राष्ट्रिय
-
२०७७ श्रावण ६, मंगलबार
पहिरोले घर बगाउँदा तीनको मृत्यु
धादिङ : त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । रातिको समय भएकाले समुदायले उद्धार गर्न जाँदा मृत्यु भइसकेको उद्धारमा संलग्न हरि विकले टेलिफोनबाट जानकारी दिनुभयो ।...
-
२०७७ श्रावण ६, मंगलबार
बागलुङमा नेवार समुदायले मनाए घण्टाकर्ण पर्व
बागलुङ : यहाँका नेवार समुदायले आइतबार घण्टाकर्ण पर्व मनाए । कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धाने । घण्टाकर्णलाई गठेमङ्गल पनि भनिन्छ । नेवारी संस्कृतिमा घण्टाकर्णसँगै जात्रा, पर्वहरु शुरु भएको मानिन्छ । कोरोनाको जोखिम हुन नदिन सुरक्षा सावधानीसहित घण्टाकर्ण पर्व मनाइएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले बताउनुभयो । “परम्परा त जेनतेन धान्नै प¥यो”, उहाँले भन्नुभयो, “भीडभाड...
-
२०७७ श्रावण ६, मंगलबार
उपत्यकाका ९ जना सहित थप १५० जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकाका ९ जना सहित मंगलबार थप १५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् । उनीहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्...
-
२०७७ श्रावण ६, मंगलबार
चार महिना लामो लकडाउन अन्त्य
काठमाण्डौ – सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडाले सो कुराको जानकारी दिनुभएको हो । लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन...
-
२०७७ श्रावण ५, सोमबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ। देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, सुदुरपश्चिम प्रदेश र...
-
२०७७ श्रावण ५, सोमबार
पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ । दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा...
-
२०७७ श्रावण ५, सोमबार
खोलाले सडक बगाएपछि पृथ्वी राजमार्ग अवरुद्ध
भरतपुर, आइतबार रातिदेखि परेको अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ । बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिनुभयो । उहाँले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको...
-
२०७७ श्रावण ५, सोमबार
उपत्यकाका ३जना सहित थप १८६ जनामा संक्रमण
काठमाडौं । पछिल्लाे २४ घण्टामा नेपालमा थप १८६ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएकासहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको गौतमले बताए । पछिल्लो २४ घण्टामा ४ हजार २१६...
-
२०७७ श्रावण ५, सोमबार
आगामी २४ घण्टा मुलुकभर नै वर्षा
काठमाडौँ : मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम...
-
२०७७ श्रावण ५, सोमबार
टेलिकमको सङ्घीय संरचना परिवर्तन गर्ने कार्य शुरु
काठमाडौँ : नेपाल टेलिकमले मुलुकको सङ्घीय संरचनानुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । टेलिकमको सञ्चालक समितिको २०७६ फागुन १९ को निर्णयबमोजिम काम शुरु गरिएको प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । निर्णयानुसार टेलिकमले मुलुकको सङ्घीय संरचनाबमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २,...
-
२०७७ श्रावण ४, आइतबार
आइतबार साँझदेखि मनसुन थप सक्रिय हुने
काठमाडौँ : मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आइतबार साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ । विभागका अनुसार आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति भने...
-
२०७७ श्रावण ४, आइतबार
भोलिबाट सबै सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौं - लकडाउनपछि सरकारले निर्णय गरी सार्वजनिक यातायात चलाउन भने पनि चलाउन शर्तहरु अघि सारिरहेका यातायात व्यवसायीहरुले सोमबारदेखि यातायात सञ्चालन गर्न तयार भएका छन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका हुन् । सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियाे । तर विभिन्न शर्तहरु अघि सारी व्यवसायीहरु मानेका थिएनन्...


