STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ ३, सोमबार

काठमाडौं - श्रम ऐनअनुसार तलब सुविधा पाउनुपर्ने मागसहित पेट्रोलियम मजदूरहरूले डिपोबाट इन्धन नउठाएपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

निजी क्षेत्रका पम्पले इन्धन नबेचेपछि सोमबार बिहानैदेखि सेना, प्रहरी र सशस्त्र प्रहरीका पम्पमा सर्वसाधारणको लाइन लागेको हो । निजी क्षेत्रका पम्पले आइतबारदेखि नै इन्धन बेचेका छैनन् । 

भद्रकाली र लगनखेलमा रहेको सेनाको पम्पमा लामो लाइन देखिएको छ । यस्तै, नक्सालमा रहेको नेपाल प्रहरीको पम्प र हल्चोकमा रहेको सशस्त्र प्रहरीको पम्पमा पनि सर्वसाधारणको लाइन देखिएको छ । 

आन्दोलन गरिरहेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघसँग वार्ताका लागि प्रयास भइरहेको नेपाल आयल निगम स्रोतले जानकारी दियो ।

Categorized in

नक्साल गाःहिति पुनरुत्थान : पानीको निकास थुन्नेलाई जरिवाना

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ३०, बुधबार

काठमाडौं - नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल गाःहिति पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ ।

पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या थिए ।

समस्या पहिचान गर्ने क्रम गएको वर्ष २०८० असोज महिनाबाट सुरु भएको हो । त्यस बेला महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) हिति आसपासका क्षेत्रमा गएर पूर्वावस्थाका बारेमा जानकारी र विद्यमान अवस्थाका बारेमा स्थानीयसँग छलफल गरेका थिए ।  

उनको अवलोकनपछि कामले तीब्रता पायो । वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको काम चानचुने होइन । यसबाट ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुनेछ । 

हिति पुनरुत्थान भनेर संरचना बनाएर मात्र हुने थिएन । यसका समस्या पत्ता लगाउनु थियो । हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको पत्ता लाग्यो ।

‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको छ ।’

प्रमुखका सचिवालय सदस्य विनय शाक्यले पानीको निकास सम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिए ।  निकास खोलियो, अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने हो, शाक्यले योजना सुनाए । धाराको निकास रोकिएको विषय पुरातत्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज ‘काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुको विवरण’ मा उल्लेख गरिएको छ ।

यसमा भौतिक अवस्था उल्लेख गर्दै, ‘गाहिटि भएकोले बेला बेलामा निकास बन्द भइ पानी जम्ने गर्दछ । ढुङ्गेधाराको पानीको मुहान सुकेको छ ।’ यस्तै सुझाव दिँदै, ‘समय समयमा सरसफाइ गर्नुका साथै पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्ने’ भनिएको छ । यो विवरणले विगत ४० बर्षअघिदेखि पानीको निकास बन्द भएको देखाउँछ ।

वडा नं. १ का सचिव सर्वज्ञराज पौडेल स्थलगत अवस्था सुनाउँदै भने, ‘ढुङ्गेधारा भइकन पनि विगतमा यो पानी जमेर पोखरी जस्तो र फोहोर जम्मा हुने ठाउँ थियो ।’  पुरातत्व विभागको अभिलेख तयार पार्दा स्थापना, पानीको स्रोत तथा मुहान, यससँग सम्बन्धित सांस्कृतिक, सामाजिक पक्ष भए नभएको उल्लेख गरिएको छैन ।

धार्मिक पक्ष उल्लेख गर्दै ऐतिहासिक विवरण शीर्षकमा, ‘लिच्छवीकालीन वास्तुकलामा एक अनुपम नमूनाको रुपमा रहेको यो गाहिटि (ढुङ्गेधारा) को रुपमा मात्र नभइ उमामहेश्वर एवं प्राचीन शिवलिङ्ग स्थापना भएको धार्मिक पुण्य स्थलका रुपमा कायम रहँदै आएको थियो ।’ भनिएको छ । विवरणमा धार्मिक स्थलका रुपमा कस्ता क्रियाकलाप वा संस्कार हुन्थे भन्ने चाहिँ उल्लेख छैन । 

विवरणमा स्मारकको महत्वका विषयमा भनिएको छ, ‘ढुङ्गेधाराका मुखलगायत चतुर्मुखी शिवलिङ्ग, चतुव्र्युह चैत्य, चार नारायण मूर्ति, उमामहेश्वर एवं गदाधर नारायणका मूर्ति प्राचीन पुरातात्विक महत्व भएकोले धार्मिक सहअस्तित्वका दृष्टिले महत्वपूर्ण रहेको छ ।’ हितिको प्रयोग ‘दैनिक पूजाआजा र जल चढाउनका लागि हुने गरेको’ विवरणमा उल्लेख छ ।

