STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

कामपाबाट मास्क र स्यानिटाइजर वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ८, शनिबार

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि आज ३२ वटै वडामा एक हजार थानका दरले मास्क र आधा लिटरका दुई थानका दरले स्यानिटाइजर पठाइएको छ । विश्वभर फैलिएको कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि बिहीबार बसेको आकस्मिक कार्यपालिका बैठकको निर्णयअनुसार उक्त सामग्री वडामा पठाइएको हो । उक्त सामग्री वडामा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत वितरण गरिने कामपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो । हरेक वडासहित वातावरण व्यवस्थापन विभागका लागि तीन हजार थान मास्क पठाइएको महानगरको शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलाश बज्राचार्य भन्नुहुन्छ । महाशाखाले शहरी स्वास्थ्य क्लिनिकका अतिरिक्त अन्य विभिन्न २१ स्थानमा स्वास्थ्य सहायता कक्ष सञ्चालनको तयारी गरेको छ । स्वास्थ्य सहायता कक्षमा मास्क, स्यानिटाइजर, प्रचार सामग्री, थर्मल गनसहित राखिनेछ । कामपाले शुक्रबारदेखि राष्ट्रियसभा गृहबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन कार्य शुरु गरिसकेको छ । वडावासीले सम्बन्धित वडा कार्यालयबाट निःशुल्क मास्क प्राप्त गर्न सक्नेछन् ।
Categorized in

नेपालभाषाका महाकविको जन्मजयन्ती कार्यक्रम स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ८, शनिबार

काठमाडौं– कोरोना भाइरस पूर्वनियन्त्रणको क्रममा नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशीकोे जन्मजयन्ती मनाउने कार्यक्रम स्थगित गरिएको छ । शनिबार (चैत ८ गते) महाकविको ८२ औं जन्मजयन्ती हो । यसअघि जोशीको जन्मस्थल साँखुमा वर्षेनी उनको जन्मजयन्ती मनाउँदै आइरहेको थियो । जन्मजयन्तीको कार्यक्रमलाई पछि उचित समयमा मनाउने उनका छोरा यचु जोशीले जानकारी दिएका छन् । नेपालभाषाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने जोशीलाई आज पनि विद्रोही साहित्यकारको रुपमा लिने गरिन्छ ।
Categorized in

पैदलयात्रुलाई मास्क वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ८, शनिबार

