STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

कीर्तिपुरले कर नबढाउने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ८, सोमबार

काठमाडाैं - कोभिड–१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ । कोरोना भाइरसलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ । परामर्श समितिको यही असार २ गते बसेको आकस्मिक बैठकले आगामी आव २०७७÷०७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको परामर्श समितिका संयोजक उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको प्रतिवेदन असार २ गते नै नगरपालिकाका प्रमुख रमेश महर्जनलाई बुझाइएको हो । प्रमुखलाई प्रतिवेदन बुझाइए पनि नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छैन । मङ्गलबार बस्ने कार्यपालिकाको बैठकले आर्थिक विधेयक २०७७ मा करका दरलाई चालु आवमा नबढ्ने गरी आर्थिक विधेयक स्वीकृत गर्न नगरसभालाई सिफारिस गरेको छ । नगरसभा बैठक असार १० गते हुने जनाइएको छ । आव २०७६÷०७७ मा रु १२ करोड राजश्व उठाउने अनुमान गरिएकामा जेठ मसान्तसम्म रु आठ करोड ४५ लाख मात्र राजश्व संकलन भएको उपप्रमुख रिजालले जानकारी दिनुभयो । “अनुमान गरे जति कर नउठेपछि हामीले आगामी वर्ष कर नबढाउने तर करको दायरालाई विस्तार गर्दै लैजाने तयारी गरेका हौँ”, उहाँले भन्नुभयो । पिसिआर ल्याब स्थापना तयारी त्रिभुवन विश्वविद्यालय परिसरमा लायन्स क्लबले स्थापना गरेको ब्लड बैंँकको भवनमा नगरपालिकाले पिसिआर ल्याब स्थापनाको तयारी गरेको छ । त्रिविमा रहेको पिसिआर मेसिन प्रयोग गरी नगरपालिकाले ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता रिजालले जानकारी दिनुभयो । नेपाल सरकारको स्वीकृतिअनुसार ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो । नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा राहतको व्यवस्थापन गर्नका लागि आकस्मिक राहत कोष २०७६ बाट नै खर्च हुने गरी आवश्यक उपकरण खरीद गरिएको नगरपालिकाले जनाएको छ । प्रयोगशाला सञ्चालनका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डानुसारको बायोसेफ्टी क्याबिनेट, अटो क्लिफ मेसिन र रेफ्रिजेरेटरलगायत उपकरण खरीद गरिएको छ । दुई चरणमा नगरपालिकाले उक्त कोषमा रु एक करोड ५० लाख जम्मा गरेको छ भने सहयोगसमेत आइरहेको जनाइएको छ । कोरोनाका विषयमा नगरपालिकाबाट हुने सम्पूर्ण खर्च उक्त कोषबाट गरिँदै हुँदै आएको छ । 
Categorized in

भक्तपुरकाे न्यातापाेल (पाँचतले) मन्दिरको जन्मोत्सव वर्षबन्धन

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ८, सोमबार

भक्तपुर, ८ असार - भक्तपुरकाे प्रसिद्ध न्यातापाेल पाँचतले मन्दिरकाे जन्माेत्सव वर्षबन्धन सम्पन्न गरिएकाे छ । नेपाल संवत् ८२२ अर्थात् ३१८ वर्ष अगाडि तत्कालीन मल्ल राजा भूपतिन्द्र मल्लले भक्तपुरको टौमढीमा उक्त मन्दिर निर्माण गराएका थिए । मन्दिरको जन्मोत्सव वर्षबन्धनका अवसरमा सोमबार सेतो कपडामा रातो चन्द्र आकार भएको झण्डा फहराएर झन्डोत्तोलन पनि गरिएकाे छ ।  
Categorized in

चन्द्रागिरि नगरपालिका बजेट : ‘उत्पादन र रोजगार’ प्राथमिकतामा

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ८, सोमबार

काठमाडाैं - चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ । काठमाडौँ उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले उत्पादनलाई रोजगारसँग जोड्न आगामी आवको जबेटमा कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटनलाई विशेष प्राथमिकता दिन लागेको जानकारी दिनुभयो । “विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाएका नगरपालिकाका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्न उत्पादन र रोजगारलाई प्राथमिकता दिन लागेका छौँ”, उहाँले भन्नुभयो । नगरप्रमुख गिरीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बजेटलाई विशेष जोड दिएको बताउनुभयो । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिले विकास र पूर्वाधारलाई पनि वजेटमा प्राथमिकता दिएको छ । चन्द्रागिरीमा १५ वडा छन् । आगामी आवमा नगरपालिकाभित्र हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीलाई कम गर्दै सुशासनमा जोड दिने नगरप्रमुख गिरीले बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ मा रु एक अर्ब ७४ करोडको वजेट प्रस्तुत गरेको चन्द्रागिरीले आगामी आर्थिक वर्ष २०७७/०७८ मा रु एक अर्ब ७० करोड हाराहारीको वजेट प्रस्तुत गर्दैछ ।
Categorized in

