STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १, सोमबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका १३९ जना, भक्तपुरका १४ जना र ललितपुरका १५ गरी कूल १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।  गौतमका अनुसार योसँगै कुल संक्रमिको संख्या २७ हजार २४१ पुगेको छ। पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ रहेको छ। बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट काठमाडौंका १ सहित ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ । उपत्यकामा दिनानुदिन संक्रमितकाे संख्या बढ्दै छ । आइतबार मात्रै १२७ जना जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
Categorized in राष्ट्रिय