STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

संस्कृतिको सम्बर्द्धन गर्न मच्छेगाउँमा लाखे नाच

Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र २४, आइतबार

नेपाल साँस्कृतिक कला मन्दिर मच्छेगाउँ कोआयोजनामा हुने ‘लाखे नाच’प्रदर्शनी यसपटक आगामी असोज ५ र ६ गते हुने भएको छ । उक्तप्रदर्शनीमा देशभरका नेवार समुदायबाट प्रदर्शनीकालागि लाखे ल्याइने भएकोछ । चन्द्रागिरि नगरपालिका९, मच्छेगाउँमाआयोजनाहुने यस पटकको प्रदर्शनीमा ४२ समूहले लाखे नाच प्रदर्शन गर्ने आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिएका छन् ।

आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवाजमातलाई आफ्नो मौलिककला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको अध्यक्षशाहीले बताए ।

कार्यक्रममालाखे नाचमा सहभागीहरू लगायत विभिन्न विधामा क्रियाशील ख्यातीप्राप्त व्यक्तिहरूलाई सम्मान गरिने बताइएको छ। २०५८ सालमा स्थापना भएको नेपाल साँस्कृतिक कला मन्दिरले मौलिक संस्कृति जगेर्ना क्षेत्रमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

Categorized in

विभिन्न मानन्धर समूहद्वारा धाः बाजा प्रदर्शन

Janjati Khabar – केके मानन्धर | २०८० भाद्र २४, आइतबार

देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ । काठमाडौं उपत्यका र काभ्रे जिल्लामा सघन बसोबास गर्दै आएका मानन्धरहरुले बाजा प्रर्दशनीमा सहभागिता जनाएका हुन् । काठमाडौंको लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुथि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः, पाक्व पुखूद्यां सनाः खलः, कीर्तिपुरको श्रीपञ्चमी मानन्धर गुथि, चन्द्रागिरीको मच्छेगाँ मानन्धर गुथि, फयख्वाः मानन्धर गुथि रामकोट र जापाली (वाँख्यो दाफा भजन खलः) काभ्रेका मानन्धरहरुले मौलिक बाजा प्रदर्शनी गरेका थिए ।

बाजा प्रस्तुति गरेका कलाकारहरु मध्ये अधिकांस १५ देखि ४० वर्षभित्रका किशोर, किशोरी, युवा तथा महिलाहरु थिए । संघले सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गरी अमूर्त सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बाजा प्रदर्शनी कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वाग्मती प्रदेश सांसद तथा पूर्वमन्त्री माननीय बसन्त मानन्धरले पुर्खाले हस्तान्तरण गरेको मौलिक बाजाको संस्कृतिलाई संरक्षण गर्ने काममा सक्दो सहयोग गर्ने बताए । सांस्कृतिक सेतुमार्फत समुदायलाई जोड्नुपर्ने सैद्धान्तिक मान्यतालाई आधार बनाएर अघि बढ्नुपर्ने माननीय मानन्धरको भनाइ थियो । त्यस्तै, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले देशकै गहनाको रुपमा रहेको अमूर्त सम्पदा संरक्षण, प्रवद्र्धन र विकासको लागि स्थानिय सरकारले काम गर्दै आएको बताए । 

 केन्द्रीय मानन्धर संघका सभापति मनोज कुमार मानन्धरको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद माननीय सपना राजभण्डारी जोशी, वाग्मती प्रदेशका सांसद माननीय बसन्त मानन्धर, शैलेन्द्र बज्राचार्य, काठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धर, १३ का ध्रुवनारायण मानन्धर, २० का राजेन्द्र मानन्धर, श्री शार्दूल जंग गुल्मपति नेपाली सेनाका मेजर पूर्ण प्रजापति, सम्पदा विभाग उपप्रमुख श्रीजु प्रधान, १२ वटै टोलका कजि तथा बाजा गुरुहरु, संघका प्रवुद्ध व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रमलाई केन्द्रीय मानन्धर संघको सञ्चार उपसमिति र युवा उपसमितिले संयोजन गरेको थियो ।

