STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ श्रावण ३१, शनिबार

    थप ४६८ मा स‌ंक्रमण, मृत्यु हुने १०० नाघ्याे

    काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २६ हजार १९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४७ को स्वाबको पीसीआर परीक्षण गर्दा ४६८ को रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले तीन जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको कुल संख्या १०२...

  • २०७७ श्रावण ३०, शुक्रबार

    सिन्धुपाल्चोक पहिरोमा धेरै घरहरु पुरिए

    काठमाडाैं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा आज बिहान पहिरो जाँदा १० भन्दा बढी घर पुरिएकाे छ ।  पहिराेमा परी घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन । पहिरोले ठूलो मानवीय क्षति गरेको हुनसक्ने अनुमान गरिएकाे  छ। अहिले बेपत्ताको उद्दार र खोजी भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • २०७७ श्रावण ३०, शुक्रबार

    त्रिभुवन राजपथमा पहिरो • एकजना बेपत्ता, चार गाडी पुरिए

    टिस्टुङ – त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभयो । बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन्...

  • २०७७ श्रावण ३०, शुक्रबार

    भरतपुरमा लकडाउन

    चितवन – भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरभित्र कोरोना तीव्र गतिमा बढेसँगै जोखिमलाई...

  • २०७७ श्रावण ३०, शुक्रबार

    उपत्यकामा ११९ सहित थप ५९४ मा संक्रमण, मृत्यु हुने ९९ पुग्याे

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ सहित थप ५९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या  संख्या २५ हजार ५ सय ५१ पुगेको हो । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका...

  • २०७७ श्रावण २९, बिहिबार

    पत्रकारको मृत्युबारे अनुसन्धान गर्न प्रेस युनियनकाे माग

    काठमाडौँ – नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ । “अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका बानियाँको...

  • २०७७ श्रावण २९, बिहिबार

    उपत्यकाका १२७ जनासहित थप ५२५ जनामा संक्रमण

    काठमाडौं –  काठमाडौं उपत्यकामा थप १२७ जनासहित बिहीबार थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको हो । काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। नेपालमा हालसम्म ९५ जनाको कोराेना...

  • २०७७ श्रावण २८, बुधबार

    उपत्यकाका १३९ जनासहित थप ४८४ जनामा संक्रमण पुष्टि • मृत्यु हुने ९१ पुग्याे

    काठमाडौं – काठमाडौं उपत्यकामा थप १३९ जनासहित थप ४८४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार योसँगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६...

  • २०७७ श्रावण २८, बुधबार

    चितवनमा राति हिँडडुल गर्न रोक

    चितवन – कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक दल सङ्घसंस्थालगायत सबैले २५ जनाभन्दा...

  • २०७७ श्रावण २८, बुधबार

    संक्रमणबाट थप तीनजनाको मृत्यु

    काठमाडाैं – नेपालमा काेराेना संक्रमणका कारण थप तीनजनाकाे मृत्यु भएकाे  छ।  मृत्यु हुनेमा ललितपुरको पाटन अस्पतालमा उपचाररत एकजना कोरोना भाइरस संक्रमित रहेकाे छ । मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । यसैगरी बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना पुरुषको मृत्यु भएको हो। दुवैकाे भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो।...

  • २०७७ श्रावण २८, बुधबार

    पत्रकारमाथिको सांघातिक आक्रमणप्रति थारु पत्रकारको ध्यानाकर्षण

    काठमाडौं – थारु पत्रकार संघ नेपालका सल्लाहकार एवम् कान्तिपुर दैनिक टिकापुर संवाददाता गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति थारु पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ । कैलालीको जानकी गाउँपालिका वडा नंं ६ मा साउन २६ गते बेलुकी रिपोर्टिङको क्रममा पत्रकार चौधरीमाथि पाँचजनाको समूहले आक्रमण गरेका थिए । थारु पत्रकार महासंघका महासचिव सन्तकुमार चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै...

  • २०७७ श्रावण २८, बुधबार

    नयाँ दिल्लीमा बेचिएकी युवतीको उद्धार

    काठमाडौँ – एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमान्ले यौन व्यवसायमा लगाएका थिए । आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई एक एजेन्टले नै माया गर्ने नाटक गरेर राखेको तथा सोही काम गराउँदै पैसा...

Pages