सूर्यविनायक नगरपालिकाकाे नीति तथा कार्यक्रम पारित

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ७, आइतबार

भक्तपुर, ७ असार : सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेको छ । नगरपालिकाको चालू सातौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । भोलि सोमबार आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्ने तयारी गरेको नगरपालिकाले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमण रोकथाम र नगरको स्वास्थ्य प्रणालीमा सुधार गर्दै निरोगी सूर्यविनायक निर्माण अभियान सञ्चालन गर्ने भएको नगरप्रमुख थापाले बताउनुभयो । यसका लागि सूर्यविनायक नगर अस्पताल, वडास्थित नगर स्वास्थ्य संस्थाहरु पूर्ण क्षमतामा सञ्चालन गर्दै कोभिड–१९ रोकथाम तथा उपचारका लागि नगरका सबै स्वास्थ्य संस्थामा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी सेवा दिने, सुविधायुक्त आइसोलेशन कक्षको स्थापना गर्ने भएको छ । त्यस्तै होम क्वारेन्टिनमा रहेकादेखि घरमै व्यवस्थित आइसोलेशनमा रहेका सङ्क्रमितलाई विश्व स्वास्थ्य सङ्गठन र सरकारको मापदण्ड एवम् सुरक्षा विधिका लागि होम आइसोलेशन रुम व्यवस्थापन मापदण्ड जारी गर्दै स्वास्थ्य अवस्था सामान्य देखिएका नागरिकको नियमित स्वास्थ्य जाँच, परीक्षण र औषधि उपचारका लागि नगरपालिकाबाट विशेष स्वास्थ्य घुम्ती टोली टोल बस्तीमा नै खटाउने नीति लिएको छ । विदेशबाट आएकाको हकमा नगरपालिकाले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने, होटलमा बस्दा आफँैले खर्च गर्नुपर्ने र घरमा बस्दा नियम पालना गर्नुपर्ने तथा गरिबका हकमा आवश्यक खर्च नगरपालिकाले व्यहोर्ने व्यवस्था गरेको छ । कोभिड–१९ का कारण रोजगार गुमाएकाका लागि नगरप्रमुख रोजगार तथा सीप विकास नीति ल्याएको छ । नगरक्षेत्रमा एक हजार कोरोना सङ्क्रमित पुगेमा स्वास्थ्य सङ्कट घोषणा गरी सबै बजेट कोरोनो भाइरस नियन्त्रणमा खर्च गरिने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो । कोभिड–१९ को प्रकोपका कारण नगर क्षेत्रमा खाद्य सङ्कट उत्पन्न हुन नदिन नगर क्षेत्रलाई लक्षित गरी खाद्य बैंकको अवधारणा कार्यान्वयनमा ल्याइने उहाँले जानकारी दिनुभयो । कर्मचारीमा कोरोना सङ्क्रमण भई उपचार र क्वारेन्टिनमा बस्नुपर्ने अवस्था आएमा निश्चित समयका लागि करार सेवा कर्मचारी भर्ना गर्न सकिने व्यवस्था गरेको छ । कोरोनाका कारण लक्ष्य निर्धारण गरेको रकम नगरपालिकाको सञ्चित कोषमा आम्दानी नभएमा रु ३० लाखभन्दा कमका सम्पूर्ण वडा तथा नगरस्तरीय भौतिक पूर्वाधारका योजनाहरु स्थगित गरिनेछ । कोरोना नियन्त्रणभन्दा बाहिर गई नगरवासीको जीवन रक्षाका लागि नगरपालिकाले विनियोजन गरिएको भन्दा अत्यधिक स्रोत परिचालन गर्नुपर्ने अवस्था आएमा नगर तथा वडास्तरीय रु एक करोडदेखि ३० लाख सम्मका सम्पूर्ण आयोजनालाई बहुवर्षीय योजनामा रुपान्तरण गरी यस क्षेत्रमा विनियोजित बजेट कोरोना भाइरस नियन्त्रणमा खर्च गरिनेछ । विद्यार्थीलाई अनलाइन माध्यमबाट पठनपाठनमा निरन्तरता दिइनेछ । सरकारको स्वास्थ्य बीमा कार्यक्रम घरघरमा विस्तार गर्ने, ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने, ७० वर्षभन्दा माथिका नागरिकका लागि घरदैलो स्वास्थ्य सेवाको पहुँच पु¥याउने नीति लिएको छ । त्यस्तै कृषि उत्पादनलाई आधुनिकीकरण गर्न उन्नत जातको बीउ बिजन, कृषि औजार र सामग्रीहरु कृषक तथा कृषक समूहलाई लागत साझेदारीमा वितरण गर्न, उन्नत पशु स्वास्थ्य सेवा निःशुल्क तथा लागत साझेदारीमा सेवा दिई दुग्ध र मासु उत्पादनमा थप लगानी, पशु बीमालाई प्रोत्साहन गरिने भएको छ । नगर क्षेत्रमा उत्पादित जमीन बाँझो राखेमा जग्गाधनीलाई जरिवाना गरिनेछ । नगरको उत्पादन नगर क्षेत्रमै उपभोग गर्ने नीतिको कार्यान्वयनका लागि वडास्तरमा हाटबजारको व्यवस्था गरिने र उत्कृष्ट १० स्थानीय कृषक वा कृषक समूहलाई पुरस्कृत गरिनेछ । रासस
Categorized in

