STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

टाेखाले दिने सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १८, बिहिबार

काठमाडौँ : टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी दिनुभयो । टोखाले सलह किरा नियन्त्रणका लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिडलगायतका विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ । यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाई किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । टोखाले सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले बालीलाई ढाक्नुपर्ने बताएको छ । टोखामा ११ वडा रहेका छन् ।
Categorized in

भक्तपुरमा विपद् व्यवस्थापनको तयारी पूरा

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १८, बिहिबार

भक्तपुर : जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुनसक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ । कोरोना भाइरसले ल्याएको विपत्तिलाई सहज व्यवस्थापन गर्दै आएको भक्तपुरको संयुक्त सुरक्षा निकायले विगतका वर्षमा झैँ आउनसक्ने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद् व्यवस्थापनको तयारीसमेत पूरा गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समिति संयोजक हुमकला पाण्डेले कोरोना भाइरस सङ््क्रमण रोक्न, क्वारेन्टिन, आइसोलेसनदेखि होल्डिङ सेन्टरसम्मको व्यवस्थापन गर्दै विदेशबाट आएका तीन हजार ५०० नागरिकलाई विभिन्न जिल्लाको स्थानीय तहसम्म पु¥याउने, शङ्कास्पदको पिसीआर परीक्षण गर्ने, अस्पताल लैजाने, विदेशबाट फर्किएका आमा वा बाबुको पहिचान नभएका बालबालिकालाई एसओएसमा राख्नेजस्ता कार्य गरेको बताउनुभयो । प्रजिअ पाण्डेले भन्नुभयो, “निर्माण भइरहेको हनुमन्ते करिडोर अनुगमन गरी खोला थुनिने सम्भावना भएका ठाउँमा खोलाको अवरोध हटाका छाँै, डुबान हुने क्षेत्रको पहिचान गरी नदीको पानीमाथि आउन नदिन सुरक्षा उपाय अवलम्बन गरेका छौँ, स्थानीय तहसँगको समन्वय, विपद् कोष स्थापना, विपद्मा खोज तथा उद्धारलगायतको आवश्यक जनशक्ति र सामग्री तयारी अवस्थामा राखेका छाँै ।” कोरोना भाइरसको सङ्क्रमण शुरु भएसँगै चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएको नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टिनदेखि विदेशबाट फर्किएकालाई राख्न बनाइएको होल्डिङ सेन्टरसम्मको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भक्तपुरको विपद् व्यवस्थापन समिति, नेपाली सेनाको वीरदल गण सूर्यविनायक, महानगरीय प्रहरी परिसर भक्तपुर र सशस्त्र प्रहरी बल दुवाकोटको संयुक्त कार्य उदाहरणीय भइरहँदा विपद् व्यवस्थापनमा पनि यी तीनवटै निकाय संयुक्तरूपमा सक्रिय भएका छन् । नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति शिवप्रसाद पौडेलले कोभिड नियन्त्रणमा भक्तपुरले खरिपाटी क्वारेन्टिनको शुरुआतसँगै हालसम्म देशमै उदाहरणीय काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडसँगै पहिरो र डुबान हुनसक्ने आँकलन गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खोज तथा उद्धारलगायतका लागि १५ जना तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखेका छाँै, डुबानमा परेकाको उद्धार गर्न तीनवटा बोट, लाइफ ज्याकेट र डोरी प्रशस्त मात्रामा राखेका छौँ, पहिरोको जोखिम परेको ठाउँमा ग्याभिङ पर्खाल, तारजाली र ढुङ्गा तयारी अवस्थामा राखेका छौँ ।” संयुक्त टोलीले लकडाउनका बेला कोरोना सङ्क्रमण देखिएका धुलिखेल र ललिपुरमा समेत पुगेर मृतकको शव व्यवस्थापन गर्नुका साथै सङ्क्रमित बोक्न एम्बुलेन्स मोडिफाइ, भक्तपुर अस्पतालमै पिसीआर सेवा उपलब्ध गराउन, भक्तपुर अस्पतालमा कोभिड उपचारका लागि भवन तयार पार्न, कोरोना भाइरससँग जोडिएका विभिन्न कामहरू उदाहरणीयरूपमा गर्दै आएको छ । विसं २०७५ मा हनुमन्ते नदी आसपासमा भएको डुबानले निम्त्याएको क्षतिलाई दोहोरिन नदिन यस वर्ष मनसुनको समयमा विपद्का घटना हुनसक्ने स्थानमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी मनसुन पूूर्वतयारी तथा प्रतिकार्य योजना पारित गर्दै संयुक्त सुरक्षा टोलीले विपद् व्यवस्थापनको तयारी गरेका हुन् । मनसुनको समयमा विपद्का घटना हुनसक्ने स्थानमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने तथा कोभिड–१९ को सङ्क्रमणको रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्यसँगै खोज, उद्धारकार्यका लागि तयारी अबस्थामा रहेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले यस वर्ष वर्षा शुरु भएलगत्तै केही दिनअघि भक्तपुरको चुनदेवीमा ढलमा छिरेर बेपत्ता भएका पुरुषको शव तीन दिनपछि ललितपुरमा भेटिएकाले बाढी, पहिरो, डुबानजस्ता विपत्ति रोक्न एवं त्यसबाट हुने क्षति न्यूनीकरण गर्न संयुक्त सुरक्षा टोली तयारी अवस्थामा रहेको बताउनुभयो ।
Categorized in