विवरणमा उल्लेख भएका क्रियाकलाप हेर्दा पनि जलसम्पदासँग धार्मिक, सामाजिक र सांस्कृतिक प्राचीन सम्बन्ध अझ केलाउनु पर्ने देखिएको छ । ढुङ्गेधाराको पुनरुत्थानका लागि सहयोग गर्दै आएका स्थानीय मनोज ताम्राकार भन्छन्, ‘धनबज्र बज्राचार्यले ढुङ्गेधाराको इतिहासका सम्बन्धमा उल्लेख गर्दै वि. सं. ६७८ मा स्थापना भएको बताएका छन् ।’

हितिको पुनरुत्थानका लागि विगत प्रयासका बारेमा जानकारी दिँदै ताम्राकार भन्छन्, ‘पानीको निकास बन्द भएपछि २०५८ सालतिर निकास खोज्ने प्रयास भयो । मंगाल खोज्ने क्रममा एक जना व्यक्तिको मंगालभित्रै मृत्यु भएपछि त्यसपछि कुनै प्रयास गरिएको थिएन । अहिले काम भएको हो ।’ 

यसपटक सफाइ गर्ने क्रममा पहिले जेट मेसिनको प्रयोग भएको थियो । यसबाट परिणाम नआएपछि मानवीय स्रोतको प्रयोग गरेर निकास खोलिएको, सचिवालय सदस्य शाक्यको भनाइ छ ।

अहिलेसम्म प्राप्त भएको उपलब्धीलाई संस्थागत र दिगो बनाउन स्थानीय सहभागिता रहने गरी संयन्त्र बनाएर हिति संस्कृति संरक्षण र पुस्तान्तरणको काम गर्नेछौँ । वडासचिव पौडेलले योजना सुनाए । 

Categorized in

चिनियाँ भाषा प्रशिक्षण प्रारम्भ, मेहनत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव

Janjati Khabar | २०८१ जेठ २९, मंगलबार

देशका पर्यटन व्यवसायीका लागि सञ्चालित छैटौँ चरणको चिनियाँ भाषा प्रशिक्षण आजदेखि यहाँ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्त रूपमा  प्रशिक्षणको उद्घाटन गर्नुभयो ।
नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्सँगको सहकार्यमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले सञ्चालन गरेको यो प्रशिक्षण आगामी छ महिनासम्म  जारी रहने छ ।
त्यस अवसरमा मन्त्री तामाङले भाषाले सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने र समृद्ध राष्ट्र चीन नेपालको पर्यटनको ठूलो स्रोत भएको  बताउँदै चिनियाँ भाषा अप्ठेरो भए पनि नेपालको पर्यटन क्षेत्रको जनशक्तिको लागि अपरिहार्य हुँदै गएको उल्लेख गर्नुभयो ।
उहाँले चिनियाँँ र भारतीय पर्यटककोे आर्कषण हाम्रो मुलुक भएकाले धेरैभन्दा धेरै पर्यटक छिमेकी देशहरूबाट भित्र्याउन हामीले उनीहरूलाई आकर्षक ‘प्याकेज’ उपलव्ध गराउन जरुरी छ भन्नुभयो ।
भाषाका दृष्टिले भारतीयसँग व्यवहार गर्न नेपालीलाई सहज भए पनि चिनियाँ भाषा अलि कठिन भएकाले मेहनत गर्न प्रशिक्षार्थीलाई सुझाव दिनुभयो ।
राजदूत छन्ले नेपालीहरुले चिनियाँ भाषा तुलनात्मकरूपमा चाडै सिक्ने र प्रष्ट रुपमा बोल्ने गरेको अनुभव सुनाउनुभयो ।  चिनियाँ भाषा पुरानो इतिहास मात्र नभएर वैज्ञानिक विकासको आधार भएको उहाँले बताउनुभयो । धेरै व्यापारी र लगानीकर्ता नेपाल आउने तयारीमा रहेका जानकारी दिँदै उहाँले चिनियाँ भाषा जानेका जनशक्ति उनीहरुको पहिलो आवश्यकता हुन् भन्नुभयो । साथै उहाँले दुई देशको आत्मीयता विस्तार गर्न पनि भाषा सिक्न आवश्यक भएको बताउनुभयो । चिनियाँ नागरिकलाई पनि नेपाली भाषा सिकेर नेपालको कला संस्कृतिसँग जोडिन चिनियाँ राजदूतले आग्रह गर्नुभयो ।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिकमत सिंहऐरले पर्यटन आतिथ्यतामा भाषा शक्तिशाली अस्त्र रहेको उल्लेख गर्दै विश्वको दोस्रो ठूलो भाषाको तालीमले नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजदूतमार्फत चिनियाँ सरकारलाई अझ धेरै नाका खुला गर्न अनुरोध पनि गर्नुभयो ।  
परिषद्का अध्यक्ष डा। हरिशचन्द्र शाहले यसअघि तालिम पाइसकेका दुई सयजना प्रशिक्षार्थी  देशका  विभिन्न पर्यटन व्यवसायमा सक्रिय रहेका जानकारी दिँदै राजधानी बाहिर पनि चिनियाँ भाषा कक्षा सञ्चालनको  माग रहेको बताउनुभयो ।
 – रासस