गोदावरी मार्शल आर्टलाई खेल सामग्री सहयोग

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ७, आइतबार

Categorized in

कामपाको नीति तथा कार्यक्रम स्वीकृत

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ७, आइतबार

काठमाडौँ महानगपालिकाको आज सातौँ अधिवेशनबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । गत बिहीबार नगरसभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । पाँच क्षेत्रमा नीति र त्यसअन्तर्गत विभिन्न शीर्षकमा कार्यनीति गरी २५८ बुँदामा नीति तथा कार्यक्रम समेटिएका छन् । आगामी वर्षको नीति तथा कार्यक्रममा जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन र करदातालाई सहुलियत जस्ता विषयलाई राखिएको छ । काठमाडौँ उपत्यकालाई सिङ्गो समृद्ध शहरका रुपमा विकास गर्न अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने, विकासात्मक काम र वितरण गर्ने सबै खालका सेवालाई सुशासनको प्रत्याभूति दिने गरी सुलभ तथा गुणस्तरीय बनाउन विद्युतीय पद्धतिमा क्रमशः रुपान्तरण गरिने नीतिलाई समग्र नीतिका रुपमा लिइएको छ । कामपाको आवधिक योजना तयार गरी कार्यान्वयन गर्ने, दिगो एकीकृत विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरुको अनुसरण गर्ने, सहरी व्यवस्थापन र राजस्व प्रशासनका लागि भौगोलिक सूचना प्रविधिमा आधारित एकीकृत शहरी नक्सा तथा महानगर सूचना प्रणाली विकास गरिनेछ । असल निर्माण अभ्यास (गुड कन्स्ट्रक्शन प्राक्टिस) प्रवद्र्धनका लागि विभिन्न प्राविधिक, जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिनेछन् । कामपाबाट सञ्चालित जग्गा एकीकरण आयोजनाहरुमध्ये नयाँबजार आयोजना यसै आर्थिक वर्षभित्र तथा चःमती र मनोहरा जग्गा एकीकरण आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गरिनेछ । आर्थिक तथा रोजगारी क्षेत्रअन्तर्गत कृषि खाद्य तथा पशु, सहकारी, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, उद्योग तथा व्यापार, पर्यटन, सार्वजनिक निजी सामुदायिक साझेदारी नीतिअन्तर्गत कार्यनीति पारित भएका छन् । यसैगरी सामाजिक विकासअन्तर्गत शिक्षा, जनस्वास्थ्य, महिला बालबालिका, किशोर किशोरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा समाज कल्याण, खानेपानी तथा सरसफाइ, संस्कृति तथा सम्पदा, युवा तथा खेलकूद, सामाजिक बिकास, सुरक्षा तथा संरक्षण नीति तय गरिएको छ । शहरी पूर्वाधार तथा योजना विकास क्षेत्रअन्तर्गत सहरी पूर्वाधार विकास, सहरी यातायात व्यवस्थापन, सहरी आवागमन, सूचना तथा सञ्चार, शहरी विकास तथा भवन मापदण्ड रहेका छन् । स्वच्छ हावा, स्वस्थ्य जीवन नारालाई सार्थक बनाउन वातावरण तथा फोहरमैला व्यवस्थापन क्षेत्रअन्तर्गत फोहरमैला व्यवस्थापन, प्रदूषण नियन्त्रण, हरियाली प्रवद्र्धन कार्यनीति छन् । यस्तै जलवायु परिवर्तन अनुुकूलन, विपद् व्यवस्थापन नीतिलाई पनि वार्षिक नीति कार्यक्रममा प्राथमिक क्षेत्रमा राखिएको छ । संस्थागत विकास तथा सुशासन नीतिअन्तर्गत संस्थागत तथा मानव संसाधन विकास, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार, राजश्व परिचालन तथा वित्तीय व्यवस्थापन नीति र सुशासन तथा सुरक्षा कार्यनीति रहेका छन् । महामारीको विषम परिस्थितिसँग जुध्दै काठमाडौँको ऐतिहासिक, सांस्कृतिक र समुन्नत विरासतलाई वर्तमान र भविष्यसँग जोड्न महानगरले नेतृत्व गर्ने जस्ता कार्यक्रम रहेका छन् । रासस
Categorized in

