STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सात जना महिला चलचित्रकर्मि सम्मान गर्दै महोत्सव भव्य रुपमा सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ फाल्गुण २२, बिहिबार

११५ अौं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल सरकार चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मि सशक्तिकरण समितिद्वारा आयोजित तीन दिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । महोत्सवको तेस्रो तथा अन्तिम दिन वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

यस महोत्सवको पहिलो दिन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल प्रमुख अतिथि रहेकी थिइन् । उक्त अवसरमा नेपाली फिल्मको ऐतिहासिक धरोहर मानिएको ४६ वर्षअघिको फिल्म सिन्दुर प्रदर्शन गरिएको थियो। साथै, सो चलचित्रका प्रमुख कलाकारहरूको ललितकलाद्वारा तयार पारिएको विशेष मुहारचित्र उनीहरूलाई समर्पण गरिएको थियो।

महोत्सवको दोस्रो दिन नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त दिन महिलाले महिलाको विषयमा निर्माण गरेका लघु फिल्महरु प्रदर्शन गरिएको थियो। त्यस अवसरमा निर्देशकहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गरिनुका साथै चलचित्रमा नारी विषयमा अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का लगायतसँग विशेष संवाद गरिएको थियो।

समापन दिनमा प्रत्यक्ष महिलाप्रधान नाटक दृश्य परिदृश्य मञ्चन गरिएको थियो। साथै, नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न विधाका सातजना महिला स्रष्टाहरूलाई सम्मान गर्ने क्रममा  विशिष्ट श्रेणीका अभिनेत्री करिश्मा मानन्धर लगायत  रश्मी भट्ट – अभिनेत्री,  शोभा श्रेष्ठ – श्रृंगारकर्ता, गीता अधिकारी – चलचित्र पत्रकार, सरिता साह – कलाकार तथा निर्देशक, पशुपति राई – अभिनेत्री र थिन्ले ल्हामो लगायतका अभिनेत्री सम्मानित गरिएको छ ।

Categorized in सिनेमा