Categorized in

नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग

Janjati Khabar | २०८० भाद्र २३, शनिबार

काठमाडौँ, २३ भदौ स् मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ ।

    निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक  परिमार्जन र संशोधनका लागि प्रस्ताव गरेको हो ।

    निर्वाचनसँग सम्बन्धित विद्यमान सात वटा ऐनका प्रावधानलाई समेटी एकीकृतरुपमा तयार गरिएको विधेयकको मस्यौदामा खासगरी निर्वाचन अभियानलाई थप मर्यादित तुल्याउन, मौन अवधि घटाउन र खर्चलाई पारदर्शी बनाउन प्रस्ताव गरिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले बताउनुभयो ।

    निर्वाचन मौन अवधि २४ घण्टामा सीमित पार्ने, उम्मेदवार र दलले गर्ने खर्चको हद र पारदर्शी तुल्याउन प्रस्ताव गरिएको मस्यौदामा निर्वाचनमा खर्चको विवरण पेस गर्नुपर्ने दायित्व भएको व्यक्तिले निर्धारित समयमा विवरण नबुझाएमा छ वर्षसम्म उम्मेदवार हुन नसक्ने उल्लेख छ ।

    मस्यौदामा नामावली सङ्कलन, अद्यावधिक, दोहोरोपनाको खारेजी, विदेशमा रहेका नेपालीको विवरण सङ्कलन, निर्वाचन हुने दिन, मतदानको समय र निर्वाचन प्रचारप्रसार अवधि, मौन अवधि, निर्वाचन अधिकृत नियुक्ति तथा उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधान प्रस्ताव गरिएको छ ।

    नेकपा९एमाले०का नेता सुरेन्द्र पाण्डेले मौन अवधिमै धेरै सक्रिय भएर पैसा वितरण गर्ने भन्ने पुरानो आरोपमा आजकाल धेरै परिवर्तन भई उम्मेदवारलाई त्यस अवधिमा गाउँ नै छिर्न नदिनेसम्मका घटना देखिन थालिसकेको बताउनुभयो ।

    पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो, “मौन अवधि नै हटाउने कि भन्ने एकखाले तर्क छ, प्रचारशैलीमा धेरै सुधार भइसक्यो, अहिले सबैभन्दा धेरै खर्च खाना र सवारीसाधनमा हुन्छ, मोटरसाइकल र गाडी र्‍याली गर्न नपाउने हो भने ठूलो खर्च घटाउँछ ।”

    मौन अवधिमा राजनीतिक दल र उम्मेदवारबाट पैसाको चलखेललगायत अवाञ्छित गतिविधि धेरै हुने गरेको भन्ने प्रश्न उठेपछि आयोगले अन्तर्राष्ट्रिय अभ्यासबीच समेत तालमेल हुने गरी एक दिन रहने व्यवस्था प्रस्ताव गरेको हो ।

    निर्वाचनमा हुने खर्चलाई सुशासनसँग जोडिएकाले तडकभडकसहितको फजुल खर्च रोक्ने र आय र व्ययलाई पारदर्शी बनाउने  विषय  ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा प्रस्ताव छ ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने तथा कुनै दलले पालिका प्रमुख र उपप्रमुखमा एउटा मात्र उम्मेदवार बनाएमा त्यो महिला नै हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

    महिला उम्मेदवारीको प्रावधानविपरीत उम्मेदवार दिने राजनीतिक दलको सबै उम्मेदवारी रद्द हुने प्रावधान रहेको नयाँ विधेयकको मस्यौदामा उम्मेदवारले मनोनयन पेस गर्दा आफू र परिवारको सदस्यको सम्पत्ति विवरण पेस गर्नु पर्नेछ ।
 
