STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कार, एमएमा उत्कृष्ट हुने छात्रा पुरस्कृत

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १७, सोमबार

ललितपुर - बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्ने हो भने पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । 

नेपालभाषा केन्द्रीय विभागको ५४ औं स्थापना दिवसका अवसरमा आयोजित बैकुण्ठ एवम् चैन लाकैल पुरस्कार प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री खड्गीले उपत्यका सांस्कृतिक नगरी भएकोले यहाँको मूर्त अमूर्त सम्पदा हरहालतमा बचाइराख्नु पर्ने मान्यताका साथ आफू काठमाडौं महानगरपालिकाको उपमेयर रहेको समयदेखि लागिराखेको र अहिले पनि आफ्नो मन्त्रालयको तर्फबाट हुने र सक्नेजति सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा नेपालभाषा, साहित्य र समालोचना विधामा महत्वपूर्ण योगदान दिनुहुने प्रेमशान्ति तुलाधरलाई बैकुण्ठ लाकौल पुरस्कार प्रदान गरिएको थियो । 

यसैगरी नेपालभाषा केन्द्रीय विभागमा अध्ययन गर्ने महिला विद्यार्थीहरुको प्रोत्साहनको निम्ति स्थापना गरिएको चैन लाकौल पुरस्कार तीनजनालाई प्रदान गरिएको छ । नेपालभाषा स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने महिला विद्यार्थीलाई प्रदान गरिने पुरस्कार प्राप्त गर्नुहुनेहरुमा कुष्णप्यारी श्रेष्ठ, पद्मा खयरगोली र रजनी श्रेष्ठ रहनुभएको छ ।

नेपालभाषा केन्द्रीय विभागका प्रमुख सह प्रा. राजनलाल जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै जोशीले नेपालभाषा केन्द्रीय विभागमा विभिन्न विषयमा अनुसन्धान भइराखेकोले बागमती प्रदेशले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिइसकेको अवस्थामा भाषा जानेको जनशक्ति आवश्यक परेमा आफूले सहयोग गर्ने बताउनुभयो । 

गत मन्तव्यकै क्रममा उहाँले दिवंगत नेपालभाषा शिरोमणी बैकुण्ठप्रसाद लाकौलको तर्फबाट उहाँको परिवारमार्फत निरन्तर प्राप्त भइरहेको सहयोगको प्रशंसा गर्दै नेपालभाषा अध्ययन गर्ने महिला विद्यार्थीलाई प्रोत्साहनस्वरुप चैन लाकौल पुरस्कारको स्थापना भएकोमा आभार प्रकट गर्नुभयो 

सोही कार्यक्रममा पुरस्कारका दाता बैकुण्ठप्रसाद लाकौलाका सुपुत्र श्रीकण्ठ लाकौलले बैकुण्ठ लाकौल र  चैन लाकौल पुरस्कारको लागि अक्षय कोषको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा नेपालभाषा केन्द्रीय विभागका प्रमुख संस्थापक प्रा.डा. सुन्दरकृष्ण जोशी, पाटन क्याम्पसका प्रमुख लक्ष्मणसिंह कुँवर र पुरस्कार प्राप्त गर्नुहुने प्रेमशान्ति तुलाधरले  पनि आफ्नो मन्तव्य राख्नुभएको थियो भने उप प्रा. जीवनकुमार महर्जनले तुलाधरको विषयमा प्रकाश पार्नुभएको थियो । 

स्रोत : नेपालभाषा समाचार केन्द्र

Categorized in

सयौं बाजा एउटै ताल, सयौं कलाकार एउटै चाल

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १७, सोमबार

केन्द्रीय मानन्धर संघले काठमाडौंको आयोजनामा  बृहत् धाः बाजा प्रदर्शनी ११४४ सम्पन्न गरेको छ । बसन्तपुरमा सम्पन्न सो प्रदर्शनी  मौलिक बाजा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले संघले केही वर्ष यतादेखि काठमाडौं महानगरपालिकासँगको सहकार्यमा स युवा पुस्तामार्फतको सहभागीता मा सम्पन्न भएको हो । मरु गणेशस्थानको पछाडि अवस्थित माजु देगःको खुड्किलामा उभिएर सयौं कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा बजाएको हो ।