टुटल र पठाओले आफ्नो सेवा सुरु गरे

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १८, बिहिबार

काठमाडाैं - काेराेना महामारी र जारी लकडाउनका कारण बन्द रहेको टुटल र पठाओले अब आफ्नो सेवा सुरु गरेका छन्। सार्वजनिक यातायात नचलेको अवस्थामा ग्राहकलाई सेवा दिन मात्र सेवा सुरु गरिएको जनाइएकाे  छ । महामारीको अवधिभर राइडरसँग कुनै पनि कमिसन नलिई सेवा शुल्क घटाएकाे टुटलले जनाएकाे छ । त्यस्तै राइडरलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड पनि ल्याएकाे छ । त्यस्तै पठाओले दैनिक ५० जना राइडरको दरले राइडरलाई अनुमती दिदै सेवा बढाइ रहेको जनाइएकाे छ। पठाओले राइडरलाई प्रोटेक्टिभ सुट अनिवार्य गरेकाे छ भने दिनमा ५० जनालाई बोलाएर सुट वितरण गरी सेवा गरेकाे जनाइएकाे छ ।
Categorized in

भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाइने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १७, बुधबार

भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताउनुभएको छ । परिसरमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उहाँले भक्तपुरमा चोरी र सडक दुर्घटना न्यूनीकरण चुनौतीको विषय रहेको आफूले जानकारी पाएको चर्चा गर्दै यसलाई नियन्त्रण गर्न आफू फरक ढङ्गले लाग्ने बताउनुभयो । कार्यक्रममा परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले अनुसन्धानलाई असर पर्ने र कतिपय केही दिन गोप्य राख्नुपर्ने घटना हतारिएर सम्प्रेषण नगरिदिन उहाँले आग्रह गर्नुभयो । जगाती प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले लकडाउन कायमै रहेकाले पास नभएका र आवश्यक प्रक्रिया पूरा नगरी पूर्वबाट आएका यात्रुलाई साँगा नाकाबाटै फर्काउने गरेको बताउनुभयो । उहाँले काठमाडौंँका लागि झापादेखि विभिन्न जिल्ला पार गर्दै आएका यात्रुलाई साँगाबाट फर्काउनु पर्दा दुःख लाग्ने गरेको बताउँदै शुरुको पालिकाले नै प्रक्रिया नपुगेका सवारी साधनलाई काठमाडौंँ पठाउन रोक्नुपर्ने औल्याउनुभयो । असार ८ गतेदेखि १४ गतेसम्म विभिन्न साधनामा काठमाडौँं आएका एक हजार ५०३ जनालाई साँगाबाट फर्काइएको बताउँदै प्रनाउ जोशीले लकडाउन शुरु भएपछि गाउँ फर्किएजस्तै अहिले काठमाडौँ फर्कनेहरुको लर्को लाग्ने गरेको बताउनुभयो ।
Categorized in

