स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा सधैं अगाडि रहने मुख्यमन्त्रीको दावी
Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण २१, सोमबार
बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणको क्रममा स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन संधै आफ्नो पहिलो कर्म हुने बताएका छन् ।
आइतबार पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणमा पछी मन्त्री महर्जनले आफु यहि संस्कृति, सम्पदामै खेल्दै हुर्केको भएकोले यसको औधी माया लाग्ने बताए ।
मन्त्री महर्जनले ‘स्थानीय संस्कृति, सम्पदाको महत्व मलाई राम्ररी थाहा छ । यसको संरक्षणको दायित्व राज्यको हो भन्ने पनि मैले बुझेको छु । यसको लागि म बागमति प्रदेश सरकारसँग आवश्यक समन्वय गर्दै अगाडी बढ्नेछु’ भन्ने प्रतिबद्धता पोखे ।
यसै क्रममा मन्त्री महर्जनले पाटनका लायकू कुमारीको पनि दर्शन गरेका थिए । सोही अवसरमा उनले रत्नाकर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनि निरिक्षण गरेका थिए ।
रत्नाकर महाविहार र सहकारीको निमन्त्रणामा मन्त्री महर्जन अवलोकन भ्रमणमा पुगेका थिए ।
सो अवसरमा रत्नाकर सहकारीका अध्यक्ष करुणारत्न बज्राचार्यले पाटन कुमारीको संरक्षणको दायित्व राज्यले लिनुपर्ने माग आफुहरुले मन्त्री महर्जन समक्ष राखेको जानकारी दिए । ।
‘पाटन कुमारीको लागि ललितपुर महानगरपालिकाबाट सानो सहयोग भन्दा राज्य पक्षबाट केही छैन । कुमारीको लागि आवश्यक व्यवस्था राज्यबाट हुनुपर्यो, कुमारीको दायित्व राज्यले बोक्नुपर्छ भन्ने माग हामीले मन्त्रीज्यूलाई राख्यौं’ अध्यक्ष बज्राचार्यले भने ।
आफ्नो मागप्रति मन्त्री महर्जनले सकारात्मक प्रतिक्रिया जनाएको पनि बज्राचार्यले जानकारी दिए ।
सो अवसरमा बागमति प्रदेश सांसद शैलेन्द्र बज्राचार्यको पनि उपस्थिती रहेको थियो । आफुले विगतमा पनि स्थानीय संस्कृति, सम्पदाको संरक्षणमा लागि नै रहेको बताउँदै सांसद बज्राचार्यले अब जन प्रतिनिधिको रुपमा यसका लागि अझ सशक्त र नतिजामुखी ढङ्गले अघि बढ्ने बताए ।
रत्नाकर महाविहार र रत्नाकर सहकारीको भ्रमण पछि मन्त्री महर्जनले उज्वतदेब महाविहार, वनबहाःको पनि अवलोकन गरेका थिए ।
Categorized inकाठमाडौं महानगरअगाडि कवाडी व्यवसायीको प्रदर्शन
Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २०, आइतबार
काठमाडौँ - कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिका भवन राष्ट्रिय सभा गृहअगाडि प्रदर्शन गरेका छन्।
आइतबार दिउँसो कवाडी व्यवसायीहरूले ‘गरिखान देऊ’ भन्दै प्रदर्शन गरेका हुन्। महानगरले कवाडी व्यवसायीहरूमाथि दमन गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्।
महानगरले कवाडी संकलन गर्न बनाइएका संरचनामा डोजर चलाएको थियो। महानगरले कवाडी संकलन केन्द्र हटाउन निर्देशन दिएको थियो। यसरी दमन गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
Categorized inकामपाका ११८ औषधि पसल मापदण्डविपरीत
Janjati Khabar | २०८० फाल्गुण १८, शुक्रबार
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ ।
Categorized in
फुटपाथ व्यवसायीलाई काठमाडौं महानगर प्रहरीको निर्मम कुटपिट
Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १७, बिहिबार
काठमाडौं - बुधबार समसाँझ काठमाडौंको सुन्धारा क्षेत्रमा निस्किएका फुटपाथ व्यवसायीलाई काठमाडौं महानगर प्रहरीले निर्मम कुटपिट गरेको छ ।
महिलामाथि निर्मम तरिकाले लाठी हानेको भिडियो पनि सार्वजनिक भएको छ । फुटपाथमा निस्किएका व्यवसायीलाई उनीहरुले निर्मम तरिकाले लाठी हानेका थिए । प्रहरी बलसँगको झडपमा परेर कैयौं व्यवसायी घाइते भएका छन् ।
