आज रातो मच्छिन्द्रनाथको भोटोजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २०, आइतबार
काठमाडौँ - वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।
भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।
डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।
मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रामा आज राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी हुनेछन् । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
Categorized inबुंगःद्यः (रातो मच्छिन्द्रनाथ)को रथलाई जावलाखेल पुर्याइयो
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १७, बिहिबार
ललितपुर - वर्षा र सहकालका देवताका रूपमा पूजिने बुंगःद्यः- रातो मछिन्द्रनाथको रथलाई जावलाखेल पुर्याइएको छ।
ललितपुर महानगरपालिकास्थित पुल्चोकका स्थानीयवाबासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँबासीले संयुक्तरूपमा रथलाई तानेर जावलाखेल पुर्याएका हुन्।
सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन्। परम्परागत बाजा, झाँकीसहित रातो मछिन्द्रनाथको रथ तानिएको थियो। गत वैशाख २७ गते बुंगःद्यःको रथलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो।
बुंगःद्यःलाई मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो। रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ।
Categorized inरातो मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइँदै
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १७, बिहिबार
पाटन, वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पु¥याइने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिनुभएको जानकारी अनुसार ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा रथलाई तानेर आज जावलाखेल पु¥याइनेछ । सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत बाजा , झाँकि सहित रातो मछिन्द्रनाथको रथ तानिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘परम्परागत जात्रा , पर्व , धर्म सस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको छ ।”
आज दिउँसो ४ बजपछि रथ तान्न सुरु हुने जनाइएको छ । गुठी सस्थान प्रमुख आचार्यले भन्नुभयो ‘‘ रथ तान्ने सबै तयारी भइसकेको छ, बाजागाजासहित जावलाखेल पु¥याइएको चार दिनपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ ।’’
गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।
यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।‘‘भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु¥याउनुपर्ने परम्परा रहिआएको छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ ’’ आचार्यले भन्नुभयो ।
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनका अनुसार रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भएको जानकारी दिन यस पटकदेखि भोटो देखाएको भोलिपल्ट सप्तपातल पोखरीमा माछा छोडिनेछ । ‘‘रातो मच्छिन्द्रनाथको जात्रा सकिएपछि जोडी परेवा उडाएर मत्र्यमण्डलमा र पोखरीमा जोडी माछा छोडेर पालाल जानकारी दिनुपर्छ, भन्ने किम्बदन्ती छ, सप्तपाताल पोखरीको विनाससँगै यो प्रचलन रोकिएको थियो, यसपटक हामीले पोखरीको पुनःनिर्माण गरिसकेका छौँ । अव यो परम्परा पुनःजीवित हुनेछ ।’’ उहाँले भन्नुभयो ।ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ ।
ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प
Janjati Khabar | २०८१ श्रावण १६, बुधबार
Categorized in
काठमाडौँमा बाढीः ३६ जनाको उद्धार
Janjati Khabar | २०८१ श्रावण १६, बुधबार
भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ । ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।
Categorized in
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १६, बुधबार
काठमाडौँ - गएराति भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आएको छ । बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।
बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।
Categorized inभक्तपुरका विभिन्न स्थान डुबानमा
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १६, बुधबार
