STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : ४० हजारमा ६ हजार मात्रै उत्तीर्ण

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २९, बिहिबार

काठमाडौं - ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । कोरिया शाखाले गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा आज (बुधबार) सार्वजनिक गरेको हो । 

उक्त शाखाले उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सो क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३१२ जना पास भएका छन् । 

पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ । दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।  

परीक्षार्थीहरूले आफ्नो तोकिएको परीक्षा मिति, समय, र स्थान परिवर्तन गर्न नसक्ने कार्यालयले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा लिनुपर्ने छ । अन्यथा परीक्षा स्थलमा प्रवेश नगराइने कोरियाले शाखाले जनाएको छ । 

Categorized in राष्ट्रिय