STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

मध्यपुर थिमिको सहकारी नियमावलीको प्रारुप अन्तिम चरणमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० कार्तिक ३, शुक्रबार

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी नियमावलीको  प्रारुपको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा उपप्रमुख श्रेष्ठले सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नियमावली बनाएको बताएका हुन् । नगरपालिकाले गतवर्ष सहकारी ऐन जारी गरेको थियो । 

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडाध्यक्ष रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीहरुमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे । 

यो वर्ष मध्यपुर थिमि नगरपालिका सहकारी शाखाबाट उद्घाटन तथा बन्द सत्र दुईथरी नगरी एउटै कार्यक्रममार्फत साधारणसभा सम्पन्न गर्न सुचना दिए बमोजिम सदस्यहरुको सुझाव संकलन गरी एउटै कार्यक्रममार्फत निर्णय पारित गरिएको थियो ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण काजी मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदन कृष्ण श्रेष्ठ, ८ का वडाध्यक्ष रमेश थापा, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका बालमुकुन्द उपाध्याय, मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख अभयन्द्र श्रेष्ठ, सिवा सायमि खलःका अध्यक्ष मनोज लाल मानन्धर तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

लेखा सुपरीवेक्षण समितिका सदस्य कृष्ण सुन्दर प्रजापतिको संयोजनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका संयोजक सुन्दर श्रेष्ठले आआफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव अनिल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा महिला सदस्य मिन्दिरा श्रेष्ठले स्वागत मन्तव्य तथा निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए ।

Categorized in

काठमाडौं महानगरले गर्‌याे दुई महिनामा एक अर्ब राजस्व असुल

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन २५, बिहिबार

काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौं महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।

चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४ करोड बढी राजस्व असुल भएको छ ।

चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए । त्यसैगरी सम्पत्ति करबाट २५ करोड असुल भएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेको भनाइ छ ।

गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्यरूपमा बढेका छन् । पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् ।

Categorized in

काठमाडौँका करिब छ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

Janjati Khabar | २०८० आश्विन २३, मंगलबार



काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान  सुरु गरेको  हो ।

    आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्ध खोप दिने योजना  रहेको कामपा कृषि विभाग प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आउँदो तीन महिनाभित्र पाँच हजार आठ सयकुकरको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिने योजना छ । 

    विगतका वर्षमा पनि यस किसिमको काम गरिएको भए पनि प्रभावकारी नभएको भन्दै यस वर्ष कार्यविधि नै बनाएर काम सुरु गर्न लागिएको  प्रमुख डा झाले जानकारी दिनुभयो । 

    विभिन्न नौ सङ्घसंस्थाको सहकार्यमा गर्न लागिएको यो कार्य दैनिक दुई सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । यसका लागि दैनिक ५० जनाको विभिन्न समूह खटिने भएको छ ।  

    कुकुरको अनियन्त्रित प्रजनन् हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुरको सङ्ख्या नियन्त्रणको सबैभन्दा महत्वपूर्ण र प्रभावकारी विधि हो । शल्यक्रियामार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरका लागि उपयोगी हुने हुनाले यो सबैभन्दा धेरै प्रयोग हुने विधि  रहेकाले कामपाले सोही विधि अपनाएको जनाइएको  छ ।  

    “सामुदायिक कुकुरको व्यवस्थापनको प्रमुख उद्देश्य र विधि भनेको कुकुरको सङ्ख्या नियन्त्रण गर्नु नै भएको र यसबाट उनीहरूले निम्त्याउने समस्या कम गर्दछ”,  प्रमुख झाले भन्नुभयो ।  हाल कामपामा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ । बिहान दिउँसो अथवा उज्यालोमा भन्दा बढी साँझ र बेलुकी सामुदायिक  कुकुरहरू बढी आक्रामक हुने गर्दछन् । रोगी÷अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरूले घर निकाला गर्ने सडकमा ल्याई छाड्ने चलन र सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पछिल्लो समय सामुदायिक कुकुरको सङ्ख्या बढ्ने गरेको बताइएको छ । 

    नेपालको मुलुकी अपराधसंहिता २०७४ बमोजिम कसैले पशुपक्षीलाई कुटी, हिर्काइ, बोक्न नसक्ने गरी भारी बोकाई वा हानिकारक वस्तु सेवन गराएमा वा अन्य प्रकारको यातना दिएमा पशुपक्षीप्रति निर्दयी व्यवहार गरेको मानी तीन महिनासम्म कैद वा रु पाँच हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।




Categorized in

इजरायलमा मारिएकाहरुको सम्झना

Janjati Khabar | २०८० आश्विन २२, सोमबार

काठमाडौँ, शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्च र अनेरास्ववियु ९क्रान्तिकारी० केन्द्रीय समितिले आज साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।

 दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति  श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।

Categorized in

चाडवाडमा काठमाडौँमा सुरक्षा निगरानी बढाइयो

Janjati Khabar | २०८० आश्विन २२, सोमबार

चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ ।


काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने तयारी गरेको  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

“वडादसैँ, तिहार, नेपाल सम्वत र छठका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रुपमा अभियान थाल्दै छन्”, उहाँले भन्नुभयो ।

