STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

साँखुमा १४ जनाको आरडिटी पोजेटिभ, नगरपालिका सिल

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ९, शुक्रबार

काठमाडौं – कोरोना संक्रमणको आरडिटी परीक्षणमा साँखुका १४ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । योसँगै शंखरापुर नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ । शुक्रबार जेठ ९ गते बिहान १० बजेदेखि नगरपालिकामा भित्रिने तथा बाहिरिने नाकाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सिल गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन् । शंखरापुर नगरपालिकाको सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरसँग सिमा जोडिएको छ । भोलिदेखि ती जिल्ला प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द गरिने भएको छ । नगरपालिकाको वडा नं. ४ देखि ९ सम्मका जनप्रतिनिधिसहित २ सय ९० जना स्थानीयको आरडिटी परिक्षणमा १४ जनामा पोजिटिभ देखिएको थियो । पोजेटिभ रिर्पोट आएका १४ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिँदैछ ।
Categorized in

टोखाका १३ जनामा आरडिटी पोजेटिभ

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ८, बिहिबार

काठमाडौं – कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले आरडिटी परीक्षण गरेको थियो । टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । नगरपालिकाभित्रका तरकारी तथा फलफूल, किराना पसले, जनप्रतिनिधि, सुरक्षाकर्मी, विदेशबाट आएका व्यक्ति र विभिन्न जिल्लाबाट नगर क्षेत्रमा आएका व्यक्तिको सो परीक्षण गरिएको थियो । पोजेटिभ देखिएकाको पिसिआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । टोखामै बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि हालसम्म सो नगरक्षेत्रमा अन्य व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको छैन । ती मृतक सुत्केरी बस्दै आएको टोखा–९ बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गर्दा सबैको रिपोर्र्ट नेगेटिभ देखिएको थियो ।
Categorized in

उपत्यका छिर्ने सबै नाका सिल गर्न गृहको निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ८, बिहिबार

काठमाडौं – गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए । गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ । ‘नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले क्वारेनटाइन खर्च भुक्तानी गर्ने गरी स्म्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागन संकलनर अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने,’ पत्रमा भनिएको छ, ‘काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफनो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौँ उपतयका प्रवेश अनुमतिका लागि माग गर्ने ।’ पत्रमा काठमाडौं उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नुपूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि उल्लेख छ । ‘काठाडौँ उपत्यकास्थित स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी र लगत संकलन गरी आवश्यक कारवाही प्रक्रिया सुरु गर्ने,’ पत्रमा भनिएको छ, ‘सबै सुरक्षा निकायले उपत्यका प्रेश नाकाको चेकचाँच र निगरानीमा थप कडाई गर्ने, स्थानीय तहसँग समन्वय गर्ने ।’ गृहले उपत्यकाका स्थानीय तहलाई अनुरोधसहित पठाएको पत्रमा स्थानीय संघसंस्था–क्लबहरुले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाएकोले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्ने पनि उल्लेख छ ।
Categorized in

कीर्तिपुरका जनप्रतिनिधिको कोरोना परीक्षण

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ६, मंगलबार

कीर्तिपुर – कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको कोरोना परीक्षण गरिएको छ । परीक्षणको क्रममा उपमेयर एवं नगरपालिका प्रवक्ता सरस्वती खड्का रिजालको परीक्षणपछि अन्य कर्मचारी एवं जनप्रतिनिधिका परीक्षण भएको थियो । नगरपालिकाको भवनमा मंगलबार जनप्रतिनिधि एवं कर्मचारी गरी ६२ जनाको कोरोना परीक्षण भएको छ । तीमध्ये पाँचजनाको आरडिटी परीक्षण पोजेटिभ देखिएको छ । सोमबारको परीक्षणमा चारजना सफाइ कर्मचारीको आरडिटी पोजेटिभ आएको थियो । आरडिटी पोजेटिभ आएकाहरुलाई क्वारेन्टाइनमा राखिएका छन् । आरडिटीमा पोजेटिभ देखिए पनि आत्तिनु र त्रसित हुनुनपर्ने तर सतर्क रहन विष्णुदेवी अस्पतालका चिकित्सक डा. पूर्णिमा शाक्यले अनुरोध गरेका छन् ।
Categorized in