राष्ट्रिय अभिलेखालय स्थानान्तरण नहुने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ६, शनिबार

पूर्णप्रसाद मिश्र
प्राचीन अभिलेख, महत्वपूर्ण ग्रन्थ तथा दस्तावेज संरक्षण गरी राखिएको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयलाई सरकारले अन्यत्र स्थानान्तरण गर्न यसअघि गरेको निर्णय फिर्ता लिएको छ । मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले अभिलेखालय भवन सार्ने निर्णय पुनर्विचार गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ऐतिहासिक र राजनीतिक महत्वका दुर्लभ र अति महत्वपूर्ण सामग्री बचाउन शहरी विकास मन्त्रालयको प्रस्तावमा अभिलेखालय स्थानान्तरण नगर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । निर्णयसँगै कार्यालय सार्दा पुरातात्विक एवं प्राचीन महत्वका वस्तुमा क्षति पुग्नसक्ने चिन्ता अन्त्य भएको छ । मन्त्रिपरिषद्ले विसं २०७१ वैशाख २४ मा राष्ट्रिय अभिलेखालयको कार्यालय रामशाहपथबाट अन्यत्र सारी त्यो जग्गा सर्वोच्च अदालतलाई दिने निर्णय गरेको थियो । निर्णयपछि सर्वोच्चले पटकपटक अभिलेखालय भवन खाली गर्न पत्राचार गर्दै आएको थियो । पुरातत्वविद्ले भने अभिलेखालय नसार्न पटकपटक सरकारसँग माग गर्दै आएका थिए । विसं १८६७ सम्म हनुमानढोका दरबारको एक कोठामा राखिएका सरकारी कागज सङ्कलन गरी चिताइ तहविल, वीर पुस्तकालय हुँदै २०२४ सालमा राष्ट्रिय अभिलेखालय स्थापना भएको हो । यहाँ सङ्कलित ग्रन्थ एवं वस्तुको अनुसन्धान गर्न विश्वका महत्वपूर्ण संस्था एवं व्यक्ति अभिलेखालयमा आउँछन् । अभिलेखालय भवन पुरातात्विक महत्वका सामग्री राख्न वातानुकूलित स्वरुपमा निर्माण गरिएको छ । विसं २०२४ मा भारत सरकारको सहयोगमा अभिलेखालय भवन निर्माण भएको हो । अभिलेखालयका निमित्त प्रमुख सौभाग्य प्रधानाङ्ग सातौँ शताब्दीदेखि हस्तलिखितलगायत अन्य महत्वपूर्ण तथा दुर्लभ ग्रन्थहरू यहाँ सङ्ग्रह गरी राखिएकामा सरकारले पछिल्लो निर्णयले त्यसको भविष्य सुनिश्चित सकारात्मक रहेको बताउनुहुन्छ । आवश्यक वातावरण मिलाएर सङ्ग्रह गरी राखिएका सामग्री अन्यत्र सार्दा क्षति हुने सम्भावनाको जानकारी छ वर्षदेखि सरोकार भएका व्यक्ति तथा निकायलाई अभिलेखालयले गराउँदै आएको थियो । नेपालको इतिहास र संस्कृतिको अकाट्य स्रोतका रुपमा रहेका कैयौँ विधासँग सम्बन्धित अभिलेख यहाँ छन् । सातौँ–आठौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका विभिन्न भाषा, लिपि र विषयसँग सम्बन्धित ग्रन्थ ताडपत्र, भोजपत्र, नीलपत्र, नेपाली कागज, थ्यासफु आदि अभिलेख यहाँ सङ्कलित छन् । अभिलेखालयमा पाँचौँ शताब्दीका दश भूमिश्वर, सन् ८१० को उत्तरलिच्छवी लिपिमा लेखिएको