घाइतेहरु अस्पतालमा भर्ना भएका छन् भने केही डिस्चार्ज भएका छन् । उनीहरुलाई उपचारका लागि प्रहरीले साँझ नै ट्रमा सेन्टरमा पुर्याएको थियो । बिहीबार केहीलाई डिस्चार्ज गरिसकिएको छ भने घाइतेमध्ये केहीको मुखमा गम्भीर चोट लागेको पाइएको छ । व्यवसायी नानीमैया बस्नेतको टाउको र मुखमा चोट लागेको छ ।
लामो समयदेखि साँझबाट सुन्धारा नेपाल टेलिकमको भवनको अगाडिपट्टिको फुटपाथमा विभिन्न सामान राखेर व्यवसाय गर्दै आएका उनीहरुलाई महानगर प्रहरी बलको टोलीले हटाउने प्रयास गरेपछि झडपको अवस्था सृजना भएको हो ।
झडपमा परेर १० जना महानगर प्रहरीसमेत घाइते भएका छन् । घाइते नगर प्रहरीहरु पनि सबै डिस्चार्ज भएका छन् । नगर प्रहरीतर्फ रन्जना मगरातीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनाबारे यसो भन्छन् महानगर प्रहरी प्रमुख राजु पाण्डे ?
हाम्रो प्रहरी टोली बुधारबार साँझ साढे सात बजे टेलिकम अगाडिको फुटपाथमा पसल नराख्नु होला भनेर माइकिङ गरिरहेको थियो । हामीले व्यवसायीहरु कसैको सामान नियन्त्रण गरेका पनि थिएनौँ ।
तर, व्यवसायीहरुले महिलाहरुलाई अगाडि सारेर पछाडिबाट ढुंगा र इँटा हान्न थाले । हाम्रो एकजना एसपीको मुखमै लाग्यो । महानगर प्रहरीमाथि पनि लछारपछार भयो । हामीले त्यसपछि प्रतिरक्षा गरेका हौँ । हामीले त्यो क्षेत्रमा राति फुटपाथ पसल नराख्नू भनेर महिनौंदेखि माइकिङ गर्दै आएका थियौँ ।
सुन्धारा क्षेत्रमा सडक व्यापार गर्दै आएका अर्जुन भट्टराईले एकाएक आतंक पार्नेगरी आफूहरुमाथि कुटपिट गरिएको बताए । “एकाएक आएर हामीमाथि लाठी प्रहार गरे,” उनले भने, “हामीलाई गाडीभित्र राखेपछि पनि हानियो, सहनुको विकल्प थिएन ।”
उनका अनुसार ‘सैनिक शासन तिमीहरुलाई थाहा रहेनछ’ भन्दै गाडीभित्र पनि लाठी र लात्तीले प्रहार गरेका थिए । भट्टराईका अनुसार दुईजना गम्भीर घाइते भएका छन् ।
Categorized inभ्रमको पछि नलागौं’ : बालेन
Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण ४, शुक्रबार
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले खुलामञ्चमा खेल मैदान बनाउँदैछ भनेर आम मानिसमा भ्रम सिर्जना गरिएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मेयर शाहले कर्मचारी र प्रमुखको सचिवालयबाट जानकारी गराउँदा पनि खुलामञ्चमा प्लास्टिकको दुबो सहितको पाँच करोडको लगानीमा खेल मैदान बन्ने समाचार आउनु दुखद भएको बताएका छन्।
उनले लेखेका छन्, ‘विगत केही महिनादेखि काठमाडौं महानगरले खुलामञ्चमा प्लास्टिकको दुबो सहितको ५ करोडमा खेल मैदान बनाउदैछ छ भनेर समाचारहरू आइरहेका छन्। महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिँदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुःखद छ । यसले आममानिसमा भ्रम सृजना गरेको पाइयो।’
राजधानीको खुलामञ्च सधैँ खुलै हुनुपर्ने महानगरको चाहना भएको बताउँदै उनले त्यो खुलामञ्च बहुउपयोगी महत्वको बनोस् भन्नेमा आफू सचेत रहेको बताएका छन्।
उनले लेखेका छन्, ‘खुलामञ्च यस्तो ठाउँ बनोस्, जहाँ बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्, योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकुन्, बच्चाहरू खेल्न पाउन्, दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्, प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरू त्यही खुलामञ्चमा राख्न पाइओस्।’
महानगरले खुलामञ्चमा थुप्रिएका कंक्रिट हटाएको भन्दै यसलाई सहज बनाउन अर्को प्रक्रियाको थालनी भइरहको उनको भनाइ छ।
Categorized inबालेनको नेतृत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन
Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २, बुधबार
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मंगलबार नगरप्रमुख शाहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरूसहितको बैठकले उक्त समिति गठन गरेको हो ।
समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन छन् । यस्तै संघीय स्वास्थ्य मन्त्रालयको तर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलको तर्फबाट विश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट्स अफ नेपाल) का बागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य र नेपाल नर्सिङ्ग काउन्सिलको तर्फबाट शुक्ला खनाल सदस्य छन् ।
कान्ति बाल अस्पतालबाट पङ्कज राय सदस्यमा मनोनित भएका छन् भने स्वास्थ्य विभागका प्रमुखकी सचिव सजिना महर्जन पनि सदस्य चयन भएकी छन् । बैठकमा नगर प्रमुख शाहले लक्षित वर्गसम्म स्वास्थ्य सेवा सहज रुपमा पुर्याउन ऐनको पालना गरेको बताए । समिति गठन गर्नुको उद्देश्य नै सार्वजनिक स्वास्थ्य सेवा लिने र दिने दुवै प्रकृया सहज बनाउनु रहेको बालेनको भनाई छ ।
‘सेवा दिन पनि र लिन पनि सहज होस भन्ने हाम्रो उद्देश्य हो । यसका लागि हामीले साझेदारहरूसँग छलफल गरेका छौँ । कानुनले दिएको अधिकारको कार्यान्वयन गराउन स्वास्थ्य संस्थालाई सहज होस, लक्षित वर्गले निःशुल्क उपचार प्रभावकारी रुपमा सेवा प्राप्त गर्न शकुन भन्ने हाम्रो चाहना हो । हामीले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली सजिलो खालको छ । सेवाप्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्छ । यसमा अप्ठ्यारो परे महानगरपालिकाले सहजीकरण गर्छ, ’ प्रमुख शाहले भने ।
यस्तै, १० प्रतिशत निःशुल्क उपचारका लागि अनलाइन प्रणाली फागुन १ गतेदेखि महानगरले कार्यान्वयनमा ल्याउन लागेको जानकारी गराउँदै शाहले अनलाई प्रणालीको प्रयोग गरी आम नागरिकले सहज सेवा लिनुपर्नेमा जोड दिएका छन् । उनले नागरिकलाई अनलाइनबाटै सेवा दिन आग्रह गरे ।
‘अनलाई प्रणालीको अभ्यास गरौँ । प्रयोगमा आइसकेपछि यसका सबल र दुर्बल पक्ष थाहा हुनेछन् । यसपछि सुधार गर्नु पर्ने ठाउँमा सुधार गर्दै जाऔँला’ शाहले भने । गठित निर्देशक समितिले लक्षित वर्गलाई अस्पतालहरूबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन नेतृत्व गर्नेछ भने यसलाई जनस्वास्थ्य विभागले कार्यान्वयन गर्ने महानगरले जनाएको छ ।
यसको प्रभावकारी कार्यान्वयनका लागि महानगरपालिकाले निःशुल्क उपचार सम्बन्धी कार्यविधि, २०८० जारी गरिसकेको छ ।
कोही नभएका, केही नभएकाले औषधि किन्न स्वास्थ्य सेवा शुल्क तिर्न नसक्ने र उनीहरूजस्ता गरिब, दुर्बल नागरिकका लागि सरकारले सबै उपचार र त्यसमा लाग्ने खर्च निःशुल्क गर्नुपर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न गराउन आफूहरूले पहल थालेको भनाई महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवालले बैठकमा राखे । निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन महानगरपालिकाले ‘फ्रीहेल्थ डट काठमाडौं डट जीओभी डट एनपी वेभ’ प्रणाली सञ्चालनमा ल्याएको छ । यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ, बेड संख्या कति हो? कतिवटा बेडमा बिरामीले उपचार गराइरहेका छन्, कतिवटा खाली छन् लगायतका सबै आवश्यक जानकारी दिँदै आएको छ ।
जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले सो प्रणाली अन्तर्गत क्षेत्रपाटी निःशुल्क चिकित्सालय र काठमाडौं मोडेल अस्पतालमा यो प्रणाली परीक्षण भइसकेको जानकारी दिए । यसमा कुन रोगको कति जनाले उपचार गराए, कति दिन अस्पतालमा नागरिक सेवा लिएर बसे देखि को कहिले भर्ना भयो, कहिले डिस्चार्ज भयो सम्मका सबै विवरण उपलब्ध हुनेछन् । सरकारले जारी गरेको विपन्न परिचय पत्र तथा वडाका सिफारिसका आधारमा देशभरिका नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।
बैठकमा सहभागीहरूले लक्षित वर्गले उपचारका लागि पुग्ने बाटो छोटो र सहज बनाउनुपर्ने सुझाव दिए । झुटो विवरणका सिफारिस रोक्ने तथा दबाब सिर्जना गर्न नसक्ने बलियो प्रणाली विकास गर्नुपर्नेमा सहभागीको जोड थियो । जटिल खालका रोगका उपचार गराउन महानगरले साझेदारी गरेको अस्पतालहरूलाई कठिन भए संघीय सरकारले व्यवस्था गरेको आकस्मिक स्वास्थ्य कोष प्रयोगमा ल्याउनु पर्ने सुझाव सहभागीहरूले महानगरको स्वास्थ्य सेवा विभागलाई दिएका छन् ।
Categorized inउदय रिघा बुद्ध विहारलाई व्यवस्थित गरिँदै
Janjati Khabar | २०८० फाल्गुण १, मंगलबार
ढोरपाटन , बागलुङको गलकोट नगरपालिका–११ स्थित उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गर्न थालिएको छ । झण्डै १२ वर्ष अघि निर्माण सुरु गरिएको उक्त बुद्ध विहार गत वैशाखमा सम्पन्न भएको हो । सीमित स्रोतसाधनबाट निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धनका लागि यस वर्ष व्यवस्थित गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैँचा बनाउन लागिएको छ । आकर्षक शैलीमा निर्माण गरिएको बुद्ध विहारका कारण आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेका छन् । बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करिब रु एक करोडको लागतमा निर्माण भएको हो । यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि थप आकर्षक र व्यवस्थित बनाउन थालिएको गलकोट–११ का अध्यक्ष डम्मर श्रीसले बताउनुभयो । करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको सो विहारलाई आर्थिक अभावका कारण सोचेअनुसार बनाउन नसकेको उहाँको भनाइ छ । विहार क्षेत्रमा पर्यटकको सुविधाका लागि प्रतिक्षालय, खानेपानी व्यवस्थापन बगैँचा, पदमार्ग, पोखरी निर्माण गर्ने, बनभोज स्थल निर्माण गर्ने योजना छ । यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैँचा बनाउने र प्रतिक्षालय निर्माण गर्नेगरी योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउनुहुन्छ । “बजेट अभावले १२ वर्षपछि मात्रै बुद्ध विहार निर्माण गर्न सकिएको हो”, उहाँले भन्नुभयो । नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बुद्ध विहारका लागि नगरपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको बताउनुभयो । यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उहाँको भनाइ छ । बुद्ध विहार गलकोटको महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको उल्लेख गर्दै प्रवक्ता भण्डारी अन्य संरचना निर्माणमा जोड दिइएको बताउनुहुन्छ ।
Categorized in
क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६७ औँ वार्षिकोत्सव मनाए
Janjati Khabar – Janjati Khabar | २०८० माघ २४, बुधबार
काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६७ औँ वार्षिकोत्सव मनाएको छ।
चिकित्सालयका संस्थापक कम्पाउन्डर बद्री मालीको सालिकमा माल्यार्पणसहित विभिन्न कार्यक्रम गरेर अस्पतालले मंगलबार वार्षिकोत्सव मनाएको हो।
सोही अवसरमा एक कार्यक्रम आयोजना गरी कर्मचारीहरूलाई सम्मान समेत गरिएको छ। साथै अस्पतालले ३० वर्षे सेवा अवधि पुरा गरी अवकाश पाएका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ। सोही क्रममा उत्कृष्ट कर्मचारीको रूपमा राज कुमार थापा र प्रशासनकी मिनु जोशीलाई सम्मान गरिएको थियो।
