किलागल टाेलका थाकुली रहेनन्
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १, सोमबार
काठमाडौँ महानगरपालिकाद्वारा एम्बुलेन्स सेवा स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १, सोमबार
विजयरत्न असंबरे
काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए अनुसार एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) संग आर्थिक सहयोग गरी काठमाडौँ महानगरपालिकाले लकडाउन अवधीभर निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो र अहिले दुई पक्षबीच भएको सम्झौता आजबाट सकिएको जानकारी दिनुभयो । ‘हामीले लकडाउन अवधिभरीका लागि मात्रै सम्झौता गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘अहिले लकडाउन खुकुलो भएको छ भने सवारी पनि चल्न थालेका छन् । यसलाई समेत दृष्टिगत गर्दै महानगरपालिकाले उपलब्ध गराउँदै आएको निःशुल्क एम्बुलेन्स सेवा हालका लागि स्थगन गरेका हौँ ।’ भनेर काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा करीब ४ हजार पाँच सय जना बिरामीलाई निःशुल्क सेवा प्रदान गरेको छ । हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाले सुरु गरेको निःशुल्क एम्बुलेन्सले लकडाउन अवधीभरमा एकतर्फी करीब तीन हजार र दुईतर्फी करीब ४ हजार पाँच सयलाई सेवा दिएको काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई २४ सै घण्टा आकस्मिक निशुल्क एम्बुलेन्स सेवा दिने उदेश्यले सो सेवा सुरु गरेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले मुख्य गरेर डाइलोसि गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका विरामीलाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्सबाट लकडाउन अवधीभर सेवा दिएको हो । एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले पनि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँच ओटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्र भित्रका विरामीलाई बढी प्राथमिकता सहित सेवा प्रदान गरेको बताउनुभयो । चक्रपथ बाहिर दुई किलोमिटरसम्मका विरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको डाइलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको उहाँको भनाई छ । सुरुमा बैशाख १ बाट एक महिनाका लागि सो संस्थासँग सम्झौता भएको थियो । पछि पुनः लकडाउन लम्बिएकाले एक महिना समय थप गरिएको थियो । काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको लक्षण देखिएका विरामी अस्पतालसम्म लैजान समस्या भए त्यस्ता बिरामीलाई सेवा दिन भन्दै काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई अहिले पनि तयारी अवस्थामा राखेको कुरा महानगरपालिका सुत्रले जानकारी दिएको छ । Categorized in
उपत्यका छिर्न अब नगरपालिकाको अनुमति अनिवार्य चाहिने
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३२, आइतबार
Categorized in
काठमाडौं महानगरपालिकाको एम्बुलेन्सले दियो ४५ सयलाई निःशुल्क सेवा
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३२, आइतबार
लिम्पियाधुरा समाविष्ट नक्साको समर्थनमा दीप प्रज्वलन
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २९, बिहिबार
विजयरत्न असंबरे -