‘मानन्धर समुदायको सघन बसोबास रहेका विभिन्न टोल मध्ये काठमाडौंका ८ वटा टोलबाट बाजा प्रदर्शनीमा सहभागी थिए ।’ कार्यक्रम संयोजक सन्देश मानन्धरले बताए । कार्यक्रममा लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुथि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः तथा पाक्व पुखूद्यां सनाः खलःबाट आठआठ जना कलाकार सहभागी गराएको प्रदर्शनीमा १५ जना व्यावसायिक म्यूजिकल अर्केस्ट्राका कलाकारले साथ दिएको उहाँले जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले मानन्धर समाजले बाजा संरक्षणमा दिंदै आएको योगदानलाई प्रशंसा गरिन् । एउटा फरक प्रसङ्गमा डंगोलले सामाजिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिंदै आएका खलः, पुचः र गुठीको लागि चालू आ.व.मा महानगरले यथोचित बजेट विनियोजन गर्न नसकेको स्वीकार गरिन् । मेयर बालेन शाहप्रति इँगित गर्दै उप मेयर डंगोलले महानगरबासीकै करको योगदानबाट निर्माण भएको बजेटमा थुप्रै संघसंस्थाको अधिकार विमुख भएको बताइन् । हुन पनि आ.व. २०८१–८२ को बजेटमा केन्द्रीय मानन्धर संघ, उदाय समाज, बज्राचार्य समाज, सिस्य समाज लगायतका थुप्रै सामुदायिक संस्थाको कार्यक्रम शिर्षक कटौती भएको छ । गत वर्ष विनियोजित बजेटलाई चालू आ.व.मा निरन्तरता दिने सवालमा मेयर शाह र कार्यपालिकाका अन्य सदस्यहरुबीच असमझदारी सिर्जना भएको बताइएको छ ।

चस्वांद्व मानन्धर सनाःगू खलःका सचिव उत्तम मानन्धरले सञ्चालन गरेको कार्यक्रममा काठमाडौं महानगरपालिकाकी डेपुटी मेयर सुनिता डंगोल, महानगरकै प्रवक्ता नवीन मानन्धर, जनसेवा प्रहरी प्रमुख, विभिन्न बाजा खलःका गुरुहरु तथा हजारौं दर्शकहरु सहभागी थिए ।

क) कार्यक्रमको लागि बाजा प्रशिक्षकः

त्रिरत्न मानन्धर

ख) बाजा प्रदर्शनीमा सहभागी भएको टोल÷बाजा समूह तथा संयोजकहरुको विवरणः

१) लाय्कूसाः मानन्धर समाज (प्रतिनिधि, सानुबाबु मानन्धर)

२) भिंद्यः गुथि कालिमाटी (प्रतिनिधि, जगदीश मानन्धर)

३) चस्वांद्व मानन्धर सनाःगू खलः (प्रतिनिधि, उत्तम मानन्धर)

४) थँहिटी मानन्धर गुथि (प्रतिनिधि, गौतम मानन्धर)

५) दैसाः टोल मानन्धर समाज (प्रतिनिधि, सन्देश मानन्धर)

६) न्यागःमणि फेदी मानन्धर संघ (प्रतिनिधि, पुष्प मानन्धर)

७) मानन्धर सनाःगू खलः न्हूसाः (प्रतिनिधि, कृष्ण बहादुर मानन्धर)

८) पाक्वः पुखूद्यां सनाः खलः (प्रतिनिधि, बाबुराम मानन्धर)

Photo Courtesy: Prakash Manandhar

समाचार स्रोत - के के मानन्धर

Categorized in

देशभक्तहरुको मोर्चा आवश्यक : डा. महेशमान श्रेष्ठ

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १७, सोमबार

नागरिक अगुवा डा. महेश मान श्रेष्ठले देशभक्तहरुको संयुक्त मोर्चा बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, समाजवादी लगायतको दलले देशभक्तहरुको संयुक्त मोर्चा बनाउनुपर्ने सुझाव दिनु भएको हो ।

