वस्ती र पुलनजिकैको नदीमा गोही छाडेकामा विरोध
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १७, मंगलबार
जिल्ला वन डिभिजन कार्यालय बाँकेले अन्यत्रबाट गोही ल्याएर राप्ती नदीमा छाडेपछि स्थानीयवासीले विरोध जनाएका छन् । राप्ती क्षेत्रमा बस्ती नजिकै नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका हुन् ।
राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिस नुहाउने, पूजापाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो स्थानमा गोही छाडेपछि विरोध शुरु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । वन डिभिजन कार्यालयले खजुरा गाउँपालिका उढरापुरका एक स्थानीयवासीको घरबाट उद्धार गरी करीब १२ किलोको एक वर्षको गोहीलाई राप्ती नदीमा आइतबार छाडेको थियो ।
स्थानीयवासीको विरोधपछि गाउँपालिकाले समेत चासो देखाएर तत्काल वन कार्यालयसँग सम्पर्क गरी तीन दिनभित्र गोहीको खोजी गरी अन्यत्र व्यवस्थापन गर्न सोमबार पत्र लेखेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले राप्ती नदी नजिकै गाउँबस्ती रहेकाले मानिसले नुहाउने तथा आवतजावत गर्ने हुँदा उच्च जोखिम बढाएकाले त्यहाँ नछाडेर जङ्गल क्षेत्रअन्तर्गत नदीमा छाडनुपर्ने भन्दै त्यसको व्यवस्थापनका लागि पहल गरेको बताउनुभयो ।
वन डिभिजन प्रमुख मोहनप्रताप श्रेष्ठले गाउँबस्ती नजिकै छाडिएकाले जोखिम बढाएको स्वीकार गर्दै सानो गोही भएकाले बग्न सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले त्यहाँ छाड्न नहुने गल्ती सच्याउँदै अब त्यसलाई खोजी गर्दा पनि फेला पर्न गाह्रो हुने बताउनुभयो ।
Categorized in
रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ९, सोमबार
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्। चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको रविको तर्फबाट वकालत गरेका अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए। थुनछेक बहस सकिएसँगै सोमबारै साँझ जिल्ला अदालत चितवनले यस्तो आदेश सुनाएको हो। सरकारका तर्फबाट यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापा तीनजना वकिलले बहस गरेका थिए। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको बहसमा ८ जना वकिलहरूले नाम टिपाएका जिल्ला अदालतले जानकारी दिएको छ।
Categorized in
असनको सम्पदा बचाउन गुथि संस्थानलाई बुझाएको ज्ञापन पत्रमा के छ ?
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ९, सोमबार
काठमाडौं महानगरपालिका २५ वडामा रहेको असनस्थित असं कोथुननी ऐतिहासिक सम्पदा मासेर गुथि संस्थानले एक नीजि कम्पनीलाई व्यापारिक कम्प्लेक्स बनाउनको लागि गरेको सम्झौता विरुद्ध हिजो आइतबार असं कोथुननी बचाऊ अभियानले गुथि संस्थानमा धर्ना कार्यक्रम गरी ज्ञापन पत्र साथै हस्ताक्षर बुझाएको छ । बचाऊ अभियानले गुथि संस्थानको प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा के के माग गरिएको छ रु ज्ञापन पत्रको विस्तृत विवरण पढ्नु होस् ।
गुठी संस्थान
केन्द्रीय कार्यालय
त्रिपुरेश्वर, काठमाडौं ।
विषय ः ज्ञापन पत्र
गुथि परम्परा नेपालीको धार्मिक, साँस्कृतिक र सामाजिक जीवनसँग अविछिन्न रुपमा सम्बन्धित विषय हुन् । त्यसैले यो नेपालीको स्वत्व र पहिचानसँग जोडिएको छ । गुठी संस्थानलाई गुथि परम्परा र सो परम्परा सञ्चालनको आयस्ता व्यवस्थापनको जिम्मा दिइएको हो । त्यस माथि अमानती गुथि सञ्चालनार्थ गुठी संस्थानको एकलौटी हकभोग रहने जग्गाको रेखदेख र व्यवस्थापन यो सँगै सम्बन्धित विषय रहेको छ । यी र यस्ता गुठी संस्थानको पूर्ण स्वामित्व रहेको घर जग्गा सम्पदा के कति संरक्षण गर्न सके, त्यस सम्बन्धि सन्तुष्टि, असन्तुष्टि, गुनासो वा व्यवस्थापन पक्षमा रहेका त्रुटी वा अनियमितताबारे थुप्रै चर्चा हुने गरेका छन् । यस प्रतिको जवाफदेहिता र उतरदायित्व गुठी संस्थानको हो, यसबाट संस्थान पन्छिन मिल्ने कुरा होइन ।
यस ज्ञापन पत्र मार्पmत गुठी संस्थानको पूर्ण स्वामीत्व स्थापित दुइ सम्पदा स्थल छाँयादेवी कम्प्लेक्स र असन कोथुननीमा गुठी संस्थानले खेलेको भूमिका जन अपेक्षित नरहेकोले ध्यानाकर्षण र खबरदारी गर्न चाहन्छौ । यस ज्ञापन पत्रमा १५००० नेपाली नागरिको संयुक्त जनअभिमतको रुपमा हस्ताक्षर रहेको समेत ध्यानाकर्षण गराउन चाहन्छौ ।