भक्तपुर - गएराति परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।
भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको छ । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट २८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बाढीका कारण सूर्यबिनायक नगरपालिका वडा नम्बर–२ र ४ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ का बासिन्दा प्रभावित भएका हुन् । सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले २८ जनालाई सुरक्षित स्थानमा सारेको र डुबानमा परेका सामान निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।
सूर्यबिनायक नगरपालिका–४ स्थित मोर्डन कलेज अगाडी मगर गाउँमा महादेव खोला बस्तीमा पसेको छ सूर्यबिनायक नगरपालिका–२ बालकोट र मध्यपुर थिमी नगरपालिका–१ मा मनोहरा खोला आसपासको बस्तीमा पसेको छ । खोला किनारका गाईगोठ र टहरामा क्षति पुगेको छ ।
यता सूर्यबिनायक नगरपालिका–८ पुरानो जगोत स्थित कपास उद्योगमा बाढी पसेको छ । गएराति पौने ३ बजेतिर ठाडो खोलामा आएको बाढी कसर ओलीले सञ्चालन गरेको कपास उद्योगमा पसेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
भक्तपुरका चाँगुनारायण नगरपालिका–८ स्थित साइन उडन फर्निचर उद्योगमा बाढी पसेको छ । बुधवार बिहान ४ बजेतिर ब्रह्मायणी खोलामा आएको बाढी उद्योगमा पसेर करिब १० लाखको क्षति भएको जनाइएको छ ।
Categorized inभक्तपुर दधिकोटको खोला बस्तीमा पस्दा ३० घर डुबानमा
Janjati Khabar | २०८१ श्रावण १५, मंगलबार
भक्तपुर, १५ साउनः सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको रु ३० लाखभन्दा बढी क्षति भएको छ ।
मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो । घरको भुइँतलाका भान्सादेखि शयन कक्षसमेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको छ । साथै टोलमा रहेको नौवटा गाडी र २० भन्दा बढी मोटरसाइलसमेत पूरै डुबेर क्षति पुगेको छ ।
स्थानीय समाजसेवी अनिता पाण्डेले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको बताउनुभयो । उहाँले घरमा रहेका गाडी, मोटरसाइकल र अन्य समानहरुमा क्षति पुगेको तथा लाखौँको क्षति पुगेको बताउनुभयो ।
स्थानीय कला थापाले परिवार मध्यराति कोठामा पानी परेर झ्यालको उचाइसम्म पुगेपछि सानो बच्चा च्यापेर कौशीमा गएर बस्नु परेको बताउनुभयो । यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलोपटक धेरै क्षति पुर्याएको हो । कतिपयलाई खाने र राति सुत्ने सामानको समेत अभाव भएको छ ।
स्थानीय वडा कार्यालयका केही जनप्रतिनिधि र केही नेता आज बिहान आएर अवस्थाको निरीक्षण गरेर गए पनि स्थानीय भने खोलामा करिडोर निर्माण नगरिदिँदा समस्या आएको भन्दै आक्रोशित बनेका थिए । पाण्डेले स्थानीयले खोलामा करिडोर बनाउन वर्षौंदेखि माग गरे पनि जनप्रतिनिधिले चासो नदिएको भन्दै स्थानीय आक्रोशित बनेको बताउनुभयो । खोलामा जमेको माटो हटाएर सम्भावित जोखिम कम गर्ने भनिए पनि तीन तहकै सरकारले दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले सोही स्थानमा खोलाको पर्खाल भत्किएको र एक खाद्य कम्पनीमा क्षति पुगेको बताउनुभयो । उहाँले बस्तीमा पानी पसेको जानकारी आएपछि विभिन्न ठाउँमा क्षतिको विवरण लिन प्रहरी परिचालन गरेको जनाउँदै साँझसम्ममा सबै विवरण आउने बताउनुभयो ।
श्रावण १७ गते रथजात्रा : रातो मच्छिन्द्रनाथको फूल–प्रसाद कीर्तिपुरकी याकः मिसालाईहस्तान्तरण
Janjati Khabar – LALENDRA SHAKYA | २०८१ श्रावण १४, सोमबार
कीर्तिपुर/बुंगद्यः करुणामय रातो मच्छिन्द्रनाथको रथ आउँदो श्रावण १७ गते बिहिवार लगनखेलबाट जावलाखेल तान्ने जात्रा हुने भएको छ ।
लगनखेलबाट जावलाखेल रथ तान्ने चार दिन अगाडि आज सोमबार श्रावण १४ गते कीर्तिपुरको २ वडास्थित प्यंगःथांमा रातो मच्छिन्द्रनाथको जलपानेजुको हातबाट याकःमिसालाई फूल–प्रसाद हस्तान्तरण गर्नुभएको थियो ।
फूल–प्रसाद हस्तान्तरणसंगै याकःमिसालाई नेपाल सरकार गुठी संस्थान शाखा कार्यालय ललितपुरबाट प्रदान गरिने याकः मिसाको दरबन्दी रकम पनि हस्तान्तरण गरिएको थियो ।
मिति २०८० असोज २४ गते गुठी संस्थान शाखा कार्यालय ललितपुरले श्री याकः मिसा कवःलाई बोधार्थ गरी याकः मिसाको दरबन्दी कायम सम्बन्धमा पत्र पठाइएको थियो । उक्त दरबन्दी अनुसार आज सोमबार याकः मिसालाई फूल–प्रसादसंगै २०८० र २०८१ को दरबन्दी बापत रकम करिब ११ हजार चानचुन रुपैंया पनि चढाइएको थियो ।
