STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८१ माघ २८, सोमबार

    इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र आह्वान

    नेपाल सरकारअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, निर्माणका लागि इच्छुक कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन आग्रह गरिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यो...

  • २०८१ माघ २७, आइतबार

    पाँच नेवाः फिल्म प्रदर्शनीका साथ कीर्तिपुर सिनेप्लेक्स हलमा नेवाः फुड नेवाः फिल्म महोत्सव फागुन ११ गते हुने

    फागुन ११ गते कीर्तिपुर सिनेप्लेक्स जाऔं, नेवाः फुड नेवाः फिल्म महोत्सवमा सहभागी होऔं “नेवाः सभ्यता नेवाः स्वाद, हेरौं हामीले नेवाः फिल्म” आवाज बुलन्द गर्दै नेवाः फिल्मको उत्थानका साथै नेवाः खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपाल कला संस्कृति उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स तथा कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा “नेवाः फुड नेवाः फिल्म महोत्सव” आउँदो फागुन ११ गते आइतबार...

  • २०८१ माघ २३, बुधबार

    फागुन १६ देखि जनकपुरमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    काठमाडौं - जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि जनकपुरमा आयोजना हुने भएको छ । आयोजक संवाद फाउन्डेसनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरमा जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजीसँगै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने...

  • २०८१ माघ २०, आइतबार

    चलचित्र विकास बोर्डमा अमेरिकी दुतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किस

    अमेरिकी दुतावास नेपालका भिसा विभागका प्रमुख  ग्रेगोरी डी. सिम्किस नेपाल चलचित्र विकास बोर्ड आउनु भई नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष  दिनेश डीसीसंग बोर्डको कार्यकक्षमा औपचारिक छलफल सम्पन्न गरेको छ।  अमेरिकी दूतावासका काउन्सिलर टोली समेत उपस्थित रहेको उक्त छलफलमा नेपाली चलचित्रको वर्तमान अवस्था, नेपाल तथा अमेरिकामा आयोजना हुने चलचित्रका अवार्ड एवं सम्मान समारोह  तथा  चलचित्र कर्मीहरूको अमेरिका...

  • २०८१ माघ १९, शनिबार

    चलचित्र विकास बोर्डद्वारा क्यान्सरपिडित चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान

    चलचित्र विकास बोर्डले शुक्रबार क्यान्सर पीडित कलाकार राजन थापालाई एक लाख रुपैया नगद उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । चार दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा सकृय रहेका थापालाई विगत १ बर्षदेखि आान्द्रामा क्यान्सर भई उपचारमा आर्थिक अभाव भोग्नु परेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको संयोजक कलाकार...

  • २०८१ माघ १७, बिहिबार

    ‘एक्टर : टेक वन’को प्रदर्शन शुक्रबार देखि

    शिर्षकमा विवादको कारण अदालती झमेलामा परेको ‘एक्टर : टेक वन’ शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुने भएको छ । वितरण कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन)ले शुक्रबारदेखि प्रदर्शनमा आउने कुरा पुष्टि गरेको छ । डीसीएनले सबै हललाई इमेल गर्दै शुक्रबारको लागि शो तय गर्न आग्रह गरेको छ । ‘फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ । सोहीअनुसार प्रदर्शन तालिका तय गर्नुहोला’ डीसीएनकी हेमा अधिकारीले हललाई लेखेको पत्रमा...

  • २०८१ माघ १५, मंगलबार

    अदालतको आदेशमा ‘एक्टरः टेक वन’को प्रदर्शन स्थगित

    माघ १६ गतेदेखि देशभर प्रदर्शन गर्ने तयारी गरिएको नेपाली चलचित्र " एक्टर - टेक वन ” लाई  काठमाडौं जिल्ला अदालतले अन्तरकालिन आदेश जारी गरी प्रदर्शन स्थगित गर्ने आदेश दिएको छ । अदालतले यो फिल्मको प्रदर्शन हाललाई स्थगित गर्ने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले अन्तरकालिन आदेश जारी गर्दै छलफलका लागि दुबै पक्षलाई माघ २२ गते बोलाएको हो । सोमवार ग्राण्ड प्रीमियर...

