STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुनसरीमा ८० राउन्ड हवाई फायर, पाँचवटा पालिकामा कर्फ्यु

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २३, शुक्रबार

विराटनगर-  सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरेको छ।

शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो। सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो।

कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि पाँच पालिकामा कर्फ्यु लगाइएको हो।

एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएपछि प्रहरीले ५१ राउन्ड हवाई हवाई फायर गरेको छ। 

भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थिए।

अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठकले कर्फ्यु लगाउने विषयमा छलफल गरेको थियो।

त्यसपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञासमेत तोड्न थालिएपछि प्रहरीले केही अश्रुग्यास र हवाई फायर गरेको थियो।

सुनसरीको हरिनगर बजार तनावग्रस्त छ । हरिनगर गाउँपालिका वडा-४ स्थित गाउँपालिकाको कार्यालय रहेको बजार क्षेत्र मध्याह्नदेखि उत्पन्न भएको तनाव अहिलेसम्म मत्थर भएको छैन ।

अहिलेसम्म प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।

प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले बताइन् । निमित्त प्रजिअ फुयालले भने घाइतेहरूको विषयमा विवरण संकलन भइरहेको बताए ।

हिन्दु र मुस्लिम समुदायका युवाहरूको झडपले उग्ररूप लिएपछि शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरी भुटाहा क्षेत्रको अवस्था नियन्त्रण बाहिर गएको छ।

दुवै पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने स्थिति सिर्जना भएको छ। स्थिति नियन्त्रणमा लिन सुनसरी प्रहरीले ५१ राउण्ड बढी हवाई फायर गरेको छ। 

कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले निषेधाज्ञाका बावजुत भीड नियन्त्रणमा आउन नसकेको बताए। यद्यपि, स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको उनको भनाई छ। 

भुटाहामा हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका आरोप छ।  घाइते जीवन मेहता धरानमा उपचाररत छन्। कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा बिहानैबाट प्रदर्शन चर्काएका थिए। 

यसैबीच अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ। दलीय प्रतिनिधिसहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको भीडलाई संयमता अपनाउन पहल गरिदिन सरोकारवाला समक्ष आग्रह गरेको छ। 

कोशी प्रदेशका तीन वटै सुरक्षा निकायका प्रमुखको संयुक्त बैठकले अवस्था थप नियन्त्रण बाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्नसक्ने चेतावनी दिएको छ।  

Categorized in राष्ट्रिय