 नेवाः ग्वाहालि पुचः टोखाले गरेको कार्यक्रममा नेपाललाई भ्रष्टाचारी, राजनीतिक दलभित्रका विकृत नेता र सोही आचारण भएका जनताले बिगारेको आरोप डा श्रेष्ठले लगाउनु भएको छ । ‘बिबिसी, सीएनएन, अलजजिरा, फोक्स न्यूजहरुमा पछिल्लो समय नेपालमा व्याप्त रहेको भ्रष्टाचार सम्बन्धिको समाचार प्रशारण भएका छन् । यसले गर्दा नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा बिग्रेको छ ।’ डा. श्रेष्ठको भनाइ छ । 

उहाँले भ्रष्ट नेताहरुको ठाउँमा इमान्दार, सक्षम र देशलाई सच्चा माया गर्ने नेताहरुको आवश्यकता रहेको बताउनुभएको छ । नागरिक अगुवा श्रेष्ठले पछिल्लो समय नयाँ पुस्ताको मातृभाषाप्रतिको विकर्षणप्रति चिन्ता व्यक्त गर्दै नेपालभाषा क्लब, आदिवासी नेवाः राजनीतिक अभियान तथा नेवाः ग्वाहालि पुचःले भाषा संरक्षणमा दिंदै आएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा समाजसेवी श्रीकृष्ण मानन्धरले टोखा नगरपालिका वडा नं. २ र ३ मा स्थानिय पाठ्यक्रम बनाएर नेपालभाषाको अध्यापन सुरु गराएको जानकारी दिनुभयो । स्थानिय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी मातृभाषा अध्यापन गराउन पाएकोमा खुसी व्यक्त गर्दै समन्वय गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।

टोखाको मूध्वाखास्थित वडा कार्यालयको हलमा सम्पन्न भएको कार्यक्रममा उद्घोषण, औपचारिक कार्यक्रममा सिलसिला मिलाएर बोल्ने शैली, प्रचलित नेपाल लिपि प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । ग्वहालि पुचःले यसअघि कीर्तिपुर, तारकेश्वर नगरपालिकाको मनमैजु, फुटुङ, धर्मस्थली, भक्तपुरको थिमि, काठमाडौंका विभिन्न टोलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा टोखा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, शिक्षासेवी, गृहिणी लगायत सहभागी थिए ।

समाचार स्रोत - केके मानन्धर ।

Categorized in

ज्यापु समाजको ज्यापु कल्याण तालिम भवन उद्‌घाटन

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १६, आइतबार

ललितपुर- ज्यापु समाज यलले निर्माण गरेको ज्यापु कल्याण तालिम भवन संचालनमा आएको छ । उक्त भवनको शनिबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । तीन करोड लगानीमा निर्माण गरिएको यो भवनमा कला, संस्कृति र सम्पदा संरक्षणका लागि मद्दत गर्न तालिमहरू संचालन गरिने जनाइएको छ ।

दान दिइएको जग्गाको क्षेत्रफल १० आना, एक पैसा, दुई दाम रहेको छ । ललितपुरका मेयर चिरीबाबु महर्जनले महानगरले दिने सम्पूर्ण तालिम उक्त भवनबाट दिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । कला, संस्कृति र सम्पदा संरक्षणका लागि आयोजना गरिने तालिमलाई यस भवनमा प्राथमिकता दिइने उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले कला, संस्कृति र सम्पदा संरक्षणका लागि तालिम भवन निर्माण गरेकोमा खुशी व्यक्त गर्दै यो पुण्यकर्ममा सहभागी हुनेलाई धन्यवाद दिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सीप प्रवर्द्धनसँग सम्बन्धित तालिमका लागि भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै तालिमलाई आयआर्जनसँग जोड्नुपर्ने धारणा राखे । जग्गा दिने व्यक्ति र उनको परिवारप्रति उनले कृतज्ञता व्यक्त गरे ।

ललितपुर महानगर वडा नं.११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले आफ्नो वडामा ज्यापु कल्याण तालिम भवन निर्माण भएकोमा खुशी व्यक्त गरे । तालिम संचालनका लागि समेत वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Categorized in

