STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल

Janjati Khabar | २०८१ श्रावण ३०, बुधबार

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमति लगायतका नदीमा पानीको प्रवाह वृद्धि गर्नेबारे विज्ञहरुसँग छलफल गर्नुभएको छ । आज मन्त्रालयमा विज्ञहरुसँग छलफल गर्दै उहाँले बागमती, विष्णुमतिलगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजनाका बारेमा राय लिनुभएको हो । उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौँ उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै उपप्रधान मन्त्री सिंहले समाधानका उपायबारे छलफल गर्नुभएको हो । “नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ की भनेर केही स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ की भनेर सोचिरहेका छौँ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यसमा विज्ञहरुको राम्रा सुझाव आएका छन् । आगामी दिनमा पनि विज्ञहरुसँग बसेर अरु के–के गर्न सकिन्छ छलफल गरौँला ।” मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको प्रवाह वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शङ्खमूलदेखि कुपन्डोलसम्म पानी जमाएर ‘बोटिङ’ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरुसँग राय लिइएको बताउनुभयो । सो क्रममा विज्ञहरुले सुख्खा याममा काठमार्डौंका नदीमा जलप्रवाह बढाउन प्राविधिक सम्भाव्यताका बारेमा राय दिनुभएको थियो । विज्ञहरुले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रुपमा प्रयोगमा ल्याउन सकिने धारणा राख्नुभयो । केही विज्ञले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभएको छ । पूर्वमन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहरमैला व्यवस्थापन गर्नेलगायतका विषयमा विज्ञहरुसँग छलफल सुरु गर्नु सकारात्मक रहेको बताउनुभयो । उहाँले काम गर्ने तौरतरिका बदलेर नदी सफाइ, फोहरमैला व्यवस्थापनलगायतका विषयमा सर्वसाधारणलाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

 

Categorized in

वर्तमान विश्वलाई पहिलेकोभन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २८, सोमबार

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताएका छन् । यहाँस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृहस्थ जीवनसम्बन्धी प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता र परोपकारभाव अति आवश्यक भएकाले बौद्धशिक्षा अझ सामयिक भएको बताए । 

दम्भको मार्ग त्यागेर मानवनीयता र आत्मीयता अवलम्बन गर्न सके विश्वमा शान्ति कायम हुने र पृथ्वीको पनि रक्षा गर्न सकिने प्रधानमन्त्री ओली बताए । उनले भने, “आज विश्वमा उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति छाएको छ । आफ्नो जिद्धीका लागि निर्दोष मान्छेमाथि पनि कसले कतिबेला कहाँ सशस्त्र आक्रमण गर्नेहो भन्ने भयको वातावरणमा बस्नुपरेको  छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ ।’’ उनले परस्पर बेमेल र अशान्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनास मात्रै निम्त्याउने धारणा व्यक्त गरे ।

विहारका प्रमुख धम्मवतीले प्रधानमन्त्रीको आरोग्यको कामना गर्दै उनको नेतृत्वमा देश समृद्धिको पथमा अग्रसर हुने विश्वास व्यक्त गरे । त्यस अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी थिए ।

Categorized in

सहकारी पीडित स्थापितको उपचार नपाएर मृत्यु, राजधानीमा प्रदर्शनी

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २७, आइतबार

काठमाडौं - सहकारी पीडितहरूले शवको बाकस बोकेर राजधानीमा प्रदर्शन गरेका छन्। सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हो । स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् । 

निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकको रकम सहकारीमा सार्न लगाएर ठगी गरेको आफन्तले बताए । 

स्थापितको एक करोड बढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको भन्दै सहकारी पीडित र आफन्तहरूले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका हुन् ।

Categorized in

भारतीय विदेश सचिवद्वारा नेपालभाषा परिषद्को भवन उद्घाटन

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २७, आइतबार

काठमाडौं - दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौंस्थित नेपालभाषा परिषद्को नयाँ भवनको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र भारतीय विदेश सचिव मिश्रीले आइतबार संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरेका हुन् ।

भारतले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत नेपालभाषा परिषद्को नयाँ भवन निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतीय विदेश सचिव मिश्री आइतबारै बिहान काठमाडौं आइपुगेका हुन् । उनी मंगलबार स्वदेश फर्कनेछन् ।

Categorized in

काठमाडौँ प्लाजा नजिकको सडकमा भ्वाङ

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २५, शुक्रबार

काठमाडौँ - राजधानीको काठमाडौँ प्लाजा नजिकको सडक भासिएका कारण सडक अवरुद्ध भएको छ ।

काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो । 

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । सडक भासिएको स्थानमा टुकुचा खोला पर्दछ । 

Categorized in

वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २२, मंगलबार

गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ ।

 

Categorized in

स्वयम्भूमा एक महिनासम्म लाग्ने गुँला पर्व सुरु

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २१, सोमबार

नेवार समुदायले मनाउने गुँला पर्व बिहीबारबाट सुरु भएको छ ।
साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रमा गर्ने गरिन्छ ।
यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन्।नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ।
बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै स्वयम्भू महाचैत्यलगायत आफ्नो नजिकको देवालयमा पुग्ने गर्दछन् ।  धार्मिक दृष्टिकोणले यस पर्वसँगै नागपञ्चमी, पञ्चदान, रक्षाबन्धन जनैपूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् ।

Categorized in

गुणिला अर्थात् ‘गुंलापर्व’ आजदेखि सुरु

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २१, सोमबार

काठमाडौँ - एक महिनासम्म मनाइने ‘गुंलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत‌्को गुंलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ ।

"गुणिला" वा राम्रोबाट आएको ‘गुं’ र ‘ला’ को अर्थ ‘महिना’ वा धर्मकर्म गर्न राम्रो महिनाको रूपमा गुंला भनिएको हो । गोपालराजवंशावलीमा समेत यश महिनालाई 'गुणिला' लेखिएको पाइन्छ । यस महिना बजाइने बाजा विशेषलाई "गुंला बाजं" नाम दिइएको छ । गुंलाबाजा बजाएर तीर्थस्थल, मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ यो पर्व मनाइने गरिन्छ । एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरको विभिन्न मठमन्दिर, देवालय र विहारको परिक्रमा गर्ने प्रचलन छ ।

यस पर्वमा स्वयम्भू, महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, बौद्ध, पाटनको पुल्चोकका साथै उपत्यकाका विभिन्न चैत्यस्थलको परिक्रमा गरिन्छ । राँगा, भेडाको सिङबाट बनाइएका ‘न्यकू' बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्याःलगायत बाजा बजाएर परिक्रमा गर्ने प्रचलन रहेको छ । गुंला पर्वका अवसरमा विशेषगरी नौथरि बाजा बजाउने प्रचलन छ । 

पछिल्लो समय बौद्ध धर्मावलम्बीसहित अन्य समुदायले पनि धाः बाजा, बाँसुरी, धिमे, भुस्या बजाएर चैत्य तथा स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमात्रिकालगायत देवीदेवताको परिक्रमामा सहभागी हुने गरेका छन् ।

Categorized in

‘उपचार गर्न काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य’

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २०, आइतबार

 

Categorized in

सोमबारदेखि स्वयम्भूमा एकमहिने मेला

Janjati Khabar | २०८१ श्रावण २०, आइतबार

 

Categorized in

Pages