१० नेपालको साँस्कृतिक केन्द्र तथा बाणिज्य ब्यापारको ऐतिहासिक धरोहरको रुपमा रहेको असन बजारको पश्चिम तर्पm रहेको श्री ५ को बायु देबता गुथि जनिएको घरमा गरेको निर्णय र श्रृखलाबद्ध रुपमा गुठी संस्थानका पदाधिकारी र कर्मचारीहरुबाट ब्यक्त विचारप्रति असहमति प्रकट गर्दै ध्यानाकर्षण गर्न चाहन्छौ ।
उक्त घर गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको सम्पति हो । उक्त घर गुठी संस्थानको स्वामित्वमा रह्नुले त्यससँग सनातन कालदेखि चलिआएका धार्मिक साँस्कृतिक महत्व र परम्परा जोडिएको पुष्टि गर्दछ । त्यस घरमा ५०० वर्षभन्दा पुरानो अमिताभ बुद्धको मुर्ति रहेको छ । उक्त मुर्तिको कालखण्डबारे पुरातत्व विभागले समेत पुष्टि गरिसकेको छ । त्यस स्थानलाई अशोक बृक्ष विहार कोथुननी भनिन्छ । त्यसैले यस घर सम्पदा स्थल हो भन्नेमा दुइ मत छैन । तर गुठी संस्थान यस पक्षलाई स्वीकार गर्न तयार भएको सुन्नमा नआएकोमा हामी सम्पदापे्रमी अचम्भित भएका छौ । यस सम्पदालाई सम्पदा कै रुपमा संरक्षण, सम्बद्र्धन र पुननिर्माण गर्नुपर्दछ भन्ने माग यसै ज्ञापन पत्र मार्पmत राख्न चाहन्छौ । । त्यसका लागि गुठी संस्थानले २०७४ साल भदौ महिनामा बज्रयोगिनी सहकारी संस्थासँग यस सम्पदा स्थलमा विजनेस कम्प्लेक्स बनाउन गरेको २५ वर्षे अवधि रहेको सम्पदा संरक्षणका दृष्टिले दुषित करार सम्झौता खारेज गर्न जोडदार माग गर्दछौं । उक्त सहकारी संस्थासँग करार सम्झौता गर्दा भएका र देखिएका कमी कमजोरीहरुले अनियमितताको आशंका रहेकोले सो को समेत छानबीन गरी दोषीलाई कारवाही गर्न समेत माग गर्दछौ ।
उक्त करार सम्झौतामा देखिएका कमी कमजोरीहरु अलग्गै उल्लेख गरी संलग्न गरेका छौ ।
२० असन कोथुननी अर्को छायादेवी कम्प्लेक्स जस्तो नबनोस भन्ने हाम्रो चिन्ता हो । छाँयादेवी कम्प्लेक्स निर्माणले क्षति गरेको साँस्कृतिक सम्पदाबारे बिरोध सधै रहने नै छ । ठमेल भगवान बहालको पूर्व तर्फ रहेको कमलपोखरी मासेर छाँयादेवी कम्प्लेक्स बनाउने कामको भवन बन्नु अघि देखि नै सम्पदाप्रेमी अभियन्ताहरुले निरन्तर खबरदारी र बिरोध गर्दै आएका छौं । तर हाल आएर भवन बनी सकेको नाममा तैं चुप मैं चुपको स्थिति सिर्जना गर्न खोज्दैछ र बनीसकेको भवन भत्काउन माग गर्ने भनी उल्टै भवन बन्नु अघि देखि नै विरोधमा रहेका सम्पदा प्रेमी अभियन्ताहरुको मानमर्दन गर्न खोजिरहेको छ । उक्त पोखरी सम्पदा हो भन्नेमा कसैले अन्यथा भन्न सकेको छैन, तर संरक्षणमा अगुवा बन्नु पर्ने गुठी संस्थानको भूमिका अग्रणि र प्रभावकारी किन हुन सकिरहेको छैन रु यस सम्बन्धि गुठी संस्थानको ध्यानाकर्षण गराउदै सम्पदा संरक्षणमा लागेका जनतासँग सहकार्य गर्न माग गर्दछौं ।
३० मिति २०७६÷०४÷०५ मा सम्पदाप्रेमी अभियन्ताहरुले राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नेतृत्वमा सूचनाको हक प्रयोग गरी गुठी संस्थानको स्वामित्वको के कति जग्गा थिए, के कति ब्यक्तिको नाममा गए, के कति अतिक्रमणमा परे, र के कति कुन रुपमा प्रयोग भइरहेका छन् र गुठी संस्थानको भूमिका रहेको जात्रा पर्व सँस्कृति कुन कुन हुन् भन्ने जानकारी मागेकोमा यथाशिघ्र उपलब्ध गराउन समेत माग गर्दछौं ।
मूर्त अमूर्त सम्पदा संरक्षणको जिम्मा पाएको गुठी संस्थान आप्mनो जिम्मेवारीबाट पन्छिन पाउँदैन । यदि पन्छिने हो भने यस्को औचित्य समाप्त हुने र संरक्षणको जिम्मा जनताले लिनुपर्ने स्थिति आउने तर्पm सचेत गराउदै यस ज्ञापन पत्रमा उल्लेखित मागहरु गम्भिरतापूर्वक ग्रहण गर्नुहुन र कार्यान्वयन गर्नुहुन समेत ध्यानाकर्षण गराउन चाहन्छौ ।
असन कोथुननी अवस्थित श्री ५ को बायु देवता गुथि जनिएको गुठी संस्थानको छुट गुथि अन्तर्गतको घरमा भए गरेका क्रियाकलाप सम्बन्धि ध्यानाकर्षण गराउन खोजेका विषयबस्तुहरु तपसिलमा उल्लेख गरेका छौ ।
क) का।जि। का।म।पा। साबिक वडा नं। २७ हाल वडा नं २५ कि।नं। १७६७ क्षेत्रफल ०–८–०–३ को घरजग्गा नापी हुँदा ” बहाल तिरी घरमा बसि आएको देखिने ब्यक्तिहरुको नाम कैफियत महलमा जनाई जग्गा धनि महलमा गुठी संस्थान अन्तरगत श्री ५ को वायुदेवता गुठीको घरजग्गा भनि लेखाउन सम्बन्धित नापी शाखामा अनुरोध गर्ने ” भनि मिति २०३५।२।२०।६ गुठी संस्थानको निर्णय को अनुसार ३ नं नापी गोश्वारा, नक्साललाई पत्रबाट अबगत भएपछि ३ नं नापी गोश्वाराले मिति २०३६।३।