Categorized in

उपत्यकामा आठ लाख बढी सवारीचालक कारबाहीमा

Janjati Khabar | २०८१ जेठ २७, आइतबार

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, मादक पदार्थ सेवन, जथाभावी हर्नलगायत विभिन्न कसुरमा ती सवारीचालकहरुलाई कारबाही गर्दा रु ५७ करोड ८४ लाख १९ हजार राजस्व सङ्कलन गरिएको जानकारी दिनुभयो ।
कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार ८३, तीव्र गतिमा सवारी चलाउने एक लाख आठ हजार आठ सय ३४, रातो बत्ती बलेको बेला सवारी चलाउने २६ हजार एक सय ३६ सवारीचालक रहेका छन् ।
फुटपाथमा सवारी पार्किङ गर्ने एक लाख पाँच हजार पाँच, ट्राफिक एपबाट एक हजार दुई सय २४, बढी भाडा लिने तीन सय सात, जथाभावी हर्न बजाउने आठ हजार सात सय ९९ सवारीचालक कारबाहीमा परेका छन् । अवस्था ठीक नभएको ५६ हजार पाँच सय १४, ओभरलोड पाँच हजार पाँच सय ७८, क्युआरटीमार्फत ८२ हजार नौ सय ८४, सिसिटिभीबाट ५३ हजार चार सय ६६ सवारीचालकलाई कारबाही गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
ट्राफिक कार्यालयले ह्विल लकमार्फत २० हजार एक सय ६४, सवारी साधनबाट निस्कने प्रदूषणमा एक हजार तीन सय २२, जेब्राक्रसमा तीन सय ४८ जनालाई कारबाही गरेको छ । सो अवधिमा कार्यालयले मापसे, लेन र रातोबत्ती क्रस गर्ने दुई लाख एक हजार दुई सय ५४ चालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
उपत्यकाका विभिन्न विद्यालयका २५ हजार तीन सय २७ विद्यार्थी, ५८ हजार पाँच सय ४७ सर्वसाधारण तथा पैदलयात्री, ४१ हजार नौ सय ६२ चालक तथा सहचालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक ९डिआइजी०को नेतृत्वमा एक हजार आठ सय ट्राफिक प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट परिचालित छन् । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन् । रासस

Categorized in

महानगरभित्र रङ्गीचङ्गी बत्ती हटाउन कार्यदलको सिफारिस

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २५, शुक्रबार

काठमाडौं- सुन्दरता र सजावटका लागि सडक किनारा, रूख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लबजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘शहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव दिएको छ।

शहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले आज काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोललाई प्रतिवेदन बुझाउँदै सिफारिसका विषयमा जानकारी गराएको हो।

गएको वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटका लागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण र शहरी व्यवस्थापनमा नकारात्मक असर पारेको विषय उठान भएपछि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो। 

यसका आधारमा मानन्धरको संयोजकत्वमा गठित समितिको सदस्यमा उद्यान तथा हरियाली प्रवर्द्घन आयोजनाका प्रमुख नवराज थापा, महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठ, सार्वजनिक निर्माण विभागका इलेक्ट्रिकल इन्जिनियर पदमराज पौडेल थिए। यसैगरी वातावरण इन्जिनियर निशा कोइराला सदस्य सचिव थिए।

समितिले अध्ययनका क्रममा नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा इन्दुप्रसाद ढुङ्गेल, त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका जीवशास्त्री सहप्राध्यापक डा हरिप्रसाद शर्मा र हिमालय नेचरका चराचुरुङ्गी विज्ञ सन्देश गुरुङसहितको टोलीमा सहभागी गराएको थियो। 