भक्तपुरमा मनाइयो पञ्चदान पर्व

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १६, आइतबार

काठमाडौं - नेपाल सम्वत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले यो पर्व प्रचलनमा ल्याएको मान्यता छ । शनिबार पाँच दीपंकरहरूलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइएको छ । काठमाडौँस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरूलाई भक्तपुर नगर परिक्रमा गराइएको छ ।

यस पर्वमा बौद्धमार्गी नेवारहरूले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाइ अन्न, फलफूल र दक्षिणा दान दिएका छन् । बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत भने उक्त टोल टोल पुगेर अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी भएका छन् । काठमाडौँ उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहेको स्थानीय देवचन्द्र बज्राचार्यले बताए । भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरूलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइने उनले बताए ।

दीपंकर बुद्धसँगै बौद्धमार्गीहरू बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने बज्रचार्यले बताए। भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सम्पन्न गरिने परम्परा रहेको छ ।

Categorized in

मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित

Janjati Khabar – जनजातिखबर संवाददाता | २०८१ भाद्र १२, बुधबार

काठमाडौं - नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् ।

नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार फणिन्द्र बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, स्वर्ण पदक विजेता खेलाडी केदारेश्वरमान स्थापित, संस्थाकी आजिवन सदस्य जलेश्वरी श्रेष्ठ र निवर्तमान अध्यक्ष मंगला कारंजित  रहनुभएको छ । 

यसैगरी कमला लुमिन नेपालभाषा सान्त्वना पुरस्कारका दाता कमला लुमिन कुमारले लेखक भावनी तुलाधरलाई र रमा–कौशल्य स्मृति पुरस्ताका दाता मथुरा साय्मिले सिष्टर बिकुमाया कारंजित श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि कर्ण शाक्यले नेवाः महिलाहरुमा पनि अथाह शक्ति लुकिराखेको बताउनुहुँदै आफ्नी आमा र जीवन संगिनीबाट प्राप्त प्रेरणाको प्रसंग कोट्याउनुभयो । उहाँले आफू ७५ वर्षको भएपछि सबै जिम्मेवारी छोराछोरीलाई सुम्पेर नयाँ चिन्तनमा लागेपनि आवश्यक परेमा काममा फर्कन सक्षम रहेको बताउनुभयो । 

वरिष्ठ साहित्यकार फणीन्द्ररत्न वज्राचार्यले नेपालभाषा मिसा खलः महिलाहरुको  संस्था भएतापनि आफूलाई सम्मान गरेकोमा खुशी प्रकट गर्नुभयो । कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य, श्रद्धाचारी गुरुमां, मिसा खलःका पूर्व अध्यक्ष सुवर्णकेशरी चित्रकार लगायतले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो । 

मिसा खलःकी अध्यक्ष धर्मशोभा तुलाधरको सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा मिसा खलःलाई अनवरतरुपमा अगाडि बढाउनको लागि एक कोष स्थापना गर्ने घोषणा गर्दै कार्यक्रममा उपस्थित महानुभावहरुले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । 

स्रोत : नेपालभाषा समाचार केन्द्र

 

Categorized in

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा

Janjati Khabar | २०८१ भाद्र १२, बुधबार

फुङ्लिङ ९ताप्लेजुङ०, १२ भदौः लिम्बू ९याक्थुङ० समुदायको प्रसिद्ध धाननाच ९याःलाङ० संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।
धाननाच ९याःलाङ० संरक्षण तथा प्रवद्र्धन गर्न आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य रूपमा धान नाच प्रस्तुत गर्दै मौलिक संस्कृतिलाई उजागर गर्ने प्रयास गरेका छन् । नेवार समुदायको लाखे पर्वका अवसरमा आयोजना गरिएको यस कार्यक्रममा किशोरदेखि वृद्धसम्मको उत्साहजनक उपस्थिति रह्यो ।
याक्थुङ चुम्लुङ ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले जुहारी शैलीमा लिम्बू भाषामा गाइने पाःलाम गीतसँगै सामूहिक रूपमा गोलाकार र लामबद्ध भएर नाच प्रस्तुत गरेका थिए ।
धान नाच लिम्बू समुदायको मात्र नभई अन्य समुदायमा समेत लोकप्रिय छ । विशेषगरी विवाह, मेला र अन्य उत्सवमा धान नाच प्रचलित रहँदै आएको छ ।
लिम्बू समुदायमा धान नाचले सामाजिक सम्बन्धलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । चेली माइती र नाता नलाग्ने युवक युवतीबीच माया प्रेम साट्ने माध्यमका रूपमा पनि धान नाच चर्चित छ । तर, पछिल्लो समय नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृतिप्रति चासो नदिँदा धान नाच लोप हुने अवस्थामा पुगेको जानकार टिप्पणी गर्छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् ताप्लेजुङका अध्यक्ष भद्र बोखिम लिम्बूका अनुसार पश्चिमा संस्कृतिको प्रभाव र युवाको घट्दो रुचिका कारण यो संस्कृति सङ्कटमा परेको हो । “मौलिक संस्कृतिको संरक्षणका लागि युवापुस्तालाई सचेत पार्नुपर्ने आवश्यकता छ उहाँले भन्नुभयो ।

