STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

नेपाल ऊल हाउसमा ५ रुपैयाँमै मास्क

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– काठमाडौं भोटाहिटीस्थित नेपाल ऊल हाउसले ५ रुपैयाँमा मास्क बिक्री गरिरहेको छ । कोरोना भाइरसको कारण बजारमा मास्क अभाव भइरहेको र पाएका माक्स पनि महँगोमा किन्नुपर्ने अवस्था रहेकोले आफूसँग स्टक रहेको मास्कलाई सस्तोमै बेचिरहेको ऊल हाउसका प्रोप्राइटर एवं समाजसेवी ज्ञानेन्द्र तुलाधरले जनजाति खबरलाई जानकारी दिएका छन् । तुलाधरका अनुसार आफ्नो लागत नै प्रतिमास्क ९ रुपैयाँ रहे पनि बजारमा मास्कको अभाव रहेको तथा कालोबजारी बढिरहेकोले आफूले सस्तोमा मास्क बिक्री गरेको जानकारी दिएका छन् । भोटाहिटीमा रहेको ऊनको लागि प्रख्यात नेपाल ऊल हाउसले पाँच दिनभित्र २० हजार मास्क बिक्री गरिसकेको जानकारी दिएका छन् ।
Categorized in

काठमाडौं महानगरको आकस्मिक बैठक, भीडभाड हुने कार्यक्रम नगर्न अनुरोध

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– विश्व्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस पूर्व नियन्त्रणको लागि काठमाडौं महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बिहीबार (चैत ६ गते) दिउँसो बसेको छ । नेपाल सरकारले बुधबार कोरोना भाइरस पूर्व नियन्त्रणका लागि गरेका विविध निर्णयपछि महानगरको उक्त बोर्ड बैठक बसेको हो । महानगरबासीलाई यस भाइरसबाट बचाउने विभिन्न उपाय अपनाउन अनुरोध गर्नको लागि उक्त बैठक बसेको हो । उक्त आकस्मिक बैठकले महानगरबासीलाई भीडभाडमा नजान र भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न तथा काठमाडौं महानगरपालिकाका सबै जनप्रतिनिधिलाई सार्वजनिक सभा, भोजमा नजाने अनुरोधसहितको निर्णय गरेको छ । यसैगरी, बोर्डले काठमाडौंभित्रका जात्रापर्वहरु विधिअनुरुप मात्र मनाउन पनि सार्वजनिक अनुरोध गरेको छ ।
Categorized in

सत्यमोहन लोकसाहित्य भवनको जग शिलान्यास

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– वाङमय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित लोकसाहित्य भवनको जग शिलान्यास सम्पन्न भएको छ । सत्यमोहन जोशीको घरलाई नै पुनर्निर्माण गरी लोकसाहित्य भवन बनाउन लागिएको हो । चैत ६ गते बिहीबार सम्पन्न शिलान्यास कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा लोक साहित्य परिषदका अध्यक्ष प्रा. प्रेमशान्ति तुलाधरले जग पूजा गरेकी थिइन् । जगपूजामा स्वयं सत्यमोहन जोशीलगायत मेयर महर्जन, ईन्जिनियर राजदास श्रेष्ठ सम्मिलित थिए । लोकसाहित्य भवनको अनुमानित बजेट १ करोड ५० लाख रहेको छ । नेपालका लोक साहित्य संरक्षणको लागि उक्त भवनको निर्माण हुन लागेको हो । भवन निर्माणको लागि ३ नम्बर प्रदेशका सांसद कृष्णलाल महर्जनले आफ्नो सांसद कोषबाट ५० लाख रुपैयाँ सहयोग गरेका छन् । यसैगरी उक्त कार्यक्रममा ई. राजदास श्रेष्ठले ५० हजार, समाजसेवी मोतिशान्ति शाक्यले २५ हजार तथा प्रेमशान्ति तुलाधरले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । अतिथिहरुलाई ई. श्रेष्ठले फूलमाला पहिर्याएर सहयोग गरेका थिए । कार्यक्रममा नेपालभाषा क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Categorized in

ईन्द्रजात्राको लागि गणेश र भैरव फेरिने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ५, बुधबार