स्कन्दपुराण, आठौँ शताब्दीकै ताडपत्रमा लेखिएकोे सद्धर्मपुण्डरिका सूत्र, ११ औँ शताब्दीको ताडपत्रमा लेखिएको विनयपिटक, १२औँ शताव्दीको कारण्यव्यूहसूत्र, सन् १३८० को जयस्थिति मल्लको वैधानिक कानून ‘न्यायविकासिनि’, नेपाल संवत् २८ को आयुर्वेदसम्बन्धी ग्रन्थ लङ्कावतार, युनेस्कोको ‘मेमोरी अफ द वल्र्ड रजिष्ट्रर’ मा सूचीकृत नवौँ शताब्दीको शैवतन्त्रसम्बन्धी ग्रन्थ निश्वासतत्वसंहिता आदि विश्वमै प्रसिद्धी कमाएका ग्रन्थ हुन् । संसारले नै गौरव गरेका र अमूल्य सम्पत्ति अभिलेखालयमा सुरक्षित रहेको निमित्त प्रमुख प्रधानाङ्गले बताउनुभयो । अभिलेखालयमा करिब ३२ हजार हस्तलिखित ग्रन्थका मूल प्रति, करिब २० हजार अभिलेख, १० हजार तिब्बती ग्रन्थ, दुई लाख ग्रन्थका माइक्रोफिल्मका प्रति र लाखौँको सङ्ख्यामा अन्य दस्तावेज सङ्कलित रहेको उहाँले जानकारी दिनुभयो । कुमारीचोकको भूमिसम्बन्धी कागजात, पृथ्वीनारायण शाहको दिव्योपदेशको सक्कलप्रति, भूमिसम्बन्धी पुराना तमसुकलगायत सामग्री पनि अभिलेखालयमा सुरक्षित छन् । अभिलेखालयमा अध्ययनका लागि अनुसन्धानकर्ता तथा विद्यार्थी आउने र प्रतिलिपी माग गर्ने गरेका छन् । यसरी प्रतिलिपी माग गर्नेको सङ्ख्या प्रत्येक दिन वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/७५ मा करिब चार हजार सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । यसबाट करिब रु १० लाख राजस्व प्राप्त भएको अभिलेखालयले जनाएको छ । यहाँ भएका ग्रन्थका बारेमा राम्रो जानकारी नभए पनि उनीहरू विभिन्न माध्यमबाट सोधखोज गर्दै आउने गरेको बताउँछन् । यहाँ आउने अनुसन्धानदाताले अभिलेख र राष्ट्रिय अभिलेखालयको महत्वको बारे प्रचार गर्नुपर्ने, अभिलेख संरक्षणसम्बन्धी यथेष्ट जानकारी दिनुपर्ने र अध्ययन अनुसन्धानका लागि आउने स्वदेशी तथा विदेशी नागरिकलाई अभिलेखको उपलब्धता सहज बनाइनुपर्ने सुझाव दिने गर्दछन् । अभिलेख संरक्षण ऐन, २०४६ र नियमावली, २०६३ ले राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेखको रुपमा व्यवस्थित एवं सुरक्षित तरिकाले राख्ने कानूनी अधिकार प्राप्त एकमात्र सरकारी निकाय अभिलेखालय हो भनेको छ । ऐनअनुसार सरकारअन्तर्गतका कार्यालयमा सिर्जना भएका २५ वर्ष पुगेका राष्ट्रिय महत्वका कागजात अभिलेखालयमा पठाउनुपर्ने प्रावधान छ । यो कानूनी व्यवस्थाको ज्ञान नहुँदा वा ध्यान नदिँदा ती कागजपत्र नगण्य मात्रामा मात्र आउने गरेको अभिलेखालयकी अनुसन्धान अधिकृत मनिता न्यौपाने बताउनुहुन्छ । प्राप्त भएका अभिलेख पनि निकै जीर्ण र अव्यवस्थित रुपमा आउने गरेका उहाँको भनाइ छ । अभिलेखालयमा अभिलेख आउनुपूर्व सुरक्षित र संरक्षण होस् भन्ने उद्देश्यले