१५ मा सोहि निर्णय बमोजिम कार्यवाही भैे त्यसको सम्बन्धि सबै पक्षहरुलाई जानकारी समेत दिएको देखिन्छ । यसै अनुसार १४ परिवारको नाम उल्लेख गरी फिल्डबुक खडा गरिएको र दर्ता श्रेस्ता पनि बनेको देखिन्छ । त्यसबेला सोही एउटै किताको उतर पश्चिम खण्डमा समान प्रकृतिमा बसेका एक जनालाई भने मोहीको हक प्रदान गरिएको देखिन्छ । तर १४ परिवारको हकमा भने गुठी संस्थानले राज गुठीको जग्गामा मोहियानी हक नलाग्ने निर्णय सुनाएको देखिन्छ । यसपछि सम्मानीत सर्बोच्च अदालतबाट पनि राजगुठीको जग्गामा मोहियानी हक लाग्ने ठहर हुँदैन भनी अन्तिम पैmसला भइ सकेको अवस्था देखिन्छ । तर पनि समान प्रकृतिको जग्गा र हैसियतमा रहेकाहरु मथि गुठी संस्थानले दोहोरो मापदण्ड अपनाएको देखिदा यस्तो किन भएको हो यो सम्बन्धि गुठी संस्थानको धारणा र निर्णय के हो रु प्रष्ट पारिदिनु हुन ध्यानाकर्षण गराउदछौ ।
ख) उक्त बायुदेबता गुठीको घरमा विगतमा तत्कालीन दरवारको हुकुम प्रमांगीको आधारमा तोकिएका तालुकदारहरुबाट बहाल असुल्ने गरिदै आएको थियो । हाल सो गुठीका तालुकदारले जग्गा धनी प्रमाण पुर्जामा साबिक जग्गा धनी ” श्री गुठी संस्थान ” को नाम हटाई ” श्री ५ को वायुदेवता गुठी ” मात्र उल्लेख भएको श्रेस्ता बनाई समेत बिभिन्न निकायहरुमा पेश गरी आफनो स्वार्थ अनुरुप अनिमियता गरि आइरहेको देखिन्छ । जग्गा धनी प्रमाण पुर्जामा ” श्री गुठी संस्थान ” जग्गा धनी जनिएकोमा कुन निकायले के कस्तो नियम बमोजिम गुठी संस्थान नाम हटाईयो रु गुठी संस्थान जग्गा धनी जनिएको जग्गा धनी प्रमाण पुर्जामा गुठीका तालुकदारले के कुन आधारमा श्री ५ को वायुदेवता गुठी मात्र उल्लेख भएको दर्ता श्रेस्ता बनायो रु यस सम्बन्धमा जानकारी हुँदा हुँदै गुठी संस्थानका जिम्मेवार पदाधिकारीले दर्ता श्रेस्ता किन फरक भयो भनि हालसम्म पनि आवश्यक छानबिन नगरिएको अबस्था छ । यस सम्बन्धमा गुठी संस्थानले आवश्यक अनुसंन्धान गर्न ध्यानाकर्षण गराउछौं ।
ग) गुठी संस्थान ऐन,२०३३ को दफा १९ मा सबै छुट गुठि राजगुठिमा परिणत भई त्यस्तो छुट गुठि को चलअचल जायजेथा देबमूर्ति सबै उपर छुट गुठिको भइराखेको सबै अधिकार गुठी संस्थानमा सर्नेछ र त्यस्ता छुट गुठिका गुठियार खान्गीदारको सबै अधिकार समाप्त हुनेछ भनि स्पष्ट ब्याख्या गरेको हुँदा श्री ५ वायुदेवता गुठी पनि छुट गुठी रहिरहेकोले त्यसको सम्पुर्ण स्वामित्व र दायित्व गुठी संस्थानमा सरी तालुकदार रहने प्रावधान नै विधिवत खारेज भईसकेको अवस्था छ । हाल बेसरोकारावाला उक्त गुठीका तालुकदारले माथि उल्लेखित घर भत्काई नयाँ घर निर्माण को लागी काठमाण्डौं महानगरपालिकामा नक्सा पासको लागी कार्यवाहि गरिरहेको प्रचलित गुठी संस्थान ऐन बिपरित छ । तालुकदारबाट छुट गुठी जग्गालाई गुठी तैनाथी जग्गा भनि गलत परिभाषीत समेत गरि आफनो स्वामित्व नै नभएको जग्गामा नयाँ घर निर्माण प्रकियाको लागि काम कारवाही कानून बिपरित रहेको छ । गुठी संस्थानका पदाधिकारीहरुले गुठी संस्थान ऐन बिपरित भइरहेको कार्यलाई मौन सहमति दिइ बसेको देखिदा यसमा अनिमियता भैरहेकोमा छानबिन गर्न ध्यानाकर्षण गराउछौ । साथै काठमाडौं महानगरपालिकाले कागजातको सामान्य जाँच नगर्नु, पुरातत्व विभागको र गुठी संस्थानको स्वीकृती नखोज्नु, र असन टोलमै आएर सर्जमीन नगर्नु, संधियार पुर्जी टाँस नगर्नु आदिबारे गुठी संस्थानले छानबिन अनुसन्धान गर्नुपर्ने हो होइन प्रश्न गर्न चाहन्छौ ।
घ) उक्त घर परिसरमा नापीको फिल्डबुकमा भू–वहाल वुझाई संन्तान दरसंन्तान भोगचलन गर्न पाउने उल्लेख भएबमोजिम गुठी संस्थान र पुस्तौंदखि बस्दै आएका १४ परिवार बीच आपसी सहमतिमा ती १४ परिवारले भू–वहाल वुझाई निरन्तर भोगचलन गर्ने पाउने, वहाल रकम प्रत्येक ५।५ वर्षमा पुनरावलोकन गर्ने, घरको मर्मत सम्भारको दायित्व तथा जिम्मेवारी ती भोगचलन गरि वसी आएकाहरुको नै हुने र नयाँ घर निर्माण गर्नु परेमासमेत ती भोगचलन गरी वसी आएकाहरुलाई प्राथमिकता दिने प्रमुख शर्तहरु सहितको मिति २०७०।११।८ मा सम्झौता भएको देखिन्छ । उक्त मिति २०७०।११।८ को सम्झौता वैध रहेको अवस्थामा गुठी संस्थानबाट सो घर खालि गर्ने गराउने सम्बन्धि ३५ दिनको सुचना मिति २०७५।४।९ गते जानकारीमा आएकोले सो सम्बन्धि पत्र बुझन अस्वीकार गरि फिर्ता पठाएको अवस्थामा गुठी संस्थानले २०७६।१।११ गते का।म।पा। २५ वडा कार्यालयको सुचना पाटीमा टाँस गरी घर खालि गर्न ३ दिनको म्याद दिएको देखिन्छ । म्याद टाँस पछि सर्वसाधारणलाई थप कुराको जानकारी प्राप्त हुन आयो । गुठी संस्थान प्रधान कार्यालय, बज्रयोगिनी सामान्य वहुउद्देश्यीय प्रा।लि। र वायुदेवता गुठी ज्यामरुङ्ग दरवार समेतका बीच उक्त घर भत्काई पुनः निर्माण गरी भाडामा राख्न पाउने गरी बज्रयोगिनी सामान्य वहुउद्देश्यीय प्रा।