STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

चावहिल सडकमा पानीको पोखरी

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १५, सोमबार

वर्षा लागेसँगै चावहिलबाट उत्तरपूर्व लाग्ने सडकमा पानीको पोखरी जमेपछि आवागमनमा समस्या हुन थालेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि ठेक्का गरेको छ वर्ष वितिसक्दा पनि काम पूरा हुन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक यातायात बन्द रहेकाले बाइकमा हिँड्दा हिलाम्य हुन बाध्य हुनुपरेको रामचन्द्र पुडासैनीले गुनासो गर्नुभयो । सडककै कारण घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्यमा यात्रा गर्न बाध्य हुनुपरेको उपभोक्ताको गुनासो छ । तीन तहको सरकार बनेको तीन वर्ष पूरा भएपनि राजधानीको मुख्य भागका समस्या समाधान हुन नसकेको जोरपाटीका मङ्गले तामाङ बताउनुहुन्छ । चावहिल–बौद्ध–जोरपाटीको सडकबीच भागमा कालोपत्र सकिएको छ । दायाँबायाँ ढल विच्छ्याउने लगायतका काम भने सकिएको छैन । जोरपाटीबाट साँखुतिरको सडकका आधादर्जन स्थानमा सडक सीमाको विवाद रहेको आयोजनाले जनाएको छ । यस्तै समस्या जोरपाटीबाट सुन्दरीजलतिरको सडकमा पनि छ । समस्या समाधानका लागि यी सडकमा पर्ने तीनवटा स्थानीय तहले समेत काम गर्न नसकेको स्थानीयवासीको दुःखेसो छ । यस क्षेत्रमा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका पर्छन् । सडक निर्माणमा आइपरेका विभिन्न समस्याका कारण चावहिलबाट उत्तरपूर्व जाने सडक पूरा हुन नसकेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरुप्रसाद अधिकारी लामो समयपछि बिजुली पोलको समस्या समाधान भए पनि विस्तार गर्ने स्थानका मानिस अदालतमा मुद्दा लिएर गएकाले काम गर्न नसकिएको बताउनुहुन्छ । विवादका कारण ढिला भएको सडक बन्दाबन्दी शुरु भएपछि भने निर्माण सामग्री नपाएरै काम हुन नसकेको उहाँले जानकारी गराउनुभयो । उत्तरपूर्व आउन वैकल्पिक सडकका रुपमा प्रयोग हुँदै आएको चुच्चेपाटी–तीनचुले–आरुबारी हुँदै गोकर्णेश्वर महादेव मन्दिर निस्कने बाटोसमेत जीर्ण छ । मित्रपार्कबाट गुह्येश्वरी हुँदै वाग्मती नदी किनारबाट जोरपाटी नारायणटार निस्कने सडकको अवस्था पनि उस्तै छ । यस क्षेत्रमा गुड्ने विभिन्न प्रयोजनका पानीको ट्याङ्करका कारणसमेत सडक विग्रने गरेको छ । वर्षा सकिएपछि जहाँ जहाँ जति जति सडक उपलब्ध हुन्छ, त्यतिमै कालोपत्र गर्ने गरी तयारी भइरहेको छ । उपलब्ध सडकमा मङ्सिरसम्ममा कालोपत्र गरिसक्ने आयोजनाको लक्ष्य छ । आयोजनाले सडक बनाउने स्थान खाली नभइ ठेक्का गरेका कारण राम्रो भएका स्थानको सडकसमेत निर्माण शुरु भएपछि बिग्रिएको छ । सडकको दूरावस्थाका कारण सवारी दुर्घटनासमेत बढ्ने गरेको छ । सडकमा बनेको हिलो पोखरीमा बाइक पल्टने गरेका छन् । सवारीले हिलो छ्यापेर पैदलयात्रीलाई सास्ती हुने गरेको छ ।
Categorized in