महत्वपूर्ण कागजात धेरै हुने मन्त्रालय, विभाग र कार्यालयसँग समन्वय गरी ती निकायका प्रतिनिधिलाई सहभागी गराएर अभिलेख अध्ययन तथा व्यवस्थापनसम्बन्धी गोष्ठी तथा तालीम सञ्चालन गर्ने गरिएको छ । अभिलेखालयले व्यक्तिगत सङ्कलनमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, आर्थिक वा अन्य दृष्टिकोणले राष्ट्रिय महत्वका कागजात सङ्ग्रहमा वृद्धि गर्ने उद्देश्यले विभिन्न स्थानमा गएर अभिलेख जम्मा गरी दातालाई प्रोत्साहन र कदरस्वरुप प्रशंसापत्र दिने गरेको छ । अभिलेखालयले स्वदेश तथा विदेशमा रहेका नेपालसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका अभिलेख सङ्कलन गरी अन्तर्राष्ट्रिय सङ्कलन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । महत्वपूर्ण ऐतिहासिक महत्वका केही अभिलेख विभिन्न देशका अभिलेखालय तथा सङ्ग्रहालयको सङ्कलनमा रहेको छ । त्यस्ता अभिलेख सम्भव भएसम्म फर्काउने र नभए प्रतिलिपी ल्याउने प्रयास भइरहेको निमित्त प्रमुख प्रधानाङ्गले बताउनुभयो । हाल जर्मनी, अमेरिका, जापान, कोरिया, थाइल्याण्ड, चीन, भारत र बङ्गलादेशलगायत विभिन्न देशबाट अभिलेख अध्ययन तथा अनुसन्धानको माग हुँदै आएको छ । यस्ता अनुसन्धानदातालाई प्रोत्साहित गर्न सेवा प्रवाहको स्तरमा अझ व्यापक सुधार गरी अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आवश्यक देखिएको अभिलेखालयले जनाएको छ । जीर्ण अभिलेख संरक्षण गरी सेवाग्राहीको मागअनुसार अभिलेखमा भएका भाषा तथा लिपिको अध्ययन गरी भाषान्तर र लिप्यान्तर गर्ने काम निरन्तररुपमा भइरहेको बताइएको छ । आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्था गरी यसलाई अभिलेखको संरक्षणका अतिरिक्त यसै क्षेत्रको एक तालीम केन्द्रका रुपमा पनि विकास गर्न सकिने सम्भावना देखिन्छ । सङ्ग्रहित मूल दस्तावेजलाई सुरक्षित गरी देशका विभिन्न क्षेत्रको अध्ययन अनुसन्धान तथा सरोकार भएका निकायको सहज पहुँच पु¥याउन अभिलेखलाई विद्युतीय प्रतिमा लैजाने काम शुरु भएको छ । समयसँगै अभिलेखालयलाई श्रव्यदृश्य तथा विद्युतीय अभिलेख केन्द्रका रुपमा विकास गर्ने सोच रहेको अभिलेखालयको भनाइ छ । यो भवनसँगै पुराना कागजातको माइक्रोफिल्म गरेर सुरक्षित राख्ने अर्काे भवन छ । यो भवन विसं २०५१ मा जर्मनी सरकारको सहयोगमा निर्माण भएको हो । हाल पुरातत्व विभाग रहेको भवनसमेत अभिलेखालयकै हो । विसं २०३० मा आगलागी भएपछि विभाग अभिलेखालयको भवनमा सारिएको हो । सरकारले सर्वोच्च अदालतका लागि अभिलेखालय पछाडिको क्याभलरी पूर्वको जग्गा उपलब्ध गराउने निर्णय गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सुनाउनुभयो । रासस
Categorized in