लि। लाई २५ वर्षका लागि लिजमा दिने, सो प्रा।लि। बाट प्राप्त हुने निश्चित वहाल रकम गुठी संस्थानको कोषमा दाखिला हुने, र वहाल बापतको एक निश्चित रकम वायु देवता गुठीका तालुकदार ले पाउने गरी मिति २०७४ साल भाद्र महिनामा ९दिनाङ्क नखुलेको० त्रिपक्षिय सम्झौता भएको देखिन्छ । गुठी संस्थान ऐनले नै खारेज गरिसकिएको ठहर गरेको तालुकादारलाई तेश्रो पक्ष बनाइ के कति स्वार्थका लागि कुन ऐन नियममा टेकेर गुठी संस्थानले सम्झौता गरेको छ छानबीनको विषय बन्नु पर्दछ । साथै गुठी संस्थानको एकल स्वामित्व रहेको घर जग्गामा गुठी संस्थानलाई जानकारी नदिइ तथाकथित तालुकदार र बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्रा। लिं बीच मिति २०६२।२।६ मा लिजमा लिने दिने सम्झौता स्वत गैर कानूनी ठहर्छ र गुठी संस्थानले यस विरुद्ध कारवाही चलाउनु पर्ने हुन्छ । तर कारवाही गर्नुको सातो २०६२।२।६ का सम्झौताकर्ताहरुलाई पुरष्कृत गर्ने गरी त्यही सम्झौतालाई नै मुख्य मियो मानी गुठी संस्थानले आफु समेत एउटा पक्षको रुपमा थपिएर त्रीपक्षीय सम्झौता गर्न गुठी संस्थानका पदाधिकारीहरुलाई कुन नैतिकताले प्रोत्साहित गरेको हो छानबीनको विषय हुनु पर्दछ र सो सम्झौता खारेज गर्न पनि ध्यानाकर्षण गराउदछौ ।
ङ) उक्त घर रहेको जग्गा गुठी संस्थानको पूर्ण स्वामित्व रहेको सम्पति हो र कुनै किसिमको निर्माण कार्य गर्दा सम्बन्धित निकायमा स्वीकृति लिने दायित्व र अधिकार एकल रुपमा गुठी संस्थानसँग मात्र रहेको स्वत सिद्ध छ । तर गुठी संस्थानसँग कुनै पनि समन्वय नगरी संविधान र ऐनले खारेज गरेको तथाकथित तालुकदारले काठमाडौं महानगरपालिकाबाट छुट गुठीको जग्गालाई विवरण ढाँति रैकर गुठी भनी फर्जि लालपुर्जा पेश गरी २०६२।११।२ मा अस्थायी भवन निर्माण इजाजत पत्र लिएको विरुद्ध उक्त घरमा सन्तान दरसन्तान बस्दै आएका भनी फिल्डबुकमा उल्लेख भएका १४ परिवारले सो भवन निर्माण स्वीकृति खारेजको मुद्दा दर्ता गरेको देखिन्छ । उक्त भवन निर्माण इजाजत बदर गर्न दर्ता भएको मुद्दामा सम्मानीत जिल्ला अदालतले अधिकार नै नभएका तालुकदारलाई का।म।पा।ले दिएको भवन निर्माण इजाजत खारेज हुने ठहर गरेको देखिन्छ । तर सम्मानीत पुनरावेदन अदालत ललितपुरले सन्तान दर सन्तान बहाल तिरेसम्म बस्न पाउने भनिएका १४ परिवारको हैसियत बहालमा बस्ने नै रहेको र मुद्दा दर्ताको प्रक्रिया गलत भएकोले नक्शा पास बदर नहुने निर्णय गरेको देखिन्छ । यही सिलसिलमा २०७४ फागुन महिनामा सम्मानीत सर्बोच्च अदालतबाट गुठी संस्थानले कुनै आपति जनाएको नदेखिएको हुदा नक्शा पास बदर गर्नु नपर्ने निर्णय गरेको देखिन्छ । यसरी एक त फर्जि विवरणको आधारमा शुरु भएको नक्शापास प्रक्रिया खारेज गर्न नसकिएको देखिन्छ भने छुट गुठी वा राज गुठीको जग्गामा कसैले घर बनाउदा गुठी संस्थानले आपति नजनाएको भरमा बैधता प्राप्त हुने र साँस्कृतिक महत्वका जग्गाहरु थप अतिक्रमित हुनसक्ने नजिर स्थापना हुन पुगेको देखिन्छ । यसै सन्दर्भमा गुठी संस्थानले तथाकथित तालुकदार र बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्रा।लि।सँग त्रिपक्षीय सम्झौता २०७४ भाद्र महिनामा गर्दा सर्बोच्च अदालतबाट नक्शा पासको मुद्दा किनारा भइ सकेको भनी ९जुन भाद्र महिनाको ६ महिना पछि फागुनमा मात्र भएको० विवरण ढाटने काम गरेकोमा गुठी संस्थानका पदाधिकारीलाई यस्तो हतारो र अनियमितता गर्ने बाध्यता के कति कारणबाट भएको हो छानबीनको विषय बन्नु पर्दछ ।
च) सम्मानीत सर्बोच्च अदालतबाट मिति २०६९÷०६÷११ मा गुठी तैनाथी जग्गा लिजमा नदिनु भन्ने आदेश र मिति २०७३÷११÷०२ मा गुठी अधिनस्थ जग्गा पनि लिजमा नदिनु भन्ने आदेशले पनि गुठी संस्थानले असनको गुठी घर लिजमा दिन गरेको सम्झौता खारेज गर्नुपर्ने अवस्था रहेको प्रति ध्यानाकर्षण गराउन चाहन्छौ ।