सूर्यविनायक–साँगा सडकखण्डको रुख कटान शुरु

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १४, आइतबार

भक्तपुर : सरकारले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक छ लेनमा बिस्तार गर्ने भएपछि सडकको दायाँबायाँका रुख काट्न शुरु गरेको छ । आगामी आर्थिक वर्षमा करिब १२ किलोमिटर सडक विस्तारका लागि सरकारले रु एक अर्ब बजेट विनियोजन गरेपछि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सडकको दायाँबायाँका रुख काट्न शुरु गरिएको सूर्यविनायक नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । डिभिजन सडक कार्यालय र डिभिजन वन कार्यालयको सहकार्यमा सूर्यविनायक भुलाँचादेखि साँगासम्मको करिब चार किलोमिटर सडकको दायाँबायाँका विभिन्न जातका ३८० रुख काट्न शुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिनुभयो । सडक विस्तारको डिपिआर निर्माण भइरहेको सो सडक विस्तारका लागि सडकको मापदण्डभित्रका संरचना हटाउने, सिमाङ्कन गर्ने कार्य भइरहेका अवस्थामा अरनिको राजमार्ग खण्डको बूढो रुखले दुर्घटना निम्त्याउनसक्ने भएकाले काट्न थालिएको उहाँको भनाइ छ । एकातिर सडक बिस्तार गरिने र अर्कोतर्फ आयु सकिएका बुढा रुख सडक दायाँबायाँ हुँदा हावाहुरीले ढलेर दुर्घटना हुनसक्ने जोखिम पनि उत्तिकै रहेको छ । सडक किनाराका रुख काट्न र व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७६÷७७ मा करिब रु ३५ लाख विनियोजन भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामकृष्ण केसीले जानकारी दिनुभयो । रुख कटानबाट निस्किएको करिब ११ हजार २०० क्युविकफिट काठ र १५ चट्टा दाउरा लिलाम गरिने भएको छ ।
Categorized in

पानीको हाहाकार अन्त्य हुने भएपछि स्थानीय हर्षित : दमाईचाघाटमा ९० हजार लिटर पानी अट्ने ट्रंयाकी बन्ने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १४, आइतबार

विजयरत्न असंबरे


खानेपानी हाहाकारको समस्या समाधान गर्ने काठमाडौं महानगरपालिका– १९ का स्थानीयवासीको वर्षौदेखिको लक्ष्य पुरा हुन छाँटकाँट देखिएको छ । दमाईचाघाटमा खानेपानी ट्यांकी (रिजर्भ भ्वाएर) बनाउन शुरु गरिएकोले शुद्ध पानी पिउन अब स्थानीयले धेरै समय पर्खिन नपर्ने भएको छ । प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा खानेपानी ट्ंयाकी र वाटर फिल्टर प्लान्ट बनाउन लागिएको वाग्मती प्रदेशका सांसद् राजेश शाक्यले जानकारी दिनुभयो । सांसद् शाक्यका अनुसार चालू आर्थिक वर्षमा रिर्जभ भ्वाएर ट्रंयाकी बन्ने छ । त्यसका लागि ३९ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कूल लागत मध्ये प्रदेशबाट ३५ लाख ८० हजार ६ सय ८९ रुपैयाँ व्यहोर्ने छ । बाँकी ३ लाख ९७ हजार ८ सय ५४ रुपैयाँ जनसहभागिता मार्फत जुटाइने छ । फिल्टर प्लान्ट बनाउन प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजितको गरिएको बताउँदै सांसद् शाक्यले भन्नुभयो । सांसद् शाक्यका अनुसार प्रदेशले १ करोड ७५ लाख बजेट विनियोजित गरेको छ । ‘यसले गर्दा आउँदो आर्थिक वर्षभित्रमै फिल्टर प्लान्ट बनाइसक्ने छौं । त्यसपछि पानीको हाहाकारको समस्या समाधान हुनेछ । नजिकैको वडाहरुमा पनि पानी वितरण गर्न सकिने छ । ’ सांसद् शाक्यले भन्नुभयो। सो वडासंगै १५, १८, १९ र २० वडाहरुमा खानेपानीको समस्याका कारण स्थानीयहरुले निकै हैरानी खेप्नुपरिरहेका छन् । २०६५ सालमा तत्कालीन भौतिक आवास तथा निर्माण मन्त्री हिसिला यमीको पहलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दमाईचा घाटमा डिप बोरिङ गरेको थियो । ‘बोरिङको पानी प्राविधिक जाँच गर्दा आइरन र एमोनियाको मात्रा बढी देखियो । यसले गर्दा सो पानी स्वास्थ्यका हिसाबले पिउन योग्य भएन ।’ दमाईचाघाट उपभोक्ता समितिका अध्यक्ष मिलन शाहीले भन्नुभयो । बोरिङको पानीलाई पिउन बनाउन स्थानीयले त्यतिबेलादेखि फिल्टर प्लान्ट बनाउनुपर्ने माग राखेका थिए । समितिका उपाध्यक्ष तीर्थ महर्जनका अनुसार फिल्टर प्लान्ट बनाउन केयुकेएलका प्राविधिक टोलीले १ करोड २५ लाखको लागत अनुमान गरेको थियो । ‘बजेटको व्यवस्था गरिदिन केयुकेएलमा धेरै पटक डेलिगेशन गएँ । त्यति धेरै बजेट बिनियोजित गर्न नसक्ने जवाफ केयुकेएलबाट आएपछि बोरिङको पानी खाने स्थानीयको इच्छा बीचमै तुहिएको थियो । ’ समितिका उपाध्यक्ष महर्जनले भन्नुभयो । यसैबीच शनिबार एक समारोहकाबीच रिजर्भ भ्वाएर बनाउन शिलान्यास गरिएको छ । काठमाडौं क्षेत्र नं ८ का संघीय सांसद् जीवनराम श्रेष्ठ, प्रदेश सांसद् राजेश शाक्य र काठमाडौं महानगरपालिका– १९ का वडाअध्यक्ष शशिलाल श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । ट्रंयाकीमा ९० हजार लिटर पानी अटाउने छ । बोरिङबाट प्रति सकेन्ड १५ लिटर र दुई घण्टाभित्र ९० हजार लिटर पानी बग्ने गर्दछ । फिल्टर प्लान्ट बनेपछि करिब ५ हजार घर परिवार लाभान्वित हुने बताइएको छ ।
Categorized in

