STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हुरि बतास चलेपछि विमान डाइभर्ट

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २९, बिहिबार

काठमाडौं - काठमाडौंमा एक्कासि काठमाडौंको मौसममा आएको परिवर्तनले विमान अवतरण र उडानमा समस्या भएको छ ।

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।

उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् ।

कतारको दोहाबाट आएको विमान ओभरसुट गरेको विमानस्थल स्रोतले जनाएको छ । ल्यान्ड गर्न नसकेपछि सो विमान ओभरसुट गरेको हो ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौं आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ ।

काठमाडौंबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ ।

Categorized in राष्ट्रिय