STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाका १० सहित थप १३३ जनामा संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ९, शुक्रबार

काठमाडौं : काठमाडौं उपत्यकामा थप १० जनासहित शुक्रबार थप १३३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको हो । बुधबार १०० जना र बिहीबार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०७ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ९४७ पुगेको छ।क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३८३ जनाको उपचार भइराखेको छ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरकी संक्रमित ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ। शुक्रबारसम्म ५ हजार ३सय ८३ जना कोरोनाका संक्रिय बिरामी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Categorized in राष्ट्रिय