मजिपात लाखेननिमा रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १३, शनिबार

काठमाडौं – काठमाडौंको भित्री सहरस्थित मजिपात टोलको लाखेननिमा शनिबार बिहादेखि रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हुँदैछ । मजिपात लाखेननि टोल सुधार समितिको आयोजनामा भइरहेको उक्त स्वास्थ्य शिविरमा वृद्धवृद्धालगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको छ । स्वास्थ्य शिविरमा रक्तदान कार्यक्रमको साथै उच्च रक्तचापको परीक्षण तथा सुगरको मापन भइरहेको छ । ईन्द्रजात्राको अवधिमा निकालिने लाखे यही टोलबाट निकालिने हुँदा सो लाखे ‘मजिपात लाखे’को नामबाट पनि प्रसिद्ध छ ।
Categorized in

पशुपतिनाथ मन्दिर पनि खु्ल्ने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १२, शुक्रबार

काठमाडौं - लकडाउनका कारण बन्द भएको पुजा पशुपतिनाथ मन्दिर पुनः खु्ल्ने भएको छ । लकडाउन भए देखि नै मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको थियो । अब पशुपतिनाथ मूल मन्दिरमा पूजाको व्यवस्था मिलाउने तयारी गरिएको बताइएको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउनका लागि कार्यविधि बनाएर तयारी थालिएको पनि कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । मन्दिर खुलेपछि स्वास्थ्य सचेतना अपनाउदै भक्तजनलाई मन्दिर दर्शनको ब्यवस्था मिलाइने छ । भक्तजनलाई सरकारले तोकेअनुसारको दूरीमा राख्ने, पर्याप्तमात्रामा स्वयंसेवक खटाउने, चन्दन पातमा राखेर दिने निधारमा नलगाइदिनेलगायत व्यवस्था गर्न लागिएको कोषले जनाएको छ । आगामी असार २१ गतेदेखि मठ मन्दिर एवं सार्वजनिक दूरी कायम गरेर सेवा सञ्चालन गर्ने गरी खुला हुनसक्ने भएकाले त्यसैअनुसार तयारी गरिएको छ । असार १ गतेदेखि पशुपति क्षेत्रको सरसफाइका लागि सफाइकर्मीलाई विशेषरुपमा परिचालनसमेत गरिएको छ । चैत ११ गतेदेखि जारी लकडाउनका क्रममा पशुपति क्षेत्रको सबैतिर सफाइ हुन नसकेको गुनासो स्थानीयवासीबाट आएको थियो । असार १ गतेदेखि लकडाउन खुकुलो बनाइए पनि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात भने खोलिएको छैन । पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि महत्वको मन्दिर हो । विश्वभरका हिन्दुधर्मावलम्बीहरु पशुपतिनाथ मन्दिरको दर्शनका लागि आउँछन् । अहिले लकडाउनका समयमा भने मन्दिर बन्द भएका कारण दर्शनार्थी पुग्न सकेका थिएनन् । यातायात र हवाई साधन बन्द भएका कारण पनि धार्मीक पर्यटनमा ह्रास आएको छ ।
Categorized in