    दलित, महिला, आपाङ्गता भएका र आर्थिकरुपले  विपन्न वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको उम्मेवार भए धरौटी रकममा ५० प्रतिशत छुट दिने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।
 
    निर्वाचन खर्चको सीमा तोक्दा निर्वाचन क्षेत्रको भौगोलिक विकटता, दूरी, मतदान केन्द्र र मतदाता सङ्ख्या, यातायात सुगमताका खर्चका आधारमा हद तोक्ने तथा प्रचारमा भएका आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

    नेपालका विभिन्न निर्वाचन क्षेत्रबीच हुने खर्चको फरकपनको पाटोलाई हेक्का गरी त्यससम्बन्धी प्रावधान प्रस्ताव गरिएको हो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आर्थिक अवस्था धेरै राम्रो नभएको हाम्रो मुलुकमा हुने निर्वाचनसम्बन्धी कानुनी खर्च व्यवस्थालाई ठीक मानिए पनि त्यसको दश गुणभन्दा बढी हुँदै आएको खर्चले भ्रष्टाचारलाई बढाई सुशासनलाई चुनौती दिइरहेको प्रतिक्रिया दिनुभयो ।

    उहाँले भन्नुभयो, “निर्वाचनका क्रममा सबैभन्दा धेरै खर्च भोजभतेर हुन्छ, कुनै बस्तीमा त पैसा नै वितरण भएको भन्ने पनि सुनिन्छ । यस्तो हर्कत रोक्न निर्वाचन आयोगले प्रहरी र प्रशासनमार्फत आफ्ना समयन्त्र प्रयोग गरी अनुगमनलाई कडा तुल्याउनुपर्छ ।”

    निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी गर्न सकिएमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने जनाउँदै आयोगले बैंक खाताको विवरण, खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

    नेकपा९माओवादी केन्द्र०का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारीले चुनावी खर्च बढी देखिएमा उम्मेदवारी नै रद्द हुने र अर्को एक अवधि पनि उम्मेदवार हुन नपाउने प्रावधान राखिनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, “चुनाव प्रचार शैलीलाई शर्तसहित व्यवस्थित गर्ने र मौन अवधिको समय घटाउने विषय उचित नै छ, टिकट किन्नेदेखि सांसदले सरकारी ढिकुटीबाट पैसा लिन र बाँड्ने कार्य कडाइका साथ रोक्नुपर्छ ।”

    “चुनावमा खर्च किन भन्ने कोणबाट बहस सुरु गरिनुपर्छ, प्रचारप्रसार पारदर्शी गर्ने, भोट माग्न तीन जनाभन्दा बढी हिँड्न र गाडी प्रयोग गरी आमसभामा दर्शक ओसार्न नपाइने, सञ्चारमाध्यमबाट प्रसार गर्ने, आमसभा पनि दुईभन्दा गर्न नपाइने हुनुपर्छ”, नेता विडारी भन्नुहुन्छ ।

    निर्वाचनका बेला दाबावमा र प्रभावमा रकम उठाइ खर्च गर्ने अवस्थालाई नियन्त्रण गर्न सरकारी तथा सकार सम्बद्ध निकाय एवं गैरसरकारी संस्थाबाहेक अरुसँग विवरण खुलाएर मात्र आर्थिक सहयोग लिनसक्ने प्रस्ताव गरिएको छ ।

    बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनलाई थप व्यवस्थित तुल्याएर खर्चलाई घटाउने र मुलुकलाई सुशासनको बाटोमा लैजाने कार्यमा सरकार र राजनीतिक नेतृत्वलाई समयमै ध्यान पुर्‍याउन सुझाव दिनुभयो ।

    आर्थिक विषयलाई पारदर्शी बनाउन सहयोग बैंकिङ प्रणालीमार्फत लिनुपर्ने, रसिद दिनुपर्ने, ५० हजारभन्दा बढी सहयोग लिँदा स्रोत खुलाउनुपर्ने तथा कुनै शर्त तोकी सहयोग लिन नहुने व्यवस्था गरिएको छ ।

