STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालगन्जमा आइतबारबाट निषेधाज्ञा

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १५, बिहिबार

काठमाडाैं – समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेको नेपालगन्जमा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समुदाय स्तरमा कोरोना संक्रमण देखिएकाले आइतबारदेखि तीन दिनसम्म जिल्ला भरी नै निषेधाज्ञा जारी गरिएको बताए । पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । बाँके जिल्लामा बिहीबार एकैदिन ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  शनिबार त्रिभुवन चोकमा कोरोना संक्रमण पुष्टि भएका मिठाइ पसले र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका शाखा अधिकृतसँगको कन्ट्याक्ट टे«सिङका आधारमा गरिएको स्वाब परीक्षणमा ३० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । बाँकेमा क्वारेन्टिनमा बसेकामा कोरोना संक्रमण घटिरहेका बेला समुदायमा रेन्डम स्याम्पलिङ्गबाट परीक्षण गर्दा पुनः कोरोना पाजेटिभ देखिंदा जोखिम बढेका प्रजिअ कुरुम्बाङले बताए ।    
Categorized in राष्ट्रिय