STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

‘नेवाः मंकाः दबू’ निर्माणमा नेवाः देय् दबूको सहकार्य

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार

काठमाडौं– नेपालभाषा मंकाः खलःले निर्माण गरिरहेको नेवाः मंकाः दबू’ (साझा घर) को लागि नेवाः देय् दबूले सहकार्य गर्ने भएको छ । भवन निर्माणमा सहकार्यको लागि नेपालभाषा मंकाः खलःले पत्र पठाएपछि नेवाः देय् दबूको विस्तारित मुँज्याले सहकार्यको निर्णय गरेको हो । सहकार्यको लागि नेवाः दबूले नरेशकुमार ताम्राकारको संयोजकत्वमा माइलाबाबु द्यःला, सत्यनारायण डंगोल, अञ्जिता खड्गी र उमेश स्थापित रहेको पाँचजनाको सल्लाहकार समिति गठन गरेको छ । काठमाडौंस्थित विजेश्वरीमा रहेको २६ आना जग्गामा निर्माण भइरहेको उक्त भवन निर्माणमा काठमाडौं महानगरपालिकाले पनि सहयोग गर्ने निर्णय गरिसकेको छ । मंकाः दबू छेँको जग राख्ने कार्य पाँच महिनाअघि नै सम्पन्न भएको थियो ।
Categorized in

आनन्दसिद्धिको ‘लिजः’ प्रकाशित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २, आइतबार

काठमाडौं– समाजसुधारक आनन्दसिद्धि तुलाधरको संस्मरण, कथा एवं कविता संग्रह ‘लिजः’ शनिबार (चैत १ गते) विमोचन भएको छ । काठमाडौंको पकनाजोलमा प्रमुख अतिथि चन्द्रानन्द नेवाःले विमोचन गरेको उक्त संग्रहमा पाँचवटा संस्मरण, २४ वटा कविता व २६ वटा कथा संग्रहित छन् । नेपालभाषा परिषद्का आयोजनामा भएको विमोचन कार्यक्रमलाई कवयित्री प्रतिसरा साय्मिले सञ्चालन गरेका थिए । पुस्तकमा समाविष्ट मुख्य मुख्य रचनाबारे नेवार अगुवा मल्ल के. सुन्दरले समीक्षात्मक विचार राखेका थिए । कार्यक्रममा परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्यले पुस्तक प्रकाशित गर्नुभनेको विचारको सम्प्रेषण गर्नुको साथै प्रकाशित साहित्य युगसापेक्ष हुनुपर्ने विचार राखेका थिए । कार्यक्रममा लेखक तुलाधरको ‘अकुपाइ तिनख्यः’ नामक कविता उनकी छोरी एवं साहित्यकार दिव्या ताम्राकारले वाचन गरी सुनाएका थिए ।

नेवाः सुचना केन्द्रका अमिरमैयाँ रञ्जितको सहयोगमा

Categorized in

साहित्यकार पुष्पराज राजकर्णिकारको एकल कथावाचन

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १, शनिबार

काठमाडौं– ‘सः छगू फरक अभिव्यक्ति’ नामक संस्थाको आयोजनामा चैत १ गते शनिबार डा. पुष्पराज राजकर्णिकारको एकल लघुकथा वाचन सम्पन्न भयो । संस्थाले हरेक महिना तीनजना साहित्यकारका पाँचवटा लघुकथा वाचन गराउँदै आएकोमा यसपटक एकल कथाकारको १५ वटा लघुकथा वाचन गराएको थियो । सुनिल वज्राचार्यले सञ्चालन गरेको कार्यक्रममा नरेश अमात्यले स्वागत मन्तव्य दिएका थिए । सुधीर ख्वबिले मायाको चिनो प्रदान गरेको तथा मोक्षबहादुर अमात्यले कथाकार राजकर्णिकारलाई खादा ओढाई सम्मान गरेका थिए । कार्यक्रममा सहभागीमध्येका नरसागर श्रेष्ठले वाचित लघुकथाको संक्षिप्त समीक्षा गरेका थिए ।