छ) अन्त्यमा साँस्कृतिक पुरातात्वीक महत्व बाकेको घरलाई जिर्ण भयो वा अन्य बाहानामा आधुनिक शैली र प्रविधिबाट बनाउनु राज्यको पुरातात्वीक महत्वका साँस्कृतिक सम्पदा सम्बन्धि नीतिसँग मेल खाने कुरा होइन, त्यसैले यस सम्पदा भवन पुन निर्माण गर्दा पुनप्रबलिकरण रेट्रोफिटिंग विधिबाट बनाउन ध्यानाकर्षण गराउदछौं । साथै यस्ता साँस्कृतिक पुरातात्वीक महत्व बोकेको घरलाइ ब्यापारिक प्रयोजनका लागि ब्यापारीले नै निर्माण र भोगचलन गर्ने गरी लिज वा अन्य तवरबाट दिनु भनेको गुठी संस्थान गठनको उद्देश्यसित मेल खाने कुरा होइन । गुथि जग्गाहरु दीर्घकालीनरुपमा लिजमा दिनु अघि गुठी संस्थानले त्यसको उपयुक्तता र गुथिको उद्देश्य तथा त्यसबाट प्रचलित धार्मिक एवं साँस्कृतिक पक्षमा पर्नसक्ने प्रभाव समेतको सम्बन्धमा विस्तृत अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ, तर कुनै अध्ययन अनुसन्धान नै नगरी खुल्ला प्रतिस्पर्धाको प्रक्रिया समेत अबलम्बन नगरी साँस्कृतिक सम्पदाको रुपमा रहेको घरलाई पूर्ण ब्यापारिक प्रयोजनका लागि ब्यापारीले भोगचलन गर्नेगरी दिर्घकालको समयसीमा राखी गरिएको लिज सम्झौता खारेज गर्न आवश्यक छानबीन र निर्देशनका लागि समेत ध्यानाकर्षण गराउदछौ ।
नमस्ते साय्मि
संयोजक
असन कोथुननी बचाउ अभियान
को मार्पत १५००० जनताको हस्ताक्षर
Categorized in
घरआँगनमै धारा आएपछि कुमाल बस्तीमा खुशीयाली
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ५, बिहिबार
गुल्मीको इस्मा गाउँपालिका–२ अन्तर्गत रातडाडाँको सीमान्तकृत कुमाल समुदायमा यतिबेला निकै खुशी छाएको छ ।
उनीहरुमा खुशी छाउनुको कारण गाउँमा कुनै ठूलो उत्सव, पर्व र भोजभतेरमा रमाएर होइन, आफ्नै घरआँगनमा छङ्छङ् गर्दै खानेपानीको धारा खस्न थालेपछि यतिबेला उनीहरुको जीवनमा थप खुशी थपिएको हो ।
“पहिले त बिहानै ५ बजे उठेर पँधेरामा जानुपथ्र्यो, त्यहाँ पनि पालो पर्खनुपर्ने, कहिलेकाहीँ त पँधेराको पानी पनि सकिएर रित्तै गाग्री बोकेर फर्कनुपथ्र्यो, अहिले घरमै धाराबाट पानी खसेपछि निकै खुशी भएका छौँ”, स्थानीयवासी धनिकला कुमालले भन्नुभयो ।
विगत लामो समयदेखि खानेपानीको चरम अभाव खेप्दै आएका यहाँका कुमाल बस्तीमा नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाबाट विपद् उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रमद्वारा रातचौर खानेपानी आयोजना सम्पन्न गरेपछि घरमै धाराबाट पानी खस्न थालेपछि उनीहरु खुशी भएका हुन् । बेदादी सामुदायिक विपद् व्यवस्थापन समितिमार्फत सो आयोजना सम्पन्न भएको थियो । आयोजना सम्पन्न भएपछि अहिले उक्त बस्तीका बासिन्दाहरु विगतका पीडा र दुःखका कथाहरु बिर्सन थालेका छन् ।
नेपाल सरकार र इस्मा गाउँपालिकाको एक घर, एक धाराको नीतिअनुसार गरीबीको रेखामुनि रहेका विपन्न परिवारमा रेडक्रसको सहयोग र स्थानीयवासीको श्रमदानबाट खानेपानी पु¥याएका हुन् । खानेपानीको अभावमा एक गाग्री पानी ल्याउन एकाबिहानै भालेको डाँकोसँगै उठेर एक हातले आँखा मिच्दै र अर्को हातले डोको समाउँदै घण्टौँसम्म कुवामा पालो कुरेर बस्नुपर्ने कुमाल बस्तीमा यतिबेला खानेपानीको समस्या समाधान भएको स्थानीयवासी यमबहादुर कुमालले बताउनुभयो ।
घर आँगनमा खानेपानीको धारा खसेपछि एकातिर वर्षौदेखिको उनीहरुको खानेपानीको समस्या समाधान भएको छ भने अर्कोतिर समयको पनि बचत भएको छ । नेपाल रेडक्रस सोसाइटीको रु नौ लाख ५० हजार र स्थानीय उपभोक्ताको करीब रु तीन लाख जनश्रमदान गरी कूल रु १२ लाख ५० हजार लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको हो । गाउँमा खानेपानीको स्रोत नभएपछि गाउँलेले तीन किलोमिटरभन्दा टाढाको दूरीबाट ४२ घरपरिवारमा खानेपानी पु¥याएका हुन् ।
नेपाल रेडक्रसले विपद्को क्षेत्रमा मात्र नभई मानव जीवनसँग प्रत्यक्षरुपमा जोडिएको स्वास्थ्य र सरसफाइको क्षेत्रमा पनि सहयोग पु¥याउनुपर्छ भन्ने उद्देश्यले खानेपानीको समस्यामा परेका सीमान्तकृत बस्तीमा सहयोग गरेको नेपाल रेडक्रस गुल्मी शाखा सभापति अनुपकुमार श्रेष्ठले बताउनुभयो ।
यसरी घर–घरमा खानेपानी पुगेपछि त्यहाँका स्थानीयवासीले एक कार्यक्रमको आयोजना गरी एकापसमा अबिर र टीका लगाई खुशीयालीसमेत साटासाट गरेका थिए ।
Categorized in
स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ५, बिहिबार
काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा शिक्षा समितिको बुधबार बसेको बैठकले नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका लागि दुई समिति गठन गरेको महानगर शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिनुभयो ।
कक्षा १ देखि ८ सम्मको नेपाल भाषाको पाठ्यक्रमका लागि महानगरपालिकाका शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा डा चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल रहनुभएको छ । नेपाल भाषा ऐच्छिक विषयका रुपमा रहनेछ ।
