STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

नगरपालिकाको अनुरोधमा कीर्तिपुरका बैंकहरु खुल्ने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १५, शनिबार

काठमाडौं– कोरोना भाइरस संक्रमण रोमकथाको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको समय कीर्तिपुर नगरपालिकाले बैंकहरुलाई सेवा दिन अनुरोध गरेको छ । नगरपालिकाको अनुरोधमा बैकहरु आफ्ना सेवा दिने भएका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणको कारण नेपाललगायत विभिन्न देशहरु लकडाउनको स्थितिमा रहेका छन् । यस सन्दर्भमा कीर्तिपुर नगरपालिकाले नगरबासीको सुविधालाई ध्यानमा राखी नगर क्षेत्रमा रहेका विभिन्न बैंकहरु व्यवस्थित रुपमा खोल्न अनुरोध गरेको छ । यस अनुरोधमा बैंकहरुले आफ्ना सेवा संचालनमा ल्याउने विश्वास दिलाएका छन् । विभिन्न मितिमा नगरका विभिन्न बैंकहरु खोलिने कीर्तिपुर नगरपालिकाले एक सार्वजनिक सुचना जारी गरी जनाएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनद्वारा हस्ताक्षरित बैंक सञ्चालनसम्बन्धी सुचनामा नगरभित्र संचालित बैकहरु विभिन्न मितिमा दुई दिनको अन्तरमा सञ्चालन हुनेभएको छ । यस सुचनाअनुसार कीर्तिपुरका बैंकहरु नेपाल बैंक लि., कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी बैंक, बंगलादेश बैंक शुक्रबार (चैत १३ गते) शुक्रबार संचालन भएको थियो । यसैगरी, शनिबार चैत्र १५ गते बिहान ८ बजेदेखि १० बजेसम्म ग्लोबल आईएमई बैंक खुल्ने भएका छन् । मुक्तिनाथ बैंक बिहान ८ देखि १० सम्म खुल्ने भएको छ । शनिबार नै बिहान १० बजेदेखि १२ बजेसम्म सिभिल बैक र सिटिजन बैंक खुल्ने भएका छन् भने दिनको १२ बजेदेखि २ बजेसम्म कुमारी बैंक र ज्योति विकास बैंक खुल्ने भएका छन् । चैत्र १६ गते आइतबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सिद्धार्थ बैंक र प्राइम बैंक खुल्ने भएका छन् भने दिउँसो १२ बजेदेखि २ बजेसम्म प्रभु बैंक र लक्ष्मी बैंक खुल्ने भएका छन् । आइतबार नै दिउँसो २ बजेदेखि ४ बजेसम्म माछापुच्छ्रे बैंक, नबिल बैंक र जनता बैंक खुल्ने भएका छन् ।
Categorized in

काठमाडौं २४ वडामा कीटनाशक औषधि छरियो

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १४, शुक्रबार

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट बच्न काठमाडौं महानगरपालिका २४ वडा कार्यालय तथा महादेव मखन क्लबको सहयोगमा वडाका टोलहरुमा कीटनाशक औषधि छरिएको छ । २४ वडाका वडासदस्य एवं महादेव मखन क्लबका अध्यक्ष विनोद तुलाधर र क्लबका सचिव इन्द्रमणि कपालीको सक्रियतामा कीटनाशक औषधि छरिएको थियो । कोरोना भाइरस संक्रमणबाट सचेत एवं सतर्क रहँदै औषधि छर्ने कार्यलाई निरन्तरता दिइने तथा जनचेतनात्मक कार्यक्रम पनि अघि बढाइने वडासदस्य विनोद तुलाधरले जनजाति खबरलाई जानकारी दिएका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड–१९ कोरोना भाइरस संक्रमणले जनजीवन त्रसित बनाइरहेको छ । संक्रमण रोकथामको लागि विविध प्रयास भइरहेका छन् । स्थानीय निकायले पनि संक्रमण रोकथाममा सक्रिय कदम चालिरहेको छ भने सरकार, गैरसरकारी निकाय, संघसंस्थाले पनि विभिन्न कदम चालिरहेका छन् ।
Categorized in

काठमाडौँ महानगरपालिकाले फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १४, शुक्रबार

Categorized in

पाटनमा आज घोडेजात्रा पर्व मनाइएन

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ११, मंगलबार

Categorized in

नगरवासीलाई केही समस्या आइपरे आफ्ना जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न सक्ने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ११, मंगलबार