Categorized in

घिन्ताङघिसी नाचसँगै भक्तपुरमा आठदिने गाईजात्रा सुरु

Janjati Khabar | २०८१ भाद्र ४, मंगलबार

 

Categorized in

आज सापारू पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ४, मंगलबार

काठमाडौँ - प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘सापारू’ (गाईजात्रा) आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। 

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा सायाः निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । 

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।  

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

विकृतिविरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । 

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेकासहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

Categorized in

ललितपुरमा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पुरा

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ श्रावण ३१, बिहिबार

ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिन बिहिबार पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

सो पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार यो वर्ष भदौ ५ गते भाद्रकृष्ण गुंलागा द्वितीयाको दिन नगरको चार दिशामा रहेको चार वटा थूर (अशोक स्तुप) परिक्रमाको क्रमलाई आधार बनाई बौद्ध धार्मिक स्थलहरु देवालय, चैत्यालय, धर्मधातु, बागीश्वर परिक्रमा (लगभग १२ घण्टा) गरिने भएको छ । यात्रा विहान सबेरै ४ बजे शुरु हुनेछ  । 

श्रद्धालु भक्तजनहरु नकबहिलमा भेला भइ यहीँबाट थालिने यस यात्राका पथ प्रदर्शन बज्राचार्य पुरोहित रहने गरेको छ भने सहभागीको अन्तमा आयोजक क्षेत्रको त्वाःम्वः (टोलका नाइके) ले निस्ला (पिण्डपात्रमा चामल, पैसा) तथा निस्लापाः (चिउरा, अदुवा, मिठाई) चढाउने परम्परा छ । सहभागीहरुको मध्यमा महादेवको उपस्थिति रहने परम्परा छ ।

चन्द्रमास अनुसार दशौं महिना गुंलाभरी विभिन्न बौद्ध धार्मिक परम्पराहरु संचालन हुने गरेको छ, जसमध्ये करिब ८५० बर्ष अघि लिच्छिवी राजा बालार्चन देवले जेष्ठवर्ण महाविहार तंगबहाः स्थापना गरेको उपलक्ष्यमा ललितपुर नगरमा थालेको मतयाः अर्थात दीपयात्रा परम्परा नेपालकै अद्धितीय सम्पदा मानिन्छ । 

कुम्भेश्वरमा नवबाजा बजाइ प्रारम्भ हुने मतयाः बौद्धकथामा आधारित भएपनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहेको छ । विशेषतः परिवारजनको निधनबाट शोकमा परेकाको सहभागिता रहने यस यात्रामा श्रद्धाभावले जोकोही सहभागी हुन सक्छन् । आयोजना तथा सहभागिताको दृष्टिकोणले समावेशी यो पर्वलाई कूशल एवं अनुपम संस्कृति मान्ने गरिन्छ । 

भगवान बुद्धको ध्यान भङ्ग गर्न आएका स्कन्धमार, मृत्युमार, देवपुत्रमार, क्लेशमार, अभिसंस्कारमारमाथि विजय प्राप्त गरी बुद्धत्व प्राप्त गरेपछि ती मारहरु भगवान बुद्धकै शरणमा गएको गाईजात्राको दिनको भोलीपल्ट शरणस्वरुप श्रद्धाभावले गरिने यस यात्रा परम्परामा अजिव भेषभूषा एवं शैलीमा ख्यालः अर्थात हास्य ब्यङ्गात्मक प्रस्तुत गर्दै सहभागी हुने समूहहरु पनि हुन्छन् भने टोलटोलबाट बाजागाजा सहित समूहहरुको सहभागिता पनि रहन्छ । 

