राष्ट्रिय
-
२०७७ श्रावण १५, बिहिबार
नेपालगन्जमा आइतबारबाट निषेधाज्ञा
काठमाडाैं – समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेको नेपालगन्जमा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समुदाय स्तरमा कोरोना संक्रमण देखिएकाले आइतबारदेखि तीन दिनसम्म जिल्ला भरी नै निषेधाज्ञा जारी गरिएको बताए । पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि...
-
२०७७ श्रावण १४, बुधबार
उपत्यकाका १५ सहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडाैं - पछिल्लो २४ घण्टामा उपत्यकाका १५ जनासहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन् । संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ सहित थप २१० जनामा संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ...
-
२०७७ श्रावण १४, बुधबार
पनौतीका २२५ घरपरिवारलाई खाद्यान्न
बनेपा : बन्दाबन्दीका कारणले हातमुख जोड्न समस्या भएका पनौती नगरपालिकाका सबै वडामा गरी २२५ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । नगरपालिकाको समन्वयमा सिआरएस नेपाल र शान्ति जनआदर्श सेवा केन्द्र धुलिखेलको साझेदारीमा कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत खाद्य तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शङ्खबुद्ध लामाले बताउनुभयो । उहाँले नगरपालिकाका १२ वडामध्ये वडा...
-
२०७७ श्रावण १३, मंगलबार
काठमाडौं उपत्यकामा ५३ जनासहित ३११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - काठमाडौं उपत्यकाका ५३ सहित मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४८ जना संक्रमित भेटिएका छन् । यस्तै ललितपुरमा ४ र भक्तपुरका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयमा कार्यरत...
-
२०७७ श्रावण १२, सोमबार
कोरोना सङ्क्रमणबाट युवकको मृत्यु
जनकपुर : धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका...
-
२०७७ श्रावण १२, सोमबार
मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न गृहको निर्देशन
काठमाडाैं - लकडाउन खुलेसँगै मास्क नलगाई बाहिर निस्कने सर्वसाधारण बढेपछि गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुन: निर्देशन दिएको छ। आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको छ । निर्देशनपछि पनि अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहले जनाएकाे छ । यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही...
-
२०७७ श्रावण १२, सोमबार
पाँच दिन भारी वर्षाको सम्भावना
काठमाडौँ - जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी आजदेखि १६ गतेसम्म मौसम सक्रिय हुने जनाएको छ । सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ । आजबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले पुनःमनसुन सक्रिय भई पाँच दिन भारी वर्षाको सम्भावना रहेको हो । मनसुन सक्रिय भई...
-
२०७७ श्रावण १२, सोमबार
भिक्षु सुगन्धप्रति बधाई
काठमाडौं : नेपाली भिक्षु सुगन्ध महास्थविर (डा. अनिलमान शाक्य) थाइलैण्डका नरेश महाबजिरलोंकर्न फ्रा बजिर क्लाओ चाओ युहुआबाट अतिविशिष्ट राजकीय सम्मान ‘फ्रा देवशाक्यवंशपण्डिता’ बाट विभूषित हुनुभएको छ । थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा यो चौथो वरीयताको पद हो । विश्व बौद्ध जगत्मा निकै सम्मानित मानिएको यो पद पाउने सुगन्ध पहिलो नेपाली भिक्षु हुन् । थाइल्यान्डमा उनलाई अनिल शाक्यको नामले चिनिन्छ र उनी...
-
२०७७ श्रावण १२, सोमबार
नेपालमा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोमिया, मस्तिस्कघात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए । यस्तै पर्साको...
-
२०७७ श्रावण ११, आइतबार
सोमबारबाट मनसुन पुनः सक्रिय हुने
काठमाडौँ : आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा वाढी पहिरोले...
-
२०७७ श्रावण ११, आइतबार
आज डीआईजी कोइरालाको पुनरावलोकनमा सुनुवाइ हुँदै
काठमाडौं- सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला र...
-
२०७७ श्रावण ११, आइतबार
काठमाडौंमा ८ जना सहित थप १३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् यस्तै आइतबार थप १३० जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको...


