फागुन २३ देखि दोस्रो टोखा महोत्सव
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ६, मंगलबार
धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रको टोखा नगरपालिकाको आयोजनामा टोखा बजारमा फागुन २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाभित्रको धार्मिक, ऐतिहासिक, पौराणिक, संस्कृतिलाई आम जनतामाझ चिनाउनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “मेलामा स्थानीय कला संस्कृति, झाँकी, स्थानीय नेवारी खानाको प्रदर्शन गरिनेछ”, उहाँले भन्नुभयो । नेवाःगुथि टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा नगरपालिकाका साँस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल पार्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले महोत्सव सम्पन्न गर्न चालू आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेको छ ।
Categorized in
पुनर्निर्माण हुने वँलाछि टोल–घरको जग मेयरबाट राखिने
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ५, सोमबार
काठमाडौं– काठमाडौं २५ वडास्थित न्हाय्कंटोलको नरसिंह मन्दिरअगाडि रहेको वँलाछि टोल–घर (त्वाःछेँ) पुनर्निर्माण हुने भएको छ ।
पुनर्निर्माण समितिका अध्यक्ष मदनवीर महर्जनले टोल–घर पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाले सहयोग गरेको जानकारी दिएका छन् ।
फागुन ५ गते सोमबार काठमाडौं महानगरपालिकाका मेयर तथा टोल–थाकुलीबाट पुनर्निर्माण हुने टोल–घरको जग राखिने कार्यक्रम रहेको छ ।
Categorized in
तुलाधरहरुको सामाजिक विधिव्यवहार विषयमा छलफल
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार
न्यत (नरदेवी) टोलका तुलाधरहरुको सामाजिक विधिव्यवहारलाई लिएर छलफल कार्यक्रम भएको छ । फागुन ३ गते शनिबार न्यत तुलाधर टोल–घर (त्वाःछेँ), बुरांखेलमा उक्त छलफल कार्यक्रम भएको हो ।
उदाय समाज विधिव्यवहार उपसमितिका संयोजक सुमित्रा तुलाधर, समितिका संरक्षक सदस्य सागरमान तुलाधर, न्यत तुलाधर महिला समूहका अध्यक्ष मिनु तुलाधर, उदाय समाजका मुख्य सदस्य डा. सुमनकमल तुलाधर, उदाय समाज महिला समूहका अध्यक्ष कीर्ति तुलाधर, संसारधर तुलाधरलगायतले सामाजिक विधिव्यवहारबारे आ–आफ्ना मन्तव्य राखेका थिए ।
समितिका अध्यक्ष संसारधर तुलाधरको सभापतित्वमा भएको कार्यक्रममा सचिव ज्ञानेन्द्ररत्न तुलाधरले शुभकामना मन्तव्य दिएका थिए ।
मुख्यसचिव पूर्णरत्न तुलाधरले संचालन गरेको कार्यक्रममा सुनिता तुलाधरले धन्यवाद ज्ञापन गरेका थिए ।
‘संस्कृति संरक्षण नै समाज संरक्षण तर संस्कृतिभित्रको बढाइचढाइ समाजको विकृति’ भन्ने नाराका साथ न्यत तुलाधर समितिको गठन भएको हो ।
(सुगतरत्न सिन्दुराकारको सहयोग)
Categorized in
ललितपुरका पूर्वमेयर शाक्य रहेनन्
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार
काठमाडौं– नेपाली कांग्रेसका नेता एवं तत्कालीन ललितपुर उपमहानगरपालिकाका मेयर बेखारत्न शाक्यको निधन भएको छ ।
केही दिनदेखि बिरामी रहेका शाक्यको निधन फागुन ४ गते आइतबार बिहान भएको थियो । ५ गते सोमबार पाटनको शंखमुलमा अन्त्यष्टि हुने भएको छ ।
८८ वर्षीय शाक्यका दुई छोरी र एक छोरा छन् ।
दिवंगत शाक्यको चिरशान्तिको कामना गर्दै आइतबार नै भिक्षु मैत्री र गुरुमांहरुबाट पुण्यानुमोदन सम्पन्न भएको छ ।
बुद्धधर्मका अनुयायी शाक्य लोकप्रिय सुनचाँदी व्यवसायी पनि हुन् ।
Categorized in
नेपालभाषाको लघुकथा सम्मेलन सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार
काठमाडौं– ‘सः छगू फरक अभिव्यक्ति’ संस्थाको आयोजनामा १५ औं लघुकथा सम्मेलन सम्पन्न भएको छ ।
पाटनको इखालखु टोलमा सम्पन्न उक्त सम्मेलनमा कथाकार नःलि वज्राचार्य, काशिराम विरश र रामगोपाल आशुतोषले लघुकथा वाचन गरेका थिए । प्रत्येकले पाँच–पाँचवटा गरी १५ वटा लघुकथा सुनाएका थिए । वाचित कथाबारे साहित्यकार पुष्पराज राजकर्णिकारले टिप्पणी गरेका थिए ।
लघुकथा वाचन गरेका तीनैजना कथाकारलाई मोक्षबहादुर अमात्यले खादा ओढाएका थिए भने साहित्यकार सुधिर ख्वबिले मायाको चिनो हस्तान्तरण गरेका थिए । सम्मेलनलाई समाश्रीले सञ्चालन गरेका थिए ।
Categorized in
छत्रपाटी चिकित्सालयको स्वास्थ्य शिविर सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ३, शनिबार
काठमाडौं– छत्रपाटी निःशुल्क चिकित्सालयले फागुन ३ गते शनिबार वृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
