STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न गृहको निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १२, सोमबार

काठमाडाैं - लकडाउन खुलेसँगै  मास्क नलगाई बाहिर निस्कने सर्वसाधारण बढेपछि गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुन: निर्देशन दिएको छ। आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको छ । निर्देशनपछि पनि अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहले जनाएकाे छ । यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो। केही जिल्लामा निर्देशनको पालना भए पनि धेरैले मास्क नलगाई हिँड्ने गरेका छन्।
Categorized in राष्ट्रिय