STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

उपत्यकाका काँठ क्षेत्रमा खाद्यान्नको मूल्यवृद्धि, अनुगमन सुस्त

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २८, शुक्रबार

Categorized in

कीर्तिपुरका उपमेयर राहत वितरणको अनुगमनमा

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २८, शुक्रबार

ललेन्द्र शाक्य

कीर्तिपुर – कीर्तिपुर नगरपालिकामा प्रत्येक वडाबाट भइरहेको राहत वितरणको अनुगमन गर्न उपमेयर सरस्वती खड्का रिजालको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । यस अनुगमन समितिले प्रत्येक वडामा भइरहेको राहत वितरणको अनुगमन पनि गरिरहेको छ । कोरोना संक्रमण रोकथामको लागि नेपाल सरकारले देशभर लकडाउन लागु गरेपश्चात् खाद्य सामग्री अभाव हुन नदिन नगरपालिका, गाउँपालिकामार्फत् राहत वितरण भइरहेको छ । यसैक्रममा कीर्तिपुर नगरपालिकाले पनि आफ्ना १० वटै वडाबाट राहत वितरणलाई निरन्तरता दिइरहेको छ । राहत वितरणको लागि प्रत्येक नगरपालिकालाई जिम्मेवारी दिए पनि त्यसमा अनियमितता, असन्तुलन एवं भ्रष्टाचार हुन नदिन एक सर्वदलीय समिति गठन गरी अनुगमन पनि भइरहेको छ । राहत वितरणमा कुनै पनि वडा वा व्यक्तिबाट अनियमितता र स्वार्थपूर्ण कार्य भएमा कडा कारबाही गरिने जानकारी दिँदै राहत वितरण अनुगमन सर्वदलीय समितिका संयोजक रिजालले भने, “कीर्तिपुर नगरभित्र राहत वितरणलाई व्यवस्थित, सुरक्षित एवं स्वार्थरहित बनाएर स्तरीय वितरण प्रणाली बनाउने र यसको लागि नगरपालिकाको संयोजकत्वमा एक अनुगमन सर्वदलीय समिति गठन गरी प्रत्येक वडाबाट भइरहेको राहत वितरणको अनुगमन भइरहेको छ ।” उपमेर रिजालले राहत वितरण अनुगमन सर्वदलीय समितिमा कीर्तिपुर नगरका सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधिलगायत विभिन्न सामाजिक संघसंस्थाका अभियन्ता तथा सम्बन्धित व्यक्तिहरु समाविष्ट गरेको जानकारी दिएका छन् । खड्काले भने, “समितिमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टीलगायत अन्य पार्टीका प्रतिनिधिहरु समावेश छन् ।” लकडाउनको समय नगरबासीलाई समस्या परेमा वडा वा नगरपालिकामा सम्पर्क गर्न पनि रिजालले नगरबासीमा अनुरोध गरेका छन् ।
Categorized in

राहतको तस्बिर सामाजिक सञ्जालमा नहालौं : कीर्तिपुर मेयर

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २८, शुक्रबार

ललेन्द्र शाक्य

कीर्तिपुर – लकडाउनको समय नगरपालिकाबाट वितरण भइरहेको राहत वितरणको तस्बिर सामाजिक सञ्जालमा पोष्ट नगर्न कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले अनुरोध गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनको समय नगरबासीको खाद्यान्न समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले राहत वितरण गरिरहेको छ । राहत वितरण प्रचारात्मक कार्य नभएको जनाउँदै मेयर महर्जनले भने, “नगरभित्र दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न वर्गलाई राहत दिनु नैसर्गिक अधिकार, कर्तव्य, दायित्व र मानवीय कार्य हो । यो कुनै प्रचारात्मक कार्य हैन । वडा सदस्यहरुले राहत वितरणको तस्बिर रेकर्डको लागि राख्नसक्ने भए पनि सामाजिक सञ्जालमा पोष्ट गरेर प्रचारबाजी नगर्न म अनुरोध गर्दछु ।” सामाजिक सञ्जालमा राहत वितरणका तस्बिर पोष्ट गर्नु ढोंगी र स्वार्थपूर्ण कार्य भएकोले राहत वितरणलाई प्रचारात्मक नबनाएर मानवीय कार्यको रुपमा अघि बढाई यसप्रति सम्वेदनशील हुन पनि मेयर महर्जनले अनुरोध गरेका छन् । कीर्तिपुर नगरपालिकाले विभिन्न संघसंस्थासँग समन्वय गरी नगरभित्रका १० वटै वडामा राहत वितरण गरिरहेको छ । यसको साथै लकडाउनको समय नगरपालिकाले ट्यांकरबाट पानी वितरण पनि गरिरहेको छ ।
Categorized in

