राष्ट्रिय
-
२०७७ श्रावण १२, सोमबार
नेपालमा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोमिया, मस्तिस्कघात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए । यस्तै पर्साको...
-
२०७७ श्रावण १२, सोमबार
कोरोना सङ्क्रमणबाट युवकको मृत्यु
जनकपुर : धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका...
-
२०७७ श्रावण १२, सोमबार
मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न गृहको निर्देशन
काठमाडाैं - लकडाउन खुलेसँगै मास्क नलगाई बाहिर निस्कने सर्वसाधारण बढेपछि गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुन: निर्देशन दिएको छ। आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको छ । निर्देशनपछि पनि अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहले जनाएकाे छ । यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही...
-
२०७७ श्रावण १२, सोमबार
पाँच दिन भारी वर्षाको सम्भावना
काठमाडौँ - जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी आजदेखि १६ गतेसम्म मौसम सक्रिय हुने जनाएको छ । सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ । आजबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले पुनःमनसुन सक्रिय भई पाँच दिन भारी वर्षाको सम्भावना रहेको हो । मनसुन सक्रिय भई...
-
२०७७ श्रावण ११, आइतबार
सोमबारबाट मनसुन पुनः सक्रिय हुने
काठमाडौँ : आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा वाढी पहिरोले...
-
२०७७ श्रावण ११, आइतबार
आज डीआईजी कोइरालाको पुनरावलोकनमा सुनुवाइ हुँदै
काठमाडौं- सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला र...
-
२०७७ श्रावण ११, आइतबार
काठमाडौंमा ८ जना सहित थप १३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् यस्तै आइतबार थप १३० जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको...
-
२०७७ श्रावण ११, आइतबार
कर्मचारीमा कोरोना पुष्टि भएपछि राजश्व कार्यालय बन्द
काठमाडाैं - कर्मचारीलाई कोरोना पुष्टि भएपछि नेपालगन्जस्थित आन्तरिक राजश्व कार्यालय बन्द गरिएको छ । कार्यालयले आइतवार एक सूचना जारी गर्दै कार्यालय बन्द रहेको जानकारी गराएको छ । कार्यालयले कर्मचारीमा कोरोना देखिएको र अन्य सबै कर्मचारीको पनि पिसिआर परिक्षण गर्नुपर्ने र क्वारेन्टिनमा राख्नुपर्ने भएकाले कार्यालयको काम बन्द गरिएको सुचना मार्फत जनाएको छ । सरकारले चैत ११ देखि लागू गरेको लकडाउन अन्त्य...
-
२०७७ श्रावण ११, आइतबार
प्रतिकार्य क्षमता बढाउन विपद्को तालिम
विजयरत्न असंबरे फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालले युएनडिपीको सहकार्यमा शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आईतबार ललितपुरमा प्रारम्भिक द्रुत लेखाजोखा तालिम कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका– १६ र १९ मा सञ्चालन भइरहेको बहुप्रकोपीय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण गर्ने कार्यक्रम अन्तर्गत सो तालिमको आयोजना गरिएको...
-
२०७७ श्रावण १०, शनिबार
आज नाग पञ्चमी पर्व मनाइँदै
काठमाडौँ, : श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार...
-
२०७७ श्रावण १०, शनिबार
कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्याे • थप १०९ जनाको रिपोर्ट पोजिटिभ
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारनेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ। शुक्रबार वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी युवतीको मृत्यु भएको थियो। बाराको परवानीपुर घर भएकी १९ वर्षीया ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको...
-
२०७७ श्रावण ९, शुक्रबार
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । पहिरो ठूलो...


