राष्ट्रिय
-
२०७७ आषाढ २४, बुधबार
मास्क नलगाउने ६४ जना पक्राउ
लहान : मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र...
-
२०७७ आषाढ २४, बुधबार
उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण, बुधबारमात्र २५५ जनामा संक्रमण
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा भने बुधबार कसैमा पनि कोरोना संक्रमण भेटिएको छैन । काठमाडौं र ललितपुरमा भेटिएका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा...
-
२०७७ आषाढ २४, बुधबार
नेपाल पिसिआर परीक्षणमा सार्क मुलुकमध्ये अगाडि
काठमाडौँ : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको प्रति दशलाखमा नौ हजार १५६ जनाको परीक्षण भएको छ । शुरुमा एक...
-
२०७७ आषाढ २३, मंगलबार
मास्क नलगाइ घरबाहिर निस्किए पक्राउ गरिने
काठमाडाैं - अब मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ। कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो। पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए। '...
-
२०७७ आषाढ २३, मंगलबार
उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै • मंगलबार थप २८ जनामा संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिममा परेको हो। मंगलबार मात्र थप २८ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जना रहेका छन्। सोमबार मात्रै थप ५४ जनामा कोरोना भाइस संक्रमण देखिएको थियो भने आइतबार ३० जनामा संक्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर...
-
२०७७ आषाढ २३, मंगलबार
ट्याक्सी चलाउन दिने तयारी
काठमाडौं - सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो । एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । ‘यसबारे कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (...
-
२०७७ आषाढ २२, सोमबार
साउन १ देखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु, जानाैं खर्च र प्रक्रियाबारे
आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेटको लागि आवेदन फाराम खुलाएको छ। २०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेपनि नम्बर प्लेट देवनागरीको सट्टा अंग्रेजीमा लेखिएको भन्दै सर्वोच्चमा रिट परेको थियो। उक्त रिटमाथि प्रथम सुनुवाई गर्दै...
-
२०७७ आषाढ २२, सोमबार
काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो। संक्रमित हुनेमा काठमाडौंका २४, भक्तपुरका १० जना र ललितपुरका...
-
२०७७ आषाढ २२, सोमबार
तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना
मेलम्ची : मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो । परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी...
-
२०७७ आषाढ २१, आइतबार
उपत्यकाको ढलमा कोराेनाभाइरस
काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो। सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य सहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । उक्त अध्ययनले...
-
२०७७ आषाढ २१, आइतबार
कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक
पोखरा : नेपाल मुद्रण उद्योग महासङ्घ गण्डकी प्रदेशले कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक गरेको छ । पुस्तक र क्यालेन्डर गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभयो । कार्यक्रममा थापाले कोभिड–१९ ले नेपालमा प्रत्यक्ष आर्थिक समस्या देखिएको र उद्योग व्यवसाय, पर्यटन तथा यातायात क्षेत्रमा अझ बढी प्रभावित बनाएको बताउनुभयो । सरकारले धरासायी बनेको पर्यटन...
-
२०७७ आषाढ २१, आइतबार
एनआरएनएलाई आइएलओको पाँच करोड बढी सहयोग
टेक्सस (अमेरिका) : अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ । आइएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले रु पाँच करोड १० लाखभन्दा बढी हो । सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार आइएलओबाट प्राप्त अनुदान कोभिड–१९ भाइरसका कारण प्रभावित विभिन्न देशमा रहेका नेपाली श्रमिकको...