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १७, बुधबार

काठमाडौँ - नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो । सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्तिका अभावमा काम हुन नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । सरकारले ४२ महिनामा निर्माण सक्ने गरी हाज्मा आङ्लो कर्पाेरेशनलाई निर्माणको जिम्मेवारी दिएको थियो । जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन सो आयोजनामा लामो समयसम्म काम नहुँदा निर्धारित समयमा निर्माण सम्पन्न नहुने देखिएको महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँका अनुसार निर्माणस्थलमा अहिले १०/१२ स्थानीय कामदार मात्रै छन् । उहाँले भन्नुभयो,“पाँचसात सय जना काम गरिरहेकामा १०/१२ जनाले के गर्नु छ र ?” सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरे पनि कम्पनीले निर्माणको काम रोकेको थिएन । स्थानीयवासीले विरोध गरेपछि काम रोकेर कामदारलाई उनीहरुको घरघर फर्काइएको प्रमुख थापाले बताउनुभयो । जापानी संस्थाले सरकारको नियमको पालना गर्दा नेपालीलाई पनि घर फर्काएको थियो भने विदेशी कामदार पनि फर्किएका थिए । बन्दाबन्दी लागू भएको एक महिनापछि विकानिर्माणलाई निरन्तरता दिइने भने पनि निर्माणस्थलमा काम गर्ने वातावरण नबनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “टाढाटाढाका जिल्लामा गएकालाई फर्काएर ल्याउन सक्ने अवस्था थिएन ।” निर्माण कम्पनीले गत असोजदेखि काम शुरु गरे पनि शुरुको महिनामा कामदार र निर्माण सामग्री व्यवस्थापनको काम गरेको थियो । कतिपय सामग्री नेपाली भए पनि कतिपय जापानबाट ल्याइएको उहाँले बताउनुभयो । कम्पनीले विस्फोटक पदार्थका लागि अनुमति पाइसकेको छैन । उहाँले भन्नुभयो,“हामीले मागेभन्दा आधाको मात्रै स्वीकृति पाएका छौँ ।” निर्माण शुरु भएको पाँच छ महिनाको अवधिमा कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, जनशक्ति ल्याउनेलगायत काम अघि बढाएको सडक विभागले जनाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक निर्माण शुरु गरिसकेको छ । सोही आयोजनाअन्तर्गत काठमाडौँतर्फ बलम्बुसम्म दुई दशमलव पाँच किमी र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी शिविर कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको छ । सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तरराष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुने विभागले जनाएको छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुने प्रमुख थापाले बताउनुभयो । माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने छ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण हुनेछ । केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्ने गरी योजना बनाइएको थियो । काठमाडौँ उपत्यका छिर्ने मुख्य नाकाको चाप कम गर्न निर्माण गर्न लागिएको सो सुरुङमार्गले सञ्चालन भएको सात वर्षमा लगानी बराबरको प्रतिफल दिने अध्ययनमा उल्लेख छ । आयोजना सम्पन्न गर्न रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।
Categorized in

काठमाडौंको आकाशमा पनि सलह देखियो

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १६, मंगलबार

काठमाडौैं – काठमाडौंको आकाशमा पनि सहलको एक बथान देखिएको छ । मंगलबार साँझ ५ः३० को समयमा सहलको बथान काठमाडौंको आकाशमा देखिएको हो । काठमाडौंको भित्री सहरस्थित जैसीदेवल, मञ्जुश्री टोल, लगन, ओमबहालको आकाशमा सहलको एक बथान उड्दै गरेको देखिएको हो । उडिरहेका सहललाई समात्न कागको बथान पनि सक्रिय देखिन्थ्यो । सलहलाई कागले आफ्नो आहारा बनाइरहेको थियो । [video width="1024" height="576" mp4="http://janjatikhabar.com/wp-content/uploads/2020/06/salaha.mp4"][/video]
Categorized in

कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १६, मंगलबार

कीर्तिपुर : कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरु गरिएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो । डायलाइसिस सेवा सञ्चालनका लागि नगरपालिकाले रु एक करोड दश लाख खर्च गरेको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच यन्त्र, फर्निचरलगायत उपकरण खरीद गरी सेवा सञ्चालन गरिएको हो । “कीर्तिपुरमा डायलाइसिस सेवा नहुँदा नगरपालिकामा रहेका मिर्गाैलाका बिरामीलाई असहज भएको थियो, हामीले पहिलेदेखि नै डायलाइसिस सेवा सञ्चालन गर्नुपर्छ भन्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “नगरपालिकामा आवश्यकता देखेर नै नगरसभाले सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो, सभाको निर्णयअनुसार नै हामीले आवश्यक उपकरण किनेर सेवा सञ्चालनमा ल्याएका हौँ ।” यही असार १४ गतेदेखि अस्पतालमा नियमित रुपमा डायलाइसिस सेवा शुरु गरिएको कीर्तिपुर अस्पतालका निमित्त निर्देशक डा पेरु प्रधानले बताउनुभयो । “नगरपालिकाको सहयोगमा सेवा शुरु गरेका हौँ, आइतबार र सोमबार दुई दिन सेवा प्रवाह ग¥यौँ, आजका लागि कोही आउनुभएको छैन”, उहाँले भन्नुभयो, “शुरुआती चरण भएकाले धेरैलाई थाहा नहुन सक्छ तर पनि हामीकहाँ १३ जनाले नाम टिपाइसक्नुभएको छ ।” उहाँका अुनसार अस्पतालले डायलाइसिस सेवाका लागि ११ कर्मचारी छुट्याएको छ । यसअघि नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स खरीद गरिसकेको छ । नगरवासीलाई सहज रुपमा सेवा प्रवाहका लागि रु ४८ लाख १५ हजार लागतमा नगरपालिकाले एम्बुलेन्स खरीद गरेको प्रवक्ता रिजालले जानकारी दिनुभयो । यसैगरी नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा रहेको पिसिआर मेसिन प्रयोग गरी प्रयोगशाला सञ्चालनको तयारी गरेको छ । नेपाल सरकारबाट स्वीकृति लिएर नगरपालिकाले कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरण खरीद गरिसकेको छ । प्रयोगशाला सञ्चालनका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको बायोसेफ्टी क्याबिनेट, अटो क्लिफ मेसिन र रेफ्रिजेरेटरलगायत सामान खरीद गरिएको जनाइएको छ ।
Categorized in

