विदेशबाट फर्किएकालाई राख्न ललितपुर महानगरपालिकाले होल्डिङ सेन्टर खोल्ने
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २१, बुधबार
संक्रमित पुष्टि एकजना भक्तपुर चाँगुकी गर्भवती महिला
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २१, बुधबार
ज्येष्ठ नागरिक भत्ता बाँड्न महानगरपालिकाका जनप्रतिनिधि जनताको घर–दैलोमा
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २०, मंगलबार
विजयरत्न असंबरेजेष्ठ नागरिक भन्छन्– ‘सरकार घर–दैलोमै आएको अनुभूति भयो’
काठमाडौँ । लकडाउन जारी रहेकै बेला काठमाडौँ महानगरपालिका वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन इखापोखरीकी ८९ वर्षीया विष्णुप्रिया मालीको निवासमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ता बोकेर पुग्दा मालीको अनुहारमा खुशीको चमक देखिन्थ्यो । वडाध्यक्ष महर्जनले मालीको हातमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ताका रुपमा रु १२ हजार थमाएपछि विष्णुप्रियाले नेवारी लवजमै औधी खुशी लागेको प्रतिक्रिया दिनुभयो । लामो समयदेखि थाइराइड र प्रेसरको औषधी नियमित सेवन गरिरहनु भएका जोशी गल्लीका ८७ वर्षीय राजाराम जोशीले काठमाडौँ महानगरपालिकाले घरमै आएर उपलब्ध गराएको बरिष्ठ ज्येष्ठ नागरिक भत्ताबाट थाइराइड र प्रेसरको औषधी किन्ने बताउनुभयो । ‘तीन वर्षदेखि नियमित रुपमा यो भत्ता लिदैँ आएको छु । पहिला वडामा गएर लिन्थे,’ उहाँले भन्नुभयो, ‘आज जनप्रतिनिधि नै निवासमा भत्ता बोकेर आउँदा खुशी लाग्यो । मुलुक बन्दाबन्दीमा छ । मेरो औषधी सकिन लागेको थियो । अब आज–भोलि नै औषधी किन्छु । बाँकी केही रकम घरखर्च गर्नुपर्ला केही बचत राख्छु ।’ वडा–१८ कै भुरुङखेलकी ८८ वर्षीया सुधादेवी प्रधानले पनि यसरी जनप्रतिनिधिलाई भत्तासहित आफ्नै निवासमा देख्दा स्थानीय सरकार घर–दैलोमै आएको अनुभव सुनाउनुभयो । ‘मुलुक अहिले लकडाउनको अवस्थामा छ । यस्तो बेलामा हामी वडासम्म जाने अवस्था थिएन । जनप्रतिनिधि बरिष्ठ ज्येष्ठ नागरिक भत्ता बोकेर आफ्नै निवासमा आउँदा औधी खुशी लागेको छ,’ उहाँले हल्का मुस्कारसहित भन्नुभयो, ‘यसलाई मैले ज्येष्ठ नागरिकको साथमा काठमाडौँ महानगरपालिका छ भन्ने मात्रै ठानेको छैन ज्येष्ठ नागरिकहरुप्रतिको सम्मानका रुपमा समेत लिएकी छु ।’ काठमाडौँ महानगरपालिकाले माली, जोशी र प्रधानलाई मात्रै होइन ३२ वटै वडामा स्थायी वासोवास गर्ने ७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुष बरिष्ठ ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर महानगर बिशेष भत्ता उपलब्ध गराउँदै आएको छ । ३२ वटै वडामा स्थायी वासोवास गर्ने यस्ता बरिष्ठ ज्येष्ठ नागरिक ९ हजार १ सय १७ जना छन् । त्यसैगरी महानगरपालिकाले पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई पनि यहि बेला बिशेष भत्ता घर–घरमै पुर्याउँदै छ । त्यसका लागि महानगरपालिकाले ३२ वटै वडालाई रकम निकासा गरिसकेको छ । केही वडाले वितरण सुरु गरेका छन् भने केहीले तत्कालै सुरु गर्ने जानकारी दिएका छन् । ‘काठमाडौँ महानगरपालिकाले जेष्ठ नागरिकले समाजलाई पुर्याएको योगदानको सम्मान स्वरुप वार्षिक रुपमा वरिष्ठ जेष्ठ नागरिकलाई बिशेष भत्ता वितरण गर्दै आएको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘अहिले मुलुक नै बन्दाबन्दीको अवस्थामा छ । यस्तो बेलामा बरिष्ठ ज्येष्ठ नागरिकलाई महानगरपालिकाले वितरण गरेको बिशेष भत्ताले केही राहत महशुस होस भनी घर–घरमै लगेर वितरणको व्यवस्था गरेका हौँ ।’ दुःखका बेलामा पनि महानगरपालिका हाम्रो साथमा छ भन्ने महशुस उहाँहरुलाई होस भन्ने मनसायले यही बेला भत्ता उपलब्ध गराएको उहाँको भनाई छ । उहाँले विगतमा महानगरपालिकाले विशेषज्ञ चिकित्सकको टोलीसहित ज्येष्ठ नागरिकको घर–घरमै गई निशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने लगायतका काम गरेको जानकारी दिनुभयो । ‘३२ वटै वडामा ९ हजार १ सय १७ बरिष्ठ ज्येष्ठ नागरिक रहेको हामीलाई तथ्याङ्क प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘ती सबै बरिष्ठ ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर जनप्रतिनिधिले भत्ता उपलब्ध गराउनु हुनेछ ।’ उहाँले पूर्ण अपाङ्गता भएका नागरिकलाई पनि घर–घरमै पुगेर भत्ता उपलब्ध गराउने जानकारी दिनुभयो । पूर्ण अपाङ्गता भएका नागरिकलाई महानगरपालिकाले वार्षिक रु तीन हजार दिदैँ आएको छ । शाक्यले नेपाल सरकारले ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाहेक काठमाडौँ महानगरपालिकाले छुट्टै वार्षिक १२ हजार रुपैयाँ बिशेष भत्ता उपलब्ध गराउँदै पनि जानकारी दिनुभयो । ‘ महानगरभित्र स्थायी बसोबास गर्ने ७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुष र पूर्ण अपाङ्गता भएकालाई हामीले बार्षिक रुपमा बिशेष भत्ता उपलब्ध गराउँदै आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘कोही पनि वरिष्ठ जेष्ठ नागरिकले मेरो कोही पनि छैन भन्ने महसुस गर्नु नपरोस् भनेर हामीले यो भत्ता दिदैँ आएका छौँ । जेष्ठ नागरिकले समाजलाई पु¥याएको योगदानको सम्मान स्वरुप पनि यो भत्ता वितरण गरिएको हो ।’ उहाँले जेष्ठ नागरिकहरुका लागि मनोरञ्जन तथा सेवा केन्द्र स्थापना गर्ने, वृद्ध–वृद्धा मनोरञ्जन पार्क निर्माण गर्ने जस्ता कार्यमा पनि महानगरपालिका लागिरहेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोलले जेठ २० भित्रमा सबै वडामा वितरण गरिसक्ने गरी रकम निकासा गरेको जानकारी दिनुभयो । ‘यो बन्दाबन्दीको अवस्थामा उहाँहरुलाई घर–घरमै लगेर दिने गरी हामीले व्यवस्था गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘यो भत्ताले एकतिर यो कठिन अवस्थाका बेला केही खर्च टर्ने छ भने अर्कोतर्फक मतदातासँग एक पटक पुनः साक्षत्कार गर्ने र उहाँहरुको समस्या बुझ्ने अवसर प्राप्त हुनेछ ।’ काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले ९ हजार १ सय १७ बरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई महानगर बिशेष भत्ता उपलब्ध ३२ वटै वडालाई रु ११ करोड ६ लाख १७ हजार निकासा गरेको जानकारी दिनुभयो । वडा नम्बर –२६ का अध्यक्ष ख्याम तिवारीले लकडाउनका कारण समस्यामा परेका बरिष्ठ ज्येष्ठ नागरिकलाई यो बिशेष भत्ताले केही राहतको अनुभूति हुने अपेक्षा गरेको बताउनुभयो । ‘हामी यो लकडाउनको अवधीमा वडावासीलाई राहत उपलब्ध गराउने लगायतका काममा निरन्तर खटिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘महानगरभित्र स्थायी बसोबास गर्ने बरिष्ठ ज्येष्ठ नागरिकलाई दिइने यो भत्ताले उहाँहरुलाई दुःखका बेलामा पनि महानगरपालिका हाम्रो साथमा छ भन्ने महशुस होला भन्ने अपेक्षा गरेका छौँ ।’ उहाँले काठमाडौँमै घर भए पनि कतिपय बेरोजगार रहेको, दुई छाक खानका लागि पनि धौ–धौ हुने अवस्था रहेको भन्दै यस्तो बेलामा यो भत्ताले राहत हुने पनि बताउनुभयो । उहाँले आफ्नो वडामा २ सय ५३ जना वरिष्ठ ज्येष्ठ नागरिक रहेको भन्दै बुधबारबाट उनीहरुको घर–घरमै पुगेर भत्ता वितरण गर्ने जानकारी दिनुभयो । वडा नम्बर–९ की सदस्य सिर्जना भेटवालले पनि यस्तो बेलामा उपलब्ध गराउने बिशेष भत्ताले उहाँहरुलाई राहतको महशुस हुने भन्दै घर–घरमै लगेर वितरण गर्ने जानकारी दिनुभयो । अघिल्लो वर्ष ५ हजार ६ सय २१ महिला र १ हजार ९ सय ३६ पुरुष गरी ७ हजार ९ सय ५७ जनालाई महानगरपालिकाले बिषेश भत्ता उपलब्ध गराएको थियो । Categorized in