कीर्तिपुरका चारजना सफाइ कर्मचारीको आरडिटी पोजेटिभ

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ६, मंगलबार

कीर्तिपुर – कीर्तिपुर नगरपालिकाको संयोजनमा सोमबार पहिलोपटक कोरोना संक्रमण परीक्षण थालिएको छ । सरफाइ कर्मचारीमा गरिएको उक्त परीक्षणमा चारजनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । दुईजना महिला र दुईजना पुरुषमा आरडिटी पोजेटिभ देखिए पनि पिसिआर रिपोर्ट आउन बाँकी छ । नगरपालिकाको संयोजनमा कीर्तिपुर अस्पताल र त्रिभुवन विश्वविद्यालयको संयुक्त पहलमा परीक्षण भएको हो । नगरपालिकाका मेयर रमेश महर्जनको पहिलो परीक्षण गरिएको थियो भने यसपछि ६० जना सफाइ कर्मचारीको आरडिटी र पिसिआर परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट मंगलबार आउने नगरपालिका स्वास्थ्य विभागका प्रमसख शान्तमान मानन्धरले जानकारी दिएका छन् । आरडिटी पोजेटिभ आए पनि डराउनुपर्ने स्थिति नरहेको र पिसिआर रिपोर्ट पोजेटिभ आए सतर्क र सजग हुनुपर्ने चिकित्सकहरुको धारणा छ । केही दिनअघि काठमाडौं महानगरपालिका फोहरमैला विभागका कर्मचारीहरुको पनि कोरोना परीक्षणमा ३१ जना कर्मचारीको आरडिटी पोजेटिभ आए पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।
Categorized in

सफाइ कर्मचारीको आरडिटी पोजेटिभ देखिएपछि भक्तपुरका दुई ठाउँ सिल

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार

काठमाडौें – भक्तपुर नगरपालिका ५ स्थित योसिंखेल र सूर्यविनायक नगरपालिका ६ स्थित पाण्डोबजार सिल गरिएको हो । काठमाडौं महानगरपालिकामा काम गर्ने भक्तपुरका ३६ वर्षीय सफाइ मजदुरको द्रूत परीक्षण (आरडीटी) मा कोरोना भाइरस पोजिटिभ देखिएपछि ती दुई ठाउँमा सिल गरिएको हो । भक्तपुर योसिंखेल पुख्र्यौैली घर भएका उनी हाल सूर्यविनायक पाण्डोबजारमा बस्दै आएका छन् । दुवै ठाउँमा उनको आवतजावत भएकाले दुवै ठाउँमा सिल गरिएको भक्तपुर प्रहरीले जनाएको छ । योसिंखेल र पाण्डोबजारमा सर्वसाधारणको आवतजावत रोक्न सबै बाटाहरु सिल गरिएको छ । ती कर्मचारीका घरपरिवारलाई पाण्डोबजारस्थित घरमै क्वारेन्टाइन गरिएको छ । उनको श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ । उनी पनि काठमाडौं महानगरपालिकाकी सफाइ मजदुर नै हुन् ।
Categorized in

