राष्ट्रिय
-
२०७७ श्रावण २६, सोमबार
उपत्यकामा थप ४३ जनामा संक्रमण, थप ४ काे संक्रमणबाट मृत्यु
काठमाडौं – पछिल्लाे २४ घन्टामा काठमाडाैं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारै ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३ हजार...
-
२०७७ श्रावण २६, सोमबार
अन्तरजिल्ला यातायात र हवाई उडान भदाै १६ बाट खुल्ने
काठमाडौं – मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अन्तरजिल्ला यातायात र बाह्य तथा आन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार बैठकले उक्त निर्णय गरेकाे हो । यसअघि भदौ १ बाट खुला गर्ने भनिएका ती क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरिएकाे छ । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात...
-
२०७७ श्रावण २६, सोमबार
मकवानपुरमा निषेधाज्ञा जारी
काठमाडाैं– आईतबार एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । आइतबार साँझ बसेकाे कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो । सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण यही साउन २६ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले...
-
२०७७ श्रावण २५, आइतबार
मङ्गलबारसम्म वर्षा हुने पूर्वानुमान
काठमाडौँ – मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु्भयो । यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै...
-
२०७७ श्रावण २५, आइतबार
काठमाडौं उपत्यकामा थप ९२ जनामा संक्रमण पुष्टि
काठमाडौं – गएकाे पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६...
-
२०७७ श्रावण २५, आइतबार
दोहोराे भाडा लिनेले सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राखेकाे खै ?
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की बताउनुहुन्छ । यातायात पूर्वाधारको राम्रो...
-
२०७७ श्रावण २४, शनिबार
उपत्यकामा ६२ जना नयाँ कोरोना संक्रमित थपिए
काठमाडौं – काेराेना संक्रमित दिनानु बढ्ने क्रममा पछिल्लाे २४ घन्टामा काठमाडौं उपत्यकामा ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। भक्तपुरका ३ जना , काठमाडौंका ५६ जना, ललितपुरका ३ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले...
-
२०७७ श्रावण २३, शुक्रबार
नुवाकोट आजदेखि ‘लकडाउन’
त्रिशूली – नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक...
-
२०७७ श्रावण २३, शुक्रबार
'जातीय भेदभाव तथा छुवाछूतकै कारण १७ जनाको मृत्यु'
काठमाडौँ– जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐन लागू भएपछि जातीय भेदभाव तथा छुवाछूतकै कारण १७ जनाको मृत्यु भएको जागरण मिडिया सेन्टरले जनाएको छ । सेन्टरका अनुसार अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकको अकालमा मृत्यु भयो । त्यसैगरी रुपन्देहीकी अङ्गिरा पासीको बलात्कारपछि हत्या, टीकाराम नेपाली (रुकुम) अन्तरजातीय...
-
२०७७ श्रावण २३, शुक्रबार
मातृभाषालाई जीवन्त राख्न पाठशाला सञ्चालन
तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने नयाँ युवापुस्तका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो । भाषा संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले मातृभाषा पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । मातृ भाषा बोल्न नजान्न्नेलाई लक्षित गरी गाउँपालिकाले पहिलोपटक पाठशाला सञ्चालन गर्न...
-
२०७७ श्रावण २३, शुक्रबार
लहानमा निषेधाज्ञा जारी
लहान – सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा सङ्क्रमण फैलिरहेकाले छ । नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने...
-
२०७७ श्रावण २३, शुक्रबार
पर्सामा एकैदिन १३४ जनामा संक्रमण पुष्टि
काठमाडाैं – पर्सामा एकैदिन १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा एकै दिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएको यो नै पहिलाेपटक हाे । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार बिहान गरिएको परीक्षणमा पर्साका १३४ जनामा संक्रमण पुष्टि भएको हो। प्रहरी हिरासतमा रहेका थुनुवा, नेपाल प्रहरी, नेपाली सेना, चिकित्सक गरी थप १४२ जनामा संक्रमण पुष्टि भएकोमा तीमध्ये पर्साका मात्रै १३४...