प्रतिवेदन बुझिसकेपछि उपप्रमुख डङ्गोलले भनिन्, ‘शहरमा झिलीमिली बत्ती राख्ने विषयमा निर्णय गर्न र थप वैज्ञानिक अध्ययन गर्न आधार तयार भएको छ। प्रतिवेदनको थप अध्ययन गरेर निर्णय गर्छौँ ।’

अध्ययन समितिलाई सजावटका लागि रूख, बिरुवा सहितका संरचनामा बेरिएका बत्तीको गुणस्तर र प्रकृति, सवारी आवागमनमा यस्ता बत्तीले पार्ने असर, मानव दृष्टि (आँखा) मा असर, चराचुरुङ्गी र पर्यावरणमा पर्ने असर, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताको अध्ययन विश्लेषण गर्ने कार्य क्षेत्र दिइएको थियो।

अध्ययनबाट सवारी आवागमन, जनस्वास्थ्य र पर्यावरणमा असर देखिने भए सजावटको विकल्प, बत्ती हानिकारक छन् भने बत्तीको प्रकृति र गुणस्तर परिवर्तन गरेर राख्न मिल्छ कि हटाउनुपर्छ, सुझाव दिन समितिले जिम्मेवारी पाएको थियो। यसबमोजिम समितिले जीवशास्त्री, प्राणीशास्त्री, चराचुरुङ्गी विज्ञलाई सहभागी गराएर अध्ययन गरेको हो। अध्ययनले ७ बुँदामा सुझाव दिएको छ। 

Categorized in

लिच्छविकालीन सप्तपाताल पोखरी पुनःनिर्माण गरिँदै

Janjati Khabar | २०८१ जेठ २५, शुक्रबार

लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनःनिर्माण हुने भएको छ । लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनःनिर्माणसँगै वरिपरि हरियाली रुखका रोप्ने काम सुरु भएको हो ।

रु ३७ लाख ५० हजारमा पोखरी खन्न ललितपुर महानगरसँग भएको सम्झौताअनुसार शिव निर्माण सेवाले पोखरीमा जम्मा भएको माटो निकाल्ने काम अन्तिम चरणमा पु¥याएको ठेकेदार कम्पनीका प्रमुख रोशनकुमार थापाले जानकारी दिनुभयो । “ठेक्का सम्झौताअनुसार आगामी साउनको ३० गतेसम्म पोखरी खनेर तयार पार्नु पर्नेछ भने माटो परीक्षण प्रतिवेदनसमेत महानगरलाई बुझाउनु पर्नेछ”, उहाँले भन्नुभयो, “तोकिएको समयअगावै काम सम्पन्न गरेर महानगरलाई बुझाउने तयारी गरिरहेका छौँ ।”

पोखरीविज्ञ पद्मसुन्दर जोशी, आकाशे पानीविज्ञ प्रकाश अमात्य, पुष्पमान अमात्य, सुरेन्द्र श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठलगायत टोलीको विज्ञताका आधारमा ललितपुर महानगरले लगनखेलस्थित उक्त पोखरीको पुनःनिर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेर काम सुरु गरेको थियो । सोहीअनुसार अहिले पोखरीको वरिपरि पारदर्शी बार लगाउने काम सम्पन्न भइसकेको छ ।

नमूना मच्छिन्द्र स्कुलले मिचेर बनाएका टहरासमेत भत्काएर पुनःनिर्माण गर्न ठूलो सङ्घर्ष गर्नुपरेको स्थानीय पूर्ण स्थापितले बताउनुभयो । “वर्षौँसम्म छलफल र दबाब दिएपछि पोखरीलाई फिर्ता ल्याएका हौँ”, उहाँले भन्नुभयो, “सप्तपातल जोगाउन १५ वर्ष कानुनी लडाइँ लड्नु पर्यो । यहाँ पहिलाकै जस्तो पोखरी बनाउने योजना अनुसार महानगरले पहल थालेको छ ।”

पाटन सहरलाई पुनर्जीवन दिन सो पोखरी सहायकसिद्ध हुने ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । “यस पोखरीमा पानी भरेपछि नजिकका पोखरी र ढुङ्गेधारामा बाह्रै महिना पानी झर्ने विश्वास छ । यस पोखरीमा पानी भर्न यहाँभन्दा १४ किलोमिटरमाथि टीकाभैरवबाट राजकुलो हुँदै पानी ल्याउने अभियान छ”, उहाँले भन्नुभयो, “सातदोबाटो चक्रपथ निर्माण हुँदा राजकुलो पुरिएपछि यहाँ पोखरी मासियो । सप्तपाताल पोखरी पनि सुकेपछि अतिक्रमण बढेको थियो । अब यसलाई जीवन्त बनाउने योजनामा लागेका छौँ ।”