काठमाडौं– ईन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीसँगै गणेश र भैरवको पनि रथयात्रा हुँदै आएको छ । यसपटकको ईन्द्रजात्रामा भने नयाँ गणेश र भैरव छानिने तयारी भइरहेको छ ।
वर्तमान गणेश र भैरव छानिएकाहरुको उमेर १४ वर्ष पुगिसकेकाले नयाँ गणेश र भैरव छानिन लागेको हो ।
ईन्द्रजात्रा व्यवस्थापन समितिले दिएको जानकारीअनुसार नयाँ गणेश र भैरव छान्नको लागि सम्बन्धित निकाय र गुठीसँग छलफल भइसकेको छ ।
पचाङ्ग निर्णायक समितिले गणेश र भैरव फेर्नको लागि साइत हेर्ने भएको छ भने गुठी संस्थानले पनि यसको लागि छलफलको तयारी गरिरहेको छ ।
ईन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जनजाति खबरलाई दिएको जानकारीअनुसार यही रामनवमीको दिन गणेश र भैरव फेर्नको लागि गुठी संस्थानलाई अनुरोध गरिसकेको छ ।
Categorized in

लगन टोलको शीलखाना अब ‘खुल्ला चौर’ हुने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ५, बुधबार

काठमाडौं– काठमाडौं महानगरपालिका २१ वडास्थित लगनमा रहेको भीमसेन थापाकालीन शीलखाना अब खुल्ला चौरमा परिणत हुनेभएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि क्षतिग्रस्त शीलखानालाई पूर्णरुपमा भत्काएर खुल्ला चौरमा परिणत गर्न लागिएको हो । शीलखाना दरबार हुँदा लगन–यंगालको बाटो नै साँघुरो रहेको थियो भने भूकम्पपछि उक्त बाटोलाई पनि चौडा गरिएको थियो । काठमाडौं २१ वडाका वडाध्यक्ष उदयचुडामणि वज्राचार्यले जनजाति खबरलाई जनाएअनुसार उक्त स्थानमा रहेको शीलखाना पूर्णरुपमा हटाएर त्यहाँ खुल्लाचौर र व्यवस्थित पार्क निर्माण हुने भएको छ । भीमसेन थापाले आफ्ना भाइ रणवीर थापाको लागि दरबार बनाउन स्थानीय शाक्यहरुको जग्गा अधिकरण गरी लिएका थिए । तर रणवीर थापा ‘स्वामी अभयानन्द’को रुपमा जोगी बनेपछि उक्त दरबारलाई काम नलाग्ने हतियार भण्डार गर्ने शीलखानाको रुपमा प्रयोग गरिएको थियो । वडाध्यक्ष शाक्यका अनुसार शीलखाना दरबारभित्र अझै पनि शाक्यहरुले प्रतिष्ठापन गरेका चैत्य रहेका छन् । शीलखाना दरबार करिब ५ रोपनी जग्गामा निर्माण गरिएको थियो ।
Categorized in

स्वयम्भूमा वज्राचार्यहरुको गुठी मनाइयो

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ५, बुधबार

काठमाडौं– स्वयम्भूमा काठमाडौंका वज्राचार्यहरुको देय् आचागू (देश आचार्य गुठी) मनाइएको छ । चैत ४ गते मंगलबार स्वयम्भू र शान्तिपुरमा राजगुरुजु मञ्जुश्रीरत्न वज्राचार्यले पूजा सम्पन्न गरेका थिए । पूजापछि वज्राचार्य गुरुजुहरुलाई दान पनि दिइएको थियो । यसैक्रममा वज्राचार्य संरक्षण गुथिले एउटा सभा आयोजना गरी वज्राचार्य विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको थियो । गुथिका महासचिव मुनिन्द्ररत्न वज्राचार्यले संचालन गरेको उक्त सभामा पुरस्कार गुठीका अध्यक्ष गम्भीर वज्राचार्यले धन्यवाद ज्ञापन गरेका थिए भने उपाध्यक्ष सागरमान वज्राचार्यले मन्तव्य राखेका थिए ।
Categorized in