यस्तै बैंक, वित्तीय संस्था तथा नगद र गरगहनाको कारोबार हुने स्थानमा सादा पोशाकमा सुरक्षाकर्मी खटाइने तथा यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १५ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो । उक्त कार्यका लागि पाँच हजार आठ सय ३३ प्रहरी तथा एक हजार आठ सय ट्राफिक प्रहरी परिचालिन गरिने उहाँले बताउनुभयो ।

Categorized in

सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न काठमाडौं महानगरको आग्रह

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १९, शुक्रबार

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी मंगलबार देखि दसैँ लक्षित खसीबोका लगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो ।

महानगरले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ । अनुगमन समितिको संयोजकसमेत रहेकी सुनिता डङ्गोलको संयोजकत्वमा महानगर कृषि तथा पशुपन्छी विभाग, पशु चिकित्सक, महानगर प्रहरी र वडाको समन्वयमा खसीबोका लगायत चौपायाको परीक्षण गर्ने महानगर कृषि विभाग प्रमुख डा. अवधेश झाले जानकारी दिए ।

डा. झाका अनुसार खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने तयारी रहेको छ । परीक्षणपछि उपभोक्तालाई खरिद गर्न सहज हुने भन्दै उनले सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गरे ।

उक्त समयमा महानगरले चौपाया बिक्री स्थान, मासु पसल र वधशाला लगायतका स्थानमा समेत अनुगमन गर्ने जनाएको छ । प्रत्येक स्थानमा पशु चिकित्सक, सहायकसहित अन्य पाँच जना टोलीले परीक्षण गर्ने तयारी गरेको छ । दसैँका लागि मात्र महानगरले जिल्ला पशुसेवा कार्यालय वा भेटनरी जनस्वास्थ्य कार्यालय वा स्वतन्त्र भेटनरी चिकित्सकको सहयोगमा चौपायाको स्वास्थ्य र मासु निरीक्षण गर्ने गरेको छ ।

चालु आर्थिक वर्षमा महानगरले स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वास्थ्यकर बनाइराख्नका लागि तीन करोड ५० लाख रहेको छ ।

बजारलाई थप व्यवस्थित गर्न महानगरले गत साउनभित्र अनुगमनका सूचक तयार गरी भदौ १ देखि नियमित अनुगमन गर्दै आएको छ । चाडबाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमी रूपमा गरिएको अनुगमनको महानगरले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले महानगरले चाडबाड सुरु हुनु केही महिनाअघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।

Categorized in

सांस्कृतिक शान्ति पदयात्राले ‘नमोबुद्धमा थपियो उत्साह’

Janjati Khabar | २०८० आश्विन १७, बुधबार

 धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नमोबुद्धमा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बढाएको छ । नमोबुद्धको महत्व र यसको विशेषतालाई पदयात्राले प्रवद्र्धन गरेको छ ।

    पूर्वाधार विकास निर्माण र प्रचारप्रसारका साथै आफ्नो ठाउँको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण विकासमा नमोबुद्ध नगरपालिकाले विशेष जोड दिँदै आएको छ । नगरपालिकाले नमोबुद्धको पहिचान, ऐतिहासिक एवं धार्मिक महत्वका बारेमा प्रचार, संरक्षण, संवद्र्धन र विकासमा निरन्तरता दिँदै आएकामा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बनाएको नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहलका साथ आवश्यक प्रक्रिया अगाडि बढाइरहेको बेलामा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा गत हप्ता काठमाडौँको स्वयम्भूमा शान्ति दीप प्रज्वलन गरी पनौती हुँदै नमोबुद्धसम्मको सांस्कृतिक शान्ति पदयात्राको आयोजना गरिएको थियो ।  पदयात्राले नगरपालिकालाई थप उत्साहित बनाएको नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले बताउनुभयो ।

    यसक्रममा सांस्कृतिक एवं ऐतिहासिक सहर पनौतीको लायकु दरबार क्षेत्रबाट सुरु भएको शान्ति पदयात्राले त्रिवेणीघाट, सुन्थान, शङ्खु हुँदै नमोबुद्ध स्तुपा र गुम्बा परिसरसम्म सयौँको सङ्ख्यामा भ्रमण  । यसमा नगरपालिकाले वडा नं ११ को शङ्खुफेदीस्थित नमोबुद्ध प्रवेशद्वारबाट नै नगरपालिकाको टोलीद्वार विद्यालयका विद्यार्थीहरुको पूर्ण सहभागितामा पदयात्रीहरुलाई स्वागत गरेर न्यानो आतिथ्यताको आभाष दिलाएको थियो । पनौती हुँदै नमोबुद्ध पुग्ने मार्गको छेउछेउमा उभिएर गरेको स्वागतले यात्रामा उत्साहित बनाएको पदयात्रामा सहभागीहरुको भनाइ थियो । यसको एउटै मात्रै कारण थियो नमोबुद्धलाई धार्मिक पर्यटनको प्रवद्र्धनमा जोड दिने ।