२०१३ साल माघ २३ गते स्थानीय समाजसेवीहरूले १० रुपैयाँ चन्दा उठाएर सञ्चालन सुरु गरेको क्षत्रपाटी निःशुल्क चिकित्सालय अहिले तीन वटा भवनमा अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ।
निःशुल्क चिकित्सालयले वार्षिकोत्सवको अवसर पारेर वीर गणेशमान सिंह भवन बनाउने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ। उक्त भवनमा गणेशमान सिंह प्रतिष्ठानसँग सम्झौता गर्ने तयारी भइरहेको अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाश मान सिंहले २०१३ सालमा स्थापना भएको अस्पतालको भवन निर्माण गर्न २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले शिलान्यास गरेको स्मरण गर्दै हाल सहरी क्षेत्रका जनताको सेवामा क्षत्रपाटी अस्पतालले अतुलनीय भूमिका खेलेको भन्दै प्रशंसा गरे।
काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १७ नं वडाका अध्यक्ष नविनमान मानन्धरले अस्पतालले सहरी क्षेत्रका जनताको लागि सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउँदै आगामी दिनमा अझै सहुलियत दरमा अत्याधुनिक सुविधा दिने काठमाडौं महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताए।
वार्षिकोत्सव समारोहमा क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पतालमा धेरै स्मरणयोग्य कामहरू भएको चर्चा गर्दै माऊ बद्री भवन तयार हुँदै गरेको र अब नयाँ वीर गणेशमान सिंह भवन समेत बनाउने प्रस्ताव अघि बढेको बताए।
धरहराको निःशुल्क पार्किङ बन्द नहुने : बालेन
Janjati Khabar – Janjati Khabar | २०८० माघ २२, सोमबार
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।
मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्दा दिएको अभिव्यक्तिको स्मरण गराउँदै बालेनले भनेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगे’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’
काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो ।
त्यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने मेयर बालेन शाहले बताएका छन् । अहिले त्यहाँको पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय पनि देखिएको शंका गर्दै उनले महानगरले निजी स्वार्थका लागि प्रयोग हुन नदिने चेतावनी समेत दिएका छन् ।
Categorized in
खुलामञ्चलाई दुबोको चउर बनाइँदै
Janjati Khabar – Janjati Khabar | २०८० माघ १८, बिहिबार
काठमाडौँ - राजधानीको खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइने र त्यसमाथि प्राकृतिक दुवो रोपिने सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले जानकारी दिए ।
‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । बिहान शारीरिक अभ्यास गर्न सकिनेछ । व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ । मर्निङ वाक गर्न सकिनेछ । बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ’, उनले भने ।
महानगरको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले खेल मैदानको जस्तो कृत्रिम दुवो लगाउने कुनै योजना नरहेको बताए । यसअघि महानगरले खुलामञ्चमा कृत्रिम दुबो लगाएर खेल मैदान बनाउन लागेको सार्वजनिक भएको थियो । तर उनले कृत्रिम दुवो लगाउने कुनै योजना नरहेको सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना रहेको बताएका हुन् ।
अहिले दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाइएको महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । गएको ३ दिनदेखि काम भइरहेको उनको भनाइ थियो ।
Categorized in