डिल्लीबजार कारागारको जीर्ण भवन भत्कियो

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ६, शनिबार

काठमाडाैं - डिल्लीबजारस्थित सदर खोर कारागारको बाहिरी क्षेत्रमा रहेको जीर्ण भवन भत्किएको छ । शुक्रबार राति करिब ९:३५ बजेतिर उक्त भवन भत्किएको हो । भीआईपी कैदीसहित ६१२ जना कैदी रहेको कारागार भवनको गारो भत्किएर बिजुलीको तार थिच्दा ट्रान्समिटर पड्किएको थियाे ।  थुनुमा रहेका कोही पनि कैदीबन्दी भने भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ । जीर्ण रुपमा रहेको भवन वर्षाको कारण भत्किएको जनाइएकाे छ । घटनाका कारण डिल्लीबजारको बाटो अवरुद्ध छ । लामो समयदेखि खाली रहेको जीर्ण भवनमा भीआईपी कैदीहरु सांसद रेशम चौधरी, रामचन्द्र प्यासी, पूर्व डीआईजी रञ्जन कोइराला रहेका थिए । प्रहरीका अनुसार मानवीय क्षती भएको छैन ।
Categorized in

अब वडामा शुल्क तिरी दर्ता गरेपछि मात्र कुकुर पाल्न पाउने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ५, शुक्रबार

काठमाडाै‌ैं महानगरपालिकाले ल्याउन लागेकाे नयाँ नियम अनुसार अब घरपालुवा कुकुरलाई वडा कार्यालयम अनिवार्य दर्ता गराउनुपर्नेछ । वडामा शुल्क तिरेर कुकुर दर्ता गरेपछि मात्र कुकुर पाल्न अनुमति पाउनुहुनेछ । महानगरबासीले मनपरी रुपमा कुकुर पाल्ने, जथाभावी दिसापिसाब गराउने र रोगी र बूढो भएपछि बाटोमा छाडिदिने बानीको अन्त्य गर्न अनिवार्य रुपमा कुकुर दर्ता गराउने नीति अघि सारेको हो कामपाले हिजो बिहीबार सार्वजनिक गरेको आव २०७७/२०७८ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था ल्याएको हो । कामपाका मेयर विद्यासुन्दर शाक्यले कुकुर पाल्नेले राम्रोसँग हेरबिचार गर्नुपर्ने भावनालाई अघि बढाउँदै अनिवार्य रुपमा कुकुरको दर्ता गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अब कसैले पनि कुकुर पाल्दा वडामा दर्ता गरेर, रेकर्ड राखेपछि मात्रै अनुमतिपत्र दिनेछौं ।’ नीति तथा कार्यक्रमको आर्थिक तथा रोजगारी नीतिअन्तर्गत कृषि, खाद्य तथा पशु नीतिको ६७ नम्बर बुँदामा घरपालुवा तथा छाडा पशुमा हुने रेबिज रोगको उन्मूलन गर्न बृहत् भेक्सिनेसन कार्यक्रमअन्तर्गत घरपालुवा जनावरको स्वाथ्य जाँच सेवाका लागि उपचार केन्द्रको व्यवस्था गरिने उल्लेख छ । सोही बुँदामा कुकुर पाल्नका लागि महानगरको अनुमति अनिवार्य गरिने उल्लेख छ । कामपाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले अघि सारेको नीतिलाई यो वर्षको भदौबाट कार्यान्वयनमा ल्याइने बताउनुभयो । कति शुल्क तय गर्ने भन्ने विषयमा बजेट सभाले निर्णय गर्ने उहाँको भनाइ थियो ।  कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले कुकुर पालेपछि त्यसलाई छाडा नछाड्ने, प्रत्येक वर्ष रेबिजलगायतको भ्याक्सिन दिने व्यवस्था नगरेर पालेपछि बाटोमा छाड्ने प्रवृत्तिको अन्त्य गर्न अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था अघि सारिएको जानकारी दिनुभयो । बजेट पारित भएलगत्तै कामपाले घरमा पालिएका सबै कुकुरको तथ्यांक संकलन गरिनेछ । सबै वडाले कुकुरको तथ्यांक संकलन गरेपछि रेकर्ड राखिने व्यवस्था गरिएको छ । प्रवक्ता डंगोलले अब राजधानीको सबै कुकुरको तथ्यांकसहित अनुमतिपत्र दिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
Categorized in

ललितपु्र टीकाथलीका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ४, बिहिबार

ललितपुर, ४ असार - चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । केही दिनअघि उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र कोखा दुख्ने समस्या रहेको जानकारी दिनुभयो । हालसम्म ललितपुरका पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये एक पुरुषको मृत्यु भएको छ ।

रासस

Categorized in

Pages