गुठी संस्थान शाखा कार्यालय ललितपुर कार्यालय प्रमुख लछुना शर्मा काफ्लेद्वारा हस्ताक्षरित याकः मिसाको दरबन्दी कायम सम्बन्धको पत्रमा कीर्तिपुरको याकः मिसाको दरबन्दी कायम गर्ने सम्बन्धमा श्री रातो मच्छिन्द्रनाथको रथजात्रासंग सम्बन्धित याकः मिसाको निमित्त वार्षिक रु. ५५५५ (पाँच हजार पाँच सय पचपन्न)को दक्षिणा दरबन्दी कायम गरी प्रत्येक वर्ष याकः मिसालाई पानेजुले फूल–प्रसाद चढाउने दिनमा कार्यालयको प्रतिनिधि गई सो दक्षिणा दरबन्दी भएको रकम दिने र सो रकम दरबन्दी कार्यविधि बमोजिम दुई वर्षमा १० प्रतिशतले बढाउने गुठी संस्थान प्रधान कार्यालयको मिति २०८० भाद्र १ गतेको निर्णय भएकोले सोही अनुसारको व्यवस्था गरिने हुँदा सोही व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु भनी उल्लेख गरिएको छ ।

ज्योतिषीहरुले हेरिएको शुभसाईत अनुसार श्रावण १७ गते लगनखेलबाट पश्चिमतफै रथ तानिने भएको छ । यसरी श्रावण १७ गते रथजात्रा गरी जावलाखेल पु¥याइसकेपछि चारदिन पछि श्रावण २१ गते भोटो जात्रा हुनेछ भने यसपछि यस बर्षको सम्पूर्ण रातो मच्छिन्द्रनाथको जात्रा समापन हुनेछ ।
वर्षा र सहकालको देवताको रुपमा पुज्दै आइरहेको ऐतिहासिक बुंगद्यः करुणामय रातो मच्छिन्द्रनाथलाई ललितपुर पाटको विभिन्न क्षेत्रमा परिक्रमा गराई जावलाखेल पु¥याई भोटो जात्रा गरी समापन गर्ने परम्परा र प्रचलन रही आइरहेको छ ।
विद्या, धन सम्पक्ति, शान्ति समृद्धिका साथं सम्पूर्ण बरदान मागे पनि आफ्नो रुप रंग राम्रो होस भनी बरदान माग्न नहुने संस्कृतिविदहरुको भनाई रहेको छ ।
रातो मच्छिन्द्रनाथ बुंगद्यः करुणामयको रथजात्रा नेपालमा मनाइने जात्राहरुमध्ये यो नै सबभन्दा लामो जात्राको रुपमा लिइन्छ ।
रातो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल पूर्णिमाको दिन शुभारम्भ भई दुई महिनासम्म निरन्तर रुपमा मनाइने जात्रा हो ।
रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो जात्रा हो । पुल्चोकमा रथारोहण गरी शुभारम्भ हुने रथजात्रा गाःबहाल, मंगलबजार, लुँहिति (सुन्धारा), लगनखेल, इतिटोल हुँदै जावलाखेल पु¥याई भोटो जात्रा गर्ने परम्परा रही आइरहेको छ । भोटोजात्रा समापनपछि बुंगमतीका स्थानीय बासिन्दाहरु बाजागाजा सहित आई देवतालाई खतमा राखी मुख छाडी, छ्वालीप्वाः बाली बुंगमती लैजाने प्रचलन छ । यसपछि जात्रा समापन हुनेछ ।

एक रहस्यमय कुरा, रातो मच्छिन्द्रनाथको रथ पुल्चोकमा निर्माण गरिन्छ, पुल्चोकबाट नै सर्वप्रथम रथ तानिन्छ । तर पुल्चोकका बासिन्दाहरुले उक्त दिन जात्राको रुपमा लिइदैन अर्थात् आफन्तहरुलाई निमन्त्रणा गरिदैन । जब रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इतितोलबाट जावलाखेल तानिन्छ, तब मात्र उक्त दिन पुल्चोकका बासिन्दाहरुलेआफन्तहरुलाई निमन्त्रणा गरी जात्रा मनाइन्छ । इतिहास अनुसार पुल्चोकका बासिन्दाहरु पहिले कीर्तिपुर र सातगाउँबाट बसाईँ सरी आएका थिए । त्यसैले पुल्चोकका बासिन्दाहरुलाई “अतः गांमा” भन्ने पनि गरिन्छ ।
त्यस्तै, लगनखेलको इति टोलबाट रातो मच्छिन्द्रनाथको रथ तान्ने बेलामा कीर्तिपुरका साथै सातगाउँले बासिन्दाहरु बाजागाजासहित आई देवताको रथ तान्ने प्रचलन छ । उक्त दिनको जात्रालाई सातगाउँले जात्रा को रुपमा लिने गरिन्छ भने कीर्तिपुरको जात्रा पनि भन्ने प्रचलन छ ।
पौराणिक भनाई अनुसार १२ वर्षसम्म अनिकाल भएको बखत भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गरेको हो भन्ने किंवदन्ती छ ।
नकर्मीको शोकमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ११, शुक्रबार
काठमाडौं - आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ।
नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए। विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।
नकर्मीको हिजो निधन भएको हो। फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ।
'उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौं उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको। उहाँले यस फोरममा रही पुर्याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन्,' विज्ञप्तिमा भनिएको छ।
Categorized in