    नेपाली कांग्रसका नेता एवं राज्यव्यवस्था समितिका सदस्य हृदयराम थानीले चार वटा राजनीतिक दल जुट्दा पनि सरकार गठन गर्न नसक्ने हालको निर्वाचन प्रणाली मुलुकले थेग्नै नसक्ने प्रतिक्रिया दिनुभयो ।

    उहाँले भन्नुभयो, “सधैँ अहिलेकै ढाँचाले सरकार चल्दैन, सङ्क्रमणका बेला सबैलाई चित्त बुझाउन यो निर्वाचन प्र्रणालीमा सहमति भएको थियो । निष्ठाको राजनीति हराएको छ, जसले जे गर्‍यो त्यसले मात्र चुनाव जित्ने देखियो, कतिञ्जेल टुलुटुल हेरेर बस्ने अब ।”
 
    निर्वाचनको वास्तविकरुपमा खर्च उम्मेदवार वा दलले निर्वाचन परिणाम घोषणा भएको ४५ दिनभित्र विवरण पेस गर्नु पर्नेछ । प्रस्तावित मस्यौदाअनुसार, निर्वाचन खर्च सम्बन्धमा आयोग र निर्वाचन अधिकृतले अनुगमन, सुक्ष्म अनुगमन गर्ने छन् । निर्वाचनमा सर्वसाधारण वा मतदाताबाट नगद र जिन्सी लिए दिएमा जरिवाना र कैद हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

    राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले गणतन्त्र र लोकतन्त्रका लागि धेरै सङ्घर्ष, त्याग तपस्या गरे पनि हाम्रै क्रियाकलापले मुलुक भ्रष्टाचारमा चुर्लुम्ब डुबेको प्रतिक्रिया दिनुभयो ।

    उहाँले भन्नुभयो, “राजनीतिक दल जारी घोषणापत्र र सिद्धान्तमा नचल्दा जनताको नेताप्रति हेर्ने दृष्टिकोण त्यति राम्रो छैन, जनता र राष्ट्रले लाभ प्राप्त गर्ने काम गर्नुपर्छ । निर्वाचनमा सुधार ल्याउनुपर्छ, भ्रष्टाचारको साछी बसेर टुलुटुलु हेर्न हुन्न ।”
 
    निर्वाचनलाई पारदर्शी र अनुमानयोग्य बनाउन दल वा उम्मेदवारले बैंक खाताको विवरण उपलब्ध गराउन पर्नेछ । ऐनविपरीत खर्च गरेमा जरिवाना गर्ने र खाता भएका रकम जफत हुनेछ ।

    पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल एउटा लेखमा भन्नुभएको छ, “प्रणाली मात्र राम्रो भएर पुग्दैन, अभ्यासकर्ताबाट हुने प्रयोग र पालनाका आधारमा प्रणाली निर्धारण गर्छ भन्ने पक्षलाई नेतृत्वकर्ताले सदा हेक्का राख्न जरुरी छ ।”

    दल र उम्मेदवारको निर्वाचन प्रचारप्रसार अभियानमा लाग्ने वास्तविक खर्चको बृहत् पारदर्शीता प्रदान गर्न आय र व्यय दुवै प्रतिवेदनमा समावेश गर्न प्रस्ताव गरिएको छ ।

    पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव मतदाता नामावली दर्तादेखि निर्वाचन सञ्चालन र परिणाम घोषणासम्मका सबै क्रियाकलाप र प्रक्रिया स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिनुहुन्छ ।
 
    उहाँ भन्नुहुन्छ, “लोकतन्त्र र सुशासनको महत्त्वपूर्ण आधार भनेको स्वच्छ, मितव्ययी र निष्पक्ष निर्वाचन भएकाले निर्वाचनमा हुने खर्च र प्रचारप्रसारको ढाँचाले राज्यलाई सुशासनको मार्गमा लैजान सहयोग प¥याउने भनाइ छ ।”
 
    विधिको शासन, उत्तरदायी सरकार, पारदर्शीता, भ्रष्टाचारमुक्त समाज र सुशासन कायम गर्दै लोकतन्त्र सुदृढीकरणका लागि निर्वाचनसम्बन्धी प्रस्तावित कानुनले योगदान पुर्‍याउने विश्वास गरिएको छ । रासस
–––




Categorized in

;हकारीको ऋण समयमै चुक्ता गर्न दक्षिणकाली नगरपालिकाको आह्वान

Janjati Khabar | २०८० भाद्र १५, शुक्रबार

काठमाडौँ, दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी शेयर सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गर्नुभएको हो । सहकारी संस्थाले पटकपटक पत्राचार गर्दा पनि साँवा, ब्याज नतिर्दा बचतकर्ता शेयर सदस्यको रकम फिर्ता गर्न असहज भएको नगरपालिकाले जनाएको छ ।
सदस्यले बचत गरेको रकमबाट नै अरु सदस्यलाई कर्जा प्रवाह गरिने हुँदा ऋणी सदस्यले आफूले लिएको साँवा, ब्याज समयमै नबुझाउँदा सहकारी संस्थामा स्वाभाविकरूपमा समस्या आएको सूचनामा उल्लेख गरिएको छ ।
केही व्यक्तिबाट सहकारीको ऋण नतिरे पनि हुन्छ भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भएको सुनिएकाले पनि नगरपालिकाले सार्वजनिकरूपमा आह्वान गरेको जनाइएको छ । ऋण नतिर्ने कुरालाई ऋणीहरूलाई नै प्रत्युत्पादक हुन आउने सूचनामा उल्लेख गरिएको छ । ऋण लिएपछि तिर्नुपर्दैन भन्ने कुरा नेपालको प्रचलित ऐन कानूनविपरीत भएकोतर्फ पनि नगरपालिकाले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।
नगरपालिका सहकारी ऐन, २०७५ को दफा ५८ मा ऋण असुल गर्ने सम्बन्धी व्यवस्था छ । दफा ६१ मा कसैले संस्थालाई तिर्नु बुझाउनुपर्ने रकम नतिरी बाँकी राखेमा त्यस्तो रकम र सोको ब्याजसमेत दर्ता गर्ने अधिकारीले ऋणीको जायजेथाबाट असुल उपर गरिदिन सक्ने व्यवस्था ऐनमा भएको पनि प्रमुख प्रशासकीय अधिकृत खनालले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
ऐनको दफा ६२ मा दर्ता गर्ने अधिकारीले दफा ५८ र ६१ को प्रयोजनको लागि कुनै व्यक्तिको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने गरी व्यवस्था गरेको छ । ऋणीले सहकारी संस्थामा जेजस्तो सम्झौता, शर्त वा कबुलियत गरी ऋण लिएको हो सोहीबमोजिम समयमै आफूले लिएको ऋणको साँवा, ब्याज रकम दाखिला गरी सहकारीमा देखिएको समस्या समाधानका लागि सहयोग गर्न नगर क्षेत्रका सबै सहकारीका ऋणीलाई नगरपालिकाले आह्वान गरेको छ ।

Categorized in

घिन्ताङघिसी नाचसहित टोलटोलबाट निकालियोे गाईजात्रा

Janjati Khabar | २०८० भाद्र १४, बिहिबार

भक्तपुर, १४ भदौ स् भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा सुरु भएको मानिन्छ । बुधबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुवात गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
गाईजात्रा पर्वको अवसरमा भक्तपुर जिल्लाभर नेवार समुदायले आज बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङ्घिसी नाच प्रदर्शन गर्दै गाईजात्रा मनाएका हुन् । यस क्षेत्रका नेवार समुदायले हिजो जनैपूर्णिमा मनाएका र  आज गाईजात्रा मनाएका हुन् ।

