राष्ट्रिय
-
२०७७ आषाढ २५, बिहिबार
हेलिकोप्टरद्वारा घाइतेलाई राजधानीः बेपत्ता २० को पहिचान
चौतारा - सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा गए रातिको बाढीपहिराले घाइते पाँचसहित सातदिने शिशुलाई हेलिकोप्टरद्वारा उपचारका लागि आज अपराह्न राजधानी पठाइएको छ । घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र १९ वर्षीय सुरेश बस्नेत तथा बुलकोटेका फुर्वा तामाङ, पेमुलम तामाङ र उनकी छोरी सातदिने शिशुको उपचारका लागि ह्याम्स अस्पताल...
-
२०७७ आषाढ २५, बिहिबार
गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान नेता खरेल र बादेलाई
काठमाडौँ : गणेशमान सिंह फाउण्डेसनले ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी’ सम्मानद्वारा नेपाली काँग्रेसका नेता राजेन्द्र खरेल र गोपालदास बादेलाई सम्मानित गरेको छ । गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष एवं काँग्रेसका नेता प्रकाशमान सिंहले आज नेताद्वयको घरमै पुगेर उहाँहरुलाई सम्मान गर्नुभएको हो । नेता खरेलको निवास नयाँ बानेश्वर र नेता बादेको निवास बनेपामा पुगी सम्मान गरिएको हो । काँग्रेसमा रहेर निष्ठाको...
-
२०७७ आषाढ २५, बिहिबार
ट्याक्सीसहित सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय
काठमाडौं - सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् । त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान संचालन गर्ने...
-
२०७७ आषाढ २५, बिहिबार
काठमाडौंका ५ सहित थप १०८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप भएकासमेत हालसम्म कुल संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ । आज संक्रमण देखिएकोमा सुनसरीका १, झापाका १, सप्तरीका २, धुनषाका २, सिरहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौंका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासी...
-
२०७७ आषाढ २४, बुधबार
नेपाल पिसिआर परीक्षणमा सार्क मुलुकमध्ये अगाडि
काठमाडौँ : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको प्रति दशलाखमा नौ हजार १५६ जनाको परीक्षण भएको छ । शुरुमा एक...
-
२०७७ आषाढ २४, बुधबार
मृत भनिएका बिरामी घर फिर्ता
चितवन : उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किनुभएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा...
-
२०७७ आषाढ २४, बुधबार
मास्क नलगाउने ६४ जना पक्राउ
लहान : मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र...
-
२०७७ आषाढ २४, बुधबार
उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण, बुधबारमात्र २५५ जनामा संक्रमण
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा भने बुधबार कसैमा पनि कोरोना संक्रमण भेटिएको छैन । काठमाडौं र ललितपुरमा भेटिएका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा...
-
२०७७ आषाढ २३, मंगलबार
मास्क नलगाइ घरबाहिर निस्किए पक्राउ गरिने
काठमाडाैं - अब मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ। कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो। पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए। '...
-
२०७७ आषाढ २३, मंगलबार
उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै • मंगलबार थप २८ जनामा संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिममा परेको हो। मंगलबार मात्र थप २८ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जना रहेका छन्। सोमबार मात्रै थप ५४ जनामा कोरोना भाइस संक्रमण देखिएको थियो भने आइतबार ३० जनामा संक्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर...
-
२०७७ आषाढ २३, मंगलबार
ट्याक्सी चलाउन दिने तयारी
काठमाडौं - सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो । एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । ‘यसबारे कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (...
-
२०७७ आषाढ २२, सोमबार
तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना
मेलम्ची : मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो । परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी...