    काठमाडौँ कोटेश्वरका रवीन्द्र कर्मार्चायले काभ्रेपलाञ्चोकको नमोबुद्ध र पनौतीको ऐतिहासिक क्षेत्रको महत्वलाई थप उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । “कतिपय मान्छेलाई थाहा नै छैन कि, नमोबुद्ध कसरी उत्पत्ति भयो र यसको महत्व के हो भनेर”, उहाँले भन्नुभयो, “त्यसबारे स्थानीय सरकारले सही सन्देश दिनेखालको काम गर्नुपर्दछ ।”

    ठाङ्गु टासि याङ्चे गुम्बाका उपाध्यक्ष आचार्य लामा कर्माफुर्वु शेर्पा र नमोबुद्ध भगवान घ्याँ गुठीका लामा गुरु सानुकान्छा लामा लगायतले नमोबुद्ध परिसरको ऐतिहासिकता र महत्वलाई पदयात्रामा सहभागीहरुले शान्तिको सन्देशमा प्रचार गर्न बल पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले ओझेलमा परेको नमोबुद्ध यसको महत्व र गरिमालाई उजागर गर्नका लागि स्वयम्भूमा दीप प्रज्वलन गरी त्यहाँसम्मको पदयात्रा सम्पन्न गरेको बताउनुभयो । विशाल पदयात्राले विश्वमा नमोबुद्धको प्रचार र यसको महत्वका बारेमा थप व्यापकता पाउने विश्वास उहाँको भनाइ छ ।

    पनौती, बनेपा र नमोबुद्ध जहाँ आएपछि पनौतीमा पाइला टेक्नैपर्छ भन्ने जनविश्वास रहेको र नमोबुद्धसँग पनौतीको सम्बन्ध जोडिएको ऐतिहासिक तथ्य रहेको कारण पनि पनौती नमोबुद्ध पदयात्राको आयोजनाले नयाँ सन्देश दिने पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताउनुभयो ।

    जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सबै क्षेत्रले पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको काभ्रेलाई केही गराँै भन्ने उद्देश्यले आयोजना गरेको शान्ति पदयात्राले पर्यटन प्रवद्र्धनमा बल पुग्ने बताउनुभयो । पदयात्राको आयोजनाले नमोबुद्धलाई थप प्रचार गर्नमा टेवा पुग्न विश्वास गरिएको छ ।

    नमोबुद्ध नगरपालिका प्रमुख लामाले नमोबुद्धको समग्र विकास र प्रवद्र्धनका लागि सबैको साझा अभियान आवश्यक रहेको बताउनुभयो । विश्व सम्पदा सूचीमा सूचीकरणको प्रक्रिया नगरपालिकाले अघि बढाइसकेको उल्लेख गर्दै उहाँले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत निर्माण गरिसकेको बताउनुभयो । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रस्ताव गरिसकेको नगरपालिकाले जनाएको छ ।

Categorized in

राष्ट्रपति लगायतले दरबार क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा मेयर बालेन आभारी

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १२, शुक्रबार

काठमाडौं- राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आभार प्रकट गरेका छन् ।

बिहीबार इन्द्रजात्रामा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेल लगायत भीभीआईपीहरूले जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदल यात्रा गरेका थिए । काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन निषेध गरेको छ ।

त्यस विषयमा बिहीबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले सवारीसाधन प्रवेश नगराएकोमा आभार प्रकट गरेका हुन् । यसले विशिष्ट अतिथिहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने उनको भनाई छ । 

 

 

Categorized in

राष्ट्रपतिले पहिलोपटक पैदलै हिँडेर गरे इन्द्रजात्राकाे अवलोकन

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ११, बिहिबार

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदलै हिडेर गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म गएका थिए ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ ।

असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । 

इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । 

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

Categorized in

भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १०, बुधबार

भादगाउँ , विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भाँदगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका ९ढोका०मा एक अष्ट्रेलियन र १६ भारतीय नागरिकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको हो ।

    ‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा पर्यटकलाई स्वागत गरिएको हो ।

    पर्यटकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापतिले पुरानो सहर आफैँमा एउटा सम्पदा सहर भएको जनाउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताउनुभयो । भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि महत्वपूर्ण योगदान रहेको जनाउँदै उहाँले भन्नुभयो, “सयौँ वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नगरपालिकाले आवश्यक पहल गर्दै आइरहेको छ ।”

    भक्तपुर प्रवेश गर्ने पर्यटकहरूमध्येका अन्ना सिंहले भक्तपुरले गरेको न्यानो स्वागतबाट आफू निकै प्रभावित भएको र सोका लागि धन्यवादज्ञापन गर्दै यहाँका कला कृतिहरु आफैँमा अद्वितीय रहेको तथा यहाँको पर्यटन प्रवद्र्धनमा आफ्नातर्फबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नगरप्रमुख प्रजापतिले नगर प्रवेश गर्ने पहिलो पर्यटकहरुको टोलीलाई मयूरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरुप प्रदान गर्नुभएको थियो । कार्यक्रममा नपाका कार्यपालिका सदस्यहरू, कर्मचारी र पर्यटनसँग सम्बन्धित सरोकावालाहरूको उपस्थिति रहेको थियो ।

Categorized in

Pages