खरिपाटी क्वारेन्टिनबाट घर पठाइएकामा कोरोना पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ११, बिहिबार

काठमाडाैं - दुवईवाट आएर भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टिनमा बसेर घर पठाइएकाहरुमा कोरोना पुष्टि भएको छ । खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना पुष्टि भएको हो । दुवईवाट आएका १० जनाको स्वाव संकलन गरेर पठाइएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो । क्वारेन्टिनमा बसेकै बेलामा स्वाव संकलन गरेर कोरोना परिक्षणका लागि पठाइएको भए पनि त्यसको रिपोर्ट आउन ढिला भएपछि घर फर्केका थिए । स्वावको रिपोर्ट नआउँदै घर गएका मध्य ४ जनामा कोरोना पुष्टि भएको हो । मंगलवार घर गएका उनीहरुको विहिवार कोरोना पुष्टि भएको रिपोर्ट आएपछि उनीहरुको सम्पर्कमा रहेका अरुको पनि परिक्षणको तयारी गरिएको छ । कोरोना पुष्टि हुनेमा १ महिला र ३ पुरुष छन् । जिल्लाका स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले त्यसको पुष्टि गरेका छन् । उनीहरुलाई पाटन अस्पतालमा जान सुझाव दिइएको उनले बताएका छन् ।
Categorized in

काठमाडौं महानगरपालिकाको बजेट १६ अर्ब ४२ करोड, कोभिड–१९ को रोकथाम र न्यूनीकरणमा प्राथमिकता