Categorized in

कोरोनाबारे नेपालभाषामा प्रचार सामग्री

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १०, सोमबार

काठमाडौं– काठमाडौं महानगरपालिका सहरी स्वासथ्य महाशाखाले कोरोना भाइरसबाट बच्नको लागि काठमाडौंका जनतालाई सुसूचित गर्न नेपालभाषा (नेवार भाषा)मा प्रचार सामग्री प्रकाशित गरेको छ । काठमाडांैका ३२ वटै वडामा खस नेपालीसँगै नेपालभाषामा पनि प्रचारसामग्री वितरण भएको छ । ‘कोरोना भाइस ल्वय्’ शीर्षकमा प्रकाशित उक्त प्रचार सामग्रीमा चित्रसहित भाइरसबाट बच्ने विविध उपाय उल्लेख छ ।
Categorized in

बाजा नसुनिएको पाहांचःह्रे जात्रा

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १०, सोमबार

काठमाडौं– पाहांचःह्रे जात्रा... काठमाडौंको टोल, गल्लीमा बाजा बजाएर गरिने देउताको खटजात्रा । देउता चिनाउने रातो, निलो, पहेँलो, सुन्तला विविध रङका टोपी लगाएकाहरु खट बोक्दै, खट वरिपरि बाजा बजाउँदै, भजन गाउँदै होहल्लाकासाथ हुने पाहांचःह्रे जात्रा । तर यस पटक पाहांचःह्रेको जात्रामा कतै पनि सुनिएन बाजा, होहल्ला र देउटाको खटजात्रा । कारण... कोरोना भाइरस संक्रमणबाट बच्ने पूर्वतयारी । सोमबार (चैत १० गते) परेको काठमाडौंकै ठूलो चाडको रुपमा रहेको पाहांचःह्रे जात्रा स्थगित भएको छ । विधिअनुरुप आ–आफ्नो टोलमा देउता पूजा मात्र गरी पाहांचःह्रे मनाइएको छ । वर्षेनी देउतालाई खटमा राखी बाजा बजाएर जात्रा गरिँदै आएको हो । यसपटक कुनै पनि बाजा निकालिएको छैन, न देउताको खटजात्रा नै । पाहांचःह्रेसँगै जोडिएको चैत १२ गते परेको असनमा देउता जुधाउने जात्रा पनि यसपटक स्थगित भएको छ ।
Categorized in

सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित भएपछि क्षमापूजा गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १०, सोमबार

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट बच्ने पूर्वतयारीको लागि सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित भएपछि धार्मिक विधिअनुरुप क्षमापूजाको आयोजना हुने भएको छ । सेतो मछिन्द्रनाथका पुजारी एवं २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्यले दिएको जानकारीअनुसार चैत १९ गते अष्टमीको दिन क्षमापूजा गरिनेभएको छ । यसको लागि मछिन्द्रनाथका पु्जारीहरुसँग आवश्यक छलफल भइरहेको छ । वर्षेनी चैत शुक्ल अष्टमीदेखि ३ दिनसम्म हुने रथयात्रा यस वर्ष स्थगित भएको जानकारी सबै भक्तजनमा दिइसकेको पनि शाक्यले बताएका छन् । यस वर्ष घरमै बसेर भगवान् सम्झी धर्मकर्म गरिदिन पनि शाक्यले सबै भक्तजनमा अनुरोध गरेका छन् ।
Categorized in

कोरोना भाइरसका कारण धर्मकीर्ति विहारका सम्पूर्ण कार्यक्रम स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ९, आइतबार

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) पूर्वनियन्त्रणको लागि काठमाडांै श्रीघःमा अवस्थित धर्मकीर्ति विहारले आफ्ना सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ । चैत ९ गते आइतबारदेखि धर्मकीर्ति विहार संरक्षण कोष, यसका सम्पूर्ण एकाईका पदाधिकारीहरु, सदस्यहरु, सम्पूर्ण उपासक, उपासिकाहरु र सम्बन्धित सबैमा एक सूचना जारी गरी आफ्ना कार्यक्रमहरु स्थगित भएको विहारले जनाएको छ । अब विहारका आवासीय गुरुमांहरुले नियमित बुद्धपूजा मात्र गर्ने, यसबाहेक अरुले घरमै बसी बुद्धपूजा र मैत्रीसूत्रसहितको परित्राण पाठ गर्न पनि विहारले अनुरोध गरेको छ । यसैगरी धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको आयोजनामा हुने अल्पकालीन बाल प्रब्रज्या शिविर पनि स्थगित भएको छ । अहिलेको अवस्थामा अत्यन्त जरुरी नभएसम्म विहार पुगी गुरुमांहरुलाई नभेट्न अनुरोध गर्दै बुद्धपूजालगायत धर्मकीर्ति विहारमा हुने अन्य कार्यक्रम विहारको फेसबुक पृष्ठबाट प्रत्यक्ष प्रशारणको व्यवस्था गरिने प्रयास भइरहेको विहारले जनाएको छ ।
Categorized in

पाँचखाल क्षेत्रमा मूर्ति भेटिइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ९, आइतबार

Categorized in

Pages