विराट गुथिको ई–साहित्य वाचन
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २, मंगलबार
विजयरत्न असंबरे
काठमाडौं– विराट नेपालभाषा साहित्य सम्मेलन गुथि, भक्तपुरको आयोजनामा सोमबार वैशाख १ गते ‘विराट ई–साहित्य वाचन’ सम्पन्न भयो । विश्वमा महामारीको रुप लिई फैलिरहेको कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन जारी लकडाउनको समय zoom cloud meeting नामक एप्स् प्रयोग गरी कार्यक्रम सञ्चालन गरिएको थियो । गुथिका पूर्वअध्यक्ष एवं सल्लाहकार त्रिरत्न शाक्यले आफ्नो कविता वाचन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा गोबिन्दमान श्रेष्ठ, त्रिरत्न शाक्य, भगतदास श्रेष्ठ, केबलप्रसाद कायस्थ, राजभाइ जकस्मि, श्याम आशा, कृष्णभक्त बोडे, नारद बज्राचार्य, डा. पुष्पराज राजकर्णिकार, डा. बालगोपाल श्रेष्ठ, श्रीलक्ष्मी श्रेष्ठ, सुधिर ख्वबि, पुष्परत्न तुलाधर, जुजुकाजी रंजित, नवीनप्रकाश श्रेष्ठ, नरेश अमात्य, राजेन्द्र रंजित, महेन्द्रराज शाक्य, प्रदीप शाक्य, तेजकृष्ण श्रेष्ठ, रेणु श्रेष्ठ, ओमकृष्ण श्रेष्ठ, अमिरमैंया रंजित, रेखा शाक्य, हरिगोबिन्द भोमी, बाबुकाजी सुवाल, कविन्द्रलाल प्रधान, सोना तचामो व बि.के. माकजु गरी २९ जना साहित्यकारहरुले आ–आफ्ना रचना वाचन गरेका थिए । गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको संयोजक रहेको कार्यक्रमको प्राविधिक व्यवस्थापन विजय कर्माचार्यले गरेका थिए । फेसबुकमा लाइभ भएको सो कार्यक्रममा सहभागी हुने साहित्यकारहरुले घरबाटै साहित्य वाचन गराई सिर्जनात्मक कार्यक्रमको आयोजना भएकोले यसले लकडाउनको सदुपयोग भएको बताएका छन् । Categorized in
कीर्तिपुर नगरपालिकाको आकस्मिक कोष गठन
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २, मंगलबार
ललेन्द्र शाक्य
कीर्तिपुर– कोरोना भाइरस कोभिड–१९ महामारीको समय संसार नै त्रासमा परी महामारीको भयावह परिस्थितिसँग संघर्ष गरिरहेको छ भने यस संघर्षमा नेपाल पनि परेको छ । यही भाइरस संक्रमण रोकथामको लागि नेपाल सरकारले देशभरि लकडाउन घोषणा गरेको छ भने विभिन्न क्षेत्रमा राहत वितरणको कार्यक्रम पनि संचालन गरेको छ । यसैक्रममा कीर्तिपुर नगरपालिकाले पनि नगरबासीलाई राहत वितरण थालेको छ । कीर्तिपुर नगरपालिकाका अति विपन्न परिवारलाई राहत वितरण गर्न अहिले कीर्तिपुर नगरपालिकाले आकस्मिक कोष गठन गरेको छ । काठमाडौंको टेकु शाखाको राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको उक्त आकस्मिक कोष खाता नम्बर १७००३०४०३८३०३ रहेको छ । कीर्तिपुर नगरपालिकाले त्यस आकस्मिक कोषमा सहयोग गर्न सार्वजनिक आह्वान पनि गरेको छ । सहयोगकै क्रममा उक्त आकस्मिक कोषमा कीर्तिपुर नगरपालिका २ वडाका वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिका पर्यटन सम्पदा विभागका प्रमुख तथा २ वडा देवध्वाखा गुम्बाका सचिव रमेशमान डंगोलको सक्रियतामा उक्त गुम्बाको स्याङ्पा फाउण्डेशनका स्याङ्पा रिम्पोछेबाट ५ लाख रुपैयाँको सहयोग कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई हस्तान्तरण गरेको छ । कीर्तिपुर नगरपालिकाले गठन गरेको उक्त आकस्मिक कोषमा कीर्तिपुर २ वडामा रहेको गुम्बाको स्याङ्पा फाउण्डेशनबाट ५ लाख नगदसँगै कीर्तिपुरको ससः दि नेवाः रेष्टुरेन्टबाट ५० हजार, दिपक पाण्डेबाट २५ हजार १०१ नगद, बैकुण्ठप्रसाद शर्मा अधिकारीबाट १० हजार १५५ नगद, नेपाल एपिएफका कृष्ण थापाबाट १० हजार १०५, सुरश सिंह त्यालँबाट १० हजार, बास निर्माण सेवा प्रा.लि.बाट १० हजार, आकर्षण प्रधानबाट ५ हजार र उत्थानशील नेपालबाट ५ हजार गरी अहिलेसम्म जम्मा ६ लाख २५ हजार रकम संकलन भइसकेको कीर्तिपुर नगरपालिकाले जनाएको छ । विश्वभरि महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड १९ को कारण समस्यामा परेका कीर्तिपुर नगरभित्रका असंगठित क्षेत्रमा कार्यरत श्रमिकवर्ग एवं असहायको दैनिक जीवनयापनको लागि राहत वितरण गर्न चैत २१ गते नगरपालिकाका मेयर रमेश महर्जनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उक्त आकस्मिक कोष गठन गर्ने निर्णय गरेको थियो । नगरपालिकाले ५० लाख रुपैयाँ राखेर खोलिएको उक्त कोषमा नगरपालिकाबाट सम्पूर्ण सहयोगीलाई सहयोगको लागि सार्वजनिक रुपमा अनुरोध गरेको छ भने उक्त अनुरोधअनुसार हालसम्म ९ वटा संघसंस्था एवं व्यक्तिबाट नगद र जिन्सी सामग्री सहयोग प्राप्त भएको छ । उक्त आकस्मिक कोषमा ६ लाख २५ हजार ३६१ नगद जम्मा भई जम्मा ५५ लाख ७५ हजार ३६१ रुपैयाँ जम्मा भएको छ भने वडा कार्यालयबाट नगपालिकाले गत चैत २७ गतेदेखि राहत वितरणसमेत गरिसकेको र उक्त राहत सामग्री खरिदको लागि कोषबाट ५१ लाख ९ हजार ४४४ रुपैयाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ । Categorized in
स्थानीय निकाय र सुरक्षा प्रशासन कमजोर रहेको कीर्तिपुरबासीको आरोप
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १, सोमबार
ललेन्द्र शाक्य
कीर्तिपुर– कोहलपुरबाट कीर्तिपुर बस्न आएका गर्भवती महिला र उनको श्रीमान्को ‘पावर’ र अहंको कारण कीर्तिपुरमा तनाव उत्पन्न भएपछि स्थानीय निकाय र प्रशासन कमजोर रहेको स्थानीयले आरोप लगाएका छन् । कोरोना भाइरस संक्रमण आशंकित ती दम्पत्ति ८ दिनअघि कोहलपुरबाट कीर्तिपुर आइपुगेका थिए । यता आएर क्वारेन्टाइनमा नबसेकाले स्थानीयले त्यसको विरोध गरेपछि यसले तनावको स्थिति ल्याएको थियो । कीर्तिपुरका स्थानीयले यस घटनापछि स्थानीय निकाय र स्थानीय सुरक्षा प्रशासन कमजोर रहेको आरोप लगाइरहेका छन् । लकडाउनको समय कोहलपुरबाट एम्बुलेन्समा कीर्तिपुर आइपुगेका ती दम्पत्ति स्थानीय