राष्ट्रिय
-
२०८० फाल्गुण २५, शुक्रबार
सेनाले मनायो २६१ औं स्थापना दिवस
काठमाडौं- काठमाडौंको टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ। शिवरात्रिको दिनमा पर्ने सेना दिवस शुक्रबार टुँडिखेलमा मनाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन्। सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक...
-
२०८० फाल्गुण २५, शुक्रबार
आज महाशिवरात्री, पशुपति क्षेत्रमा भक्तजनको घुइँचो
काठमाडौं- आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ। आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै...
-
२०८० फाल्गुण २५, शुक्रबार
आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै
काठमाडौं- आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको छ। यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने छ। दिवसका...
-
२०८० फाल्गुण २२, मंगलबार
आदिवासी जनजातिको भाषा, संस्कृति प्रबर्द्धनका लागि महोत्सव
चितवन, २२ फागुनस् आदिवासी जनजातिको भाषा, संस्कृति प्रबर्द्धन गर्न महोत्सवको आयोजना गरिने भएको छ । आगामी चैत ९ गतेदेखि १८ गतेसम्म नारायणी नदी किनासमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो । आदिवासी जनजाति महासङ्घको आयोजनामा हुन लागेको महोत्सवको तयारी भइरहेको आज यहाँ पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । महोत्सवमा तीन सय प्रदर्शनी कक्ष रहने छन् । भरतपुर भ्रमण...
-
२०८० फाल्गुण २१, सोमबार
सरकार पुनःगठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ । आज सपथ लिने मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डोलप्रसाद अर्याल...
-
२०८० फाल्गुण १७, बिहिबार
हाजिर जमानीमा रिहा भए 'पीडित' लघुवित्तका ऋणीहरू
काठमाडौं– संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका 'पीडित' लघुवित्तका ऋणीहरू रिहा भएका छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरू फागुन १४ गते नाराबाजी गर्दै संसद् भवन प्रवेश गरेका थिए। प्रहरीले ४८ महिला र एक पुरुषलाई पक्राउ गरेको थियो भने...
-
२०८० फाल्गुण १६, बुधबार
गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने फोनिजको दावी
नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले माग गरेको छ। फोनिजले मंगलबार नेपाल पत्रकार महासंघलाई स्मरणपत्र बुझाउँदै विसं २००८ साल जेठमा नेपाली पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम राख्न माग गरेका हुन्।फोनिजका केन्द्रीय...
-
२०८० फाल्गुण १५, मंगलबार
ललितपुरका किसानले पनि गरे दूध पोखेर प्रदर्शन
काठमाडौं - किसानहरुले ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर प्रदर्शन गरेका छन्। उत्पादन गरेको दूध बिक्री नभएको र भुक्तानी नपाएको भन्दै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा किसानका संगठनहरुले मंगलबार दूध पोखेर प्रदर्शन गरेका हुन्। यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक दर्जन बढी किसान संगठनले सरकारसमक्ष १६ बुँदे माग राख्दै आन्दोलित हुने जनाएका थिए। किसानको दुग्धजन्य...
-
२०८० फाल्गुण १५, मंगलबार
पूर्वयुवराज पारस शाहले स्कुल बसलाई पेस्तोल ताकेको आरोप
काठमाडौं– पूर्वयुवराज पारस शाहले चितवनको एउटा विद्यालयको स्कुल बसलाई पेस्तोल ताकेको आरोप लागेको छ। भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कुलको बस गत बुधबार विद्यार्थी बोकेर घरघर पुर्याउन गइरहेको बेला पूर्वयुवराज पारसले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीको भनाइ छ। सोही विद्यालयमा आफ्नो बच्चा पढाइरहेका नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेश कार्यसमिति सदस्य अनिल...
-
२०८० फाल्गुण १५, मंगलबार
भक्तराजको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाइयो
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन्। आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले आचार्यको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे। उनले स्व आचार्यको पार्थिव...
-
२०८० फाल्गुण १४, सोमबार
प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेको घटनाप्रति गृहको गम्भीर समीक्षा
काठमाडौं - सुरक्षा घेरा तोडेर संसद भवनभित्र लघुवित्त पीडितहरू प्रवेश गर्नू गम्भीर सुरक्षा लापरबाही भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ। तर, घटना किन र कसको लापरबाहीले भयो भन्ने कुरा थाहा पाउनचाहिँ छानबिन समितिको प्रतिवेदन कुर्नुपर्ने भएको छ। घटनामा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको गृह मन्त्रालयले त्यहाँ खटिएका ३२ जना प्रहरी अधिकारीहरूलाई हटाउने निर्णयसमेत गरेको छ। गृहको निर्णयलगत्तै...
-
२०८० फाल्गुण १४, सोमबार
संसद् भवनमा खटिएका ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो
काठमाडौं - नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ । लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो । प्रहरी उच्च स्रोतका अनुसार, यसरी जिम्मेवारीबाट हटाइनेमा इन्स्पेक्टरसहित ३२ जना छन् । सोमबार दिउँसो भएको...


