STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २७, मंगलबार

काठमाडौं - निर्वाचन आयोगले बैशाख १५ गते उपनिवाृचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

उपनिर्वाचन इलाम–२ र बझाङ–१ (क) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ ।

आयोगले उपनिर्वाचन हुने क्षेत्रमा बैशाख २ गते देखि नै मत गणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्न समेत सरकारलाई आग्रह गरेको छ । 

Categorized in राष्ट्रिय