सदरमुकाममा ‘फोरजी’ गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १९, आइतबार
जिल्लाका ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालन आएको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ ।
ग्रामीण क्षेत्रका जडान गरिएका टावरका उपकरण बिग्रिएका छन्् । जिल्लाका गौमुल, जगन्नाथ, हिमाली गाउँपालिकामा अझै फोन सेवा सञ्चालन भएको छैन । जगन्नाथ गाउँपालिकाको केन्द्र तथा बडिमालिका नगरपालिकाकै दुर्गम क्षेत्रमा अझै फोन सुविधा छैन । नेपाल टेलिकम शाखा बाजुराले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोरजी’ विस्तारको कामलाई तीव्रता दिएसँगै बाजुरामा पनि जडान गरिएको हो ।
माघसम्म देशैभर फोरजी सेवा पु¥याउने लक्ष्य रहेको जनाइएको छ । हालसम्म ६० जिल्लामा सेवा विस्तार गर्नेक्रम सकिएको र बाजुरामा सेवा जडान हुनेमा ६०औँ जिल्लामा परेको शाखा कार्यालय प्रमुख पदम बडालले जानकारी दिनुभयो ।
फोरजीका लागि जिल्लाका दुई टावरमा बिटिएस प्रविधि जडान गरिएको छ । सदरमुकाम मार्तडीको खुलामञ्च र दूरसञ्चार कार्यालय अगाडि रहेको दुई टावरबाट फाष्ट इन्टरनेट सेवा फोरजी शुरु गरेको हो । फोरजी एलटीइ सेवा जडानसँगै इन्टरनेटको गतिमा पनि सुधार हुने छ ।
सातौँपटक बाजुरामा हिमपात
जिल्लाका उच्च भूभागमा पुनः हिमपात शुरु भएको छ । हिमपातका कारण चिसो बढेको छ । हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले दैनिक जनजीवन नराम्ररी प्रभावित बनेको छ ।
शनिबार बिहानादेखि सदरमुकाम मार्तडीसहित आसपासका हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी परेको छ । सातौँपटक हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपातपछि कोल्टी विमानस्थल बन्द भएको छ । स्थानीय बजार पनि बन्द छन् । ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ । हिमाली क्षेत्रका गाउँमा परेको भारी हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ । हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । बजार पसल पनि पूर्णरूपमा बन्द भएका छन् । चिसोले खुला स्थानमा बसोबास गर्ने भोट जनजातिलाई निकै सास्ती भएको छ ।
Categorized in
कास्की ताराको उपाधि ममितालाई
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १९, आइतबार
माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता ९कास्की तारा० को उपाधि ममिता विकले हासिल गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१० मा अवस्थित उमा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत उहाँले जिल्लाको पाँचवटै स्थानीय तहबाट छानिएर आएका प्रतियोगीलाई हराउँदै रु ३० हजार सहित उपाधि जित्नुभएको थियो ।
सूर्यतारा क्लब पोखरा–२७ ले आयोजना गरेको शनिबार सम्पन्न सो प्रतियोगितामा ‘सुखी नेपाली, समृद्ध नेपाल निर्माणका आधार’ विषयक राखिएको थियो । त्यसैगरी अमरसिंह माध्यमिक विद्यालय पोखरा–१२ मा कक्षा १० मा अध्यनरत छात्रा अपेक्षा अधिकारी र गौरीशङ्कर मनिलाल मावि कक्षा १० मा अध्यनरत छात्रा दुर्गा ढुङ्गानाले क्रमशः दोस्रो र तृतीय स्थान हासिल गर्नुभयो ।
गत असोज ५ गतेदेखि शुरु भएको प्रतियोगिता अन्तर्गत स्थानीय तहमा सम्पन्न प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई कास्की तारामा सहभागी गराइएकोे क्लबका अध्यक्ष विष्णु पुनले जानकारी दिनुभयो । प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइराला, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले सूर्यतारा क्लबले जस्तै सामाजिक सङ्घसंस्थाले सरकारसँग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
Categorized in
एक घर–एक धारा विराटनगरमा
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १६, बिहिबार
विराटनगर महानगरपालिकाले नगरवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर–एक धारा’को व्यवस्था गर्ने भएको छ ।
विराटनगर महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र नेपाल खानेपानी संस्थानसँग सहकार्यमा विभिन्न चरणका अध्ययन र अनुसन्धान गर्ने काम सम्पन्न गरेको छ । यसबाट आगामी केही वर्षभित्रै नगरवासीको एक घर–एक धाराको सपना पूरा हुने अपेक्षा गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीको सक्रियतामा विगतदेखि नै सो कामको शुरुआत गरिएको थियो । यसैक्रममा जाइकाले तयार गरेको प्रथम चरणको विस्तृत अध्ययन प्रतिवेदन र प्रगति प्रतिवेदन बुधबार यहाँ प्रस्तुत भएको छ ।
महानगर र जाइकाको परामर्शदाता याचियो इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडले संयुक्तरुपमा सो कार्य सम्पन्न गरिएको हो । जाइका मुख्य कार्यालयका प्रतिनिधि योसीआकी योकोता र हिरोसी कुवोता साथै परामर्शदाता प्रमुख कात्सुमी फुजीको नेतृत्वमा आएको चार सदस्य टोलीले विराटनगरमा आफ्नो कार्य शुरु गरेको छ ।
एक घर–एक धाराको अवधारणासहित नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने आफ्नो सपना रहेको भन्दै प्रमुख पराजुलीले पूर्ण विश्वासका साथ कार्यमा जुटेको जानकारी दिनुभयो । विराटनगरमा विगत ६० वर्षभन्दा अगाडिका खानेपानीका पाइप जीर्ण अवस्थामा रहेका छन् । ती पाइपमा टुटफुट हुँदा कतिपय स्थानमा फोहर पानी पिउन नगरवासी बाध्य भएका छन् । फोहर पानीको कारण फैलिएको कमलपित्तका कारण विगतमा विराटनगरका १३ अकालमा ज्यान गुमाउनुपरेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले शुद्ध खानेपानी घरघरमा पु¥याउने योजनालाई सफल बनाउन द्रुतगतिमा काम थाल्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।
Categorized in
खानेपानी आयोजनाले ल्यायो खुशी
Janjati Khabar – जनजाति खबर | २०७६ माघ ८, बुधबार
घण्टांै लगाएर खानेपानीको जोहो गर्दै आएका गल्याङ नगरपालिका–९ स्थित बेलचौर, पाखीचौर र जामुनेका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । पहिले एक घण्टा लगाएर एक गाग्री पानी ल्याउने गरेका यहाँका वासिन्दा अहिले घरमै धारा जडान भएपछि धेरै सजिलो भएको बताउँछन् ।
बेलचौरकी हीरा खनालले भन्नुभयो, “पहिला खानेपानी लिनको लागि गाउँदेखि तल रहेको धुवादी कुवामा जानुपथ्र्यो अहिले घरमै पानीको धारा आएपछि निकै खुशी लागेको छ ।” पानीको सुविधा भएपछि उहाँले करेसाबारीमा बन्दागोभी, मुला, साग, लसुन, प्याजलगायतका तरकारी खेतीसमेत शुरु गर्नु भएको छ ।
अर्की स्थानीयवासी देवकी खनाल पनि घरमै पानीको धारा आएपछि दङ्ग पर्नुभएको छ । पानीको अभावमा कुवार खोला चाहर्दै हिँडेको सम्झँदै खनालले भन्नुभयो, ‘‘खानेपानी आयोजनाले हाम्रो जीवनमा धेरै परिवर्तन ल्याएको महसुस गरेका छौँ । पहिला पानीकै कारणले मेलापालसँगै अन्य काम भ्याउन कठिन थियो । अहिले घरको कामसँगै समय निकालेर तरकारी लगाउन थालेका छौँ ।’’
बेलचौर लिफ्टिङ खानेपानी आयोजनाका उपभोक्ता समितिका अध्यक्ष निमप्रसाद खनालले रु दुई करोड २० लाखको लागतमा अयोजनाको निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । सो आयोजनाको लागि गल्याङ नगरपालिकाले रु २० लाख, गण्डकी प्रदेश सरकारले रु एक करोड ७० लाख र उपभोक्ताबाट रु ३० लाख बराबरको जनश्रमदान गरी कुल रु दुई कारोड २० लाखको लागतमा योजना सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ ।
कालीगण्डकी नदीको किनारबाट करीब २४० मिटरको उचाइमा पानी तानेर एक लाख लिटरको ट्याङ्की निर्माण गरी त्यसबाट १३५ घरधुरीमा धारा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष खनालले बताउनुभयो । गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले पानीको समस्या भएका वडामा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर खानेपानीको सुविधा उपलब्ध गराइने बताउनुभयो ।
Categorized in
बेरुजुको चाङ स्थानीय तहमा
Janjati Khabar – जनजाति खबर | २०७६ पौष २९, मंगलबार
महालेखा परीक्षकको कार्यालयले यहाँका दश वटै स्थानीय तहमा बेरुजु औल्याएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो ।
आर्थिक वर्ष २०७५÷०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महिना लगाएर लेखा परीक्षण गर्दा बेरुजु भेटिएको हो । पेश्की, नियमित गर्ने, फछ्र्योट गर्नुपर्ने र असुल गर्नुपर्ने लगायत बेरुजु रकमका आधारमा महालेखाले स्थानीय तहको बेरुजुको मात्रा औँल्याएको हो ।
प्रतिवेदन अनुसार ऐसेलुखर्क गाउँपालिकामा आव २०७५÷०७६ मा रु १४ लाख ६१ हजार ७७७ बेरुजु औल्याइएको छ । अघिल्लो आवमा गाउँपालिकामा रु ४० लाख ३४ हजार ५६६ बेरुजु देखिएको थियो । अघिल्लो आवमा रु तीन करोड ३६ लाख ७१ हजार ८०६ बेरुजु पाइएको केपिलासगढी गाउँपालिकामा आव २०७५÷०७६ मा रु एक करोड ६२ लाख २८ हजार २८७ बेरुजु देखिएको छ । अघिल्लो आवमा रु ७४ लाख ४६ हजार ४९९ बेरुजु रहेको खोटेहाङ गाउँपालिकामा आव २०७५÷०७६ मा रु तीन करोड १८ लाख १९ हजार ३५४ बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ ।
आव २०७४÷०७५ मा रु चार करोड ४४ लाख ९८ हजार ९८९ बेरुजु पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आव २०७५÷०७६ मा रु एक करोड ३१ लाख २९ हजार ७०१ बेरुजु रहेको छ । आव २०७४÷०७५ मा रु चार करोड ५० लाख १३ हजार ६१९ बेरुजु देखिएको हलेसी तुवाचुङ नगरपालिकामा आव २०७५÷०७६ मा रु दश करोड २५ लाख दुई हजार ८९९ बेरुजु भटिएको छ ।
अघिल्लो वर्षमा रु एक करोड १६ लाख ९५ हजार १९५ बेरुजु कायम देखिएको रावाबेँसी गाउँपालिकामा आव २०७५÷०७६ मा रु एक करोड ९५ लाख ९५ हजार ९०९ बेरुजु देखिएको छ । आव २०७४÷०७५ मा रु दुई करोड ४० लाख छ हजार १६२ बेरुजु पाइएको बराहपोखरी गाउँपालिकामा आव २०७५÷०७६ मा रु एक करोड ११ लाख ८१ हजार ४७८ बेरुजु रहेको देखाइएको छ ।
यस्तै, आव २०७४÷०७५ मा रु दुई करोड ८७ लाख ५२ हजार ५०१ बेरुजु भेटिएको साकेला गाउँपालिकामा आव ०७५÷०७६ मा रु एक करोड २० लाख ७८ हजार ३०१ बेरुजु रहेको प्रतिवेदनले जनाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखा परीक्षण छुटेको छ ।
Categorized in
तीन वर्षमा दुई पिल्लर कहिले बन्ला खै रु स्थानीयवासी
Janjati Khabar – जनजाति खबर | २०७६ पौष २७, आइतबार
बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन छ ।
विसं २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न भैसक्नुपर्ने सम्झौता विसं २०७३ असार ३० भएको थियो । नौ करोड ८३ लाख ८२ हजार ५७९ रुपैयाँ लागतमा सम्झौता भएको थियो । काष्ठमाडौँ मसिना जेभीले निर्माणको जिम्मा पाएको थियो । सडक डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख राजेश दासले छिटो निर्माण सम्पन्न गर्न कम्पनीलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।
कम्पनीका प्रमुख जयदेव पन्तले नदीमा पानीको बहाव बढ्न गई पुल निर्माणकार्य गर्न समस्या भएकाले हो भन्नुभयो । उहाँले विसं २०७७ असारमा पुल निर्माणको काम सम्पन्न गर्ने जानकारी दिनुभयो ।
कामदारले काम गरेवापतको रकमसमेत नपाएको गुनासो गर्दै आएका छन् । बडिमालिका नगरपालिका–६ कोर्ध र जडागङ्गाका स्थानीयवासीले पुलमा काम गरेवापतको रु ४१ लाख नपाएको बूढीगङ्गा–६ का स्थानीयवासी पदम बडुवालले बताउनुभयो ।
Categorized in
तेस्रोपटक उच्च लेकाली क्षेत्रमा हिमपात
Janjati Khabar – जनजाति खबर | २०७६ पौष २४, बिहिबार
मङ्गलबारदेखिको मौसममा आएको परिवर्तनले यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । भएको ।
डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै सिमाना जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तुभाउ गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।”
हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा तेस्रोपटक हिउँ परेका कारण स्थानीय किसान हिउँदेबाली सप्रिने आशामा खुशी भएका छन् । यहाँका उच्च लेकाली भेगमा हिमपात भइरहेको छ । स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्पटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो । चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ । दिपायल, सिलगढीलगायतका ठाउँमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ । चिसोबाट बच्न सर्तकता अपनाउनुपर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाव दिनुभएको छ ।
Categorized in
ग्रामीण भेगमा बिजुली विस्तार
Janjati Khabar – जनजाति खबर | २०७६ पौष १८, शुक्रबार
तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । टुकीको भरमा बस्न बाध्य यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् ।
उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण गगनगौडाको सहयोगमा उक्त ठाउँका ५६ घरधुरीमा विद्युतीकरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । विद्युतीकरणका लागि उक्त ठाउँमा रु चार लाखको लागतमा २६ वटा पोल व्यवस्थापन गरिएको छ ।
त्यस्तै प्रसारण लाइनका लागि गाउँपालिकाले रु ११ लाख लगानी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार बिजुली सुविधा नपुगेका अन्य ठाउँमा पनि क्रमशः विद्युतीकरण गर्दै जाने गाउँपालिकाको अभियान रहेको छ । मैनबत्ती र टुकीको भरमा बस्नुपरेको अवस्थामा पहिलोपटक बिजुली बाल्न पाइएको स्थानीयवासी कुमारी परियारले बताउनुभयो ।
कान्छे विद्युतीकरणको बिहीबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गर्दै गाउँपालिकाको विकासको अभियानमा अगाडि बढेको बताउनुभयो ।
केही समय अगाडि मात्रै सोही गाउँपालिका–४ भिरकोटका ३५१ घरधुरीमा बिजुली बलेको थियो । पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे, डिहीगाउँमा बिजुली विस्तारका लागि गाउँपालिकाले रु ८० लाख लगानी गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ हजार घरधुरी अझै पनि अन्धकारमा छन् ।
वितरण केन्द्रले गत वर्ष आँबुखैरेनी, बन्दीपुर, ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । एघार केभीको ३२, ४४० भोल्ट ९३ फेज० को ५।८, ४४० भोल्ट ९२ फेज० को ७।८ र २०० भोल्ट ९१ फेज०को २३ किमि लाइन विस्तार गरिएको छ । बिजुली विस्तारका लागि केन्द्रले गत वर्ष रु तीन करोड लगानी गरेको थियो ।
वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण गरिएको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमि दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइने छ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइने छ ।
त्यस्तै बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिं मार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिनेछ । कार्यालयले आर्थिक वर्ष ०७५÷७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको थियो ।
Categorized in
तरकारी खेतीमा रमाउँदै मुसहर
Janjati Khabar – जनजाति खबर | २०७६ पौष १७, बिहिबार
गौशाला नगरपालिका–८ बेलगाछीका ६५ वर्षीय विल्टु सदा अहिले घर छेउकै बगरखेत लगाएको तरकारी बेचेर आम्दानी बढाउन सफल हुनुभएको छ । उहाँले वर्षांैसम्म अरुको खेतमा ज्याला मजदूरी गरि अभाव र दबावका बीच घरपरिवार चलाउँदै आउनुभएको थियो ।
उहाँ भन्नुहुन्छ, “गौशाला नगरपालिकाको कार्यालयले सामूहिक तरकारीखेतीका लागि आफूहरुजस्ता सुकुम्बासीलाई जग्गा उपलब्ध गराएपछि ज्याला मजदूरी गर्ने दिनको अन्त्य भएको छ । तरकारी स्थानीय बजारमा बेचेर आम्दानी गर्न सफल भएको छु ।”
स्थानीय रमेश्वरा सदाले बगरखेती यस वर्ष चार हजार आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो । त्यस्तै दुई वर्षअघिसम्म घरकै कामकाजमा सीमित रहेकी ४५ वर्षीया दौनादेवी सदा दिनभरि नै तरकारीलाई स्याहरसुहारमा व्यस्त रहेकी हुन्छिन् ।