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १०, बुधबार

काठमाडौँ, १० असार :  काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अुनमानित बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आज यहाँ आयोजित नगरसभाको सातौं अधिवेशनमा सो अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रका लागि रु ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । यो कूल बजेटको ५१ दशमलव ३४ प्रतिशत हो । महानगरपालिकाले सामाजिक विकासमा रु २ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै, महानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु १ अर्ब ७८ करोड २७ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख तथा आर्थिक विकास क्षेत्रका लागि रु १७ करोड २३ लाख विनियोजन गरेको छ । सशर्त अनुदान अन्तर्गत रु २ अर्ब ५७ करोड ५१ लाख पाँच हजार विनियोजन गरेको छ । कूल बजेटमध्ये महानगरले अन्तरिक स्रोतबाट रु छ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने अनुमान गरेको छ । यो कूल आम्दानीको ४१ प्रतिशत हो । त्यसैगरी बाह्य स्रोततर्फ निःशर्त अनुदानबाट रु एक अर्ब ४२ करोड ४८ लाख ९५ हजार, सशर्त अनुदानबाट रु दुई अर्ब ५७ करोड ५१ लाख पाँच हजार, सामाजिक सुरक्षाभत्ताबापत रु एक अर्ब २० करोड, जग्गा एकीकरणबाट रु ९६ करोड आठ लाख २६ हजार गरी कूल रु छ अर्ब १६ करोड आठ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । कूल आम्दानीमा नपुग हुने रकम रु तीन अर्ब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने प्रस्तुत बजेटमा उल्लेख छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट रु छ अर्ब ७६ करोड ६५ लाख, व्यवसाय करबाट रु ४० करोड, विज्ञापन करबाट रु छ करोड र शुल्क आयबाट रु एक अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ । कोभिड–१९ को असर र रोकथाम न्यूनीकरणलाई प्राथमिकता महानगरपालिकाले कोभिड–१९ को असर, त्यसको रोकथाम र यसबाट पर्नसक्ने प्रभावहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरुमा बजेट विनियोजन गरेको छ । कोभिड–१९ को प्रभावका कारण करदाताबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पूरै छुट दिएको छ । त्यसैगरी कोभिड–१९ का कारण महानगरवासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा १० प्रतिशत छुट दिने जनाएको छ । घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट दिइने छैन । बजेटमा भनिएको छ, “सर्वसाधारणको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यावसायिकरुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।” कोरोना प्रभावका कारण घर भाडामा बस्ने नगरवासीलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तीमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा वार्षिक बहाल करमा १० प्रतिशत छुट गर्ने भएको छ । त्यसैगरी बन्दाबन्दीका कारणले काठमाडौँ कामपा क्षेत्रमा व्यापार व्यवसाय गरी बस्ने करदातालाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा लाग्ने व्यवसाय करमा होटल, पर्यटन तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यवसायीले तिर्ने व्यवसाय करमा ५० प्रतिशत र अन्य सबै व्यवसायीले तिर्ने व्यवसाय करमा २० प्रतिशत छुटको व्यवस्था गरेको हो । महानगरका लागि विशेष महत्व मानिने योजना कार्यालय भवनको निर्माण, भर्टिकल पार्किङ भवन निर्माण, पर्यटन पदमार्ग निर्माण, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण, मेघा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क तथा हरियाली प्रवद्र्धन, नदी नियन्त्रण तथा करिडोर निर्माण, शहरी यातायात व्यवस्थापन जस्ता कार्यक्रमलाई बजेटमा प्राथमिकतामा राखिएको छ । समृद्धिका लागि सहकारी अभियान, एकीकृत सीप विकास कार्यक्रम, मेड इन काठमाडौँ, जीवन निर्वाहका लागि पारिश्रमिक कार्यक्रमलाई पनि बजेटमा समावेश गरिएको छ । सम्पदा संरक्षण र पूर्वाधारमा जोड महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा सम्वद्र्धधन र पूर्वाधार विकासलाई महत्व दिइ बजेट बिनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ ।
Categorized in

काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्नुपर्ने नयाँ निर्णय

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १०, बुधबार

काठमाडौं - उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्नुपर्ने नयाँ निर्णय भएकाे छ । गृह मन्त्रालयले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र काटेर अनिवार्य हाेम क्वारेन्टाइनमा राख्न भनेकाे छ । काठमाडौं उपत्यका बाहिरबाट आउने मानिसहरुले १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने र कोरोनाको लक्षण देखिए मात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना परीक्षण गराउनेहरुको चाप बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो व्यवस्था लागू गरेको हो । पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेको स्वास्थ मन्त्रालयले गृहलाई अवगत गराएको छ। गृहले स्वास्थ्यकै परिपत्रलाई आधार मान्दै पीसीआर परीक्षणमा चिकित्सक र स्वास्थ्यकर्मीलाई अनावश्यक दबाब नदिने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार गृहलाई पत्राचार गर्दै पीसीआर परीक्षणका लागि सर्वसाधारणले चिकित्सक र स्वास्थ्यकर्मीलाई दबाब दिएको उल्लेख गरेको थियो। स्वास्थ्य मन्त्रालयको सो व्यवस्था कडाइकासाथ लागू गर्न गृह मन्त्रालयले उपत्यकाका ३ वटै प्रशासन कार्यालयलाई परिपत्र गरेको हो । तर होम क्वारेन्टाइनमा बसेकाहरुको अनुगमन कसरी हुने भन्ने बारेमा कुनै योजना समेत नबनाइएको बताइएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका आउनेहरुको चाप पनि हरेक दिन बढ्दो छ । जसको कारण प्रयोगशालामा कोरोना परीक्षण गराउनेहरुको संख्या पनि तीब्र रुपमा बृद्धि भएको हो । 
Categorized in