चाँगुनारायणमा बृहत् वृक्षरोपण अभियान

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १६, मंगलबार

भक्तपुर : सामुदायिक वनलाई स्थानीय बासिन्दा र नगरपालिकाको आम्दानीको स्रोत बनाउन चाँगुनारायण नगरपालिकाले जडीबुटी र फलफूलका ५० हजार वृक्षरोपण गरेको छ । वनलाई विकास, सम्बृद्धि र स्थानीयको जीवनस्तर उकास्ने गरी आयश्रोतसँग जोड्ने उद्देश्यले यहाँका ती वनमा वृहत् वृक्षरोपण अभियान सुरु गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । सो नगरपालिका क्षेत्र भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा भएको वृक्षरोपणमा आयमुलक प्रजातिका विरुवा रोपिएको उहाँले बताउनुभयो । रु ३३ लाखको बिरुवा खरिद गरिएको र डिभिजन वन कार्यालय भक्तपुरको प्राविधिक सहयोग गरेको थियो । कागती, टिमुर, तेजपात, अम्रिसो, एभोकार्डो, लोठसल्ला लगायतका प्रजातिका बिरुवा रोपिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो । नगरक्षेत्रका बिभिन्न सामुदायिक वनमा थप पाँच हजार लालीगुराँस, जडीबुटी र फलफुलका बिरुवा रोप्ने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले कबुलियत अवधारणा अन्तर्गत वडा नं. ६ को गंगादेवी, कालिका र वडा नं. ८ को बहाल सामुदायिक वनमा वृक्षरोपण अभियान सञ्चालन भइरहेको छ । रोपिएका बिरुवाबाट हुने सम्पूर्ण आम्दानीको पाँच प्रतिशत वन उपभोक्ता समूहलाई, १० प्रतिशत नगरपालिका बुझाउनु पर्ने र बाँकी ८५ प्रतिशत आम्दानी सम्बन्धित व्यक्ति वा समूहले लिने व्यवस्था गरिएको छ । प्रत्यक्ष रुपमा व्यक्ति र समूहलाई जोडेर आम्दानी गर्ने भएकाले वृक्षरोपण अभियानलाई सार्थक रुप दिई वन जोगाउने अभियानमा टेवा पुग्ने विश्वास गरिएको छ । वृक्षरोपण कार्यक्रममा गंगादेबी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष धनबहादुर तामाङ्गले १८ देखि २० जनासम्म स्थानीयको समूहमा १२ वटा ब्लक बनाएर दुई दिनदेखि वृक्षरोपण गरिरहेको बताउनुभयो । स्थानीयलाई काठ, दाउरा भन्दा आम्दानी र जीवनस्तर उकास्ने गरी नगरपालिकाले सुरु गरेको अभियानले टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
Categorized in

बन्दाबन्दीमा जारी छ भित्री सडकका काम

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १६, मंगलबार

काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी रहेका बेला पनि भित्री सडक निर्माणका काम भने भइरहेको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित कोलमती खोला किनारबाट उत्तरवाहिनी जाने करिब दुई किमी सडकमा निर्माण कार्य जारी रहेको छ । वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको ठेक्कामा यो सडक निर्माण भइरहेको छ । कार्यालयले यो सडकमा रु २६ लाख बराबरको कामका लागि ठेक्का गरेको थियो । बन्दाबन्दीको असहज अवस्थामा पनि काम जारी रहेको वाल निर्माणको ठेक्का पाएको राजरोज कन्स्ट्रक्सनका प्रबन्ध निर्देश्क मन श्रेष्ठले जानकारी दिनुभयो । तोकिएको समयमा जिम्मेवारीको काम सक्ने गरी काम भइरहेको पनि उहाँले सुनाउनुभयो । नगरपालिकाले प्राविधिक लगत स्टमेट गरी रु ५० लाख बजेट लाग्ने भनी प्रतिवेदन पेश गरेको सडकमा आधा कामका लागि मात्र कार्यालयले ठेक्का गरेको छ । आधा काम भएपछि के हुने भन्ने अझै निश्चित नभएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो । प्रदेश सरकारले साना आयोजनामा पनि आधामात्र बजेट विनियोजन गर्दा वडाको वैकल्पिक सडक अलपत्र हुने देखिएको पनि उहाँले बताउनुभयो ।
Categorized in

खाेकनामा प्रहरीकाे जबर्जस्ती • स्थानीयलाई राेपाइँ गर्न दिइएन • घम्साघम्सीबीच राेपाइँ सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १६, मंगलबार

काठमाडौं । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने असार १५ मा ललितपुरको खोकनामा भने फरक दृश्य देखियो । काठमाडौं–तराई फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले रोपाइँ गर्न लागेपछि पुगेको प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसपछि स्थानीयले प्रतिवाद गर्न थालेपछि दुई पक्षबीच केहीबेर घम्साघम्सी हुन पुगेको थियो । स्थानीयले आफूहरुले रोपाइँ गर्न पाउनुपर्ने अडान लिएपछि प्रहरीको केही चलेन र सोही विवादित ठाउँमा स्थानीयले रोपाइँ गरेका छन् । सरकारले फास्ट ट्रयाक बनाउन ज्ग्गा अधिग्रहण गरेको बताए पनि किसानहरूले खोकनाका किसानले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले आफूहरुले सरकारबाट मुअब्जा नपाएको समेत दावी गर्दै आएका छन् ।
Categorized in

Pages