कालीमाटी वृत्तका सबै प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १९, सोमबार
नेवार समुदायलाई लकडाउनमा सचेत र सतर्क रहन नेवाः जागरण मञ्चको आह्वान
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १८, आइतबार
कोभिड जस्तो अदृष्य शत्रुसँगको लडाईँ जित्न सबैको सहकार्य आवश्यक : मेयर शाक्य
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १७, शनिबार
विजयरत्न असंबरे
काठमाडौँ महानगरले चिकित्सक संघलाई ज्याकेट प्रदान आफ्नो ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार ३ सय थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गर्नुभएको हो । राष्ट्रियसभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले कोविड–१९ जस्तो अदृष्य शत्रुसँगको लडाईँमा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई महानगरपालिकाको तर्फबाट सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । शाक्यले अन्य ठाउँको तुलनामा काठमाडौँ अहिले तुलनात्मक रुपमा शान्त रहेको भन्दै चालिस लाख बढी जनसंख्या रहेको उपत्यकामा संक्रमण फैलियो भने भयावह अवस्था सिर्जना हुने भएकाले उपत्यकावासीलाई थप सचेतना फैलाउनका लागि चिकित्सकहरुको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो । मेयर शाक्यले अहिले भारतबाट नेपाली नागरिकहरु नेपाल आउने क्रम बढीरहेको र केही समयपछि खाडी, मलेसियालगायत तेस्रो मुलुकबाट पनि नागरिक नेपाल ल्याउने तयारी भएकाले चिकित्सकहरुको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले कोरोनालाई आतंकमाथिको आतंक हो भन्ने ढंगले बुझ्दा थप समस्या भएको भन्दै यस्तो सन्र्दभमा पनि जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर कोइरालाले संयमता अपनाउने र बढी चिन्ता नलिने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिने बताउनुभयो । उहाँले चिकित्सकहरु विज्ञता दिन तयार रहेको भन्दै सबैको सहयोग आवश्यक भएको बताउनुुभयो । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर कार्कीले काठमाडौँ महानगरपालिकाको सहयोगले आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँको भनाइ अनुसार यस कार्यका लागि नाटक, विज्ञापन आदिका माध्ययमबाट पनि जनचेतना फैलाउन सकिन्छ । त्यसका लागि हामीसँग विज्ञ जनशक्तिको प्रयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेल, चिकित्सक संघका महासचिव बद्री रिजाललगायत पनि सहभागी हुनुहुन्थ्यो । चिकित्सक हरुलाई ज्याकेट सहयोग गर्ने यो कार्यक्रम को संयोजन क्षेत्रपाटी निशुल्क चिकित्सालयका अध्यक्ष डा मनोज मान श्रेष्ठले गर्नु भएको थियो । Categorized in
डेंगुबाट सुरक्षित रहन कीटनाशक औषधि छरियो
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १६, शुक्रबार
कीर्तिपुरका ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार
Categorized in
ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण, अस्पताल नै सिल गर्ने तयारी
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार
भक्तपुरका जनप्रतिनिधिलाई काेराेना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार


