STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

स्थानीयको गुनासो ः गाडी आएर के गर्नु, खेतबारी बाँझै छन् रु

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २६, बिहिबार

नलगाड नगरपालिका–८ का धर्मबहादुर खत्री अहिले ६७ वर्षका हुनुभयो । यहाँ सानो हुँदादेखि गाउँमा पानी ल्याएर जग्गा जमीनमा सिँचाइ गर्ने कुरा उठ्दै आएको थियो । सानो छँदा उठेको कुरा उहाँले उमेरले सात दशक टेक्न लाग्दासम्म पूरा हुन सकेको छैन । उहाँका बाबाको सपना, उहाँको सपना र उहाँका छोराका सपना सबै पानी ल्याएर घर नजिकैको खेतबारी सिँचाइ गरेर वर्षे र हिउँदेबाली लगाएर मनग्य आम्दानी गरी वर्षभरि आफँैले उत्पादन गरेको खाद्यान्न प्रयोग गर्नुथियो । उहाँ भन्नुहुन्छ, “हाम्रो सीमा गाउँमा हजुरबुबादेखिको सपना, मेरो छोरा आधा उमेर पुगुञ्जेलसम्म पूरा हुन सकेन, आजभोलि नाति, नतिना खेतबारी लगाउनै अल्छी मान्न थाले ।” विकासको नाममा सडक आएको छ, मोबाइल फोनमा घरभित्रैबाट देश, विदेशमा कुरा गर्न सकिन्छ तर पेट भर्नका लागि चाहिने खाद्यान्न उत्पादन गर्ने मुख्य जमीन भने वर्षेनी हिउँद याममा बाँझो रहँदै आएको छ । त्यस्तै अर्का ५६ वर्षीय कलीमान कामी भन्नुहुन्छ, “गाडी, मोटर त हिउँद याममा घर नजिकै आउँछन्, चढेर आउने सजिलो त भयो, खेतबारीमा उत्पादन भने केही पनि छैन, सबै जग्गा जमीन बाँझै छ,उत्ता पठाउँदा खाली जान्छ ।” कति पटक हामीले सिँचाइका लागि सबैलाई अनुरोध गरिसकेम तर कसैले पनि ध्यान दिँदैनन् उहाँले थप्नुभयो, “हामीले हाम्रो जमीनमा आफैँले उत्पादन गरेको अन्नले वर्षभरि खाना पुग्ने वातावरण सरकारले तयार गरोस्, त्यही माग रहेको छ ।” काम गर्ने तर भोकै मर्ने विधिको अन्त्य होस् भन्दै अर्का कृषक हरिबहादुर खत्री भन्नुहुन्छ, “किसानको जीवनस्तर माथि नउठेसम्म, नयाँ नेपालको सपना पूरा हुन सक्दैन रु त्यसैले कृषकको अवस्था बदल्नतिर सबै तहका सरकार लाग्नुपर्ने हाम्रो माग हो ।” पर्याप्त सिँचाइ, कृषि प्राविधिक र बीउको व्यवस्थापन गरी कृषकको ऊर्जाशील समयलाई सदुपयोग गर्नसमेत खत्रीले अनुरोध गर्नुभयो । खेतबारी सिँचाइ गर्नका लागि पानी छैन, घरमा बसेर के काम भो र रु हामी खाद्यान्न लगाएका वस्तुको खरिद गर्ने रकम कमाउन भारत जाने गरेको पीडा कृषक मनबहादुर खत्रीले दुखेसो पोख्नुभयो । दशैँ, तिहारजस्ता पर्व मनाएर भारत तथा काठमाडौँमा गएर मजदूरी गर्न बाध्य हुनुपरेको छ, सबै सुविधा भएको भए आफ्नै बाँझो जमीनमा तरकारी, खाद्यान्न उत्पादन गरेर पेटभरी खाने मात्र होइन, बजारसम्म लिएर बिक्री गरी अर्थ उर्पाजनको काममा लाग्ने इच्छा रहेको खत्रीको भनाइ छ । घरमा छोराछोरी श्रीमती अनि आफन्तसँग बसेर आफ्नै खेतबारीमा खाद्यान्न उत्पादन गर्ने इच्छा हुँदाहुँदै पनि थाकथलो छाडेर छ महिना बाहिर बस्नु रहर नभई बाध्यता भएको तासेका इन्द्रबहादुर खत्रीले बताउनुभयो । “दुई वर्ष पहिले नजिकै पानी घट्ट थिए, एक घण्टा टाढा रहेको खोलाबाट पाइपमा पानी ल्याएर केही पैसा भएका गाउँले मिलेर जमीन सिँचाइ गरी तरकारी उत्पादनसम्म गरिन्थ्यो, अहिले सडक निर्माण भएसँगै पानी स्रोत पुरिएका कारण अन्न पिस्ने पानी घट्टसमेत बन्द भएका छन्, सिँचाइका लागि राखिएका पाइपसमेत खोलामा पानी नहुँदा रित्तो भएको छ”, काङजाका मानबहादुर खत्रीले भन्नुभयो । सडक निर्माणसँगै अधिकांश ठाउँमा पानीका मुहान पुरिँदा सिँचाइ सुविधाबाट सयौँ गाउँलेका खेतबारी बाँझै रहेका छन् । पानीकै अभावमा पानी घट्टसमेत बन्द भएको स्थानीयवासी बताउँछन् । सडकमा हिउँद याममा मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् भने कृषकका खेतबारी वर्षायाममा आकाशे पानीको भरमा मात्र मकैखेती लगाउन मिल्ने भएको कृषक बताउँछन् । जिल्लामा रहेका सिँचाइ कार्यालयले योजना प्राथमिककीरण गर्न नसक्दा जिल्लाका सबै ठाउँमा सिँचाइ सुविधा पुग्न नसकेको आरोप लाग्ने गरेको छ । पहुँचको भरमा सिँचाइ आयोजना छनोट हुने र निर्माण भएका आयोजनासमेत दिगो नहुँदा वर्षेनी करोडौँ रकम फजुलमा खर्च भएको नागरिक अगुवाको तर्क छ । स्थानीय सरकारले समेत सिँचाइ सुविधाभन्दा सडक निर्माणलाई पहिलो प्राथमिकता दिँदा कृषकको माग सम्बोधन हुन सकेको छैन । सिँचाइ कार्यालयले अहिलेसम्म जाजरकोटको कति भागमा सिँचाइ पुगेको छ भन्ने तथ्याङ्कसमेत निर्माण नगरेको बताएको छ । जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा नहुँदा वर्षायाममा मात्र खेती हुने गर्दछ भने हिउँद याममा बाँझो रहने गरेको छ । यसले गर्दा बाहिरबाट आयतित खाद्यान्नले यहाँका स्थानीयवासी छ महिनाभन्दा बढी निर्भर हुने गरेका छन् ।
Categorized in

स्थानीय तहको प्रतिबद्धताः वातावरण संरक्षण

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १०, मंगलबार

बझाङ जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले वातावरणमा पर्नसक्ने असरलाई ध्यानमा राखी नौबुँदे प्रतिबद्घता व्यक्त गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले गरेको एक कार्यक्रममा १२ वटै स्थानीयतहका जनप्रतिनिधिले सामूहिकरुपमा प्रतिबद्घता व्यक्त गरेका हुन् । जसमा स्थानीय सरकार सञ्चालन ऐनअनुसार आगामी दिनमा सडक निर्माण गर्दा सडक गुरुयोजना बनाइने, वन तथा वातावरणको क्षेत्रमा बजेट विनियोजन गरी विपद् कोषको स्थापना गर्ने, फोहर व्यवस्थापन कार्यविधि बनाई, फोहर व्यवस्थापनका लागि डपिङ साइडको व्यवस्था गरिने, सेती नदी र जलाधार क्षेत्रमा फोहर नफाल्नेलगायतका प्रतिबद्घता जनाएका हुन् । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले भन्नुभयो, “बझाङ जिल्लामा जथाभावी सडक निर्माणका कारण वातावरणमा क्षति पुगेकाले आगामी दिनमा सडक विस्तार गर्दा दिगो र वातावरणलाई समेत मध्यनजर गर्दै, वातावरणमैत्री सडक निर्माण तथा जुनसुकै काम गर्दा पनि वातावरण क्षेत्रलाई ध्यानमा राखेर गर्न स्थानीयतहलाई आग्रह गर्नुभएको छ ।” प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बझाङ जिल्लामा पहिलेको तुलनामा डोजरको प्रयोग तथा सडक निर्माणको होडबाजी कम भएको र वातावरणीय मूल्याङ्कन गरेर आवश्यक ठाउँमा मात्रै सडक निर्माणका लागि डोजर लगाउनुपर्नेमा जोड दिँदै वातावरणमैत्री भौतिक संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । नेपाल वातावरण पत्रकार समूहका कोषाअध्यक्ष सविन शर्माले वातावरण संरक्षणमा सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
Categorized in

विद्युत् लाइन पुगेसँगै ताङतिङगाउँमा खुशीयाली

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ८, आइतबार

कास्कीको मादी गाउँपालिका–२ को पर्यटकीय क्षेत्र ताङतिङगाउँमा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पु¥याइएपछि खुशीयाली छाएको छ । विसं २०५४ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा गाउँ नजिकको खोलाबाट २७ किलोवाट क्षमताको लघुजलविद्युतमार्फत बत्ती बाल्दै आएका स्थानीयवासी मागअनुसारको बिजुली बाल्न पाएका थिएनन् । लघुजलविद्युतले गाउँ नै उज्यालो बनाए पनि केही वर्षअघिदेखि ठूला विद्युतीय सामग्री सञ्चालन गर्दा पावर नधान्ने तथा पटक–पटक बत्ती गइरहने समस्या भोग्दै आएका स्थानीयवासी प्राधिकरण लाइन विस्तारसँगै खुशी भएको सो वडाका वडाध्यक्ष एकजङ्ग गुरुङले बताउनुभयो । वडाका १८३ घरधुरीमा नै बत्ती पु¥याउने योजनाअनुसार अधिकांशमा लाइन जोडिसकिएको बताउँदै अध्यक्ष गुरुङले भन्नुभयो, “गाउँलेमा अहिले खुशीको सीमा छैन, बिजुलीको समस्याबाट हैरानी पाएका हामीहरुले लामो प्रयत्नपछि बत्ती बाल्न पाएका छौँ ।” गत आव २०७५÷७६ मा घ्याब्राङ, सेतीखोला रोँहीगाउँसम्म प्रसारण लाइन पुगेकामा चालू आवको चार महिनामा पाँच किमी लाइन विस्तार गरेर माथि ताङतिङसम्म प्रसारण लाइन पु¥याइएको हो । गाउँका धेरै घरमा अहिले होमस्टे ९घरवास० शुरु भएको छ । गाउँमा पाहुना बढ्दै जाने तर बत्ती नभएर अँध्यारोमा राख्नुपर्ने समस्या हटेकाले पर्यटकलाई समेत सहज हुने विश्वास स्थानीयवासी गुमान गुरुङले व्यक्त गर्नुभयो । प्राधिकरण लेखनाथ शाखा प्रमुख पवन पौडेलले ताङतिङ नजिकको मादी वडा नं १ का सोधा, खिलाङ, पार्चे र सिक्लेसमा समेत केही महिनाभित्रमा केन्द्रीय प्रसारण लाइन पु¥याइने जानकारी दिनुभयो । –––
Categorized in

स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोले

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ८, आइतबार

तनहुँ जिल्लाका स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोलेका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँका स्थानीय तहले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५÷७६ मा सडकको नयाँ ट्र्याक खोलेका हुन् । भानु नगरपालिकाले १० किमी नयाँ ट्र्याक खोलेको छ भने ३० किमी सडक ग्राभेल गरेको छ । भीमाद नगरपालिकाले ११ किमी नयाँ ट्र्याक खोलेको छ भने १९ किमी कालोपत्र र तीन किमी सडक ग्राभेल गरेको छ । शुक्लागण्डकी नगरपालिकाले १३।०५ किमी नयाँ ट्र्याक खोलेको छ भने ४।५२ किमी सडक कालोपत्र र २४।६८ किमी सडक ग्राभेल गरेको जनाएको छ । यस अवधिमा नयाँ ट्र्याक नखोलेको व्यास नगरपालिकाले भने ५।५९ किमी सडक कालोपत्र र २३।१० किमी सडक ग्राभेल गरेको छ । आँबुखैरेनी गाउँपालिकाले १४।५ किमी नयाँ ट्र्याक खोलेको छ भने ०।४ किमी सडक कालोपत्र र ०।४ किमी सडक ग्राभेल गरेको छ । म्याग्दे गाउँपालिकाले चार किमी नयाँ ट्र्याक खोलेको छ भने ३।८ किमी ग्राभेल र ४२ किमी सडकको विस्तार गरेको छ । त्यस्तै देवघाट गाउँपालिकाले २६।५ किमी नयाँ सडकको ट्र्याक खोलेको छ । घिरिङ, ऋषिङ र बन्दीपुर गाउँपालिकाले भने यस अवधिमा नयाँ ट्र्याक खोल्न नसकेको बताएका छन् । ऋषिङ गाउँपालिकाले भने चार किमी सडक कालोपत्र र १६८ मिटर सडक ग्राभेल गरेको छ । बन्दीपुर गाउँपालिकाले पनि दुई किमी सडक कालोपत्र गरेको छ । म्याग्दे गाउँपालिकाले सात वटै वडामा महत्वपूर्ण सडक पहिचान गरी उक्त सडकमा बाह्रै महिना सवारी सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । साथै चालू आर्थिक वर्षमा चार महत्वपूर्ण सडकखण्डको डिपिआर तयार गरी पक्कीनाला र कालोपत्र शुरु गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । नागिलाका अनुसार नयाँ ट्र्याक खोल्दा अनिवार्यरूपमा सडक छ मिटर हुनुपर्ने मापदण्ड कायम गरिएको छ । बढी कर तिर्ने करदातालाई सम्मान आन्तरिक राजश्व कार्यालय दमौलीले गत आव २०७४÷७५ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । कर सप्ताहको अन्तिम दिन कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी तनहँु, लमजुङ र गोरखाका करदातालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा तनहुँको रोयल सहकारी संस्था लिमिटेड, लमजुङको ग्लोबल आइएमई लघुवित्त संस्था लिमिटेड र गोरखाको सत्यसाई हार्डवेयर एण्ड सप्लायर्स रहेको छ । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले रोयल सहकारीका अध्यक्ष कृष्णराज पण्डित, ग्लोबल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किरण कुँवर र सत्यसाई हार्डवेयरका सञ्चालक देवमाया मास्केलाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो । –––
Categorized in

खरका छाना विस्थापन गरिँदै

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ३, मंगलबार

खरका छाना विस्थापित गर्ने भन्दै बागलुङ नगरपालिकाले विपन्न परिवारमा जस्तापाता वितरण अभियान थालेको छ । ‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन गरेर नगरका १४ वटै वडामा खरका छाना विस्थापनको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । कार्यक्रमअन्तर्गत खरका छाना रहेका परिवारका लागि नगरपालिकाले जस्तापाता निःशुल्क उपलब्ध गराउने भएको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर खरका छाना रहेका परिवारले जस्तापाता लिन प्रस्ताव आह्वान गरेको थियो । एक सय ६४ जनाले प्रस्ताव पेश गरेका नगरको महिला विकास शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीले बताउनुभयो । यस वर्षका लागि विनियोजन भएको रु १५ लाख बजेटबाट ४० खरका छाना विस्थापित हुँदैछन् । नगरपालिकाले प्रस्ताव गरेका घरमा प्राविधिक खटाएर घरको अवस्था र आवश्यक जस्तापाताका विषयमा लगत सङ्कलन गरेको थियो । तत्कालै परिवर्तन गर्नुपर्ने घरको पहिचान गरेर पहिलो चरणमा जस्ता वितरण गरेको रेग्मीले बताउनभयो । सोमबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले खरका छाना भएका परिवारका लागि जस्तापाता हस्तान्तरण गरेको थियो । जस्तापाता हस्तान्तरण गर्दै प्रमुख पौडेलले गरीबीका कारण खरका छानामा बस्न बाध्य भएकालाई अनुदान दिएको बताउनुभयो । यो वर्षको कार्यक्रममा जस्तापाता पाउनेमध्ये सबैभन्दा धेरैवडा नं ११ रायडाँडा र वडा नं १० भकुण्डेमा सात÷सात परिवार छन् । वडा नं १४ नारायणस्थानमा एक परिवारले मात्रै यो वर्ष जस्तापाता पाउने तथ्याङ्क नगरपालिकामा छ । प्रस्ताव आह्वानका क्रममा कतिपय वैकल्पिक व्यवस्था भएका घरले समेत माग गरी फारम पठाएकाले स्थलगत अनुगमन गरेर घर पहिचान गरेर मात्रै जस्तापाता वितरण गर्न लागिएको हो ।
Categorized in

समाचार प्रभाव बलियो ओत लाग्दै चन्द्रमायाको परिवार

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ३, मंगलबार

टहरामा कयौँपटक हुरीबतास र बर्षा झेल्दै आउनुभएकी एकल महिला चन्द्रमाया प्रधानको घर बन्ने भएको छ । त्रिपाल र बोराले टालटुल गरेको टहरो उडाएर बास उखेल्ला भन्ने चिन्ता उहाँको मनबाट विस्तारै हट्न थालेको छ । गत जेठमा चन्द्रमायाको कठिन जीवनशैलीबारे राससमा समाचार प्रकाशित भएपछि उहाँको घर बनाइदिन अभियन्ताले चासो देखाउँदै आए । राष्ट्रिय पोशाकका अभियान्ता राजानन्द माण्डव्यको अगुवाइमा अहिले घरको जग पूजा गरिएको छ । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बनेपा निवासी सुरकृष्ण वैद्य, इँटा उद्योग व्यवसायी सङ्घका जिल्ला अध्यक्ष जितेन्द्र खयामलीलगायत स्थानीय व्यवसायीले निर्माण सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “राससमा प्रकाशित समाचारले मन छोएको थियो, अब चन्द्रमायाको घर बनाउने अभियान नै चलाउँछौँ”, माण्डव्यले भन्नुभयो । उहाँका अनुसार चन्द्रमायाको घर बनाउन विभिन्न क्षेत्रका व्यक्तिबाट पनि सहयोग प्राप्त भइरहेको छ । बनेपा नगरपालिका–७ झापालीटोलस्थित चन्द्रमायाको घर चार वर्षअघिको भूकम्पले भत्काइदियो । दुई छोरीका साथ टहरामा बस्दै आउनुभएकी चन्द्रमायालाई पनि जेठी छोरी जन्मजात शारीरिक अपाङ्गता र सुस्त मनस्थितिकी १२ वर्षकी रमिलाको गत जेठमा राति सुतिरहेका बेला मृत्यु भयो् । छयालीस वर्षीया चन्द्रमायाका श्रीमान् रामभक्त पनि १० वर्षअघि बित्नुभयो । बनेपा शहरको बीच भागमा वरिपरि अग्ला पक्की घरले घेरिएको तीनधारा गल्लीमा छ उहाँको असुरक्षित टहरो । भत्किएको घर पन्छाएर एकछेउमा बनाएको टहरा, जहाँ झरीमा पुराना जस्ताका प्वालबाट तप्तप् पानी चुहिन्छ र गर्मीमा हप्हप् हुने गर्दछ । घरको जग पूजा गरेपछि चन्द्रमायाले भन्नुभयो, “अब घरभित्र बस्न पाइएला कि १” उहाँलाई घर बनेपछि भएकी एउटी छोरीलाई सुरक्षितसँग हुर्काउनेबाहेक कुनै रहर देखिन्न । अपाङ्गता भएकी छोरीलाई जसोतसो हुर्काइरहेकी चन्द्रमायालाई श्रीमान् बितेकै बखत सुत्केरी हुनुभयो । जसोतसो दुई छोरीलाई बत्ती काटेर हुर्काइरहेकी चन्द्रमायालाई विसं २०७२ वैशाख १२ को भूकम्पले अर्को बज्रपात ग¥यो । हेर्दाहेर्दै उनकै आँखै अगाडि तीनतले घर ढल्यो । रमिला र प्रमिलालाई च्यापेर घिस्रिदै तीन प्राण बचेको घटना सम्झँदा चन्द्रमाया अझै पनि भक्कानिनुहुन्छ । “भूम्कपले त्यही सबैको प्राणपखेरु छिनाइदिएको भए यसरी दुःखमाथि दुःख त झेल्नु पर्दैनथ्यो”, चन्द्रमायाले रुँदै भन्नुभयो, “एकातिर सुरक्षित बास छैन, अर्कोतिर गाँस छैन, अब बचेकी एक छोरीलाई हुर्काउनु त छँदै छ, सकेसम्म उनलाई शिक्षा पनि दिनु छ ।” भूकम्पले घर भत्किएपछि सबैले घर ठड््याए । तर, लामो समयसम्म चन्द्रमायाको परिवार भूकम्प लाभग्राहीमा सूचीकृत भएन । भूकम्पपछि बनेपास्थित पुण्यमाता किनारमा भाडामा जसोतसो एउटा टहरो बनाएपछि जग्गा कारोवारीले एक वर्षमै जग्गा बेचियो भनेर हटाइदिए । त्यसपछि पनि नजिकै रहेको किनारमा टहरो सारेर बस्नुभएकी चन्द्रमायालाई भत्केको घर नाप्न कहिले सर्वेक्षणकर्ता आए, गए के पत्तै भएन । पुण्यमाताको नदी किनारमा भाडा तिरेर बस्दा पनि निकै पटक बाढीको सामना गर्नुप¥यो चन्द्रमायाले । “जसोतसो अहिले त भूकम्पपीडित लाभग्राही सूचीमा त परेँ, तर घर बनाउन सक्ने औकात छैन”, उहाँले पीडा व्यक्त गर्नुभयो । वडाध्यक्ष वर्ण शाक्यले नपाका इञ्जिनीयरलाई घरको डिजाइन र मूल्याङ्कन गर्न लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “चन्द्रमायाको आवासका लागि वडा कार्यालयले आवश्यक कागजात मिलाइ पुनःनिर्माण प्राधिकरणलाई एकै पटक अनुदान दिन अनुरोध गर्नेछौँ र अभियन्ताबाट आएको सहयोगबाट घर पूर्ण बनाइदिनेछौँ ।” ९तस्वीर उपलब्ध छ०
Categorized in