काठमाडौंको १७ वडास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा उक्त शिविर राखिएको थियो ।
शनिबार बिहानको ९ बजेदेखि १ बजेसम्म भएको स्वास्थ्य शिविरमा ढल्को तथा वरिपरिका स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए ।
चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले टोल–टोलमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ यस्तो शिविर सञ्चालन भइरहेको र यसलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
Categorized in
शताब्दी पुरुषको निवास अब लोकसाहित्य भवन
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १, बिहिबार
वाङमय शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीको पाटन, बखुंबहालस्थित निवास अब लोकसाहित्य भवनमा परिणत हुने भएको छ ।
फागुन १ गते बिहीबारको साइतमा सो भवनलाई नयाँ नाम दिइएको हो ।
नयाँ नाम पाएको सो भवनको अब पुनःनिर्माण गरिनेछ ।
कला, संस्कृतिसँगै लोकसाहित्य अध्ययन गर्ने स्थलको रुपमा सो भवनको रुप फेरी लोकसाहित्य भवन बनाउन लागिएको हो ।
Categorized in
नेवाः मोर्चाबाट माणिकलाल श्रेष्ठ सम्मानित
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १, बिहिबार
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रा. माणिकलाल श्रेष्ठको योगदानको कदर गर्दै सम्मानित भएका छन् ।
नेपालको वामपन्थी आन्दोलनका अगुवा, वामपन्थी बौद्धिक व्यक्तित्व र नेवारलगायत आदिवासी जनजाति मुक्ति आन्दोलनका अगुवा श्रेष्ठ नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका संरक्षक पनि हुन् ।
मुक्तिको लागि अथक योद्धाको रुपमा आजीवन सतिसाल बनी देश र उत्पीडित जनताको पक्षमा श्रेष्ठले दिएका योगदानको कदर गर्दै उहाँलाई सम्मान दिइएको नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष पवनमान श्रेष्ठले बताएका छन् ।
स्वास्थ्यका कारण माणिकलाल श्रेष्ठ मोर्चाको सम्मेलनमा आउन नसकेकाले उहाँकै निवास पुगी सुस्वास्थ्यको कामनासहित सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
Categorized in
गरगहना बनाउने तालिम–भवनको शिलान्यास
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १, बिहिबार
काठमाडौं– काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवनको शिलान्यास काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले गरेका छन् । उक्त भवनमा संघले् सुनचाँदीका गरगहना बनाउने तालिम प्रशिक्षण केन्द्र निर्माण गर्न लागेको हो ।
फागुन १ गते बिहीबार काठमाडौंको कुसुमबियालाछीस्थित झ्वाःबहालमा आयोजित एक कार्यक्रमबीच सो भवनको शिलान्यास सम्पन्न भएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी, २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्य, १७ वडाका वडाध्यक्ष नवीन मानन्धरलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले सुनचाँदीका गरगहना बनाउने तालिम आवश्यक रहेकोले सो तालिम केन्द्रको रुपमा भवन निर्माण हुनलागेको बताए । शाक्यले गरगहना बनाउने काममा आवश्यक जनशक्तिको विकास, शीप र व्यावासयिक क्षमताका पूर्वाधार तयार गर्न उक्त भवनमा प्रशिक्षण केन्द्र स्थापना गरिने जानकारी दिए ।
जनजातिखबर सँगको कुराकानीमा शाक्यले दक्ष जनशक्ति उत्पादन गरी बेरोजगारको समस्या समाधान गर्न यो योजना महत्वपूर्ण हुने बताए ।
परियोजनाको लक्ष्यअनुरुप आउँदो आर्थिक वर्षभित्र १ सयजनालाई प्रशिक्षण दिने र त्यसमध्ये उत्कृष्ट २० प्रशिक्षार्थीलाई नै अर्को प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रुपमा नियुक्त गरिनेछ । तालिमको लागि १० प्रतिशत अपाङ्ग, १५ प्रतिशत महिला, १५ प्रतिशत जनजाति एवं पिछडिएका र ६० प्रतिशत परम्परागत पेशामा आवद्धलाई प्रशिक्षण दिइने पनि शाक्यले बताएका छन् ।
Categorized in
किलागलका टोल–थकाली रहेनन्
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १, बिहिबार
काठमाडौं– काठमाडौं १८ वडास्थित किलागल टोलका टोल–थकाली (थाकुलि) सानुभाइ महर्जनको केही दिनअघि देहावसान भएको छ ।
९७ वर्षीय महर्जन टोल तथा समुदायमा सम्माननीय व्यक्तित्वका रुपमा रहेका थिए । दिवंगत महर्जनको दाहसंस्कार काठमाडौंकै कर्णदीपमा सम्पन्न गरिएको थियो । दिवंगत महर्जनका तीनजना छोरा र एकजना छोरी रहेका छन् ।
Categorized in
Pages