राष्ट्रिय
-
२०७७ आषाढ ५, शुक्रबार
राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध
काठमाडौं - सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार...
-
२०७७ आषाढ ४, बिहिबार
पहिराेले भीमफेदी–कुलेखानी सडक अवरुद्ध
काठमाडौँ - भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा बिहीबार बिहान पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ । भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउन डोरसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी...
-
२०७७ आषाढ ४, बिहिबार
काठमाडौं उपत्यकामा ६ जनासहित एकैदिन ६७१ जनामा संक्रमण पुष्टि, मृत्यु हुने २२ पुग्यो
काठमाडौ – काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार एकै दिन ६७१ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ जना काठमाडौंका, १ जना ललितपुरका र ३ जना भक्तपुरका गरी ६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप दुईजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २२ पुगेको छ । काठमाडौंमा १...
-
२०७७ आषाढ ३, बुधबार
एकै दिन ५८६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७, मृत्यु हुने २० जना पुग्याे
काठमाडौं - बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार बुधबार पाँच सय ८६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७ सय ७२ र आरडीटी विधिबाट दुई लाख ३३ हजार ५ सय ४३ जनाको नमुना परीक्षण...
-
२०७७ आषाढ २, मंगलबार
३६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरूवा
काठमाडौं – प्रहरी प्रधान कार्यालयले असार १ देखि लागु हुनेगरी ३६ प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ । महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको निर्णय अनुसार उनीहरूले असार महिनाको तलब, भत्ता समेत सरूवा भएको ठाउँबाट खानेछन् । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानको पनि सरूवा भएको छ । उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा तानिएको छ । भक्तपुरमा अब नयाँ एसपीको रुपमा...
-
२०७७ आषाढ २, मंगलबार
श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै
काठमाडाैं असार २ - विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका लागि हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज बिहान कोलम्बो उडेको छ । नेपालबाट ४१ यात्रु लिएर कोलम्बो उडेको जहाज आजै उताबाट नेपाली लिएर फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ...
-
२०७७ आषाढ २, मंगलबार
असार मसान्तसम्म सवारी करमा जरिवाना नलाग्ने
काठमाडाैं - बाग्मती प्रदेशले चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना नलिने भएको छ। अनुमती पत्रको म्याद नाघेको जरिवाना, सवारी कर, अन्य दस्तुर तथा जरिवाना नलिने निणर्य भएको भौतिक पूर्वाधार विकाश मन्त्रालय, बाग्मती प्रदेशले जानकारी दिए। गत १ गते देखि यातायात कार्यालय खुलेपनि जरिवाना कती असुल गर्ने भन्नेबारे भन्ने अन्यौल भएको थियो। विभिन्न यातायात कार्यालयहरुले सूचना नै जारी...
-
२०७७ आषाढ २, मंगलबार
असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण
पूर्णप्रसाद मिश्र असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उहाँले बताउनुभयो ।...
-
२०७७ आषाढ २, मंगलबार
एकै दिन ३८० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्याे
काठमाडौं - मंगलबार एकै दिन तीन सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार ३८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताएका छन् । योसँगै संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिलेसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा छन्। यस्तै आइसोलेसनमा पाँच...
-
२०७७ आषाढ २, मंगलबार
जोर–बिजोर लागु गर्न सवारी पास खारेज
काठमाडौं – निजी सवारी साधनलाई दिएको सवारी पास गृह मन्त्रालयले खारेज गरेको छ । सोमबार जोर विजोर प्रणालीलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले पास खारेज गर्ने निर्णय गरेको हो । मंगलबारदेखि लागू हुने गरी जिल्ला प्रशासनले जारी गरेको पास खारेज गरिएको हो । सरकारले कोरोना भाइरस संक्रमण फैलिएपछि अत्यावश्यक सवारीलाई जिल्लाभित्र ओहोरदोहोरका लागि पास उपलब्ध गराएको थियो ।
-
२०७७ आषाढ १, सोमबार
मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर लागु, चालकमात्रै बस्नुपर्ने पनि यथावत
काठमाडौं - अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ । सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएकाे थियाे । तर, पुन: ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएअनुसार प्रहरीलाई स्पष्ट निर्देशन दिइसकेकाे र अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर...
-
२०७७ आषाढ १, सोमबार
उपत्यकाका ५ जना सहित एकैदिन ४५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - सोमबार एकै दिन काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमितसहित ४५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार ४५१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार २११...