कृषिजन्य वस्तुले बजार भाउ पायो

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २, सोमबार

कैलालीको चुरे गाउँपालिका–४ खैरालासम्म मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको छ । सुन्तला, अदुवा, भटमास, बेसार, केरा, मकै, खसीबोका, घ्यूलगायत कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको हो । यसपालि सुन्तला उत्पादक किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका छन् । मोटरबाटोको अभावमा विगतमा खैरालाका सुन्तला उत्पादक किसानले डोकोमा बोकेर कैलालीको चौमाला बजारमा बिक्री गर्दै आएका थिए । गत वर्ष चौमालामा प्रतिकिलो रु ५० का दरले सुन्तला बिक्री गरेका खैरालाका किसानले यसपालि बारीबाटै प्रतिकिलो रु ९० का दरले सुन्तला बिक्री गरिरहेको स्थानीय कृषक गणेश चन्दले बताउनुभयो । “गत वर्ष चौमालाबजार पु¥याएर पनि रु ३० देखि ५० का दरमा सुन्तला बेचेका थियौँ”, उहाँले भन्नुभयो, “यसपालि बारीमै आएर व्यापारीले रु ९० मा खरिद गरेर लगे । धनगढी, अत्तरिया वा अन्य बजारमा अन्य ठाउँको सुन्तला अहिले रु सय प्रतिकिलोका दरले बिक्री भइरहेको छ भने खैरालाको सुन्तलाको मूल्य प्रतिकिलो रु १५० रहेको छ । खैरालामा उत्पादित कृषिजन्य वस्तु धनगढी, अत्तरिया, चौमाला लगायतको बजारमा पठाइने गरेको छ । खैरालाको गर्भासम्म मोटरबाटो पुगेपछि यहाँका किसानलाई सुन्तलालगायत कृषिजन्य वस्तु बजारमा पठाउन सजिलो भएको स्थानीयवासीको भनाइ छ ।
Categorized in

