शितला मावि, बालाजु हाईटमा दैनिक ५०० जनाको मेस
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
चन्द्रागिरीमा तरकारी बेच्न पनि प्रतिबन्ध
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
Categorized in
जागरुक महिलाद्वारा खाद्यान्न वितरण
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
विजयरत्न असंबरे
संसारभरी फैलिरहेको कोरोना भाइरसको कारण सिर्जित महामारी कोभिड१९ बाट सुरक्षित हुनकालागि जारी गरिएको लकडाउन लम्बिंदै गएको कारण सिर्जना भएको विषम परिस्थितिबाट सबैकलागि विभिन्न किमिमले राहत पुर्याउने कार्यहरु पनि भईरहेको छ भने विशेषगरी ललितपुर जिल्लाको पाटन शहरभित्रका सहकारी संस्थाहरुले आ–आफ्ना सदस्यहरुकालागि विभिन्न किसिमका राहत प्याकेजहरुको व्यवस्था गरिंदै आएको पाईएको छ । यसै क्रममा पाटन शहरको स्कोप बचत ऋण तथा सहकारी लिमिटेडले आफ्ना सदस्यहरुकालागि सुपथ र सरल मुल्यमा खाद्यान्न लगायत दैनिक उपभोग्य सामानहरु उपलब्ध गराउँदै आएको छ भने पाटन कै जागरुक महिला बचत ऋण तथा सहकारी लिमिटेडले पनि आफ्ना सदस्यहरुकालागि खाद्यान्न वितरण गरेको छ ।
आज बुद्धबार यस जागरुक महिला बचत ऋण तथा सहकारी लिमिटेडले आफ्नो कार्यालय परिसरमा चामल , नुन लगायतका दैनिक उपभोग्य सामानहरु वितरण गरिएको छ । महामारीले संक्रमण फैलाउँदै लगेको यस विषम परिस्थितिमा स्वास्थ्य रक्षा गर्न र रोग प्रतिरोधात्मक शक्ति बृद्दि गर्न आयुर्वेदिक औषधी समेत वितरण गरेको कुरा बागमति प्रदेशका समानुपातिक सांसद माननीय शोभा शाक्यले बताउनु भयो ।
उहाँ यस सहकारी संस्थाका संस्थापक अध्यक्ष हुुनु हुन्छ । यस संस्थाका वर्तमान अध्यक्ष कृष्णलक्ष्मी बाराहीले , “ यो सहकारी संस्थामा ९०० जना सदस्य रहेका छन् भने हालकोलागि पहिलो चरणमा अति आवश्यक खाद्यान्न र स्वास्थ्य रक्षाकालागि आर्युेवेद औषधीमात्र उपलब्ध गराएका हौं । पछि अवस्था हेरेर आवश्यक परेमा राहतका अरु कार्यहरु पनि गर्दै लग्नेछौं । ” भनि आफ्नो प्रतिबद्दता पोख्नु भयो ।
Categorized in
भक्तपुर थिमि क्षेत्र सिल, ललितपुरकाे आरोग्य र निदान अस्पताल पनि सिल
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
ललितपुरको निदान अस्पताल र आरोग्य फाउण्डेशन पनि सिल
आरोग्य फाउण्डेसनमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि बुधबार आरोग्य फाउण्डेसन र निदान अस्पताल पनि सिल गरिएको छ । कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुवै स्वास्थ्य संस्थाको भवन सिल गरिएको प्रहरीले जनाएको छ । सिल गरिएको भवनमा सुरक्षाकर्मीले पस्न निषेध गरिएको छ । Categorized inनेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा पत्रकारहरुलाई सहयोग
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २९, सोमबार
विजयरत्न असंबरे
कोरोना भाइरस कोभिड १९ को माहामारी फैलिरहेको यो समयमा लकडाउनको कारणले प्रभावमा परेका पत्रकारहरुलाई उपत्यका सरोकार मञ्च तथा उपत्यका व्यापि सडक विस्तार पीडित संघर्ष समितिले सघाएको छ । उक्त संस्थाहरुले दाल, चामल, आँटा, दालमोठ, लाखामरी, चिउरा, चिनी, तरकारी गरी १९ थरी खाद्य सामग्री उपलब्ध गराएको हो । ती सामग्री नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा आवश्यकताको प्राथमिकताका आधारमा वितरण गरिने पत्रकार राष्ट्रिय दबूले जनाएको छ । उपत्यका सरोकार मञ्च र उपत्यका व्यापि सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन साय्मि, उपाध्यक्ष विद्या श्रेष्ठ, सचिव रविन्द्रकुमार श्रेष्ठ र सदस्य विकासबाबु श्रेष्ठले सो हस्तान्तरण गर्नुभएको हो । पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्य, ललितपुर जिल्ला अध्यक्ष सागर महर्जन र ललितपुर जिल्ला कार्यसमिति सदस्यहरुको प्रतिनिधि मण्डलले सहयोग ग्रहण गरेका थिए भने आवश्यक परेका काठमाडौं उपत्यकाका नेवाः पत्रकारहरुलाई वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैबीच किर्तिपुर नगरपालिकाले पनि पत्रकारहरुका लागि सहयोग गरेको छ । नगरपालिकाले चामल, दाल लगायतका दैनिक जीवनका अत्यावश्यक सामग्री सहयोग गरेको हो । Categorized in
नेवार पत्रकार र कीर्तिपुरका मेयरबीच छलफल (भिडियोसहित)
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २७, शनिबार
ललेन्द्र शाक्य
कीर्तिपुर – नेवार पत्रकार र कीर्तिपुरका मेयर रमेश महर्जनबीच विविध विषयमा छलफल भएको छ । कीर्तिपुर नगरपालिकाको भवनमा शुक्रबार भएको छलफलमा नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीहरु उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, केन्द्रीय सचिव सुनिल महर्जन, केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठलगायत नेवाः एफएम १०६.७ का प्रबन्ध निर्देशक वीरेन्द्र विनु शाक्य विविशा, कीर्ति अनलाइनका म्यानेजिङ डाइरेक्टर प्रताप महर्जन र विभिन्न संचार क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो । उक्त छलफल कार्यक्रममा पत्रकारहरुको गुनासोलाई लिएर मेयर महर्जनले नगरपालिकाको आर्थिक बजेट, विकास र रकम रकमान्तर सम्बन्धमा जानकारी दिएका थिए । यसैगरी मेयर महर्जनले कीर्तिपुर नगरपालिकादुने अहिलेसम्म दुई चरणमा गरी ८ हजार परिवारलाई राहत वितरण गरिसकेको र १५ सयभन्दा बढी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुलाई स्वयं नगरपालिको राहत वितरण गरेको जानकारी पनि दिए । छलफल कार्यक्रममा कीर्तिपुरभित्र बाहिरबाट मानिसहरु आएका छन् वा छैनन् वा आएका भए कस्तो व्यवस्था छ भन्ने पत्रकारहरुको प्रश्नमा मेयर महर्जनले बताए, “हुनत अहिले तराईबाट आएका चारजनालाई कीर्तिपुर नगरपालिकाको क्वारेन्टाइनमा व्यवस्थित रुपमा राखिएको छ । अहिले बाहिरबाट आएका मानिसहरु कसैले थाहा नपाई भित्र भित्र उनीहरुकै जिल्ला पठाउने भइरहेको छ । बाहिरबाट आएकाहरु एक ठाउँबाट अर्को, अर्कोबाट अर्को क्यारेमबोर्डको गट्टी जस्तो नहोस् भनी व्यवस्थित रुपमै उनीहरुलाई आफ्नै ठाउँमा पठाउने भइरहेको छ । यस कार्यमा नगरपालिका सफल पनि भइरहेको छ ।” मेयर महर्जनले कीर्तिपुर नगरपालिकाको नाकाको विषयमा खास त्यति समस्या नै नरहेको जनाउँदै भने, “कीर्तिपुर नगरपालिकामा नाका नै छैन भने पनि हुन्छ । किनभने कीर्तिपुर नगरको सिमाना भन्नु नै दक्षिणकाली र चन्द्रागिरी नगरपालिका हो । दक्षिणकाली र चन्द्रागिरी नगरपालिकाले कडा रुपमा कदम उठाएमा कीर्तिपुर नगरपालिकालाई कुनै समस्या आउने छैन । यसैगरी नाका कडिकडाउ गर्न ती नगरपालिकालाई कीर्तिपुर नगरपालिकाले पनि सहयोग गरिरहेको छ” भन्ने जानकारी दिएका थिए । मेयर महर्जनले लकडाउन झनै लम्बिँदै गएको अवस्थामा कीर्तिपुर नगरका जनसमुदायलाई डर, त्रासमा नभई सचेत र सतर्क भई कोरोना भाइरससँग सामना गर्न अनुरोध गर्दै नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आह्वान पनि गरेका थिए । (यहाँ क्लिक गरी भिडियो हेर्नुहोला । भिडियो सौजन्य : नृपेन्द्रलाल श्रेष्ठ) Categorized in