दिवङ्गत व्यक्तिको सम्झनामा आजदेखि नेवार समुदायमा  घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको यसअन्तर्गत जात्राका दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । आज दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

 घिनिताङ घिनिताङ घिन्ताङघिसी त्वाङ’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचको आकर्षण जात्रामा देखिन्छ । केही वर्षयता घिन्ताङघिसी नाचमा विदेशी पर्यटकको पनि बाक्लो सहभागिता हुँदै आएको छ । पर्यटन प्रबद्र्धन गर्न स्थानीय युवा क्लबले सञ्चालन गरेको नाचमा विभिन्न देशका पर्यटकले हातहातमा लौरो लिएर घिन्ताङघिसी नाच नाचेका थिए ।

घिन्ताङघिसी नाचसँगै हनुमान नाच, जङ्गल नाच र माक प्याखं अर्थात् बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच समेत प्रदर्शन गरिएको छ।
    
आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ । विभिन्न घरबाट निकालिएको जात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठडाँै, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराइएको थियो  ।

जात्रा समापनका क्रममा तौमढीबाट साँझ परालबाट बनेको तमाचा र त्यससँगै भैरव नाचसमेत निकालिन्छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य तमाचा र सबभन्दा पछि नकिङजु अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रम गरेपछि आजको जात्रा समापन गरिन्छ । यसपछि परालबाट बनेको भैरव र अजिमाको तमाचा निस्किएपछि अन्य तमाचा निकाल्न नहुने परम्परा रहेको छ । जात्रामा विभिन्न कार्टुन तथा व्यङ्ग्य चित्रसमेत हातहातमा बोकेर प्रदर्शन गरिएको थियो । साताव्यापी मनाउने जात्रामा घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जंगली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाइएको थियो। सात दिनसम्म मनाइने गाईजात्रामा भोलिदेखि घिनताङ घिसीनाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइन्छ ।
श्रीकृष्णजन्माष्टमीको दिन भैरब मन्दिरमा नेवारी पोसाक हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर बत्ती दिने परम्परा रहेको छ । यस दिन नारायणको पूजा गरी नारायण बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाहरुले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी घुमिरहेका छन् ।
हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने भएकाले पृथ्वीमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने एवं मृतात्माहरुले यमलोक प्रवेश गरी  मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी रामशेखर श्रेष्ठले जानकारी दिनुभयो । गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो ।
पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन काठमाडौँका राजा प्रताप मल्लले “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु” भनी आदेश दिएकाले त्यसबेलादेखि गाईजात्रा सुरु भएको बताइन्छ । घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रदर्शन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउन आदेश दिएअनुरूप यस्तो प्रचलन चल्दै आएको बताइन्छ ।

Categorized in

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ

Janjati Khabar | २०८० भाद्र १४, बिहिबार

मकवानपुर, बागमती प्रदेशमा यही  भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ  सम्पन्न भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिनुभयो ।  काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उहाँले बताउनुभयो ।
प्रदेशको १३ वटै जिल्लाको स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा   खेतीयोग्य जमिनको माटोकोे अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ ।

Categorized in

काठमाडौंमा भदौ १५ गते सापारू मनाउन सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १३, बुधबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ ।

स्थानीय राजपत्रमा विदाको सूचना जारी गर्दै महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ ।

सूचना अनुसार शुक्रबार महानगरको क्षेत्र भित्र सार्वजनिक विदा हुने छ ।

Categorized in

गाईजात्राको दिन काठमाडौँका यी सडकमा सवारीसाधन चलाउन नपाइने

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १३, बुधबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ । 

आज बुधबार एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो । 

सूचनामा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश गराउन रोक लगाइएको उल्लेख छ । 

notice

Categorized in

बागमतीमा र्‍याफ्टिङ

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ९, शनिबार

 

