STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

२८ दिनभित्रमा मेलम्चीको पानी काठमाडौं झर्ने

Janjati Khabar – Janjati Khabar | २०८० पौष ४, बुधबार

काठमाडौं- मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ । 

आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौंका घरघरमा मेलम्चीको पानी पुग्ने उनको भनाइ थियो ।

समितिले एक विज्ञप्ति प्रकाशित गरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण क्षेत्रमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख गरेको छ ।

‘सहमति अनुसार निर्माण व्यवसायी तत्कालै निर्माण क्षेत्रमा परिचालन हुनेछ । अबको २८ दिनको द्रुत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गर्ने गरी काम गरिनेछ,’ प्रवक्ता पन्तले भने ।

पथान्तरण पश्चात् मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने उक्त विज्ञप्तिमार्फत जनाइएको छ ।

गत असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्चीको पानी सञ्चालन बन्द गरिएको थियो । गत साउन २८ र २९ गते मेलम्चीमा बाढी आएपछि पुनः हेडवर्क्स पुरिएकाले पानी पठाउन समस्या भएको प्रवक्ता पन्तले बताए ।

Categorized in

काठमाडौंका मुख्य पाँच स्थल निषेधित क्षेत्र

Janjati Khabar – Janjati Khabar | २०८० पौष ४, बुधबार

काठमाडौं- काठमाडौंका मुख्य पाँच वटा स्थल आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद् भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच वटा क्षेत्रलाई आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

Categorized in

ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा सुरु

Janjati Khabar – Janjati Khabar | २०८० पौष २, सोमबार

काठमाडौं- ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ ।

महानगरको १०५ औं स्थापना दिवसको अवसरमा सोमबार महानगरभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो ।

दुई जनालाई विद्युतीय कार्ड वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरे ।  २०७२ चैत्र २५ गते पहिलो पटक कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । लगत्तै यो कार्यक्रम देशभर लागू गरिएको हो । 

स्वास्थ्य बीमा कसरी गर्ने?

स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्छन् । 

स्वास्थ्य बीमा गरेका परिवारका सदस्यले वार्षिक १ लाख बराबरको निःशुल्क उपचार सेवा पाउने गर्दछन् । उक्त सुविधा देशभरका निजी र सरकारी गरेर ४ सय ६६ स्वास्थ्य संस्थाबाट लिन सकिन्छ । 

Categorized in

काठमाडौँ महानगरमा साङ्केतिक भाषाको दोभासे राख्ने निर्णय

Janjati Khabar – Janjati Khabar | २०८० पौष २, सोमबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले काठमाडौँ प्लाजामा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय गरेको छ । सोमबार बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

केसीले कार्यालयमा उपलब्ध गराउने सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि दिने बताइएको छ ।

समितिको बैठकमा अधिकारीहरूले लघु उद्यम विकास सम्बन्धी सिप विकास तालिम, गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यका लागि तथ्याङ्क सङ्कलन लगायत कार्यक्रमका बारेमा अहिलेसम्म भएका कामका बारेमा जानकारी गराएका थियो ।

महानगरका अनुसार सोमबार बिहान १० बजेसम्ममा तथ्याङ्क सङ्कलन माग गरिएका २१ जना सुपरिवेक्षकका लागि १ हजार ९ सय जनाको र २०९ जना गणकका लागि ५ हजार ८ जनाको आवेदन प्राप्त भइसकेको छ । ६ पुससम्म अनलाइनबाट फाराम भर्ने अवधि छ ।

यी आवेदकमध्ये शैक्षिक योग्यताका लागि ६० अङ्क, महानगरबासीका लागि १० अङ्क र तालिमका लागि १० अङ्क गरी ८० अङ्कलाई आधार मानेर स्वचालित प्रणालीबाट सर्ट लिस्ट तयार हुनेछ । यसरी छानिएकालाई २० अङ्कमा अन्तरवार्ता लिइनेछ ।

Categorized in

दीक्षान्तका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त

Janjati Khabar – Janjati Khabar | २०८० पौष २, सोमबार

काठमाडौं - त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

दीक्षान्त समारोहका लागि विद्यार्थी तथा उनीहरुका अभिभावक रंगशालामा पुग्ने क्रम सुरु भएसँगै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो ।