गणेशमान महर्जनको घरमा डेरा गरी बस्ने बहिनीकोमा बस्न आएका थिए । सुदूरपश्चिमबाट आएकाले कोरोनाको आशंकामा स्थानीयले तिनीहरुलाई क्वारेन्टाइनमा बस्न तथा स्वास्थ्य परीक्षण गर्न भनेका थिए । तर शक्तिको आडमा विना स्वास्थ्यपरीक्षण फर्किएका, बार्दलीबाट थुक, खकार फाल्ने गरेका र बाहिर निस्केर पानी भर्न आएपछि पछि चैत ३० गते आइतबार बेलुका स्थानीयसँग वादविवाद परेको थियो ।स्थानीयलाई डर, धम्की देखाएर गालीगलौज गरेपछि वादविवादले चर्को रुप लिएको थियो । वादविवाद बढ्दै गएपछि प्रहरी नै आएर स्थितिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग पनि भनाभन परेको थियो । गर्भवती महिलाका श्रीमान् कोहलपुरका एक उच्च पदमा रहेको, अहिले बसिरहेको घर–कोठको तस्बिर लिएर पत्रकारहरु, सिडिओ, डिएसपीलाई देखाइदिन्छु भनी घरधनी गणेशमान महर्जनलाई ‘टर्चर’ दिइरहेको आरोप पनि स्थानीयले लगाएका छन् । कीर्तिपुर नगरपालिकाले बनाएको क्वारेन्टाइनका चिकित्सकहरु आएका, एकजनाको स्वास्थ्य परीक्षण गरेको जसको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । तर स्थानीयले एकजनाको मात्र नभएर सम्पूर्ण परिवारकै स्वास्थ्य परीक्षण हुनुपर्ने माग पनि राख्दै आएको छ । आइतबार साँझ क्वारेन्टाइनमा बस्न स्थानीयले अनुरोध गरेपछि बस्न नजाने धम्की ती दम्पत्तिले स्थानीयलाई दिएको थियो । स्थानीयले आइतबार नै क्वारेन्टाइनमा जानुपर्ने माग राखेका थिए । विवाद बढेपछि कीर्तिपुर १० वडाका वडाध्यक्ष अमन महर्जनले सोमबार बिहान मात्र क्वारेन्टाइनमा लैजाने बताएपछि उनीविरुद्ध पनि स्थानीयले नाराबाजी गरेका थिए । स्थानीयको अडानपछि आइतबार अबेर साँझ ती दम्पत्तिलाई क्वारेन्टाइन लगिएको थियो । यस घटनालाई लिएर स्थानीय निकाय र सुरक्षा निकाय सम्वेदनशील नभएको गुनासो स्थानीयको छ । बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्नुपर्ने दायित्व बोकेका स्थानीय निकाय उल्टै प्रहरी प्रशासन लगाएर स्थानीय आवाज दबाउन खोजेको उनीहरु बताउँछन् । उच्च पदमा आसीन व्यक्ति हुने वित्तिकै उसको ‘पावर’ अगाडि स्थानीय निकाय झुकेको र स्थानीय प्रहरी प्रशासनलाई स्थानीयविरुद्ध प्रयोग गरेको आरोप उनीहरुको छ । क्वारेन्टाइनमा राखिएका ती दम्पत्तिको गम्भीर स्वास्थ्य परीक्षण हुनुपर्ने, त्यसो नभए कीर्तिपुर नगर नै खतरामा पर्ने स्थानीय बताउँछन् । यस्तो अवस्थामा सम्बन्धित निकायले गम्भीर कदम चाल्नुपर्ने आजको आवश्यकता रहेको स्थानीय बताउँछन् । Categorized in
कामपा १५ वडामा राहत वितरण
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३०, आइतबार
भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३०, आइतबार
कीर्तिपुर २ वडामा राहत वितरण
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३०, आइतबार
ललेन्द्र शाक्य