काठमाडौं १५ वडामा प्राचीन ढुङ्गेधारा भेटियो
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २१, आइतबार
ललितपुरमा बुद्धजयन्ती कार्यक्रम स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १९, शुक्रबार
विजयरत्न असंबरे
ललितपुर – कोरोना भाइरसको जोखिमका कारण ललितपुरमा यस वर्ष २५६४ औं बुद्ध जयन्ती समारोह औपचारिकतामा सीमित हुने भएको छ । ६८ वर्षदेखि निरन्तर बुद्ध प्रतिमासहित नगर परिक्रमा, ज्ञानमाला भजनलगायतका कार्यक्रम हुँदै आएकोमा यस वर्ष कोरोना संक्रमण रोकथामको लागि स्थगित गरिएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह समितिले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । समितिले यस वर्ष सामाजिक दुरी कायम गरी सीमित व्यक्तिहरुको सहभागितामा बुद्ध वन्दना र बुद्ध पूजा गरी बुद्ध जयन्ती मनाइने जानकारी समेत गराएको छ । समितिले आफ्नै घरघरमा बसी दीप प्रज्वलन एवं बुद्ध वन्दना गरी यस वर्षको बुद्ध जयन्ती मनाउन पनि आग्रह गरेको छ भने कोरोना भाइरस संक्रमणबाट निधन भएकाहरुको सुखावती भुवनमा बास तथा संक्रमितको स्वास्थ्य लाभको कामना समेत गरेको छ । यस वर्ष बुद्धजयन्ती समारोह आयोजनाको पालो लिच्छिवी राजा शिवदेव संस्कारित ओंकुलि श्री रुद्धवर्ण महाविहार ओकुबहाःको रहेको छ । Categorized in
नेवार समुदायको लागि सस्तो दरको तरकारी बजार सञ्चालनमा
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १७, बुधबार
बंगाली कालिगढहरुलाई राहत प्रदान
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १६, मंगलबार
विजयरत्न असंबरे
ललितपुर– ललितपुर सुनचाँदी व्यवसायी संघले नेपालमा सुनचाँदीको गहना बनाई जीविकोपार्जन गर्दै आएका भारतीय मूलका बंगाली कालिगढहरूलाई राहत प्रदान गरेको छ । लकडाउन अवधि लम्बिएसँगै सुनचाँदीका काम गर्ने कालिगढहरूलाई दैनिकी चलाउन कठिनाई हुँदै गएपछि राहत वितरण गरिएको कुरा संघका कार्यवाहक अध्यक्ष मोतिमान शाक्यले जानकारी दिएका छन् । पाटन मंगलबजारको हःखा कोतपाटीमा सबै कालिगढहरूलाई बोलाएर खाद्य सामग्री वितरण गरिएको थियो । संघका कार्यवाहक अध्यक्ष शाक्यका अनुसार २ सयजना कालिगढलाई प्रति व्यक्ति चामल ५ किलो, आँटा ३ किलो, दाल १ किलो, नुन १ पाकेट, चिनी १ किलो वितरण गरिएको छ । राहत पाएपछि कालिगढहरूलाई खुशी हुँदै घरतिर लागेका थिए । “संकटको समयमा भारत घर जाने अवस्था छैन । भारतमा पनि अहिले लकडाउन छ । यहाँ बस्न पनि निकै कठिन भयो । यस्तो बेला राहतले केही समय ढुक्क हुने अवस्था बनाएको छ,” कालिगढ दीपक हुनियाले बताए । महानगरपालिकाले दिएको राहत प्रायः कालिगढहरूले नपाएकाले संघले राहत वितरण गरेको महासचिव विपिन शाक्यको भनाइ छ । एकजना कालिगढलाई एक महिना पुग्ने खाद्य सामग्री प्रदान गरिएको संघले जनाएको छ । संघले दोस्रो चरणको राहत नेपाली कालिगढलाई दिने योजना बनाएको छ । ललितपुर क्षेत्रमा रहेर काम गरिरहेका करिब दुई सयजना भारतीय कालिगढहरुलाई राहत वितरण गरिएको ललितपुर सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष किरणभाई बज्राचार्यले बताए । Categorized in