त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तिनकुने तथा कोटेश्वरबाटै ठूला बसहरुलाई भित्र छिर्न दिएको छैन ।

जसले गर्दा यात्रुहरु मारमा परेका छन् । त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी भने साढे १२ हजार रहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए । विद्यार्थीका अभिभावकसहित समारोहमा करिब २८ हजार उपस्थित हुने अनुमान गरिएको उनले बताए ।

Categorized in

प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २८, बिहिबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले पसलहरूमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालेको छ ।

काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरूको अनुगमन सुरु गरेको हो ।

महानगरपालिकाले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार बिहान मात्रै महानगर प्रहरीले बालाजु लगायतका स्थानबाट २ बोरा, जडीबुटी र कोटेश्वर क्षेत्रबाट २ झोला र अरु विभिन्न क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ जफत गरेको महानगर प्रहरीले जनाएको छ ।

महानगर प्रहरीले अनुगमनका लागि १०/१० जनाको पाँच टोली परिचालन गरेको छ । त्यस्तै सादा पोसाकमा पनि प्रहरी परिचालन गरेको छ ।

Categorized in

पार्किङ शुल्कसम्बन्धी काठमाडौं महानगरको कानुन बदर

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २८, बिहिबार

काठमाडौं - सर्वोच्च अदालतले व्यापारिक कम्प्लेक्स र निजी भवनमा पार्किङ शुल्क तोक्ने काठमाडौं महानगरपालिकाको निर्णय बदर गरिदिएको छ ।

काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०८० मार्फत व्यवसायिक भवनमा सेवाग्राहीले पार्किङ शुल्क तिर्न नपर्ने व्यवस्था गरेको थियो । त्यस्तै व्यवसायिक रुपमा पार्किङ सञ्चालन गर्नेहरुले लिन पाउने शुल्क पनि महानगरपालिकाले तोकेको थियो ।

२० मंसिरको संवैधानिक इजलासले महानगरपालिकाको आर्थिक ऐनमा रहेका यी दुई विषय संविधानसँग बाझिएको भन्दै बदर गरिदिएको हो । योसँगै सँगै अब व्यापारिक भवनमा सेवाग्राहीले पनि पार्किङ शुल्क तिर्नुपर्नेछ । त्यस्तै काठमाडौंमा व्यवसायिक रुपमा पार्किङ सञ्चालन गर्नेहरुले पनि आफुखुशी पार्किङ शुल्क उठाउन पाउने भएका छन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासले काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८० को दफा १२ ४ र अनुुसूची ११ क का केही व्यवस्थाहरु संविधानसँग बाझिएको भन्दै खारेज गरेको हो ।

काठमाडौं महानगरपालिकाले पार्किङ शुल्कसम्बन्धी नयाँ कानुन ल्याएपछि केही व्यवसायीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चको संवैधानिक इजलासले सम्पत्ति उपभोग र व्यवसायमा अंकुश लगाउने हक स्थानीय सरकारलाई नहुने आदेश गरेको हो ।

आदेशमा भनिएको छ, ‘निवेदकहरुको सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अंकुश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ से स्थानीय तहलाई प्रदान गरेको नदेखिई‘।काठमाडौ महानगरपालिका आर्थिक ऐन, २०८० को दफा १२ ४ र अनुसूची ११ क १ र ३ लाई आजको मितिदेखि अमान्य र बदर घोषित गरिएको छ ।

Categorized in

काठमाडौं महानगरमा आजदेखि धूमपान र सुर्तीजन्य पदार्थ बेच्न निषेध

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २७, बुधबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि रोक लगाएको छ । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न पाइने छैन ।

महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै आजदेखि लागू हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग सहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने जनाएको थियो ।  

कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने महानगरको चेतावनी छ । 'कसैले यो सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरीमार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुनअनुसार अधिकतम सजाय गरिनेछ,' महानगरले भनेको छ ।

सुर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भइरहेको अवस्था समेतलाई दृष्टिगत गरी यो निर्णय लिइएको महानगरको भनाइ छ ।

महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ ले काठमाडौं महानगरपालिकामा रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्याण, गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालय सहितका सार्वजनिक स्थलमा धूमपान, चुरोट, बिडी, सिँगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थलाई निषेध गरेको छ । 

Categorized in

ललितपुरमा फुटपाथ व्यापार गर्न नदिएको निर्णयमा पुनर्विचार गर्न ईःको अनुरोध

Janjati Khabar – जनजातिखबर संवाददाता | २०८० मङ्सिर २५, सोमबार

ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्।

सोमबार फेसबुकमा स्टाटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ई: ले अनुरोध गरेका हुन्। 

'सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ,' उनले लेखेका छन्, 'सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।'

उनले ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट अभिने बताएका छन्। उनले मंगलबार ३ बजेदेखि उभिने बताएका हुन्। यस्तै, अभियान्ता ईःले 'कर लेऊ, गरी खान देऊ', 'विस्थापन होइन, व्यवस्थापन गर' उनले लेखेका छन्।

यसअघि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित अभियन्ता ईः १९९ घण्टासम्म राष्ट्रिय सभागृह अगाडि उभिएका थिए।

Categorized in

ललितपुर महानगरपालिकाले हटाए फुटपाथ पसल

Janjati Khabar – विजयरत्न असंबरे | २०८० मङ्सिर २४, आइतबार

ललितपुर महानगरपालिकाले मंगलबजारदेखि महानगरको प्रमुख बसपार्क एवं बजार बन्दै आएको लगनखेलसम्मको बाटोमा जथाभावी रुपमा फुटपाथ पसल राख्दै आउँदा पैदल यात्रु लगायत सवारी साधनको यातायातमा समेत व्यवधान पुगेको गुनासो चर्किन थालेपछि अाज अाइतबार देखि त्यी स्थानहरुबाट फुटपाथ पसल हटाउन शुरु गरेको छ ।

ललितपुर महानगरपालिका १९ वडाका अध्यक्ष राजेन्द्र महर्जनले ऐतिहासिक एवं सांस्कृतिक महत्वको यी स्थानको सुन्दरता कायम राख्न तथा पैदल यात्रु र सवारी आवागमनमा सहजताका लागि फुटपाथ पसल हटाउन शुरु गरेको भन्नुहुँदै लगनखेल बसपार्क अब बसस्टप मात्र रहने समेत बताउनु भयो । 

वडा एवं महानगर प्रहरी बलले स्थायी पसलहरुले घर अगाडीको पेटीमा पैदल यात्रु हिडडुल गर्न अवरोध पुग्ने गरी सामग्री प्रदर्शनका लागि बनाएका फलामे रेलिङहरु समेत हटाएको छ भने सडक पखाली सफा गर्ने कार्य पनि थालेको छ ।  

महानगरपालिकाको यस कार्यबाट सन्तुष्ट स्थानीय महानगरकै अनुमतिमा साँझ परेपछि सडकमात्र होइन, बसपार्क समेत साँगुरिने गरी राखिने फुटपाथ पसल प्रमुख समस्याको रुपमा रहेको बताउँछन् । यसकारण पैदल यात्रु हिडडुल तथा सवारी आवागमनमा सास्ती हुने मात्र नभइ अत्यावश्यक एवं आकस्मिक सेवा एम्बुलेन्स तथा दमकमलाई समेत गाह्रो पर्ने स्थानीयको भनाई रहेको छ ।  

स्थानीयको यस समस्याबारे सोध्दा वडा १९ का अध्यक्ष महर्जनले विहान ८ बजेसम्म तरकारी बिक्री बाहेक अन्य सबै फुटपाथमा तथा बसपार्क अतिक्रमण गरी राखिएका पसलहरु सँधैका लागि हटाइने बताउनु भयो । 

यस अघि पनि महानगरपालिकाले यस्ता पसलहरु हटाउने कार्य थालेपनि कार्यान्वयन पक्ष फितलो हुँदा मौसमी प्रयास जस्तो मात्र देखिएको थियो । यसपटक भने वडा १९ र १२ वडा तथा महानगर प्रहरी बलले स्थानीयको ब्यापक सहभागितामा ठाउँठाउँमा ब्यानर राखी, र्यालीहरु आयोजना मंसीर २४ बाट फुटपाथ पसल तथा बसपार्क अतिक्रमण गरी राखिने पसलहरु हटाइनेबारे ब्यापक प्रचार पनि गरेको थियो ।

Categorized in

Pages