Categorized in

नगर प्रहरीको अवरोध बावजुद गरियो न्युरोडको सडक कालोपत्र

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २१, सोमबार

काठमाडौं- न्युरोड क्षेत्रमा फुटपाथ फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गरेको छ।  

सोमबार महानगरले भत्काएको सडक किनारामा कालोपत्र गर्न पुगेको सडक डिभिजनको टोलीमाथि महानगर प्रहरीले अवरोध खडा गरेको थियो। त्यसकाबीच पनि सडक डिभिजन कार्यालयले सडक कालोपत्र गरेको हो।  

सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर अर्जुन नेपालीले अनुमतिबिना महानगरपालिकाले सडक भत्काएकाले आफूहरुले कालोपत्र गर्न थालेको बताए। 

उनले भने, ‘यो सडक हामीले हेर्ने हो। यसको मर्मत पनि हामीले गर्दै आएका छौँ। कुनै निकायले कुनै गतिविधि गर्दा हामीसँग समन्वय गरेर गर्नुपर्छ। हामीसँग अनुमति लिनुपर्छ। यो हाम्रो कार्यक्षेत्र हो यहाँ हाम्रो अनुमतिबिना कुनै पनि कामहरु गर्न पाइदैन। सडक बिग्रिएको हुनाले यसलाई पुन स्थापना गर्न आएको हो।’ 

विवाद मिलाउन नगर प्रहरी र सडक विभागका अधिकारीहरूबीच न्युरोडमा छलफल समेत भएको थियो। 

काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्र काटेर सडक भत्काउने काम थालेको थियो। सोहि विषयमा महानगर र सडक विभागबीच पत्र काट्ने तथा स्पषटीकरणसम्मको तनावको स्थिति पैदा भएको थियो। 

Categorized in

गोदावरीका मेयरसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २१, सोमबार

काठमाडौं - ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ। आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन् । 

‘कुनै राष्ट्रसेवक दफा २८ को उपदफा १ को खण्ड ग दफा ३० को उपदफा ३  तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने छ’ ऐनको दफा ३३ मा भनिएको छ।  

Categorized in

सडक निर्माण रोक्न न्युरोडमा नगर प्रहरी, स्थानीयबासीसँग भनाभन

Janjati Khabar – जनजातिखबर संवाददाता | २०८१ जेठ २१, सोमबार

काठमाडौं - सडक निर्माण रोक्न काठमाडौं महानगर प्रहरी पुगेपछि न्यूरोड क्षेत्र तनावग्रस्त बनेको छ। काम रोक्न महानगर प्रहरी पुगेपछि स्थानीयहरूले सडक निर्माणको काम रोक्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए। अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ।

काठमाडौं महानगरले फुटपाथ विस्तार गर्ने भन्दै न्यूरोड सडक किनाराको पीच भत्काएको थियो। महानगरले भत्काएको उक्त आज सडक विभागले बनाउन थालेको थियो। 

स्थानीयहरूले जथाभावी सडक भत्काएको भन्दै सडक विभागमा उजुरी दिएका थिए। त्यसपछि सडक विभागले न्यूरोडस्थित सडक कार्यलयलाई महानगरले भत्काएको सडक तत्काल बनाउन निर्देशन दिएको थियो।

Categorized in

महानगरले भत्काएको न्युरोड सडक विभागले टाल्दै

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २१, सोमबार

काठमाडौं - काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि भत्काएको न्यूरोडको पीच सडक विभागले निर्माण गर्न सुरू गरेको छ। स्थानीयहरूले जथाभावी सडक भत्काएको भन्दै सडक विभागमा उजुरी दिएका थिए।

त्यसपछि सडक विभागले न्यूरोडस्थित सडक कार्यलयलाई महानगरले भत्काएको सडक तत्काल बनाउन निर्देशन दिएको थियो। काठमाडौं महानगरका मेयर बालेन शाहले फुटपाथ विस्तार गर्न सडकको आकार घटाएका थिए ।

त्यसलाई रोक्न सडक विभागले महानगरलाई पत्र पठाएको थियो। पत्रलाई वेवास्ता गरेपछि सडक विभाग महानगरले भत्काएको सडक पीच गर्न थालेको हो। 

Categorized in

Pages