मानव अधिकारको लागि एकल महिला समूहद्वारा निःशुल्क खानादेखि स्वास्थ्य शिविरसम्म

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३, शनिबार

 ललेन्द्र शाक्य

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेको आज ५३ दिन पुगिसक्यो । लकडाउनले देशका सम्पूर्ण शहरबस्ती ठप्प भइरहेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदूर, गरिबी, असहाय, विपन्न वर्गहरुलाई बिहान बेलुकी पेट भर्न धौधौ परिरहेको अवस्था छ । ती वर्गलाई पेट भर्नु नै हाल भइरहेको लकडाउनले चुनौती दिइरहेको छ । यस समस्यालाई मध्यनजर गरी एक महिनायता वुमेन फर हुमन राइट्स (डब्ल्यूएचआर) मानवअधिकारको लागि महिला एकल महिला समूहले ती समुदायलाई निःशुल्क खानाको व्यवस्था गर्दै आइरहेको जानकारी दिदैं उक्त समूहकी ललितपुर जिल्ला अध्यक्ष सविता महर्जनले यो महिनाको अवधिसम्म ३० हजार भन्दा बढी व्यक्तिहरुलाई निःशुल्क खाना खुवाइसकेको जानकारी दिनुभयो । उहाँले उक्त समूहबाट खानाका साथसाथैं निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्दै आइरहेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा उक्त एकल महिला समूहले नेपाल पुलिस अस्पताल महाराजगञ्ज तथा स्वास्थ्य एट होमको सहयोगमा स्वास्थ्य शिविर आयोजना गरेको संस्थाकी केन्द्रीय संस्थापक अध्यक्ष लीली थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त स्वास्थ्य शिविरमा महिला स्तनपान गराउने आमाहरु, गर्भवती महिला तथा बालबालिकादेखि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत सर्वसाधारणहरुले सेवा लिएका थिए । उक्त स्वास्थ्य शिविरमा डा. विशाल ढकाललगायत उहाँका टिमले सेवा प्रदान गर्नुभएको थियो । लकडाउनको समयमा पनि स्वास्थ्यको विशेष ख्याल एवं हेरचाह गर्नुपर्ने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको समूहकी सदस्य एवं ललितपुर जिल्ला समिति एकल महिला समूहकी अध्यक्ष तथा प्रदेश ३ का सचिव सविता महर्जनले जानकारी दिनुभयो । एकल महिला भए पनि ज्यानको बाजी थापेर हालको लकडाउनको समयमा पनि समस्या तथा मर्कामा परिरहेको दिनदुःखी एवं व्यक्तिहरुलाई सहयोगी कदमहरु चालिराखेको विचार महर्जनले राख्नुभयो । उक्त समूहले लकडाउनमा समस्यामा परिरहेका अति विपन्न परिवारलाई मात्र नभई सुत्केरी महिलाहरुलाई पनि काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ हात्तीगौंडामा अवस्थित छहारी भवनमा निःशुल्क खानाको व्यवस्था गर्दै आइरहेको छ । लकडाउन अवधिभर बेलुकाको ४ देखि ६ बजेसम्म बुढानिलकण्ठ नगरपालिकाभित्रका विपन्न परिवारलाई सामाजिक दूरी कायम राख्दै बेलुकाको खाना उपलब्ध गराइँदै आइरहेको जानकारी समूहकी केन्द्रीय संस्थापक अध्यक्ष लीली थापाले दिनुभएको छ । ३० हजारभन्दा बढी व्यक्तिहरुलाई खाना खुवाइसकेको जानकारी दिनुहुँदै ललितपुर जिल्ला समितिका एकल महिला समूहकी अध्यक्ष सविता महर्जनले उक्त सहयोगी कार्यको लागि विभिन्न संघसंस्था एवं समाजसेवी व्यक्तित्वहरुले भित्री हृदयदेखि सहयोग गर्दै आइरहनुभएको र स्वयं आफूले पनि सक्दो सहयोग गर्दै पाईला चालिरहेको जानकारी दिनुभयो ।
Categorized in

कोरोना परीक्षणपछि मात्र घरमा प्रवेश दिनू : कामपा २१ वडा

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २, शुक्रबार

काठमाडौं – विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामको लागि स्थानीय निकायबाट विभिन्न उपायहरु अपनाइरहेका छन् । यसैक्रममा काठमाडौं महानगरपालिका २१ वडाले शुक्रबार एउटा सुचना जारी गरी वडाबाहिर गएका डेरावालहरुले डेरामा जानुअघि कोराना परीक्षण अनिवार्य गराउन भनिएको छ । कामपा २१ वडाका वडाध्यक्ष उदय चुडामणि वज्राचार्यद्वारा हस्ताक्षरित सुचनामा बाहिरबाट आएका डेरावालहरुको कोरोना परीक्षणपश्चात् रिपोर्ट हेरेपछि मात्र घरमा प्रवेश दिन घरधनीहरुलाई भनिएको छ । कोरोना भाइरस रोकथामको लागि अर्को व्यवस्था नभएसम्मको लागि यस्तो निर्णय लिनुपरेको २१ वडा कार्यालयले जनाएको छ ।
२१ वडाका विभिन्न स्थानमा स्थानीयको ‘शिल’
यसैबीच, २१ वडा कार्यालयभित्रका पद्मसुगन्धमार्ग, मञ्जुश्री टोल, ज्याबहाल, जैसीदेवल, चिकंमुगलजस्ता स्थानमा स्थानीय युवाहरुको सक्रियतामा लकडाउन पालना गराइरहेका छन् । स्थानीय युवाहरुले ती स्थानहरुमा कसैलाई पनि घरबाहिर निस्कन दिएका छैनन् भने बाहिरबाट आउनेहरुलाई पनि ती स्थानमा आउन दिएका छैनन् ।
Categorized in