ललितपुर - लिपुलेक र कालापानी समाबिष्ट नक्शा सहितको संविधान संशोधन प्रस्ताव पारित भएको अवसरमा ललितपुरको मंगलबजारमा स्थानिय युवाहरुको सकृयतामा स्वतःस्फुर्त रुपमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । गुमेको लिम्पियाधुरा सहित नेपालको नया नक्सा सहितको संविधानमा संसोधन प्रस्ताव पाएको उपलक्ष्यमा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा केही स्थानीय युवाहरुले सरकारको सही कदमलाई स्वागत गर्न साथीहरुबीच सल्लाह गरे लगत्तै स्वतःस्फुर्त रूपमा आयोजना भएको एक स्थानीय युवा पृथबिन्दु महर्जनले जानकारी दिए । सहभागी युवाहरुले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्नु सरकारको ऐतिहासिक कदम भएकोमा आफ्नो समर्थन रहेको धारणा व्यक्त गरे। युवाको उमङ्गमा साथ दिन नेकपा ललितपुर जिल्ला सभापति हरिकृष्ण ब्यन्जनकार सहित १२ वडाका अध्यक्ष नारायण लाल अवाले, १६ वडा सदस्य सुप्रभा शाक्य लगायतका केही जनप्रतिनिधी पनि कार्यक्रममा अतिथिका रूपमा समावेश भएका थिए । युवाहरुबीच दीप प्रज्वलनको शुभारम्भ गरेका नेकपा जिल्ला सभापति ब्यन्जनकारले भारतीय बिस्तारवादले आफ्नो कब्जामा राख्न खोजेको नेपाली भूमीलाई नेपाली एकताले आधिकारिक नक्सामा संसदको सर्वसम्मतिले पारित भएको बताउँदै उक्त भूभागलाई कुनै पनि हालतमा प्राप्त गराइछाड्ने प्रण दोहोर्याएका छन् । मुलुकको नयाँ नक्साअनुसार संविधानको अनूसूची अद्यावधिक गर्न सरकारले पेस गरेको संविधान संशोधन विधेयकमा भारतिय बिस्तारवादीले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले संविधानमा रहेको निसान छाप सच्याउन जेठ ९ मा विधेयक दर्ता गरेको थियो। संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मत स्वीकृत गरेको थियो। Categorized in
काठमाडौँ महानगरपालिकाबाट रेडियो शिक्षा प्रारम्भ
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार
विजयरत्न असंबरे
काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । बन्दाबन्दीका बेला पनि बैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ. एम.मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । ‘मुलुकमा जारी लकडाउनका कारण नियमित पठन–पाठन गराउन सम्भव नहुने भएका कारण घरमै बसिरहेका विद्यार्थी भाइ–बहिनीहरुलाई बैकल्पिक शिक्षा प्रदान गर्ने उदेश्यले काठमाडौँ महानगरपालिकाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘यसले सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि सहयोग पुग्ने अपेक्षा लिएका छौँ । उहाँले रेडियो शिक्षालाई सुझाव आधारमा थप प्रभावकारी बनाउँदै लैजाने पनि जानकारी दिनुभयो । प्रमुख शाक्यले रेडियो शिक्षा कार्यक्रम शुभारम्भपछि शिक्षा बिभागका अधिकारी र प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । ‘ पूर्वाधार उपलब्धताका दृष्टिले पनि महानगर क्षेत्रभित्रकाका संस्थागत र सामुदायिक बिद्यालयकाबीचमा अन्तर नहोस्,’ उहाँले भन्नुभयो, ‘कोभिड–१९ को संक्रमण र रोकथाम नियन्त्रणका लागि जारी लकडाउनका कारण बिद्यालयहरुमा शैक्षिक कार्यक्रम अहिले बन्द छन् । यही बेला पूर्वाधार सुधारको कामलाई निरन्तरता दिनुहोला ।’ प्रमुख शाक्यले उलडकडाउनका कारण शिक्षक, बिद्यार्थी र अभिभावकले पारिवारिक व्यवस्थापनका लागि आर्थिक र सामाजिक समस्यासँग जुधिरहेको अवस्थामा उहाँहरुलाई सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महामारीले निम्त्याएका समस्यामध्ये शैक्षिक सत्र व्यवस्थापन प्रमुख मध्येको एक समस्या भएको भन्दै यसलाई सहज बनाउँदै लैजाने बताउनुभयो । काठमाडौँ महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती प्रसाद भट्टराईले आजबाट सुरु रेडियो शिक्षामार्फत महानगरपालिका भित्र रहेका ९१ वटा सामूदायिक बिद्यालय ३ ओटा विशेष विद्यालय र ६ सय ४३ ओटा संस्थागत विद्यालयलमा अध्ययनरत विद्यार्थी यो शिक्षाबाट प्रत्यक्ष–अप्रत्यक्षरुपमा लाभान्वित हुने बताउनुभयो । सूचना प्रबिधि बिभागका निमित्त प्रमुख युवराज खनालले महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफएम ९४ बिन्दु ६ मेगाहर्जबाट दैनिक आधारभूतदेखि