त्यसैगरी अङ्ग्रेजी र नेपाली भाषाका लागि शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा डा चुन्दा बज्राचार्य, मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी सदस्य रहनुभएको छ ।
समितिलाई दुई महीनाको समयसीमाभित्र पाठ्यक्रम तयार पार्न निर्देशन दिइएको छ । शिक्षा अधिकारी केसीले आगामी शैक्षिकसत्र २०७६ बाट महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयार पारिने बताउनुभयो ।
आगामी शैक्षिकसत्रबाट सामुदायिक विद्यालयलाई निःशुल्क र संस्थागत विद्यालयलाई शुल्क तिरेर उक्त स्थानीय पाठ्यक्रम उपलब्ध गराउने पनि उहाँले जानकारी दिनुभयो । “पाठ्यक्रममा काठमाडौँको पेशा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिन्छ”, उहाँले भन्नुभयो, “पाठ्यक्रममा काठमाडौँ महानगरपालिकाभित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटिनेछ ।”
पाठ्यपुस्तक निर्माणका लागि वडावडामा सुझावसमेत सङ्कलन गरिनेछ । महानगरपालिकाभित्र सामुदायिक र संस्थागत गरी ७५० विद्यालय रहेका छन् ।
Categorized in
बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण शुरु
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ४, बुधबार
रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्स्ट्रक्सन जेभीले मन्दिर बनाउन थालेको हो । १७ औँ शताब्दीमा राजा प्रताप मल्लले काठमाडौँको जमलस्थित निर्माण गरिएको रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका थिए । भूकम्प गएको चार वर्ष बितिसक्दा बल्ल मन्दिर पुनःनिर्माणको काम शुरु गरिएको हो । मन्दिर पुरानैशैली (ग्रन्थकुट शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । मन्दिर, मन्दिरसम्म जाने पुल र वरपरको बगैँचा १० महीनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिए÷तुलसी कन्ट्रक्सन जेभीसँग सम्झौता गरेको थियो । चुनासुर्कीको प्रयोग गरी मन्दिरको पर्खाल बनाउने काम भइरहेको छ । हाल मन्दिर पुनःनिर्माणका लागि दैनिक ३० देखि ३५ कामदारले काम गरिरहेका छन् । इयुको आर्थिक सहयोगमा प्राधिकरणको सम्पदाविज्ञका रुपमा रहनुभएका राजु मानन्धरका अनुसार प्राधिकरणसँग सम्झौता भएको सात दिनपछि मन्दिर पुनःनिर्माणको काम शुरु भएको हो । पहिला काम गर्ने क्रममा राखिएको सिमेन्टको प्लास्टर भत्काउने, मन्दिरसम्म रहेको पुल भत्काउनेलगायतका काम भइरहेको छ । गत साउन १४ गते मन्दिरमा क्षमापूजा गरेपछि मन्दिर भत्काउने कामको शुरु भएको हो । चन्द्रशमशेरको पालमा पुनःनिर्माण गर्दा गुम्बजशैलीमा निर्माण गएिको मन्दिर भत्काएर पुरानैशैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ । मन्दिरको विवाद के थियो भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै शुरु भएको थियो तर पुनःनिर्माणको क्रममा कङ्क्रिट प्रयोग भएपछि पुनःनिर्माणमा विवाद सिर्जना भएको थियो । बालागोपालेश्वर मन्दिर पुनःनिर्माणको लागि यो पटकसमेत गरी तीन पटक ठेक्का सम्झौता भइसकेको छ । शुरुआती चरणमा मन्दिर र पोखरी पुनःनिर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाले पाएको थियो । महानगरले यसको पुनःनिर्माणका लागि पहिलो पटक ठेक्कासमेत दिएको थियो । महानगरले मन्दिरमा प्राचीन निर्माण सामग्री प्रयोग नगरी सिधै सिमेन्ट, बालुवा, गिट्टी, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेपछि सम्पदा विज्ञ, संरक्षण अभियन्तालगायतले विरोध गरेका थिए । विरोध गरेपछि पुरातत्व विभागले निर्माण रोक्न पत्रचार गरेको थियो । विभागले प्राचीन निर्माण सामग्रीको प्रयोग गरी मन्दिर पुनःनिर्माण गर्नु भनेपछि महानगरले आफूसँग यसरी बनाउन सक्ने प्रविधि र जनशक्ति नभएको भन्दै हात झिकेको थियो । महानगरले हात झिकेपछि पुरातत्व विभागले नै निर्माणको जिम्मेवारी लियो । पुरातत्वले दोस्रो पटक ठेक्का सम्झौता भएको थियो । ठेकेदारले मन्दिर पुनःनिर्माणको काम शुरु गरेकै बेला महानगरले पनि पोखरी सौन्दर्यकरणको काम शुरु ग¥यो । पोखरीमा पुनः कङ्क्रिट हाल्न शुरु गरेपछि विरोध भयो । पोखरी निर्माणमा विवाद आएपछि पोखरी र मन्दिरलाई कसरी बनाउने भनेर सुझाव दिन महानगरले विज्ञ टोलीसमेत बनाएको थियो । उक्त टोलीले मन्दिर पुरानै शैलीमा (ग्रन्थकुट÷शिखर) बनाउनुपर्ने सुझाव दिएका थिए । महानगरले गठन गरेको विज्ञको सुझाव पुरातत्वले नमानेपछि पुनः विवाद सिर्जना भएको थियो । लामो समय विवादका कारण पुनःनिर्माणको काम अघि नबढेपछि मन्त्रिपरिषद्को बैठककले रानीपोखरी र मन्दिर पुनःनिर्माण महानगर र पुरातत्ववाट