आफन्तको बेवास्ताले गुल्मीबाट कीर्तिपुर पुगेका कुँवर क्वारेन्टाइनमा

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २, शुक्रबार

ललेन्द्र शाक्य
“म लकडाउनपछि काठमाडांैबाट गुल्मी गएँ, त्यहाँको क्वारेन्टाइनमा नियमपूर्वक बसे । मेरो रिपोर्ट नेगेटिभ आयो । तर मलाई घरपरिवारबाट कसैले पनि लिन आएन, वास्ता पनि गरेन । आफन्तले नै बेवास्ता गरे पछि गाउँघरले पनि वास्ता गरेनन् । अनि म पुनः गुल्मीबाट काठमाडौं फर्किएँ ।” गुल्मी भीरकोट गाउँपालिका ५ वडाका २७ वर्षीय रंजित कुँवर बिहीबार साँझ ७ः३० बजे कीर्तिपुर आइपुगे । कुँवर भत्केपाटीमा डेरा गरी बसिरहेका थिए । कुँवरले काठमाडौंबाटै सवारी चालक अनुमति पत्र लिइसकेका छन् । स्थानीयले उनलाई नगाउँको दोबाटोमा भेटेका थिए । स्थानीय एवं कीर्तिपुर बजार व्यवस्थपन समितिका सदस्यहरुले सोधपुछ गरी कुँवरलाई एम्बुलेसन्बाट भत्केपाटीस्थित ग्रीन भिलेज स्कुलमा संचालित क्वारेन्टाइनमा राख्न लगे । कुँवर गुल्मीबाट बुटवलसम्म एउटा कारमा लिफ्ट लिएर र त्यहाँदेखि काठमाडौंसम्म पैदलै आएका हुन् । लामो पैदलयात्राले उनको शारीरिक अवस्था राम्रो थिएन । उनी राम्ररी हिँड्न सक्ने अवस्थामा थिएनन् । कीर्तिपुर बजार व्यवस्थापनका अध्यक्ष बुद्धिमान महर्जनले दिनुभएको जानकारी अनुसार कुँवरलाई गुल्मीकै जनप्रतिनिधिले काठमाडौं पठाएका थिए । यसअघि बेलायतबाट काठमाडौं सनसिटी अपार्टमेन्टमा आएका दुईजनामा कोरोना पोजेटिभ पाइएको थियो । उपचारपछि उनीहरुको रिपोर्ट नेगेटिभ आइसके पनि पुनः फेरि कोरोना पोजेटिभ देखिएको थियो । गुल्मीबाट कोरोनो नेगेटिभको रिपोर्ट बोकी आएका कुँवरमा पुनः कोरोना पोजेटिभ हुनसक्ने भएकाले सम्बन्धित निकाय सचेत र सतर्क हुनु जरुरी छ । (भिडियाे हेर्न यता क्लिक गर्नुहाेला)  
Categorized in

निदान अस्पतालका कर्मचारीको रिपोर्ट नेगेटिभ

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १, बिहिबार

ललेन्द्र शाक्य
ललितपुर पुल्चोकस्थित निदान अस्पतालमा कार्यरत कीर्तिपुर १ वडा बाघभैरव ह्वाकुंचा टोलका महिला कर्मचारीको कोरोना भाइरस कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कीर्तिपुरका स्थानीयको रिपोर्ट नेगेटिभ आएपछि कीर्तिपुरबासीमा खुशी छाएको छ । स्थानीय धनबहादुर महर्जनले दिनुभएको जानकारीअनुसार निदान अस्पतालमा कार्यरत ती महिलासँगै अन्य ३ जना कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको छ । निदान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि बुधबार अस्पताल नै सिल गरिएको थियो । अस्पतालका चिकित्सकलगायत सम्पूर्ण कर्मचारी, बिरामी, कुरुवाहरुको परीक्षण गरिएको थियो । ती सबै परीक्षणको रिपोर्ट आउन बाँकी छ ।
Categorized in

Pages