राजेन्द्र रञ्जित, नेवाः सुचना केन्द्रको सहयोगमा

Categorized in

कामपा न्यायिक समितिः भौतिक सुविधा र जनशक्तिको अभाव

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १, शनिबार

Categorized in

कोरना भाइरसबाट बच्न जागरणमूलक सफाइ अभियान

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १, शनिबार

Categorized in

काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २९, बिहिबार

Categorized in

कोरोनाभाइरसको त्रासले थँबहिलको चकंद्यः जात्रा प्रभावित

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २७, मंगलबार

काठमाडौं– वर्षेनी होलिपूर्णिमाको भोलिपल्ट मनाइने चकंद्यः जात्रा (सिंहसार्थबाहुको जात्रा) यस वर्ष कोरोनाभाइरसको त्रासको कारण प्रभावित बन्न पुगेको छ । काठमाडौंको थँबहिल टोलमा हुने यस जात्राको क्रममा चकंद्यःलाई माथिल्लो टोलको परिक्रमा गराइने चलन छ । तर यस वर्ष कोरोनाभाइरसको त्रासको कारण चकंद्यःको माथिल्लो टोलको परिक्रमा हुन सकेन । विश्वभरि फैलिरहेको कोरोनोभाइरसलाई लिएर नेपालमा पनि सतर्कता अपनाइएको छ । सतर्कताको कारण देखाइएर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चकंद्यःको जात्रामा नगर परिक्रमा नगराउन अनुरोध गरेको थियो । कार्यालयको सोही अनुरोधअनुसार यस वर्ष चकंद्यःको जात्रामा माथिल्लो टोलको परिक्रमा गराइएन । नगर परिक्रमा नगराइए पनि परम्परागत रुपमा चकंद्यःको पूजाआजा भने विधिवत रुपमा सम्पन्न भएको छ ।
Categorized in

विभिन्न सम्मानहरु दिँदै राजोपाध्याय समाजको छैठौं वार्षिक साधारण सभा सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २७, मंगलबार

नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरी गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरी पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गर्नुभएको छ । राजोपाध्याय समाजको छैठौं साधारण सभा र सम्मान कार्यक्रममा दबूका अध्यक्ष ताम्रकारले यस्तो भन्नुभएको हो । कार्यक्रममा बोल्दै ताम्रकारले सरोकारवालासँगको परामर्श वा सहभागीता विना ल्याउन लागिएको गुठी विधेयक आफुहरुलाई कुनै हालतमा स्वीकार नहुने बताउनुभयो । यसको विरोधमा फेरी पनि सडक तताउनुपर्ने अवस्था आउनसक्ने भन्दै सबै जातीय साथै सामाजिक संघसंस्थाहरु तयार रहनुपर्ने बताउनुभयो । कार्यक्रममा आ आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिँदै समाजको नाम उच्च बनाएको भन्दै दुई जना व्यक्तित्वलाई सम्मानित गरिएको थियो । धर्म, सँस्कृति, परम्पराको अध्ययन, अनुसन्धानमा निरन्तर योगदान पु¥याउने सँस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायलाई सम्मान गरियो । यसैगरि बास्केटबल खेलका राष्ट्रिय खेलाडी सुब्रत राजोपाध्याय पनि सम्मानित भए । सम्मानित दुवैलाई समाजका अध्यक्ष अमरराज राजोपाध्यायले दोसल्ला ओढाए भने दबूका अध्यक्ष ताम्रकारले सम्मान पत्र प्रदान गर्नुभयो । सम्मान ग्रहण गरिसकेर बोल्दै सँस्कृतिविद् जुजुले वैदिक सभ्यता विकास हुनु अघिका सभ्यता, सँस्कृतिको बारे अध्ययन गरी अभिलेखीकरण गरिनुपर्नेमा जोड दिनुभयो । अर्का सम्मानित बास्केटबल खेलाडि सुब्रत राजोपाध्यायले ठट्टैठट्टामा बास्केटबल खेल्दै राष्ट्रिय खेलाडी बन्न पुगेछु भन्दै आफ्नो क्षेत्रमा समाजको लागि केही योगदान दिन पाएको महसुस हुँदा गर्व लागेको बताए । सोही कार्यक्रममा २०७५ सालको एसइइ परीक्षामा उत्तीर्ण राजोपाध्याय विद्यार्थीहरुलाई पनि सम्मानित गरिएको थियो । समाजको वार्षिक कार्य प्रगती प्रतिवेदन पेश गर्दै समाजका महासचिव बिराजकाजी राजोपाध्यायले समाजभित्र लुकेर बसेका प्रतिभाको खोजी गर्ने क्रममा यस वर्ष गायन प्रतिभाको खोजीको थालनी भएको बताउँदै आगामी वर्ष नृत्य प्रतिभाको खोजी गर्ने उद्घोष गर्नुभयो । कोषाध्यक्ष जयन्ती शर्मा राजोपाध्यायले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । समाजका निवर्तमान अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायले गत फागुन १७ गते सम्पन्न राजोपाध्याय गायन प्रतिभाको खोजीको अडिसनबाट छानिएका प्रतियोगीहरुको नाम सार्वजनिक गर्नुभयो । समाजका अध्यक्ष अमरराज राजोपाध्यायले समाजको वृहत्ततर विकासका लागि समाज सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वैदिक प्रतिष्ठानका अध्यक्ष उपेन्द्रभक्त सुवेदी, ज्यापु समाजकि सचिव सरिता महर्जन, राजकर्णिकार समाजका अध्यक्ष सुवर्णराज राजकर्णिकार, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजबीर बज्राचार्य लगायतले जातीय साथै विभिन्न सामाजिक संघसंस्था र विभिन्न तहका सरकारबीचको सहकार्यबाट समाजको विकास हुनसक्नेमा जोड दिएका थिए । उपत्यकाका देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठनको रुपमा राजोपाध्याय समाजको गठन २०६४ सालमा भएको हो । समाजले वर्षेनी समाजलाई विभिन्न प्रकारले योगदान दिने व्यक्तित्वहरुको सम्मान गर्दै आएको छ ।
Categorized in