रातो मछिन्द्रनाथको रथयात्रा पनि स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २८, शुक्रबार

काठमाडौं– विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिको कारण ललितपुरमा मनाइने सबैभन्दा लामो रथयात्रा मछिन्द्रनाथको रथयात्रा स्थगित भएको छ । शुक्रबार (चैत २८) देखि सुरु हुने मछिन्द्रनाथको रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ । गुठी संस्थानका राजन भुजु र ज्यापु समाज यलका चन्द्र महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहिले रथको जग राख्ने र निर्माण कार्य स्थगित गरिएको तथा लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर रथ निर्माण सुरु गरिने निर्णय भएको जनाइएको छ । यसअघि गुठी संस्थान ललितपुर शाखाका राजन भुजूको प्रमुख उपस्थितिमा बसेको एक बैठकले रातो मछिन्द्रनाथको महास्नान गरी  चैत २८ गतेदेखि पूल्चोकमा रथ निर्माण गर्ने निर्णय गरेको थियो । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । यही वैशाख १२ गते रातो मछिन्द्रनाथलाई रथारोहण गराई १५ गतेदेखि रथयात्रा हुने भएको थियो ।
Categorized in

चापागाउँको चन्द्रभैरवको जात्रा स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २३, आइतबार

कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका–११ स्थित चापागाउँको बुलुमा रहेको थियो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले जानकारी दिनुभयो । यो जात्रा वर्षको एकपटक मनाउने गरिन्थ्यो । चैतको एकादशीको दिन बुलुको मुख्य चोकमा भैरवलाई खट बनाई राखेर पूजा गरिन्थ्यो । पूजाआजा सम्पन्न भएपछि गुठीयारले भोज गर्थे । चैत द्वादशीको दिन यी देवतालाई बुलुका श्रेष्ठहरुको आँगनघरमा खटमा राखी पूजा गर्ने चलन रहेको थियो । चैत त्रयोदशीका दिन बुलुगाउँको टोलटोलमा चन्द्रभैरव र गणेशलाई राखी पूजा गरिन्थ्यो । पूजापछि दिउँसो ४ बजेबाट रथजात्रा गर्ने चलन रहेको चापागाउँका स्थानीय ७४ वर्षीय वासुदेव कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “चापागाउँ स्थापना हुनुअघि बुलुगाउँ रहेको थियो । बुलुगाउँलाई शिवपुरी पनि भनिन्थ्यो । महामञ्जुश्रीले सन्तानेश्वर महादेवको सिमाना, बाडेगाउँबीचको पहाड र चोभारको पहाडलाई तान्त्रिक तरबारले छेड्ने गरी काटेर दहको पानी निकालेको भन्ने किंवदन्ती यहाँ रहेको छ । यस तालको पानी सुक्नुभन्दा पहिले एक स्थानमा नागराजलाई राख्नुपर्छ भन्ने हेतुले नागलाई राखेकाले त्यस स्थानको नाम नागदह भयो । यो धापाखेलमा पर्छ । जब पानी सुक्यो, दक्षिण भेगमा एउटा गाउँ चाहिन्छ भनी यस गाउँको नाम शिवपुर भयो । पानी सुकेपछि यस स्थानमा पशुपति महादेव उत्पत्ति भएको किंवदन्ती पनि छ । बुलुगाउँका पूर्वतिर महादेव रहेका छन् ।” बुलुगाउँमा एक व्यक्तिले बदमासी गरेकाले त्यसको मुख नहेर्ने भनी अरु सबै व्यक्ति छाडेर गएकाले महादेव पनि यहाँबाट पशुपतिमा गएको किंवदन्ती रहेको कर्र्माचार्यले जानकारी दिनुभयो । बुलुगाउँबाट महादेव र अरु मानिस उठेर गएपछि सो शिवपुर गाउँ धमिलो भई नराम्रो वातावरणमा परिणत भएर गाउँको शोभा नै हराइ डरलाग्दो भयो । त्यसको धेरै वर्षपछि गाउँमा भएका सबै घरहरु भत्केर एउटा परिवार मात्र बसोबास गरिराखेको थियो । गाउँ नै अँध्यारोमा परिणत भएकाले यसलाई नेवारी भाषाबाट शिवपुर बुलुसिच्वाें अर्थात् बुलु नामाकरण गरिएको हो । हालसम्म बुलुगाउँको शिलापत्र फेला नपरेकाले यो जात्रा कसले र किन चलायो भन्ने कुरा अनुसन्धानमा मात्र सीमित भइरहेको स्थानीयवासीको मत छ । भनिन्छ, बुलुगाउँमा एउटा अचम्मको शक्ति छ । यस गाउँबाट कसैले पुराना सामग्री बाहिर अन्य स्थानमा लगेमा नराम्रो आवाज दिन्छ । पुराना सामान लाँदा आवाज दिन्छ भन्ने थाहा पाउने व्यक्तिले अहिलेसम्म पनि पुराना सामान गाउँबाहिर लैजाँदैनन् । एक गाउँबाट अर्काे गाउँमा पुराना सामान लाँजादा रातभरि सुत्न पाइँदैन भन्ने मान्यता बुलुवासीमा अझै रहेको देखिन्छ । यो मान्यतालाई बुलुगाउँमा दैविक शक्तिको परिभाषा दिइएको छ ।
Categorized in