उपत्यकाका देवी देवता र मनुष्यलाई पशुपतिमा जात्रा हेर्ने निम्ता

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार

Categorized in

आवासक्षेत्रमा शवदाह गृह बन्न लागेकोले स्थानीय विराेधमा

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार

काठमाडौं– ललितपुर शंखमूलको आवासक्षेत्रमै विद्युतीय शवदाह बनाउन लागिएकोमा ललितपुरका स्थानीयबासी संघर्षमा उत्रिएका छन् । विरोधको क्रममा स्थानीयले सोमबार (चैत ३ गते) ललितपुर महानगरपालिका ११ नं. वडा कार्यालय घेराउ गरी नाराबाजी गरेका थिए । वागमती फाँटमा जग्गा एकीकरण आयोजनाअन्तर्गत कित्ता नम्बर १०५७ मा पर्ने एक रोपनी तीन आना जग्गामा शवदाह गृह बनाइन लागेको हो । स्थानीयसँग सरसल्लाह नगरी आवास क्षेत्रभित्र शवदाह बनाउन लागिएको भन्दै विरोधमा उत्रिएको मणिडोल टोल सुधार समितिका अध्यक्ष राजेन्द्र तण्डुकारले बताएका छन् । सो स्थानमा तत्कालीन उपत्यका नगर विकास प्राधिकरणबाट आवास क्षेत्र बनाउने योजना थियो । अहिले बाक्लो बस्ती भइसकेकोले शवदाह बनाउन नहुने स्थानीयको माग छ । शवदाह गृह बनेको खण्डमा वातावरणीय प्रभाव पर्ने अध्यक्ष तण्डुकारले बताएका छन् । यसअघि शवदाह गृहको विरोधमा स्थानीयले माघ २५ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेको थियो । “शवदाह गृहको लागि लिन खोजिएको जग्गाको क्षेत्रफल पनि पर्याप्त छैन,” स्थानीयवासी विपिन महर्जनले भन्छन्, “अन्तिम संस्कारको अन्त्येष्टी, श्रद्धाञ्जलि, कपाल मुन्दन, शववाहन, किरियापुत्री आदिको लागि कम्तीमा १० रोपनी जग्गा चाहिन्छ । एक रोपनी जग्गामा शवदाह गृह कसरी बन्छ ?” शवदाह गृह बनेपछि परम्परागत मसानघाट र यससँग सम्बन्धित संस्कार पनि लोप हुने स्थानीयबासी बताउँछन् । नगर विकासले बस्ती बसाउने योजना ल्याएको ठाउँलाई शवदाह गृह बनाएर मसानघाटमा परिणत गराउन नदिने अडान स्थानीयबासीको छ । विद्युतीय शवदाह गृह सुरुमा राम्ररी चले पनि बिस्तारै यसले बस्तीको वातावरण दूषित बनाउने स्थानीयको भनाइ छ । ११ वडाका वडाध्यक्ष इन्द्रमान महर्जनले शवदाहका लागि वडाबाट सिफारिस नभएकोले आफूलाई यसबारे थाहा नभएको बताएका छन् । महानगरको बोर्ड बैठकले गत साउन २३ मा शवदाह गृह बनाउने निर्णय गरेको थियो । महानगरपालिका मेयर चिरीबाबु महर्जनले विद्युतीय प्रविधिको शहदाहमा खुला दाहसंस्कारजस्तो प्रदूषण नहुने भएकाले स्थानीयलाई चिन्तित नहुन आग्रह गरेका थिए ।
Categorized in

पनौतीबजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार

Categorized in

सय वर्षअघिको ल्हासा पुस्तकमा

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार

काठमाडौं– सय वर्षअघिको ल्हासा (तिब्बत)बारे लेखिएको पुस्तक शनिबार (चैत २ गते) प्रकाशनमा आएको छ । नेपाल स्काउटका गुरु जगतवीरसिंह कंसाकारले नेपालभाषामा लेखेको ‘सच्छिदँ न्ह्यःया ल्हासा’ (सय वर्षअघिको ल्हासा) पुस्तकको प्रमुख अतिथि हितकरवीरसिंह कंसाकार, २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्य र समाजसेवी पूर्णवीरसिंह कंसाकारले संयुक्त रुपमा विमोचन गरेका थिए । पुस्तकबारे बोद्धविद्वान एवं साहित्यकार लोचनतारा तुलाधरले समीक्षा गरेका थिए । नेपाल र ल्हासाको घनिष्टता देखाइएको यस पुस्तकले नेपाल–चीनबीचको सम्बन्धलाई घनिष्ठ बनाउन मद्दत गर्ने विचार तुलाधरले राखेका थिए । पूर्णवीरसिंह कंसाकारको सभापतित्वमा भएको कार्यक्रममा नविना श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । अतिथिहरुलगायत रीना बनिया र लेखक जगतवीरसिंह कंसाकारले आ–आफ्नो मन्तव्य दिएका थिए । मछिन्द्र रोभर रेन्जर स्काउट क्यूको आयोजनामा काठमाडौं मासंगल्लीस्थित प्रदीप्त पुस्तकालयमा उक्त कार्यक्रम भएको थियो । मछिन्द्र क्लबका अध्यक्ष प्रबोध कंसाकारले कार्यक्रमलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

सुगतरत्न सिन्दुराकारको सहयोगमा

Categorized in

Pages