कीर्तिपुर – कोरोना भाइरस संक्रमण रोकथामको लागि लागू गरिएको लकडाउनको समय वडाबासीलाई खाद्यान्न अभाव हुन नदिन कीर्तिपुर नगरपालिका २ वडाले राहत वितरण गरेको छ । शनिबार (चैत २९ गते) मैत्री नगरमा बहालमा बस्ने तथा विपन्न वर्गको लागि राहत वितरण गरिएको थियो । मैत्री नगरमा करिब ३३० घरपरिवारलाई राहत वितरण गरिएको जानकारी २ वडाका वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिका सम्पदा पर्यटन विभाग प्रमुख रमेशमान डंगोलले जनाएका छन् । डंगोलले भने, “दुईजनासम्म रहेको परिवारलाई चामल ६ किलो, तीनजना परिवार रहेकालाई ९ किलो चामल, चारजनाको परिवारलाई १२ किलो र पाँचजनाको परिवारलाई १५ किलो चामललगायत दाल, चिनी, नून र तेल वितरण गरिएको छ ।” सर्वप्रथम स्थानीय बासिन्दालाई राहत दिइनुपर्ने विचार डंगोलको रहे पनि सरकारले हाल बहालमा बस्ने, विद्यार्थी, विपन्नवर्गलाई मात्र राहत वितरण गर्न तोकिएकोले सोही अनुसार राहत वितरण गरिएको डंगोलले बताएका छन् । लकडाउनले बहालवाला मात्र नभएर स्थानीय पनि समस्यामा परेकाले डंगोलले चाँडै स्थानीयबासीको लागि पनि राहत वितरण हुनुपर्ने पनि बताएका छन् । डंगोलले चैत ३० गते आइतबार बिहान १० बजेदेखि २ वडामा बाँकी राहत वितरण गरिने पनि जनाएका छन् । राहत वितरण अनुगमन सर्वदलीय समितिका संयोजक एवं कीर्तिपुर नगरपालिकाका उपमेयर एवं प्रवक्ता सरस्वती खड्कासँगै अनुगमन समितिका सदस्यहरुले शनिबार भएको उक्त राहत वितरणको अनुगमन पनि गरेका थिए । Categorized in
कीर्तिपुरका भाषासेवी प्रधान रहेनन्
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३०, आइतबार
नेसं १०५८ मा जन्मिएका प्रधानका नेपालभाषाका लेखहरु प्रकाशित भएका छन् भने स्वास्थ्य विषयका नेपालभाषाका पुस्तकहरु पनि प्रकाशित छन् । प्रधानका नेसं ११२२ मा ‘झीगु तजिलजिइ नखः व जात्रा’, नेसं ११२४ मा ‘लः व नसा’, नेसं ११२६ मा ‘हे मनू व मेगु चिनाखँ’, नेसं ११२८ मा ‘दुषित वातावरणं वइगु ल्वय् व स्वास्थ्य शिक्षा’ पुस्तकहरु प्रकाशित छन् । प्रधानले विसं २०१९ सालमा रेडियो नेपालको जीवन दबू कार्यक्रममा थुप्रै कविता, कथा एवं रचनाहरु वाचन गरिसकेका थिए ।
Categorized in
लकडाउनः तर झोरमा रक्तदान
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २९, शनिबार
एक घर एक रक्तदाता अभियानले रगत मौजातमा सुधार
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २९, शनिबार
नयाँ मानिस देख्दैमा त्रसित हुनुपर्दैन : कीर्तिपुर मेयर
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २९, शनिबार
ललेन्द्र शाक्य