चौरासी पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २, सोमबार

अर्घाखाँचीको पोखराथोकका एक वृद्ध दलितले चौरासी पूजा नगरी विद्यालयलाई ११ रोपनी जग्गादान गर्नुभएको छ । चौरासी पूजामा गरिने फजुल खर्चभन्दा विद्यालयमा गरिने दानले भविष्यका बालबालिकालाई समेत शिक्षाको ज्योति फैलाउने भन्दै पाणिनी गाउँपालिका–२ पोखराथोक रयलेका ८४ वर्षीय रविलाल सार्कीले विद्यालयलाई जग्गादान गर्नुभएको हो । उहाँले पाणिनी गाउँपालिका–३ खिदीममा रहेको ११ रोपनी जग्गा र नगद रु पाँच हजार पाणिनी–२ पोखराथोकको रयलेमा रहेको चित्ररम्भा आधारभूत विद्यालयलाई प्रदान गर्नुभयो । चौरासी पूजामा खर्च नगरी जग्गानै विद्यालयलाई दिएको र उक्त जग्गाले विद्यालयको श्रीवृद्धिमा काम गर्ने भएकाले उक्त जग्गादान गरेको ८४ वर्षीय वृद्ध सार्कीले बताउनुभयो । आफूले गरेको काम सबैका लागि प्रेरणा हुने सार्कीको भनाइ छ । विद्यालयमा एक कार्यक्रमका बीच उक्त जग्गाको लालपुर्जा वृद्ध सार्कीले वडाध्यक्ष नेत्रप्रसाद भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि गैरेलाई हस्तान्तरण गर्नुभयो । “एक दलित परिवारको वृद्ध भएर पनि मन ठूलो बनाएर विद्यालयलाई जग्गा दान गरी समाजकै उदाहरणीय काम गरेका छन् । यसबाट हामी सबैले सिक्न जरुरी छ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो । विद्यालयको विकासमा यो जग्गादानले उल्लेखनीय भूमिका खेल्नेछ । कार्यक्रममा शिक्षक अविभावक सङ्घका अध्यक्ष माधव गौतम, समाजसेवी रामचन्द्र गौतम विद्यालयका प्रधानाध्याक रामकुमार छिनालले दाता सार्कीको कार्यको प्रसंशा गर्नुभएको थियो ।
Categorized in

सडक निर्माण हुन लाग्दा स्थानीयवासी खुशी

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २८, बिहिबार

कैलालीको भजनी नगरपालिका–१ को भजनी–सुखड सडकखण्ड निर्माण हुन थालेपछि स्थानीयवासी खुशी भएका छन् । कालोपत्र भएर पनि ठुल्ठूला खाल्डाखुल्डीका कारण वर्षेनी सास्ती खेप्दै आएका स्थानीयवासी सो सडकखण्डलाई नगरपालिकाले निर्माण गर्न थालेपछि खुशी भएका हुन् । आर्थिक वर्ष २०७५÷७६ उक्त सडक निर्माणका लागि नगरपालिकाले रु एक करोड ९५ लाख बजेट विनियोजन गरेको थियो । बजेट गत आवमै विनियोजन भए पनि गत आवको असारमा सम्झौता भएका कारण सडक निर्माणको काम हाल आएर शुरु भएको भजनी नगरपालिकाका इञ्जिनीयर भक्तराज जोशीले बताउनुभयो । असार मसान्तमा सम्झौता भएका कारण सडक निर्माणको काम समयमै सम्पन्न हुने भने देखिँदैन । काम शुरु भइसकेको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले पुस महिनासम्म काम सक्नुपर्नेछ । इञ्जिनीयर जोशीले भन्नुभयो, “वर्षात्को समयमा काम हुन सकेन, त्यसकारण काम ढिलो हुने देखिएको छ ।” भजनी बजारदेखि सुखड सडकखण्डको ९०० मिटर सडक निर्माणको काम केएन कन्स्ट्रक्सन धनगढीले गर्दै आएको छ । पुरानो सडकको चौडाइ तीन मिटर मात्र थियो भने हाल निर्माण हुनलागेको सडकको चौडाइ १० मिटर रहेको कन्स्ट्रक्सनका प्रबन्धक निर्देशक खगेन्द्र मौनीले बताउनुभयो । उहाँले पुरानो सडकलाई उखेलेर नयाँ निर्माण गरिने बताउँदै सडक निर्माणको काम आफूहरूले ४६ दशमलव ५ प्रतिशत बिलोमा गरेको बताउनुभयो । निर्देशक मौनीले सडकमा खानेपानीको पाइपहरू भएका कारण काम गर्न समस्या भइरहेको भन्दै नगरपालिकाले जतिसक्दो छिटो खानेपानीको पाइपलाई व्यवस्थापन गर्न सक्यो त्यति नै छिटो काम सम्पन्न हुने बताउनुभयो । “हामीले ग्राभेल हाल्ने काम शुरु गरिसकेका छौँ । खानेपानीको पाइपका कारण कामले गति लिनसकेको छैन”, मौनीले भन्नुभयो, “नगरपालिकाले काम गर्ने सहज वातावरण बनाइदियो भने र स्थानीयवासीले सहयोग गरे काम गर्न सहज हुन्थ्यो ।” स्थानीयवासी अर्जुन खत्रीले बजार क्षेत्रमा सडक साँघुरो र खाल्डाखुल्डी भएकै कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै गएकामा नगरपालिकाले बजार क्षेत्रमा मात्रै भए पनि सडक निर्माणले भजनी बासिन्दालाई सहज हुने बताउनुभयो । उहाँले भजनीदेखि सुखडसम्मको सडकको अवस्था नाजुक भए पनि सडक निर्माणमा कुनै निकायको ध्यान नजाँदा जोखिमको यात्रा गर्न स्थानीयवासी बाध्य भएको बताउनुभयो । भजनी–सुखड सडकखण्ड करीब २४ किलोमिटर रहेको छ भने भजनी नगरपालिकाको क्षेत्रमा करीब १४ किलोमिटर पर्दछ । नगरपालिकाले ९०० मिटर सडक निर्माण गरे पनि यसलाई क्रमागतरूपमै भए पनि सडकको स्तरोन्नति गर्दै लैजाने नगरप्रमुख शेरबहादुर चौधरीले बताउनुभयो । उहाँले स्थानीय जनताको आशा र अपेक्षाअनुसार नै नगरपालिकाले काम गर्दै आएको बताउँदै निर्वाचनको समयमा जनतासँंग गरेका बाचाहरू पूरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहिलो लक्ष्य भनेको सबै नगरवासीको घरसम्म सडक सञ्जाल जोड्नु हो, त्यो संँगसँगै कृषि, स्वास्थ्य र शिक्षामा समेत नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ ।” नगरप्रमुख चौधरीले भजनीवासी जनताका लागि नै आफूहरूले काम गरिरहेको बताउनुभएको छ ।
Categorized in

वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २७, बुधबार

बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ । यही कात्तिक २३ र २६ गते जङ्गलमा घाँस दाउरा काट्न गएका दुई महिलाले बाँघको आक्रमणबाट ज्यान गुमाउनुपरेको छ । विसं २०७५ माघदेखि हालसम्म पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सातको मृत्यु भइसकेको छ । निकुञ्ज तथ्याङ्कअनुसार बाघको आक्रमणमा परेर बर्दियामा चार र बाँकेमा तीनको ज्यान गइसकेको छ । कात्तिक २३ गते शनिबार जङ्गलमा घाँस काट्न जाँदा कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र मङ्गलबार राप्तीसोनारी–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको छ । वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताउनुभयो । बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका कारण आिर्थक वर्ष २०७५÷७६ मा ४१८ घरधुरीमा क्षति पुगेको तथ्याङ्क छ । उनीहरूलाई क्षतिपूर्तिवापत निकुञ्जले रु ६० लाख ९३ हजार ४२ उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७४÷७५ मा बाँके निकुञ्जको वन्यजन्तुले ३०५ घरधुरीमा क्षति पु¥याएका थिए । उक्त आवमा वन्यजन्तुपीडितलाई रु १४ लाख २८ हजार ७२ रकम वितरण गरिएको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५÷७६ मा भएको सडक दुर्घटनामा ४५ वन्यजन्तु मारिएका छन् । निकुञ्जमा आव २०७४÷७५ मा ७२ वन्यजन्तुको मृत्यु भएको थियो भने आव २०७३÷७४ मा ८३ वन्जन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको थियो । आव २०७५÷७६ मा राष्ट्रिय निकुञ्जले ४३१ वन्यजन्तुको उद्धार गरेको छ । आव २०७४÷७५ मा ११ वन्यजन्तुको उद्धार गरेको निकुञ्जले जनाएको छ । मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्न थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाइ छ । सरकारी तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् । देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयवासीको सक्रियताले बाघको सङ्ख्या बढे पनि आहाराको कमीले मानव बस्तीमा पुगेर वन्यजन्तुको आक्रमण र मानव–वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरण गर्न सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने स्थानीयवासीको भनाइ छ ।
Categorized in

Pages