जिम्मेवारी खोसेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई जिम्मेवारी दियो । मन्त्रिपरिषद्को निर्णय अनुसार गत वर्षको माघदेखि प्राधिकरणले पोखरी र मन्दिर दुवै निर्माणको जिम्मा लिएको हो । प्राधिकरणले रानीपोखरी निर्माण उपभोक्ता समितिलाई दिएको छ । बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म पुग्ने पुल र पोखरी वरपर बगैँचासमेत पुनःनिर्माणको काम ठेकेदारलाई दिएको हो । शुरुआती चरणमा पुरातत्वले मन्दिर पुनःनिर्माणको लागि मात्रै रु एक करोड ४० लाखमा ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौतामा मन्दिरसम्म पुग्ने पुल थिएन । हाल प्राधिकरणले मन्दिर निर्माणका लागि रु १४ करोड २७ हजार ५५७ मा ठेक्का सम्झौता गरेको छ । त्यस्तै महानगरले पोखरीको सौन्दर्यकरणसहित रु छ करोडमा ठेक्का सम्झौता दिएको थियो । हाल उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँधमा कालो माटो राख्ने र वरपरको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ । प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले रु २५ करोड बजेट विनियोजन गरेको छ । रोकियो पोखरी मर्मतको काम उपभोक्ता समितिबाट पोखरी मर्मतको काम भइरहेता पनि जनैपूर्णिमाबाट काम रोकिएको छ । गत वर्षको शिवरात्रि दिनदेखि पोखरी मर्मतको काम हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । भाइटीकाको दिनमा मर्मत सम्पन्न गर्ने योजनाअनुसार काम भए तापनि हाल आएर मर्मतको काम रोकिएको मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरीमा हाल तीन फिट उचाइको पर्खाल लगाउने काम भइरहेको छ । पोखरीमा जति मात्रामा काम हुनुपर्ने हो, त्यही मात्रामा भएको छैन । काम ढिला हँुदा उपभोक्ता समितिको खर्चमा मात्रै वृद्धि भएको छ । रासस
Categorized in
सम्पदा बनाउन संघको पदयात्रा
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ४, बुधबार
ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा यही असोज ४ गते सम्पदा क्षेत्रको पत्रयात्रा हुने भएको छ ।
‘हाम्रो सम्पदा, हामी आफैं बनाऔं’ भन्ने नाराका साथ सो पदयात्रा आयोजना गर्न लागिएको हो । संघको अगुवाईमा विश्वसम्पदा सूचीकृत भिमसेन मन्दिर पुनःनिर्माण भइरहेको सन्र्दभमा सो नारा तय गरिएको संघले जनाएको छ । पुनःनिर्माणमा यथोचित सहयोगका लागि सार्वजनिक आहवान गर्न सो कार्यक्रम तय गरिएको अध्यक्ष कृष्णलाल महर्जनले पत्रकार भेटघाटमा बताउनुभयो ।
सो पदयात्रा पाटन दरबार क्षेत्रबाट शुरु हुने छ । सो यात्रामा सहभागीहरुले ग्वार्काे, इमाडोल, सानागाउ“ लुभू, हरिसिद्धि, धापाखेल, सुनागुठी, बुंङ्गमती हु“दै खोकनामा पुगी समापन गरिने छ । पदयात्राको दुरी करिब १९ किलोमिटरको रहेको छ । यसले पर्यटन वर्ष प्रर्वद्धन सन् २०२० को प्रचारात्मक अभियानमा टेवा पु¥याउने पनि संघको विश्वास रहेको छ ।
पदयात्रामा सहभागी हुन दर्ता शुल्क वापत ५ सय रुपैया“ तिनुपर्ने र सो रकम पुनःनिर्माणको कोषमा राखिने पनि संघले जनाएको छ । सहभागीहरुलाई कुमारी बैंकले प्रयोजन गरेको टिर्शट प्रदान गरिने संघका महासचिव मनोजबहादुर न्याछ्योले जानकारी दिनुभयो ।
पुनःनिर्माणको लागि अहिलेसम्म बि. के. श्रेष्ठबाट १ करोड रुपैया“, ललितपुर महानगरपालिकाबाट १ करोड रुपैया“, प्रदेश सरकारबाट ५० लाख र विभिन्न दाताहरुको तर्फबाट ५० लाख रुपैया“ गरी तीन करोड रुपैया“ सकलन भइसकेको छ । त्यसैगरी मन्दिरको छानाको जिम्मा कल्याणकृष्ण ताम्रकार, दा“ची इ“टाको जिम्मा तीर्थलाल महर्जनले लिएको पनि समितिले जनाएको छ ।
पुनःनिर्माणको लागि सुन लेपन बाहेक ४ करोड ९३ लाख रुपैयँ“ लाग्ने अनुमान गरिएको छ । ललितपुर उद्योग वाणिज्य संघले ‘सीड मनि’को रुपमा संघले १० लाख रुपैया“ राखेर पुनःनिर्माण कार्य शुरु गरिएको थियो । निर्माणक्रम संगै सहयोगी हात जुट्दै गएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो ।
Categorized in
मूर्तिकला पाठ्यक्रम बन्दै
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ४, बुधबार
नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम सम्पन्न हुने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा इटहरीस्थित इटहरी मेट्रिक्सले आयोजना गरेको सो कार्यशालामा प्रदेश १ का १२ जिल्लाका चार महिलासहित २८ सहभागीले मूर्तिकला विषयमा प्रशिक्षण लिनुका साथै नेपालमै पहिलो मूर्तिकलाको पाठ्यक्रमसमेत निर्माण गरिएको मेट्रिक्स अध्यक्ष विक्रम श्रीले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रु १२ लाख र अन्य सम्पूर्ण खर्च आयोजक संस्थाले व्यहारेको थियो । सो अनुकृति मूर्तिकला कार्यशाला यस प्रदेशका सहभागीले रुचिपूर्वक सहभागिता जनाएको बताउनुभयो । इटहरीबाट पूर्व उत्तरमा रहेको सो मेट्रिक्स स्थानमा फाइवरजेल, धातु, जर्मन सिसा र आरसिसी गरी बनाइएका ८२ वटा मूर्ति छन् । ती मूर्ति प्रदेश १ मा ख्याति कमाएका मूर्तिकारदेखि अहिलेका नयाँ कलाकारसमेतले बनाएका छन् । यस स्थानमा ‘द थिङ्कर’ युद्धपछि चिन्तनतर्फ युगलाई सम्बोधन गर्ने तथा ‘द पिस’ जस्ता मूर्तिका नयाँ आयामलाई हेर्न मिल्ने स्थानको रूपमा यसलाई विकास गर्ने योजनासमेत रहेको अध्यक्ष श्रीले बताउनुभयो ।
Categorized in
विपन्न परिवारलाई निःशुल्क मिटरबक्स
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २, सोमबार
नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ । सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा कार्यालयले गरेको सिफारिशका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण गरिएको हो ।
विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले उज्यालो नेपाल कार्यक्रमअन्तर्गत सबैको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रीय योजनाअनुसार मिटर बक्स निःशुल्क वितरण गरिएको जानकारी दिनुभयो । यो अभियानले विद्युत् चोरीको अन्त्य हुने उहाँले आशा व्यक्त गर्नुभयोे । वडा नं १ का वडाध्यक्ष दीपक रानाले सधैँ आसपासका धनी मानिसको घरको उज्यालो हेरेर बस्नु पर्ने परिस्थिति अन्त्य गर्न विद्युत्ले निकै उदारणहरणीय भूमिका निर्वाह गरेको बताउनुभयो ।
यसअघि प्राधिकरणले आफ्नो कार्य क्षेत्रअन्तर्गत पर्ने सुर्खेतको सिम्ता गाउँपालिकामा पनि निःशुल्क मिटर बक्स वितरण सकिसकेको छ । जिल्लामा एउटा मिटर बक्सको मूल्य सेवा शुल्कसहित रु दुई हजार ५०० पर्छ । त्यो जडान गर्न आवश्यक तारसहित सबै जोडेर एउटा मिटर बक्सको कूल रु चार हजार २०० देखि चार हजार ५०० सम्म पर्ने खड्काले बताउनुभयो । पहिला हामी नगरपालिकाका विकट बस्तीमा वितरण गर्न थालेको बताउनुभयो । विद्युत्को लाइन विस्तार कार्य जारी रहेकाले मिटर बक्स वितरण कार्यसँगै बढेको खड्काको भनाइ छ ।
Categorized in
डोकोको भरमा खानेपानी
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २, सोमबार
सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । तानसेन–१२ को मौवरडाडामा जिल्ला सदरमुकामको चहलपहल हुने क्षेत्रदेखि करीब तीन चार किलोमिटर नजिकैको दूरीमा खानेपानीको चर्को समस्या रहेको छ ।
बाहै्र महीना उकालोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता नहटेको स्थानीयवासी फूलमाया विकले गुनासो पोखिन । “न हिउँद भन्नु छ, न वर्षायाम डोकोमा ग्रागी हालेर पानी बोक्नुपर्ने बाध्यता हटेको छैन्”, विश्वकर्माको भनाइ छ । पसिनै पसिना हुँदै पानी बोकेर ल्याउनुपर्छ, बोकेर ल्याएको पानी पर्याप्त नहुने विश्वकर्माको भनाइ छ ।
तानसेन क्षेत्र रहेको बस्तीमा वर्षायाममा पनि १५ मिनेट जति ओरालो झरी पानी बोकेर उकालो बाटो ल्याउनुपर्ने बाध्यता नहटेको विश्वकर्माको झै स्थानीय बासिन्दाको गुनासो छ ।
हिउँद महीनामा पानी पाइँदैन, ३० मिनेट तल खोलामा झरे नुहाउनु र कपडा धुनुपर्ने र खानेपानी ल्याउनु पर्ने बाध्यता छ । स्थानीय पृथ्वीसिंह विश्वकर्माले स्वदेशमा केही गरौँ भनेर कुखुरापालन व्यवसायमा हात हाल्नुभयो । पछि कुखुरापालनका लागि पानी नहुँदा सो व्यवसायबाट विस्थापित हुनु परेकोमा दुखित छन् । “हाम्रो समस्या कस्ले बुझ्छ र, गाउँमा बसेर केही गरौँ भन्ने सोचेर पहिला कुखुराको पालन गर्न थाले पनि अहिले पानीका अभावमा रोकिएको छ ।” उहाँले भन्नुभयो । गर्मी मौषममा पानी नै हुँदैन कुखुरालाई कसरी पु¥याउने भन्ने समस्या छ ।
तानसेन नगरपालिका क्षेत्रमा डोकोमा पानी बोकेर खानेपानी समस्या मात्र होइन, यहाँ खेतीयोग्य जमीनमा किसानले उत्पादन गरेको अन्नबालीसमेत बाँदरले नष्ट गरेको छ । करीब १८ घर परिवार रहेको यो बस्तीमा दुई जना मगर र अन्य दलित समुदाय बसोबास गर्छन । दलित बस्तीमा मोटरबाटोको समेत पहुँच नहुँदा व्यवसाय गर्न समस्या रहेको छ । तानसेन नगरपालिका–१२ का वडा सदस्य पविसरा विश्वकर्माले खानेपानी र सडकका लागि पहल भएको र आयआर्जनका लागि यस आवमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
Categorized in
Pages