  • २०८१ माघ १४, सोमबार

    निफकोे राष्ट्रिय प्रतिस्पर्धामा ‘सानो संसार’

    काठमाडौं - आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत चलचित्र ‘सानो संसार’ छनोट भएको छ ।  माघ २ गते ७० देशका ६०० भन्दा बढी चलचित्रबाट छनोट भएका ४० देशका ८७ चलचित्र महोत्सवका लागि छानिएको आयोजकले सार्वजनिक गरिसकेको छ ।   नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भूठान’का निर्माताले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि उक्त चलचित्रलाई...

  • २०८१ माघ १३, आइतबार

    म्युजिक भिडियोको कार्यक्रममा नेपालको पहिलो चलचित्र स्कृप्ट पुस्तक विमोचन

    संसार्स क्रियशन्स नेपालको आयोजना मा हुने  संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड्सको तेश्रो संस्करणमा सहभागी म्यूजिक भिडियोहरुको आधिकारीक भिडियो छनौटको प्रमाण स्वरुप एउटा कार्यक्रमको आयोजना गरी प्रमाण पत्र प्रदान गरिएको छ । ललितपुर महानगरपालिका का मेयर चिरिबाबु महर्जन को प्रमूख आतिथ्यता मा सम्पन्न सो कार्यक्रममा प्रमूख अतिथि महर्जनं ले आयोजक संस्थाका प्रमूख व्यक्तित्व कलानुरागी स्वतन्त्र संसार...

  • २०८१ माघ ५, शनिबार

    स्टार संगीत भिडियो अवार्ड २०२५ को कार्यक्रममा नेपालभाषाको 'नेवाः प्याखं मुना' पुस्तक प्रकाशन हुने

    कलाकार एवं लेखक राजु महर्जन जुजुको नामले परिचित नेपालभाषाको विभिन्न ६ वटा फिल्मको स्क्रिप्ट संग्रह 'नेवाः प्याखं मुना' पुस्तक प्रकाशन हुने भएको छ । नेपालभाषा फिल्म, कला र मनोरञ्जन क्षेत्रमा क्रियाशील व्यक्तित्व स्वतन्त्र संसार महर्जनको संसार कियसन नेपालले आगामी ने.सं. ११४५ प्वहेलागाः नवमी, विहीबार (माघ १० गते) कीर्तिपुर सिनेप्लेक्स हलमा आयोजना गर्ने एक विशेष समारोहका बिच उक्त पुस्तकको लोकार्पण...

  • २०८१ माघ ४, शुक्रबार

    साना बालबालिकालाई क्युएफएक्स हलमा प्रवेश निषेध

    काठमाडौं- क्युएफएक्स अन्तर्गत रहेका चलचित्र हलमा २.५ फिटभन्दामुनिका बालबालिकाले प्रवेश नपाउने भएका छन् । क्युएफएक्सबाट बुधबार जारी गरिएको सूचनामा सो उचाइभन्दा अग्ला वृद्धदेखि बालकसम्मका दर्शकलाई तोकिएको दरमा टिकट वितरण हुने जनाइएको छ । २.५ फिटभन्दामुनिका बालबालिकालाई हलभित्र प्रवेश निषेध गरिएको क्युएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिले बताउनुभयो । उहाँले बालबालिकाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको...

  • २०८१ माघ २, बुधबार

    निफमा हरिवंश आचार्य र हलिउड कलाकारको ‘भूठान’ को वर्ल्ड प्रिमियर

    नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना यर्दै अाएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले आठौं संस्करणको लाइनअप हालै सार्वजनिक गरेको छ । फेस्टिभलमा ४० देशका ८७ फिल्म स्क्रिनिङ हुने आयोजक ले जनाएको छ । यो महोत्सव आगामी चैत्र ७ गतेदेखि ११ गतेसम्म चार दिनको हुनेछ । यसवर्ष ७० देशका ७०० फिल्मको आवेदन प्राप्त भएकोमा सार्वजनिक लाइनअपअनुसार वर्ल्ड पानोरमा विधा (अन्तर्राष्ट्रिय प्रतिस्पर्धा)मा...

Pages