वाद्यवादन यस परम्पराको अर्को विशेषता हो । वाजा एवं वादन शैलीको अनुपम नमूना नवबाजा (धिमे, नाय्खिं, क्वँचाखिं, मगःखिं, नगरा, ढोलक, मृदङ्ग, झाँक्री बाजा, जोरानगरा, दह ब्याबाजा, खँजरी, दबदत, धाः, दमोखिं, नेकू, तिक्ली तथा पय्ताखिं) बाजा बजाउने गरिन्छ । यी बाजाहरु मध्ये धाः, न्यकू, दमोखिं, प्रमुख हुन् भने नेकू अर्थात सिङ बाजा (फुकेर बजाउने) कै नामबाट यस जात्रालाई न्यकू जात्रा अर्थात श्रृंगभेरी जात्रा भन्ने गरिएको हो ।

करिब ४०० बर्ष अघि भने मल्ल राजा सिद्धिनरसिँह मल्लले देशमा छाएको माहामारी तथा हाहाकार अन्त्य गर्न राजगुृरु बौद्ध बज्राचार्यहरुसँग सल्लाह गरी १० वटा टोलहरुले पालैपालो संचालन गर्ने जिम्मेवारीसहित नवबाजा बजाएर नगर परिक्रमाको चलनसहित थप ब्यवस्थित गरेका थिए । 

यस पर्वको सन्दर्भमा निम्न कथन रहेको छ । शशिपटन देशकी रानी सुलक्षणाले आफ्नो पति राजा सिंहकेतु मृत्युपश्चात् राँगोको रुपमा जन्मिएको तथा सो अवधिमा रानी सुलक्षणा सोही राँगो पालिराखेको घरमा ब्राम्हण पुत्रीका रुपमा जन्मिएकी थिइन् । उनले आफ्नो पूर्वजन्मको पति नै यो जन्ममा राँगो भइ जन्मिएको थाहा पाइन् । पछि राँगोको मृत्यु पश्चात दुई वटा सिङमध्ये एउटा नदी किनारमा गाडेर सो स्थानमा चैत्य निर्माण गरेको तथा अर्को सिङको बाजा बनाई सो बाजा (फुकेर) बजाउँदै चैत्य परिक्रमा गरेको उल्लेख छ । सिङलाइ नेपालभाषामा न्येकु भनेर भन्ने वरिन्छ । केही समय पश्चात उनकी पति सिँहकेतु राजा धर्मशिलका नामले प्रकट भएको मानिन्छ । 

न्यकू जात्रा अन्तर्गत नवबाजा प्रदर्शन तथा बोगी यात्रा सम्पन्न भइसकेको छ भने भाद्र २ गते साँझ  ६ बजे कुम्भेश्वरमा नवबाजा प्रस्तुति, भाद्र ५ गते नकबहिलमा भेला भइ विहान ४ बजे मतयाः (दीपयात्रा) आरम्भ, यही दिन विहान ११ बजे नकबहिलमै पूधाः बाजा निकाल्ने तथा दिउँसो १ बजे पाटन दरवारमा नवबाजा प्रस्तुति, भाद्र ६ गते विहान ११ बजे भेला भइ बुंगमतीमा नवबाजा बजाउने, भाद्र ७ गते विहान ११ बजे नकबहिलमै भेला भइ स्वयम्भूमा नवबाजा बजाउने, यही दिन साँझ ५ बजे गणेशपूजाको निमन्त्रणा तथा सूचना प्रवाह गर्ने परम्परा – नाय्खिं च्वयेकेगु, भाद्र ८ गते शनिवार दिउँसो १२ बजे नकबहिलमै भेला भइ गणेशपूजा (यात्रा) गर्ने, भाद्र ८ गते नै साँझ ७ बजे पुरस्कार तथा सम्मान अर्पण, पालो हस्तान्तरण तथा समापन कार्यक्रम हुनेछ ।

Categorized in

Pages