गौशाला नगरपालिकाले भर्लेनी र सोनी खोलाको बगरको खाली जग्गा स्थानीय ६० मुुुुसहर घरपरिवार निःशुल्करुपमा जग्गा उपलब्ध गराएको थियो । सो जग्गामा नमूना बगरखेती गर्न ती समुदाय जुटेका हुन् ।
रामभरोस महतोले तरकारी खेतीबाट आफूहरुको जीवनशैली परिवर्तनको र आम्दानी समेत बृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बगरमा मुसहर समुदायले उत्पादन गरेको तरकारीखेती नमूना रहेको र यसले यहाँका अन्य किसानलाई समेत लोभ्याउँदै गरेको छ ।”
बेलगाछीमै रहेको जनजागरण कृषि सहकारी संस्थाले उनीहरुलाई तरकारीखेती गर्नका लागि समयसमयमा प्रशिक्षण र जैविक प्रविधिले खेती गर्न हौसला बढाइएको छ ।
सस्थाका अध्यक्ष काशी महतोले सहकारीले अहिले किसानलाई नर्सरी कसरी राख्ने, कति दूरीमा रोप्ने, सिँचाइ कसरी गर्नेलगायत सिकाइरहेको जानकारी दिनुभयो ।
बगरखेती गर्नका लागि गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा रु पाँच लाख बजेटले जग्गा सम्याउने र किसानलाई तरकारीखेती गर्नका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराएको थियो । नगरपालिकाले यस वर्ष १० लाख बजेटसमेत बिनियोजन गरेको नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताउनुभयो ।
Categorized in
चराको वासस्थानलाई जोगाइ राख्न स्थानीय जनप्रतिनिधिलाई ध्यानाकर्षण
Janjati Khabar – जनजाति खबर | २०७६ पौष ७, सोमबार
गुल्मीको रेसुङ्गा वन क्षेत्रमा थप २० प्रजातिका चरा फेला परेका छन् । यस अघि यहाँ २०८ प्रजातिका चरा फेला परेकोमा थिए । नेपालमा ८८६ प्रजातिका चरा रहेका बताइएको छ ।
रेसुङ्गा संरक्षित वनमा पाइने विश्वकै दुर्लभ चराको बारेमा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले नेपाल पक्षी संरक्षण सङ्घ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले सदरमुकाम तम्घासमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा दुर्लभ प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुँदै गएको जानकारी दिइयो ।
नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले रेसुङ्गा वन क्षेत्रमा दुर्भल प्रजातिका चारको सङ्ख्या वृद्धि भएको वताउनुभयो ।
उहाँका अनुसार अनुसार विश्वमै दुर्लभ प्रजातिका रुपमा रहेका चरामध्ये रेसुङ्गामा गोमायु महाचिल, सुन गिद्ध, सेतो गिद्ध, डङ्गर गिद्ध, क्षेत्र समिति चरा, कस्मेरी मट्टा र काँडेभ्याकुरलगायतका दुर्लभ प्रजातिका चरा रहेको छन् ।
विश्वमा नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा वन क्षेत्रमा पाइने भएका कारण यसको संरक्षणका लागि भन्दै अति सङ्कटापूर्ण अवस्थामा रहेका चराको वासस्थानलाई जोगाइ राख्न स्थानीय जनप्रतिनिधिको भूमिका थप महत्वपूर्ण रहने कार्यक्रममा बताइएको थियो ।
नेपाल पक्षी संरक्षण सङ्घ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।
गुल्मीलाई भविष्यमा चरा पर्यटकको रुपमा विकास गर्न सकिनेमा जनप्रतिनिधिले धारणा राख्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिले वन संरक्षण, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा आआफ्नो क्षेत्रबाट सहयोग आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रमका सहभागीले दुर्लभ प्रजातिका चरा संरक्षणको मुख्य चुनौती र समस्याको रुपमा वासस्थानको अभाव, वासस्थान परिवर्तन, वनक्षेत्रमा विद्युतीय तार, खानेपानीको अभाव, वन डढेलो र वन्यजन्त्तु र चराचुरुङ्गीको अवैध शिकारजस्ता कारण मुख्यरुपमा रहेको औल्याउनुभएको थियो ।
नेपाल पक्षी संरक्षण सङ्घले गुल्मीमा डिभिजन वन कार्यालयसँग सहकार्य गर्दै दुर्लभ प्रजातिका चरा र जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ । विगत पाँच वर्षदेखि गुल्मीको रेसुङ्गा, बलीथुम, पराल्मी र जुभुङमा सम्भावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा ती सस्थाले संयुक्त सहकार्यमा काम गर्दै आइरहेको छन् ।
Categorized in
Pages