Categorized in

वज्रेश्वर जात्रा रोकिने अवस्थामा

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ७, शुक्रबार

काठमाडौं– पशुपति विकास कोषले मुआब्जा रकम नदिएकाले यो वर्ष बज्रेश्वर माता (पिंगला माई) जात्रा सञ्चालन नहुने स्थितिमा पुगेको छ । देश र जनताको कल्याण कामनाका साथै हुरी बतास, अग्नी, जल, रोगव्याधीजस्ता प्रकोप नहोस् भन्ने कामनासाथ यो जात्रा आयोजना हुँदै आएको छ । जात्राको ४ दिन अघिदेखि वैदिक तथा तान्त्रिक विधिद्वारा देशोद्धार पूजा (दे–पूजा) गर्ने परम्परा रहेको छ । जात्रा प्रत्येक वर्ष चैत्र महिनाको कृष्णपक्ष द्वादशीका दिन हुँदै आएको छ । वज्रेश्वर माताको जात्रा परम्परा चार वर्ण व्राह्मण, क्षत्रि, वैश्य र शूद्र बसी जातीय सद्भावका साथ सञ्चालन हुने विशिष्ट महत्वको पूजा तथा जात्रा हो । देशोद्धार पूजा सञ्चालन समितिले प्रेस विज्ञप्तिमार्फत पशुपति विकास कोषले मुआब्जाबाट प्राप्त रकम हस्तान्तरणमा बेवास्ता गरेको कारण जात्रा रोकिने अवस्था आएको जनाएको छ । यो जात्रा रोकिँदा उपत्यकाका अन्य परम्परामा समेत असर पर्ने हुनाले विनाआयस्ता पनि जात्रा निरन्तर गर्ने समितिले जनाएको छ । तर यो अवस्थाको जिम्मेवार पशुपति विकास कोष नै हुने भन्दै मुआब्जा रकमको अक्षयकोष खडा गर्ने समितिको चाहना रहेको उल्लेख गरिएको छ । समितिले विज्ञप्तिमा उल्लेख गरेअनुसार आफ्नै पुर्खाले निजी सम्पति जग्गा राखी त्यसबाट प्राप्त आम्दानीबाट संचालन हुँदै आएको यो पर्व संचालनमा राज्य र पशुपति विकास कोषबाट सहयोग नलिएको उल्लेख छ । तर २०७६ साल जेष्ठ ३० गते आयस्ताको रुपमा रहेको १३ रोपनी जग्गा पशुपति विकास कोषले अधिग्रहण गरेको थियो । मोहीलाई मुआब्जा वितरण गरी घरघडेरीसमेत उपलब्ध गराइसकेको अवस्थामा गुठीयारहरुले भने मुआब्जा प्राप्त गर्न सकेका छैनन् । कोषले मुआब्जा हस्तान्तरणका लागि संस्था दर्ता तथा बैंक खाता खोल्न आग्रह गरेअनुसार प्रक्रिया पूरा गरिसकेपछि पनि देशोद्धार पूजा सञ्चालन समितिका नाममा मुआब्जा रकम जम्मा गर्न आनाकानि गरिरहेको छ ।
Categorized in

कोरोना भाइरसको कारण सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ७, शुक्रबार

काठमाडौं– सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको शुक्रबार बिहान बसेको बैठकले सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित गर्ने निर्णय गरेको छ । रथयात्रा स्थगित भएको उल्लेख गर्दै समितिले एक प्रेस विज्ञप्ति पनि जारी गरेको छ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस पूर्वनियन्त्रणको क्रममा यस वर्ष सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित गर्नुपरेको व्यवस्थापन समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यही चैत १९ गतेदेखि सुरु हुने काठमाडौंको ठूलो जात्रा सेतो मछिन्द्रनाथको रथायात्रा स्थगित भए पनि देउतालाई गर्नुपर्ने परम्परागत विधिहरु भने पूरा गर्ने निर्णय बैठकले गरेको छ । उक्त बैठकमा गुथि संस्थानका अध्यक्ष हरिनारायण चौधरी, गुठी संस्थान काठमाडौं जिल्लाका अध्यक्ष हरिप्रसाद सुवेदीलगायत सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Categorized in

अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ७, शुक्रबार

Categorized in

फेता गुठी र नेवाः पत्रकारबीच छलफल

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– पशुपति क्षेत्रमा वैद्य समुदायले सञ्चालन गर्दैआएको फेता जात्रा यो वर्ष नमनाइने विषयमा फेता गुठी र नेवाः पत्रकार दबूबीच छलफल भएको छ । बुधबार बसेको बैठकमा फेता गुठीका सस्य जलत वैद्यले दबूका पदाधिकारीहरुसँग भेट गरी आफ्ना समस्या राखेका थिए । पशुपति विकास कोषले फेता गुठीको १३ रोपनी जग्गा अधिकरण गरेपछि त्यसको उचित मुआब्जा नदिएकोले फेता जात्रा मनाउन समस्या आएको जानकारी वैद्यले दबूका पदाधिकारीहरुसमक्ष राखेका थिए । नेवार संस्कृति र परम्परा मास्ने कार्यमा पशुपति विकास कोष लागेकोले यस विषयलाई जनस्तरसम्म पु¥याउने निर्णय छलफलमा भएको थियो । यसको लागि दबूले चाँडै एक प्रेस वक्तव्य जारी गर्ने जानकारी पनि दिएको छ ।
Categorized in