काठमाडौं - बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ ।

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो ।

नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको जानकारी दिए।

ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिएको उपाध्यक्ष खनालले बताए । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न गरिएको उनको भनाइ छ ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । आज सफाई अभियान्ताहरुले नदी समेत सरसफाई गरेका थिए ।

Categorized in

नेपालभाषामा गीत र गायनको प्रतिस्पर्धा हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र ९, शनिबार

विभिन्न पर्वहरुमा सांगितिक एवं कलाले भरिएको परम्परा निरन्तर गर्न विभिन्न कार्यक्रम आयोजना गर्दै आएको ललितपुर महानगरपालिका वडा नं १६ को कलाकार समितिले यस वर्षको इन्द्रजात्रा(येँन्यापुन्ही) को अवसरमा नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

इन्द्रजात्राको अवसरमा विगतमा टोलटोलमा हुने सांगितिक सम्मेलन त्यस क्षेत्रमा रहेका गौरवशाली कलाकारको कला विकासका लागि उल्लेखनीय वातावरण भएको र त्यही वातावरणमा जन्मे हुर्केका कलाकारको जीवन्त कलालाई उजागर गर्ने परम्परा पछिल्लो समय लोपप्राय हुँदै गईरहेको छ । यही कुरालाई दृष्टिगत गर्दै उक्त परम्पराको पुन: सञ्चालन गर्ने उद्देश्यका साथ यही आश्विन ११ गते बिहीबारको दिन " लिटिल स्टार नेपालभाषा म्ये कासा( लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता) ” आयोजना गर्न लागिएको वडा कलाकार समितिद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । १६ वडा कलाकार समितिका सचिव अनुप शाक्यले पाटन दरबार क्षेत्रको ऐतिहासिक भन्दा: क्यव( पाटन म्युजियमभित्र रहेको बगैंचा) मा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार जुनसुकै स्थान र उमेर समुहबाट यस प्रतियोगितामा भाग लिन सक्नेछन् । 

पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले  विश्व सम्पदा सुचीभित्र परेको वडाभित्रको कला,संस्कृति,सम्पदा,जात्रा, पर्वको  विकासको लागि वडामा विभिन्न समितिहरु गठन गरिएको र त्यसमध्ये कलाकार समिति एक उदाहरणीय समिति रहेको उल्लेख गरे । विगतमा पनि यस्ता विभिन्न कार्यक्रमहरु समितिले गरिसकेको र यस पटक पनि एक महत्त्वाकांक्षी योजनाको रुपमा नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्न लागेको कुरा वडाध्यक्ष शाक्यले बताए । 

वडा कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्यले वडाले नवकलाकारहरुको खोजी,कला विकास,स्थापित कलाकारहरुको लागि मञ्च उपलब्ध गराउने तथा वरिष्ठलाई सम्मान दिने उद्देश्यका साथ विगत ३ वर्षदेखी गीत तथा नृत्य प्रतियोगिता , कला पाठशाला,येन्यापुन्ही(इन्द्रजात्रा) को अवसरमा सांस्कृतिक कार्यक्रम,होलिया मेला,श्रीपञ्चमीको अवसरमा शास्त्रीय संगीत,उत्सव,न्हुँदया भिन्तुना सांस्कृतिक कार्यक्रम तथा वरिष्ठ कलाकारलाई ललितरत्न उपाधी अर्पणसाथ सम्मान गर्दै आएको जानकारी दिए । 

प्रतियोगितामा सर्वोत्कृष्ट गीत(प्रथम) लाई १ लाख नगदसहित ट्रफी र प्रमाणपत्र,उत्कृष्ट गीत(द्वितीय)लाई ७५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र,तृतीयलाई ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र,सान्तवनालाई २५ हजार नगदसहित प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरी सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट सँगीतकार र सर्वोत्कृष्ट रचनाकारलाई २५/२५ हजार नगद सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगिताको टाईटल प्रायोजक लिटिल स्टार रेकर्डस रहेको छ ।

Categorized in

Pages