राष्ट्रिय
-
२०७७ श्रावण १, बिहिबार
सिन्धुपाल्चाेक पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो
सिन्धुपाल्चोक : गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् । एउटा स्कूलमा पनि पहिरोले क्षति पु¥...
-
२०७७ श्रावण १, बिहिबार
आज कर्कट (साउने) सङ्क्रान्ति
काठमाडौँ - सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा...
-
२०७७ श्रावण १, बिहिबार
४० किलाेकाे अजिंगर फेला पर्याे
मङगलबारे - नेपालमा ४० किलाेकाे अजिंगर फेला परेकाे छ । इलाम सूर्योदय नगरपालिका ५ पर्यटकीय गन्तब्य अन्तुमा फेला परेको करिव ४० किलोको अजिंगर फेला परेकाे हाे ।
-
२०७७ आषाढ ३१, बुधबार
दुर्लभ ‘किङ कोब्रा’ भेटियो
कास्की : जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन् । काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही...
-
२०७७ आषाढ ३१, बुधबार
बोलबम मेला नहुने
रत्ननगर : कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो । समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो वर्ष बोलबम मेला नगर्ने बताउनुभयो । “चितवन, नवलपुर...
-
२०७७ आषाढ ३१, बुधबार
साउने सङ्क्रान्तिमा कर्णालीमा बिदा
सुर्खेत : प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले धान...
-
२०७७ आषाढ ३१, बुधबार
मेलम्ची दुर्घटनाबारे छानबिन गर्न प्राविधिक समिति गठन
काठमाडाैं - खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छ जना प्राविधिकको अध्ययन समिति बनाएको छ। उक्त समितिले आयोजनाअन्तर्गत सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अम्बाथानभित्र रहेको टनेल नम्बर १७ को ढोका खुल्नुकाे कारणबारे अध्ययन गरी प्रतिवेदन दिनेछ। मंगलबार दिउँसो १२ः३० बजे पानी भरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको...
-
२०७७ आषाढ ३१, बुधबार
काठमाडौंका ७ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ७ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ भने कूल संक्रमितको संख्या १७ हजार १७७ रहेको छ । यसैगरी बितेको २४ घण्टामा थप ६९७ जना कोरोना...
-
२०७७ आषाढ ३०, मंगलबार
सलह भगाउन टिन र थाल ठटाउँदै
प्युठान : यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले...
-
२०७७ आषाढ ३०, मंगलबार
पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध
बुटवल : अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी...
-
२०७७ आषाढ २९, सोमबार
बाढी पहिरो पीडितलाई पाँच लाख सहयोग
मेलम्ची : चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने भएको छ । असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको दुःखद् घडीमा पीडितलाई केही राहत मिलोस् भन्ने हेतुले चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट भोटेकोशी...
-
२०७७ आषाढ २९, सोमबार
पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता
दमौली : अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा...