वडासदस्यको पहलमा मखनटोलमा हातधुने व्यवस्था

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– कोरोना भाइरस संक्रमणले भयावह रुप लिइरहेको सन्दर्भमा नेपाल सरकारले यसविरुद्ध कडा कदम चालेपछि जनजीवन समेत प्रभावित बनेको छ । विश्व स्वास्थ्य संगठनलगायत स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट बच्ने विभिन्न उपायहरु सार्वजनिक गरिसकेका छन् । यसक्रममा काठमाडौं महानगरपालिका २४ वडा मखनटोलमा कोरोना भाइरस संक्रमणबाट बच्न बटुवाको निम्ति स्यानिटरिज डिटोल पानीबाट हात धुने व्यवस्था गरिएको छ । काठमाडौं २४ वडाका वडासदस्य विनोद तुलाधरको पहलमा यस्तो हातधुने व्यवस्था भएको हो । यसले सम्पूर्ण वडाबासी खुशी भएका छन् भने यसलाई उल्लेखनीय कार्य भनी टिप्पणी गरेका छन् । हात धुने व्यवस्थाको लागि स्थानीय व्यापारीलगायत स्थानीय संघसंस्था एवं स्थानीय जनसमुदायले सहयोग गरेका छन् । काठमाडौंमा कोरोना भाइरसविरुद्ध भएको पहिलो सार्वजनिक सचेतना कार्यक्रमको रुपमा यसलाई लिनुपर्ने स्थानीयबासीको दावीे छ ।
Categorized in

लगन पार्कको लागि मेयर शाक्यद्वारा जग शिलान्यास

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– काठमाडौं २१ वडास्थित लगनटोलमा रहेको शीलखाना भत्काएर व्यवस्थित पार्क बनाउन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जग शिलान्यास गरेका छन् । बिहीबार (चैत ६ गते) सम्पन्न जग शिलान्यास कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, पूर्वमन्त्री एवं सांसद भीमसेनदास प्रधानलगायत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति थियो । कोरोना भाइरस संक्रमणप्रति सचेत हुन सरकारले सुचना जारी गरिसकेकाले औपचारिक कार्यक्रम विना नै जग शिलान्यास गरिएको थियो । ४ करोड १३ लाख ७८ हजार रुपैयाँ अनुमानित बजेटमा बनाइन लागेको उक्त पार्क अर्को वर्षको माघसम्म पूरा गर्ने उद्देश्य राखिएको छ । पार्कभित्र पाटी, ढुङ्गेधारा, अपाङ्गमैत्री शौचालय, सभाहल पनि निर्माण हुनेछ । पार्कको निर्माणपश्चात् यस क्षेत्रका बासिन्दाले खुला स्वच्छ वातावरण पाउने मेयर शाक्यले बताएका छन् । मेयर विद्यासुन्दर शाक्य २१ वडाका पूर्ववडाध्यक्ष समेत हुन् ।
Categorized in

सेतो मछिन्द्रनाथको रथयात्रा अनिश्चित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– कोरोना भाइरस पूर्वनियन्त्रणको लागि सरकारले विविध निर्णय गरेपछि काठमाडौंमा मनाइने आर्यावलोकितेश्वर (सेतो मछिन्द्रनाथ)को रथयात्रा पनि अनिश्चित हुन पुगेको छ । यही आउँदो चैत १९ गते अष्टमीदेखि तीनदिनसम्म मनाइने रथयात्रा विश्व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासको कारण अनिश्चित हुन पुगेको हो । जात्रालाई लिएर चैत ७ गते शुक्रबार सेतो मछिन्द्रनाथका पुजारी एवं २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्यलगायत वडाका सदस्यहरु, स्थानीय अगुवाहरुको एक समूहले गुठी संस्थानका पदाधिकारीहरु भेटी छलफल गर्ने भएको छ ।
Categorized in

Pages