STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ श्रावण १८, आइतबार

    महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना सिल

    काठमाडौं – दुई जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएकाे  छ ।  गत शुक्रबार संक्रमण पुष्टि भएका प्रहरीलाई भने अस्पतालमा पठाइएको छ । यसका साथै एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।  अहिले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ ।  महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति...

  • २०७७ श्रावण १८, आइतबार

    उपत्यकाका थप ३१ जनासहित २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – आज आइतबार उपत्यकामा थप ३१ जनासहित २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या हालसम्म २० हजार ३ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। काठमाडौंका २२ , ललितपुरका ८ र भक्तपुरका १ जना गरी कुल ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले...

  • २०७७ श्रावण १७, शनिबार

    विश्व स्तनपान सप्ताह २०७७ – हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना

    काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको जनाउनुभएको छ । आमाको दूध बच्चाका लागि अमृत समान मानिन्छ भने बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । “शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग...

  • २०७७ श्रावण १७, शनिबार

    आज मुस्लिम धर्मावलम्बीकोे दोस्रो ठूलो पर्व बकर इद मनाइँदै

    काठमाडौँ – आज मुस्लिम धर्मावलम्बीकोे दोस्रो ठूलो पर्व बकर इद मनाइँदैछ । एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई बकर इद मनाइन्छ । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम धर्मगुरुहरु बताउँछन् । यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ...

  • २०७७ श्रावण १७, शनिबार

    सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक ः सूचना आयोग

    काठमाडौँ – राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको औँल्याउनुभयो । आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना आयोग अब सबै प्रदेशमा विस्तार गर्न अतिआवश्यक भएको बताउनुभयो । केन्द्रले मात्र...

  • २०७७ श्रावण १७, शनिबार

    उपत्यकाका ६ सहित थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। काठमाडाैंमा ५ र भक्तपुरमा १ जनागरी उपत्यकामा ६ जनामा संक्रमण देखिएकाे छ । सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । सिराहाका ५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, कास्की र सल्यानका...

  • २०७७ श्रावण १७, शनिबार

    जोखिम बढ्दै गए फेरि देश लकडाउनतर्फ जान सक्ने

    काठमाडौं –  कोरोना भाइरसको जोखिम बढ्दै गएपछि देश फेरि लकडाउनतर्फ उन्मुख भएको छ । स्वास्थ्य क्षेत्रका विज्ञ र जानकारहरुले पछिल्लो समय कोरोना भाइरस झन् खतरनाक बनेको र समुदायमा फैलन थालेको भन्दै केही समय लकडाउनको सुझाव दिएपछि सरकार गम्भीर भएको छ । स्वास्थ्य मन्त्रालयमा समेत लकडाउनबारे छलफल भएको छ । ७ साउनबाट लकडाउन अन्त गरिएपनि फेरि कडाई गर्नुपर्ने सुझावहरु दिइएको बुझिएको छ । त्यसबारे थप छलफलका लागि...

  • २०७७ श्रावण १७, शनिबार

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि...

  • २०७७ श्रावण १६, शुक्रबार

    कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु

    काठमाडाैं – वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्धको बिहीबार मृत्यु भएको हो । नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा बिहीबार बेलुकी पौने ८ बजे मृत्यु भएको हो । ज्वरो आएपछि साउन ५ गते उनलाई तराइ हस्पिटलमा भर्ना गरिएको थियो । तराइ हस्पिटलमा...

  • २०७७ श्रावण १६, शुक्रबार

    नेपालीलाई कुवेत प्रवेशमा प्रतिबन्ध

    काठमाडाैं – कुवेतले अगस्ट १ बाट हवाई उडान पुन: सूचारु गर्ने निर्णय गरे संगै नेपालसहित ७ देशका नागरिकलाई तत्काल कुवेत प्रवेश प्रतिबन्ध लगाएको छ । अरब टाइम्सका अनुसार कुवेतको सरकारी सञ्चार केन्द्रले आफ्नो ट्वीटर मार्फत यस्तो घोषणा गरेको जनाएको छ । अगस्ट १ तारिकबाट कुवेत प्रवेश गर्न दिने निर्णय गरिए पनि नेपालसहित भारत, बंगलादेश, फिलिपिन्स, श्रीलंका, पाकिस्तान र इरानलाई कुवेत प्रतिबन्ध लगाएको छ । सबै...

  • २०७७ श्रावण १६, शुक्रबार

    इन्द्रावती जलविद्युतको बाँधस्थलमा भीषण पहिरो

    सिन्धुपाल्चोक – नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेकोे थियो । पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्षति...

  • २०७७ श्रावण १६, शुक्रबार

    चाँगुकाे जुवाखालबाट तीन लाखसहित नौजना पक्राउ

    भक्तपुर – चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाले कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको नेतृत्वमा बिहीबार साँझ गएको टोलीले टहरोभित्र जुवातास खेलिरहेको अवस्थामा जुवाखालबाट रु तीन लाख ३८ हजार ३४५ सहित नौ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक...

Pages