कोरोनाको कारण कीर्तिपुरमा सहिद दिवस स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २१, शुक्रबार

काठमाडाैं – विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले लकडाउनको निर्णय लिएपछि कीर्तिपुरमा मनाइने सहिद दिवस पनि स्थगित गरिएको छ । ‘सहिद स्मारक व्यवस्थापन समिति’ आयोजनामा वर्षेनी चैत २० गते कीर्तिपुरमा सहिद दिवस मनाउँदै आइरहेको थियो । कोरोना भाइरस संक्रमितबाट बच्न भीडभाड नगर्ने सरकारको आह्वानको कदर गर्दै समितिले यस वर्ष सहिद दिवस स्थगित गरिएको जानकारी दिएको छ । स्मरणीय छ, २०४६ सालको जनआन्दोलनमा निरंकुश पंचायती शासकविरुद्धको युद्धमा कीर्तिपुरका चारजनाले सहादत प्राप्त गरेका थिए । कीर्तिपुरका चार सहिद राजेन्द्र महर्जन, राजमान माली, हिराकाजी महर्जन र लनबहादुर महर्जन हुन् ।
Categorized in

रातो मछिन्द्रनाथको रथायात्रा हुने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २०, बिहिबार

विजयरत्न असंबरे

ललितपुर – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि अहिले देशभर लकडाउनको अवस्था छ । यस अवस्थालाई मध्यनजर गर्दै काठमाडौंमा पाहांचःह्रे जात्रा, सेतो मछिन्द्रनाथको रथयात्रालगायत धेरै जात्रापर्व स्थगित भइसकेका छन् । तर ललितपुरमा भने आवश्यक प्रबन्ध मिलाएर रातो मछिन्द्रनाथ (बुंगःद्यः)को महास्नान (न्हवं)लगायत रथयात्राको लागि रथ निर्माण सुरु गरिएको छ । ललितपुरको टंगल बहालअगाडि घःमाः (रथ अगाडि भैरवको मुखाकृति रहने भाग)को निर्माण कार्य थालिएको छ । गुठी संस्थान ललितपुर शाखाका राजन भुजूको प्रमुख उपस्थितिमा बुधबार बसेको एक बैठकले रातो मछिन्द्रनाथको महास्नान यही चैत २७ गते लगनखेलमा गर्ने निर्णय गरेको छ । यसैगरी चैत २७ गते हामोकी (किला) ठोकेर चैत २८ गतेदेखि पूल्चोकमा रथ निर्माण गर्ने निर्णय भएको पनि रथ निर्माणका सिकर्मी समूहका नाइके दिलकुमार बाराहीले जनजाति खबरलाई जानकारी दिएका छन् । महास्नानमा सहभागी हुन १३ जना पुजारी, पूल्चोकमा हामोकी पूजा गर्न बाराही गुठीका ५ जना नाइके, यवाः तथा अन्य गुठीका दुई–दुई गरी ६ जना गुठीयारको लागि आवतजावतको सुरक्षाप्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय ललितपुरसँग बैठकले अनुरोध पनि गर्ने भएको छ । स्मरणीय छ, यही २०७७ साल वैशाख १२ गते रातो मछिन्द्रनाथलाई रथारोहण गराई १५ गतेदेखि रथयात्रा हुने भएको छ ।