पशुपति देवपाटनको देशउद्धार जात्रा स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २७, मंगलबार

काठमाडौं– पशुपति देवपाटनमा विभिन्न जातिले संयुक्त रुपमा मनाउँदै आएको देशउद्धार जात्रा (फेताः जात्रा) यो वर्ष स्थगित भएको छ । जात्रा चलाउँदै आएको गुठीले दिएको जानकारीअनुसार पशुपति विकास कोषले जात्रा सञ्चालनको लागि रहेको गुठीको जग्गा अधिकरण गरेको र अधिकरणपछि दिनुपर्ने मुआब्जा नदिएकोले उक्त जात्रा स्थगित गरिएको हो । सात वर्षअघि निजी गुठीको रुपमा रहेको जात्रा–गुठीको १३ रोपनी जग्गा पशुपति विकास कोषले अधिकरण गरेको थियो । यही चैत ८ गते उक्त जात्रा हुन लागेको हो भने गुठीयारहरुले जग्गाको मुआब्जा अहिलेसम्म उपलब्ध नगराएकोले यो वर्ष जात्रा नगर्ने निर्णय गरेका हुन् । गुठीका एकजना गुठीयार जलद वैद्यले पशुपति विकास कोषले नेवारहरुको संस्कृति, सम्पदा मास्ने काम गरिरहेको आरोप पनि लगाएका छन् । जात्राको गुठीमा ब्राह्मण, क्षत्रि, वैश्य, शूद्रलगायत नेवार समुदायका वैद्य, भण्डारी, शाक्य र श्रेष्ठ जाति समावेश छन् ।
Categorized in

भक्तराज रञ्जितको आत्मवृत्तान्त प्रकाशित

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २५, आइतबार

काठमाडौं– साहित्यकार भक्तराज रञ्जितको आत्मवृत्तान्त पुस्तक ‘उक्लिएको मान्छे’ सार्वज्निक भएको छ । वरिष्ठ पत्रकारद्वय भैरव रिसाल, टंक पन्त, समाजसेवी रामकृष्ण आचार्य, घोष्ट राइटिङका डाइरेक्टर सिर्जना ढकाल, पत्रकार कुमार रञ्जित, अमिरमैयाँ रञ्जित, दिपक रञ्जित, भीमकुमारी रञ्जित र कृतिकार भक्तराज रञ्जित स्वयंले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । गोरखापत्र संस्थानलाई लक्ष्मी र सरस्वतीको रुपमा हेर्ने लेखक भक्तराज रञ्जितले गोरखापत्र संस्थानलाई आधुनिकीकरण गर्ने क्रममा संस्थानमा हुने चुहावटलाई चुनौतीपूर्ण ढङ्गमा कज्याए थिए । उक्त कार्यक्रममा उनले आफ्ना यहीे अनुभवको पोको पनि बिसाएका थिए । समाजमा भइरहेको अन्तरजातीय विवाह, अति धनी र अति गरिबीबीचको खाडल, गरिबी निर्मुलका उपाय आदि विविध विषयमा लेखिएको उक्त पुस्तकबारे बोल्दै मुख्य अतिथि रिसालले कुनै पनि कृतिको सतही मूल्यांकन हुन नहुने बताएका थिए । लेखकको आत्मवृत्तान्तको अतिरिक्त उनको सात पुस्तासम्मको पारिवारिक वंशावली समेटिएको यस पुस्तकको समीक्षा कुमार रञ्जित, सरस्वती लक्ष्मी तुलाधर र अमीरमैयाँ रञ्जितले गरेका थिए ।

राजेन्द्र रञ्जितको सहयोगमा

Categorized in

Pages