चापागाउँदेखि टीकाभैरव राजकुलो सञ्चालनमा

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ९, मंगलबार

ललितपुर, ९ असार : गोदावरी नगरपालिका–११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सञ्चालनमा आएको छ । वाग्मती प्रदेश सरकारले चालु वर्षमा रु ४९ लाख बजेट विनियोजन गरी मर्मत तथा सुधारको काम अघि बढाएसँगै उक्त कुलो सञ्चालनमा आएको हो । विसं २०४६ देखि राम्रोसँग सञ्चालनमा नआएको राजकुलोबाट यस वर्षदेखि पानी चालु भएसँगै चापागाउँ फाँटमा धमाधम धान रोप्ने काम भइरहेको छ । सो फाँटमा दुईतीन दिनभित्र धान रोप्ने काम सम्पन्न हुने नं १ टीकाभैरव राजकुलो सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यही असार २० गतेसम्ममा गोदावरीका १०, ११, १२ र १३ वडाका सम्पूर्ण खेतको रोपाइँ सकिन्छ ।” प्रदेश सरकारले दिएको बजेटअन्तर्गत ९९ प्रतिशत रकमले काम सम्पन्न गरिएको महर्जनले जानकारी दिनुभयो । आउँदो आर्थिक वर्षमा सो कुलो लगनखेल पु¥याउन विस्तृत प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । सरकारले कुलो पुनःनिर्माणका लागि अर्काे बजेट पनि थप गर्ने भएको ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यस कुलोलाई हामी व्यवस्थित बनाउनाका साथै एक सय वर्षसम्म सञ्चालन हुने खालको गराउने छाँै ।” तीस वर्षपछि सञ्चालनमा आएको राजकुलोको पानीले यस वर्ष धान रोपाइँको काम धमाधम अघि बढिरहेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । पहिलो चरणमा गत वैशाख १२ गते सो कुलोबाट पानी ल्याउन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, प्रतिनिधिसभाका सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्य सञ्जेल र राजकाजी महर्जन, गोदावरी नगरपालिकाका प्रमुख महर्जन, केही वडाध्यक्षलगायत स्थानीय जनताले अनुगमन गरेका थिए । यसैगरी गत वैशाख २० गते महर्जनका अध्यक्षतामा १३ जनाको उपभोक्ता समिति गठन भएको थियो । दोस्रो पटक वैशाख २६ गते मन्त्री फुयाँलसहित प्रदेश तथा प्रतिनिधिसभाका सदस्य र नगरपालिका प्रमुखले अनुगमन गर्नुभएको थियो । सो कुलोको पानी धेरै वर्षअघिदेखि नै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) खुमलटारसम्म दैनिक पुग्ने गरेको बताइएको छ । प्रदेश सरकारले सार्वजनिक ऐन बनाउँदा शहरको सौन्दर्य देखिने गरी कुलोलाई अघि बढाउने मन्त्री फुयाँलले बताउनुभयो । राजकुलोको पानीले गोदावरी र पाटनका ६४ ढुङ्गेधारा पुनःजीवित हुनाका साथै गोदावरीको करीब ६० हजार रोपनी जमीन सिँचाइ हुने भएको छ । रासस
Categorized in

बजेट सक्न असारे विकास !