कीर्तिपुर– चार दिनअघि कीर्तिपुर ३ वडा नाय्टोलमा नुवाकोटबाट आएका तीनजना एउटै घरमा बसिरहेको जानकारी स्थानीयले पाए । यो खबर पाउनेवित्तिकै स्थानीय, ३ वडाका वडाध्यक्ष राजेन्द्र महर्जन र वडासदस्यहरु पुगी उनीहरु बसेको घरमा तालाबन्दी गरिदिए । कीर्तिपुरमा नयाँ मानिस देखिनु र यसले स्थानीयमा त्रास फैलिरहेको विषयमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले आफ्ना भनाइ राखेका छन् । मेयर महर्जनले नयाँ मानिस आफ्नो टोलमा आउनेवित्तिकै आत्तिनु र त्रसित नहुन जनसमुदायमा आह्वान गर्दै भने, “विदेशबाट आएकाहरुसँग सतर्क हुनुपर्छ, नेपालभित्रैका विभिन्न क्षेत्रबाट आएका नयाँ अनुहारसँग भने आत्तिनु र त्रसित नहुन आह्वान गर्दछु ।” महर्जनले नयाँ मानिस देखिएमा नआत्तिएर संयमित र सतर्क भई सम्बन्धित वडा, नगरपालिका वा प्रहरी कार्यालयमा जानकारी दिन पनि अनुरोध गरेका छन् । नुवाकोटबाट आएका ती तीनैजना अहिले क्वारेन्टाइनमा बसी स्वास्थ्य परीक्षण गराइरहेका र उनीहरु बसेका घरका अन्य सदस्यहरुको स्वास्थ्य परीक्षण सकिसकेको र उनीहरुको स्थिति सामान्य रहेको जानकारी मेयर महर्जनले दिएका छन् । मेयर महर्जनले कीर्तिपुर नगरभित्र नयाँ मानिस आउनेवित्तिकै त्रासको वातावरण बनाउन विभिन्न भ्रमहरु फलाई नगरबासीलाई त्रासको वातावरण सिर्जना भएको सन्र्दभमा त्यस्ता भ्रामक अफवाह नफैलाउन पनि अनुरोध गरेका छन् । कीर्तिपुर नगरपालिका कोरोना रोकथाममा सक्षम बन्न क्वारेन्टाइन र आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको जानकारी पनि महर्जनले गराएका छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामको लागि सरकारले गरेको लकडाउनको समय जनसमुदाय नगरबासी, नगरपालिका र सुरक्षा निकाय तथा संघसंस्थाहरु एकजुट भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको जनाउँदै मेयर महर्जनले कोठा बहालमा दिने घरधनीहरुले पनि यस कदम सक्रिय रुपमा साथ दिई आफ्नो बहालमा बस्नेकोमा नयाँ मानिस आए तुरुन्तै वडा वा सम्बन्धित निकायमा जानकारी दिन पनि आह्वान गरेका छन् । नाय्टोलमा नुवाकोटबाट तीनजना नयाँ मानिस आउनु, हिलटाउन स्कुलमा दुबईबाट फर्किएका महिला बसेको पाउनु तथा तःननि टोलमा कोहलपुरबाट एक गर्भवती महिला आउनु आदि घटनाले कीर्तिपुरका स्थानीयमा त्रास बढेको थियो । तर उनीहरु सबैको रिपोर्ट सामान्य आएपछि मात्र स्थानीयले राहतको सास लिएका छन् । सरकारले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा पुगेको घोषणा गरेपछि लकडाउनको समय मानिसहरु एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको थियो । यस बावजुद पनि कीर्तिपुरमा बाहिर प्रदेशबाट मानिसहरु आइरहेको विषयमा चर्चा परिचर्चा पाएको थियो । यसमा स्थानीयले सुरक्षा निकायमाथि नै प्रश्न उठाउँदै आएका छन् । तसर्थ सुरक्षा निकाय र सम्बन्धित पक्षले तत्काल आफ्ना कमिकमजोरी सच्चाएर आवश्यक कदम चाल्नुपर्ने स्थिति आएको छ । नभए यसले नकारात्मक घटना घटित गराउन सक्छ । Categorized in


