको हो । अब पोलियो उन्मूलनका लागि गर्नुपर्ने गतिविधिलाई पुनः शसक्त रुपमा कार्यावन्यन गर्न जरूरी छ,’ डा. गौतमले भने ।
डा. गौतमका अनुसार टुकुचा–बागमती आसपासका ढलको नमुना थप संक्लन गरेर परीक्षण गर्ने तयारी रहेको छ । ढलमा पोलियो भाइरस देखा परेसँगै राष्ट्रिय खोप सल्लाहार समिति र पोलियो रोग उन्मुलन सम्बन्धि राष्ट्रिय प्रमाणिकरण समितिसँग थप परामर्श र खोप अभियान संञ्चालन गर्ने तयारीमा महाशाखा जुटेको छ ।
पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । पोलियो भाइरस पी१, पी२, पी३ गरी तीन प्रकारका हुन्छन् र तीनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ। यो रोगलाई ‘पोलियोमाइलाइटिस’ भनिन्छ ।
Categorized inभद्रकाली मन्दिरका सत्तल पुनःनिर्माण गरिँदै
Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २७, बिहिबार
राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनःनिर्माण गर्न लागिएको हो ।
Categorized in
काठमाडौं महानगरको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित
Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २५, मंगलबार
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।
मंगलबार बसेको नगर सभाको बैठकले गामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो।
नीति तथा कार्यक्रमसँगै महानगरको बजेट पनि सर्वसम्मत पारित भएको छ। वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै नीति तथा कार्यक्रम र बजेट पारित भएको हो।
Categorized inऐतिहासिक धारा पुनःनिर्माण
Janjati Khabar | २०८१ आषाढ २४, सोमबार
ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ । यसक्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ । महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा सो धारा पुनःनिर्माण गरिएको हो । उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिनुभयो ।
Categorized in
हनुमन्ते खोलाले आफ्नो क्षेत्र ओगटेपछि बस्ती पस्यो
Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २२, शनिबार
भक्तपुर - लगातारको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलाले आफ्नो क्षेत्र लिएपछि बस्तीमा पस्न थालेको छ ।
भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।
भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ । सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ ।
वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताइन् ।
जिल्लास्थित विपद् व्यबस्थापन समितिमार्फत सुरक्षा तहदेखि जनस्तरसम्म गाउँगाउँमा खोज तथा उद्धार टोली, आवश्यक राहत सामग्री तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।
बाढी पहिरो आउन सक्ने जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । भक्तपुरमा बाढी र पहिरोको उच्च जोखिम क्षेत्रको पहिचान गरी तत्काल खोज तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ ।
भक्तपुरको सूर्यविनायकस्थित इन्द्र बक्स गण सूर्यविनायकका गणपति प्रमुख सेनानी मोहनकुमार थापाले कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिमको खबर आए लगत्तै घटनास्थलमा पुग्ने बताए ।
भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा छन् । चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेको बताइएको छ ।
Categorized in