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ८, सोमबार

काठमाडौँ, ८ असार : पछिल्लो समय चिल्ला बनेका काठमाडौँ उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् । विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन थालेपछि सडक धुलाम्मे र वर्षाले हिलाम्मे समेत भएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा सांसद्हरुले पहिले सडक बनाउने र यसपछि ढल, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले पहिले संरचना निर्माण गरेर मात्रै सडक निर्माण गर्दा दोहोरो खर्च नहुने सरकारलाई सुझाव दिनुभयो । बैठकमा समितिका सदस्य सञ्जयकुमार गौतमले आवको शुरुदेखि बनेका सडक अहिले खन्ने काम भइरहेको, केही समय पहिले जतासुकै कालोपत्र देखिएका ठाउँहरुमै अहिले धमाधम खन्ने काम भइरहेका र राष्ट्रिय गौरबको आयोजनाको प्रगतिका बिषयमा जानकारी दिन सरकारसित माग गर्नुभयो । उहाँले भन्नुभयो, “कुनकुन आयोजना कहिले सम्पन्न हुन्छ र त्यसको अहिलेसम्मको प्रगति कति छ जनतालाई जानकारी दिनुपर्छ ।” समितिका सदस्य गौरीशंकर चौधरीले पहिले पैदलयात्रु मार्ग र ढल बनाएर पछि सडक बनाउनुपर्नेमा त्यसको ठीक विपरित भइरहेको तर्फ सरकारको ध्यान जावोस भन्नुभयो । उहाँले भन्नुभयो, “समन्वयको अभावमा पहिले सडक चिल्लो बनाउने पछि भत्काउने भइरहेको देखिएको छ ।” अर्का सदस्य आशाकुमारी बिकले दुर्गम जिल्लामा योजना वर्षेनी दोहोरिने तर निर्माण कहिल्यै सम्पन्न नहुने समस्या रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षेनी किताबमा बजेट आउने तर योजना नसकिने हुँदा समस्या कहाँ छ भनी खोजी गर्न जरुरी छ ।” समिति सदस्य केदार सिग्देलले मेलम्चीको पानी असारसम्ममा काठमाडौँमा झारिसक्ने प्रतिबद्धता भएपनि त्यसअनुसार काम भएको वा नभएको भनी समितिलाई जानकारी नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “आबश्यक भएमा निर्देशन पनि दिनुपर्छ ।” समिति सदस्य लीलानाथ श्रेष्ठले समितिले दिएका धेरै निर्देशनको पालना नभएको, र समितिले बिगतमा हुलाकी राजमार्गमा एउटै मापदण्डको सडक निर्माण गर्न मन्त्रालयलाई निर्देशनलाई वेवास्ता नगर्न आग्रह गर्नुभयो । समितिका सदस्य गणेशकुमार पहाडीले मेलम्ची खानेपानी आयोजनाको प्रगतिका बारेमा सम्बन्धित समिति विकास समिति नै बेखवर रहेको औल्याउनुभयो । अहिले मेलम्चीको पानी काठमाडौँ ल्याउनु मात्रैभन्दा त्यो पानीको व्यवस्थापन चुनौतीपूर्ण रहेको उहाँको भनाई छ । समितिकी सभापति कल्याणीकुमारी खड्काले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि असारे बजेट सक्ने गरी काम भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय गौरबका आयोजनामा रहेका समस्या हटाएर समयमै सम्पन्न गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “तयारी राम्रो नभए मेलम्चीको पानीले काठमाडौँमा बाढीको समस्या आउन सक्नेछ ।” समितिलाई आज नै सवारी दुर्घटना न्युनिकरण अध्ययन उपसमितिले प्रतिबेदन बुझाएको छ । सार्वजनिक यातायात व्यवस्थित, सर्वसुलभ, सुरक्षित र भरपर्दाे नुहनु, जीर्ण तथा पुराना हुनु, व्यवसायिक तथा तालिमप्राप्त सवारी चालक नहुनु, तीनको श्रम, समयसीमा नियमन गर्ने मापदण्ड नहुनु, संस्थागत क्षमता तथा प्रविधिमैत्री कार्यप्रणाली नहुनु र सवारीसाधनको नियमित र व्यवस्थित परीक्षण नहुनु सवारी दुर्घटना नहुनु दुर्घटना न्युनिकरणका प्रमुख समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । समितिका सदस्य पहाडीको संयोजकत्वमा बनेको उपसमितिमा समितिका गौरीशंकर चौधरी, दुर्गा पौडेल, यज्ञराज सुनुवार र रङ्गमती शाही रहनुभएको थियो । समितिको गत पुस ४ मा बसेको बैठकले उपसमिति गठनको निर्णय गरेको थियो । रासस

फाइल फाेटाे

Categorized in

Pages