राष्ट्रिय
-
२०७७ श्रावण २७, मंगलबार
आज श्रीकृष्ण जन्माष्टमी
काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन...
-
२०७७ श्रावण २७, मंगलबार
श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउँदै राष्ट्रपतिले यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध...
-
२०७७ श्रावण २७, मंगलबार
थारू समुदायमा कृष्णजन्माष्टमीको रौनक
बाँके – भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्णजन्माष्टमी पर्व थारु समुदायमा पनि उत्तिकै श्रद्धापूर्वक मनाउने गरिन्छ । नेपालको पूर्व तराईदेखि पश्चिम क्षेत्रका थारू समुदायका महिलाले विशेष महत्वका साथ मनाउने यो पर्वको रौनकता पछिल्लो समय अझ बढेर गएको छ । थारू समुदायका बस्तीमा कृष्णजन्माष्टमीको चहलपहल अघिल्लो दिनदेखि नै शुरु भइसकेको छ । थारू अगुवाका अनुसार यो पर्व अन्य समुदायका महिलाले मान्दै आएको तीज...
-
२०७७ श्रावण २७, मंगलबार
जनजाति आन्दोलनका अगुवा रोकायाको निधन
कर्णाली – आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उहाँको सोमबार वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो । जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव रहनुभएका रोकाया सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षसमेत...
-
२०७७ श्रावण २७, मंगलबार
थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – नेपालमा काेराेना संक्रमितकाे संख्या फेरि बढेकाे छ । पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या सात हजार २०१ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको...
-
२०७७ श्रावण २७, मंगलबार
अस्तित्वको सङ्कटमा प्राचीन धार्मिक सम्पदाहरु
महोत्तरी – “कहाँ गए यहाँका मनोरम तलाउ ? अनि कता हराए जतिखेर पनि ढकमक्क फुल्ने कमल ?” एक दशकपछि महोत्तरीको बर्दिवास नगरपालिका–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर पुग्नुभएका एक श्रद्धालुले चिन्ता व्यक्त गर्दै भन्नुभयो । जनै पूर्णिमाका दिन पञ्चधुरा माई मन्दिर पुग्नुभएका सिन्धुलीको तीनपाटनका बासिन्दा तोत्रहरि उपाध्याय १० वर्षअघि देखेको सौन्दर्य अहिले हराएको पाउँदा बेचैन हुनुहुन्छ । मन्दिर परिसरमा १०...
-
२०७७ श्रावण २७, मंगलबार
संक्रमणबाट थप ४ जनाको मृत्यु, कूल मृत्यु हुने ८३ पुग्याे
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे र सिन्धुपाल्चोकका एक-एक जना रहेका छन् । मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुषको साउन २६ गते प्रादेशिक अस्पतालमा...
-
२०७७ श्रावण २७, मंगलबार
मन्त्रिपरिषदले गर्याे यस्ता निर्णय • शैक्षिक संस्था तत्काल नखुल्ने • ठेलागाडा व्यवसायमा राेक • आधा कर्मचारी घरबाटै काममा
काठमाडौँ – कोरोना संक्रमण बढेसँगै जोखिम कम गर्न मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिष्द्का निर्णय सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा अवदेखि १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय भएको बताए । नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयबाट २० वटा सीमा नाकाबाट...
-
२०७७ श्रावण २६, सोमबार
मास्क नलगाउने ३ लाख ९५ हजार जना पक्राउ
काठमाडौं – कोरोना भाईरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार जना पक्राउ परेका छन् । गृह मन्त्रालयले आईतबार एक विज्ञप्ति जारी गरी स्वास्थ्य सुरक्षा नअपनाउनेमाथि कारबाही गरिएकाे जनाएकाे छ । यसैगरी अनुमती बिना काठमाडौँ प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधन र १९ हजार ४ सय यात्रुलाई नाकाबाटै फिर्ता गरिएको...
-
२०७७ श्रावण २६, सोमबार
साँगा नाकाबाट उपत्यका प्रवेशमा राेक
भक्तपुर – विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको जानकारी दिनुभयो । साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ...
-
२०७७ श्रावण २६, सोमबार
अध्यागमन विभागको भिसा दिने सेवा बन्द
काठमाडौँ – एक कर्मचारीमा कोरोना संक्रमण पाएपछि अध्यागमन विभागको भिसा सम्बन्धी सेवा बन्द गरिएको छ । विदेशी नागरिकहरुलाई दिने भिसासम्बन्धी कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । यसका साथै कार्यालयमा कर्मचारीबाहेक अन्यलाई प्रवेश निषेध पनि गरिएको छ । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भए पनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित भइरहेको छ ।
-
२०७७ श्रावण २६, सोमबार
धनगढी ‘लकडाउन’
लहान – सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो । भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक...