Categorized in

लकडाउनमा अवधिभर ललितपुरमा घुम्ती पसल

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २०, बिहिबार

ललितपुर– लकडाउनको समय किराना पसलहरु बन्द भएको बेला ललितपुरमा घुम्ती पसल सञ्चालनमा ल्याइएको छ । ललितपुर बुद्ध जयन्ती कोषले विहीबार (चैत २० गते) घुम्ती पसल सञ्चालनमा ल्याएको हो । यसका लागि कोषले ललितपुर महानगरपालिका १६ सँग सहकार्य गरेको छ । घुम्ती पसल नकबहिलबाट शुरु गरिएको थियो । त्यसपछि धलायचामा राखियो । किन्न आउनेहरू धैरै भएकाले कोबहालमा पसल राख्न बिहीबार भ्याएन । पसलबाट प्रति परिवारले चामल बढीमा १० केजी, दाल ५ केजी, तेल ५ लिटर, पिठो (आँटा) १० केजी, चिउरा १० केजी र चिनी ५ केजीसम्म किन्न सकिने व्यवस्था गरिएको थियो । तीसामग्री पसलको साविकको मूल्यभन्दा २० प्रतिशत छुटमा बिक्री गरिएको छ । दुई ठाउँबाट ३ सयजनाले खाद्य सामग्री खरिद गरेको कोषका अध्यक्ष धर्मबहादुर शाक्यले जानकारी दिएका छन् । ‘लकडाउनमा खाद्यान्न अभाव हुन नदिन सुपथ पसल सञ्चालन गरेका हौं,’ अध्यक्ष शाक्यले बताएका छन् । पसलबाट खाद्य सामग्री सहज रुपमा बिक्री गर्न १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यको अगुवाइमा १५ जना स्वयंसेवक दिनभर खटिएका थिए । खाद्य सामग्री किन्न आउने प्रत्येकलाई एक मिटरको सामाजिक दूरीमा राख्न र टोकन दिन स्वयंसेवकहरुले सघाएका थिए । सर्वसाधारण खाद्य सामग्री सहज रुपमा किन्ने व्यवस्था मिलाउन वडाको आग्रहमा सो व्यवस्था मिलाइएको वडाअध्यक्ष शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यले बताए, ‘घुम्ती पसल लकडाउन अवधिभर सञ्चालन हुनेछ ।’ शुक्रबार कोबहाल, मंगलबजार, ओकुबहाललगायत विभिन्न स्थानमा पसल सञ्चालन गरिने कोषले जनाएको छ । यसअघि राष्ट्रिय उपभोक्ता मञ्चले ललितपुर महानगरपालिका–११ मा सुपथ पसल सञ्चालन गरेको थियो ।
Categorized in

रगतको अभाव भएपछि दातादाई रेडक्रसको आह्वान

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २०, बिहिबार

Categorized in

कामपाका सबै स्थानमा नियमित फोहर संकलन हुने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १५, शनिबार

Categorized in

Pages