कक्षा १० सम्मका कक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार रेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको छ । रेडियो शिक्षा कार्यक्रम सञ्चालन बिद्यालयका शिक्षकहरुले गर्नुहुनेछ भने रेडियोकर्मीहरुले सहजीकरणको काम गर्नुहुनेछ । दैनिक कक्षा शिक्षक व्यवस्थापन गर्ने, बिषय तालिका मिलाउने, दैनिक पाठ योजना स्वीकृत गर्नका लागि २ तह बनाएर जिम्मेवारी दिइएको छ । जसमा कक्षा १ देखि कक्षा ६ सम्मको संयोजन सरस्वती निकेतन मा वि का प्रधानाध्यापक रविना महर्जनले र कक्षा ७ देखि १० सम्मको संयोजन बिश्व निकेतन मा वि का प्रधानाध्यापक हेरम्बराज कंडेललाई जिम्मा दिइएको कुरा महानगरपालिका सुत्रले जनजातिखबरलाई जानकारी दिएको छ । Categorized in
ललितपुर सुनचाँदी व्यवसायी संघले गर्यो कोरोना बिमा
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार
विजयरत्न असंबरे
ललितपुरमा ललितपुर सुनचाँदी व्यवसायी संघमा आबद्ध आफ्ना ४४९ जना ब्यवसायी सदस्यहरूको सुरक्षाको लागि कोरोना भाइरसको बिमा गरिदिएको छ । कोरोनाबाट प्रभाबित हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै आफना सम्पुर्ण सदस्यहरू एवं सदस्यका परिवार लगायत संघका सम्पूर्ण कर्मचारीका लागि एभरेष्ट ईन्सुरेन्स कम्पनिसँग ४ करोड ४९ लाख बराबरको कोरोना भाइरस बिमाको मंगलबार सम्झौता गरिएको ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेश बहादुर शाक्यले जनजातिखबरलाई जानकारी दिनुभयो। ललितपुर क्षेत्रमा रहेर सुनचाँदी व्यवसाय संचालन गरि रहेका सुनचाँदी ब्यवसायी सघसँग आबद्व सदस्य एवम सदस्य परिवार तथा कर्मचारीहरूको कोरोना परिक्षण पिसिआर पोजेटिभ देखिए १ लाख एभरेष्ट ईन्सुरेन्स कम्पनीबाट प्राप्त गर्ने गरि बिमा गरिएको संघका अध्यक्ष रमेश बहादुर शाक्यले बताए । विश्व्यापी महामारीको रूपमा फैलिएको कोरोनाबाट विशेष गरि सुनचाँदी ब्यवसायीहरू जटिल समस्यामा पर्न सक्ने सम्भावना भएकोले सम्भावित जोखिमलाई दृष्टिगत गरी यो बिमा गरेको जानकारी दिंदै ठुलो लगानीका सुनचाँदी ब्यवसाय महिनौसम्म बन्द हुदाँ व्यवसायहरूलाई आर्थिक रूपले ठूलो समस्या देखिने अवस्था रहेको बिमा गरिएको अध्यक्ष रमेश बहादुर शाक्यले बताउनुभयो । Categorized in
न्यूरोडमा बुधबार पनि पसल खोल्न दिएनन्, ठाेस निर्णय नभए आन्दाेलन गर्ने व्यवसायीकाे चेतावनी
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार
न्यूरोड क्षेत्रमा पसल खाेल्ने र बन्द गराउनेबीच घम्साघम्सी, सवारी होल्डकाे नीतिमा प्रहरी
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २७, मंगलबार
काममा हिँडेका सर्वसाधारणलाई समेत राेक्दै प्रहरी
सरकार मोडालिटीमै अलमलिदा व्यापारीमात्रै होइन सर्वसाधारणहरुले पनि उस्तै सास्ती पाएका छन् । ७५ दिन लामो लकडाउनपछि काम विशेषले हिँडेका सर्वसाधारणहरुलाई प्रहरीले बाटोमै रोकिदिने गरेको छ । प्रहरीले बाटोमा हिँडेका निजी क्षेत्रका कर्मचारीहरु, बैंकका कर्मचारीहरु तथा आम सर्वसाधारणलाई रोकिदिने गरेको हो । प्रहरीले सवारीसाधन लिएर हिँड्ने सबैलाई होल्ड गर्ने नीति लिएको छ । मंगलबारमात्रै करिब २ हजार मोटरसाइकललाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयले बताएको छ । भद्रकालीमा त अझ एक सयभन्दा धेरै मोटरसाइकल र ४ वटा ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बबरमहलमै पनि ९ वटा मोटरसाइकल रोकिदिएको छ । सरकार मोडालिटीमा अलमलिँदा काठमाडौंका चोकचोकमा यसरी नै सर्वसाधारणहरुले सास्ती खेपिरहेका छन् । Categorized inअव्यवस्थित फुटपाथ पसल हटाउँदै स्थानीय युवा
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २७, मंगलबार


